बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
तामाङ समुदायको अस्तित्व संकटमा
-कृष्ण बहादुर तामाङ 
नेपालका मूलबासी तामाङ समुदाय अत्यन्त दुरावस्था तथा अस्तित्व विहिन अवस्थामा छ भन्दा अन्यथा हुने छैन । तामाङ समुदाय मूलबासी मंगोल समुदाय मध्यकै बहुसंख्यकमा भएता पनि किन दयनिय अवस्थामा छन् सोचनिय विषय बनेको
​ ​
छ । तामाङ समुदाय एक समृद्ध संस्कृति बोकेको समुदाय भएता पनि राज्यको सुनियोजित षडयन्त्रका कारण प्रत्येक क्षेत्रमा पछाडी परेका छन् । मूलबासी मंगोल समुदाय मध्यकै गुरुङ, शेर्पा, मगर, राई,
​​
लिम्बु समुदाय प्रत्येक क्षेत्रमा आफ्नो उपस्थिती बनाउन सफल हुँदै गईरहेका छन् भने तामाङ समुदाय आफ्नो अस्तित्व संकटमा परेको देख्दा देख्दै किन मुकदर्शक भएका होलान् ।
​ 
तामाङ समुदाय जीवित समुदाय हो वा मृत समुदाय ? तामाङ समुदाय जीवित समुदाय हो भनौ भने तामाङ समुदायको स्थिति दलित समुदायको भन्दा पनि दयनिय छ । बिगत देखि हाल सम्म नेपालको कुनै पनि क्षेत्रमा तामाङ समुदायले शिर उठाएर गर्व गर्न सकेको छैन ।
तामाङ समुदायको सरलता तथा सहजता अभिषाप एवं प्रयोगका बस्तु बनेको छ । आखिर तामाङ समुदाय किन प्रयोगका बस्तु बनेका होलान् ? आफ्नो सन्ततीको अस्तित्व दाँवमा लागेको देख्दा देख्दै किन नजागेका होलान् ? तामाङ समुदाय राजनैतिक परिदृश्यमा शुन्य छन् । बहुसंख्यक बौद्ध धर्मावलम्वी भएता पनि तथाकथित अल्प संख्यक बौद्ध धर्मका ठेकेदार समक्ष नतमस्तक भएको देख्दा अत्यन्त पिडा महसुस हुन्छ । निरन्तर रुपमा राज्यको पूर्वनियोजित  प्रहारको पिडा कसरी खप्नु सकेको हो तामाङ समुदायले ।
बौद्धिकता, जुझारु योद्धा, कुशल संगठक, इमान्दार नागरिक जस्ता सर्वगुण सम्पन्न भएर पनि तामाङ समुदायले आफ्नो विशाल शक्तिको पहिचान गर्न नसक्नु दुर्भाग्य हो । समय द्रुतगतिले अगाडी बढिरहेको भएता पनि तामाङ समुदायको सोच तथा व्यवहार आदिम युगका मानव समुदायको जस्तै रहेको छ । तामाङ समुदायको चेलीबेटी बेचिएका छन् । तामाङ समुदायको यूवा समाज दिशाविहिन अवस्थामा छन् । तामाङ समुदायले नेपाल मेरो पनि देश हो भनि अनुभूति गर्न पाएका छैनन् तामाङ समुदायको योगदान तथा शहादतको अवमुल्यन भएको छ । राज्य संयन्त्रमा तामाङ समुदायको न्युन उपस्थिति र पहुँच रहेको छ ।
​ ​
यस्तो प्रकारको भयावह स्थितिको प्रत्यक्ष अनुभव गर्दा गर्दै तामाङ समुदाय त्यस प्रति किन्चित पनि चिन्तन मनन गर्दैनन् ।
नेकपा एमाले, एनेकपा माओवादी र नेपाली कांग्रेसको पुच्छर समातेर बैतरणी पार गर्ने सोचले गर्दा तामाङ समुदाय क्रमिक रुपमा अस्तित्व विहिन बन्दै गई रहेका छन् । हिजो सम्म नेकपा एमाले, एनेकपा माओवादी र नेपाली कांग्रेसको दास बनेका तामाङ समुदायलाई आज
​ ​
भोलि नव शक्तिको रुपमा उदय भएका मधेसी दलले पनि प्रयोग गर्न खोजिरहेका छन् । बर्तमान नेपालमा तामाङ समुदायको चित्रण अभिभावक गुमाएका अनाथ बालकको जस्तै छ । राज्यको तामाङ समुदाय प्रति हेर्न कुदृष्टि, राजनीतिक दलको दोयम व्यवहार, एक आपसमा वैमनस्यता, वैरभाव तथा तामाङ समुदायले तामाङ समुदायको विरोध तथा अस्तित्वलाई नकार्नुको परिणामले गर्दा तामाङ समुदाय नेपालको मानचित्रको सबै क्षेत्रबाट विलिन हुने स्थितिमा पुगेको छ ।
तामाङ समुदाय नेपालको सर्वश्रेष्ठ समुदाय हो तर गुमिएको श्रेष्ठतालाई सत्यतामा परिणत गर्नका लागि विगतको भूललाई सच्याउने तर्फ लाग्नु पर्दछ । तामाङ समुदायले आफ्नो भाग्यको निर्माण आफै
​ ​
गर्नु पर्छ भन्ने प्रतिज्ञा गर्नु वर्तमान समयको आवश्यकता हो । तामाङ समुदाय टुटेर होइन जुटेर, एक आपसको टिका टिप्पणीमा समय व्यतित नगरी प्रत्येक क्षेत्रमा आफ्नो सहभागिता तथा अधिकार स्थापित गर्ने तर्फ एकताबद्ध भएर लम्किनु पर्छ । तामाङ समुदायलाई पिडा, दुःख परे तामाङको नै हृदय रुन्छ । तामाङ समुदायले तामाङ समुदायमा शत्रु खोज्ने होइन, तामाङ-तामाङ बिच शत्रुता तथा वैरभाव निर्माण गर्ने शत्रुलाई चिन्हित गरि त्यस्ता शत्रुको कुत्सीत मनसायलाई निस्तेज बनाउनु पर्दछ ।
नेपाल लगायत “विश्वभर छरिएर रहेका तामाङ समुदाय एक हौ” भन्ने नारालाई बुलन्द गर्दै तामाङ समुदायको एकतालाई सत्यतामा परिणत गर्नै पर्दछ । तामाङ दाजु भाई तथा दिदी बहिनिहरू हो तामाङ समुदायले
​ ​
तामाङ स्वाभिमानको झण्डा फहराउने बेला आएको छ । समग्र तामाङ समुदायलाई विनम्र अनुरोध तामाङ-तामाङ विचको एकतालाई प्रगाढतामा परिणत गरौं । तामाङ समुदायले राष्ट्र, समाजमा आईपरेको चुनौतिलाई सहर्ष स्विकार गर्दै विजय रथमा सवार भएर विजय पताका फहराउनै पर्छ ।
​ ​
तामाङ समुदायको एकताको संदेश प्रत्येक तामाङ समुदायको हृदय तथा व्यवहारमा परिणत हुनु नै पर्छ ।
जागौं तामाङ जागौं, आफ्नो आउने सन्ततिको स्वर्णिम भविष्यको द्वार खोल्ने बेला आएको छ, तामाङ समुदायको स्वर्णिम इतिहास रच्ने बेला आएको छ । तामाङ समुदायको एकताको स्वर सम्पूर्ण तामाङ जन-जनमा पुर्‍याउने अभियानको अभिभारा प्रत्येक तामाङ समुदायको दायित्व हो । तामाङ समुदाय एक जीवित समुदाय हो, तामाङ समुदायले आफ्नो शक्ति, बुद्धि तथा सिप, देश र समाजको हितमा समर्पित गर्ने बेला आएको छ । तामाङ समुदायको एकताको संदेश भोलिका लागि तामाङ समुदायको पहिचान तथा अस्तित्व स्थापित हुने ब्रम्हास्त्र हो, तामाङ समुदायले एकताबद्ध भएर तामाङ समुदायलाई उच्च शिखरमा पुर्‍याउनै पर्छ । तामाङ समुदायको एकता जिन्दावाद, विश्वभर छरिएर रहेका तामाङ समुदाय एक हौं ।
पृथ्वीनारायाण शाहले नेपालको एकीकरण गर्नु भन्दा अगाडि सम्म नेपालका विभिन्न भू-भागमा तामाङ
​ ​
राज्यहरू रहेको लिखित ऐतिहासिक अभिलेखहरू भेटिएको छ भने ऐतिहासिक स्थल भेटिनुको साथै जनश्रूतिहरूमा समेत सुन्न पाइन्छ । नुवाकोट आक्रमण गर्नु भन्दा अगाडि नुवाकोटमा तामाङ कविला राज्यहरू रहेको उल्लेख भएबाट र स्थलगत अध्ययनका साथै अभिलेखबाट पत्तालागेको छ । नुवाकोटका साथै हालको नेपालका विभिन्न भू-भागमा तामाङ
​ ​
राज्यहरू  यत्र तत्र छरिएर रहेको इतिहासले देखाएको छ ।
पृथ्वीनारायण शाहाको पालासम्म भएको तामाङ
​ ​
राज्यहरूको चर्चा नहुनुले पनि बिदेशी हिन्दू आर्यन बाहुन छेत्रीहरूको मनमा  फेरी तामाङहरूले आफ्नो राज्य माग्ने त होइन भन्ने चिन्त थपेको छ । प्राप्त प्रमाणहरूको आधारमा अहिलेको काठमाडौं शहरमा पनि तामाङ
​ ​
राज्य रहेको देखिन्छ । पृथ्वीनारायण शाहले तथकथित एकीकरण अभियान थाले पश्चात तामाङ
​ ​
राज्यहरू विस्तारै हराउँदै गएको इतिहासले देखाएको छ । काठमाडौं वरिपरि पहाडको विभिन्न थुम्कामा तामाङहरू कसरी रहन पुगे भन्ने विषय भन्दा पहिला किन काठमाडौं वरिपरि तामाङ कविला राज्य निर्माण भयो भनी हेर्नु उचित हुनेछ ।
काठमाण्डौं उपत्यका वरिपरि तामाङहरू रहनु भन्दा पहिला तामाङहरू हालको काठमाडौं उपत्यकामा
​ ​
नै राज्य गर्दथे भन्ने प्रमाण भेटिएकोछ । आज सम्म कुनै पनि इतिहासकारले यो कुरा उल्लेख गर्न चाहेको देखिदैन । आज सम्मको इतिहास भनेको एक व्यक्ति र बिदेशी हिन्दू आर्यन बाहुन छेत्रीको स्वार्थको गुणगानलाई इतिहास भनिएको छ । अहिले हामीले जुन कुरालाई  इतिहास भनेर भनिरहेका छौं त्यो इतिहास नभएर बिदेशी हिन्दू आर्यन बाहुन छेत्रीको गुणगान मात्र हो वा शक्तिको गुणगान मात्र हो । काठमाडौं उपत्यकामा तामाङहरूको राज्य रहँदा मल्ल वंशको अस्तित्व थिएन । तामाङहरूलाई हटाएर यहाँ राज्य गर्न मल्ल वंशको लागि चुनौतिको विषय थियो । उनिहरूले उल्लेख गर्न चाहेन कि तामाङ
​ ​
राज्यको बारेमा । तीतो यथार्थ र सत्य कुरो यो हो कि मच्छिन्द्रनाथको मेला हाल पनि तामाङ समुदायले मनाउनु काठमाडौं उपत्यकामा तामाङ
​ ​
राज्य थियो भनेर भन्न सकिने दर्हो प्रमण छ । “तामाङ  समुदायको योञ्जन थरका कुल देवता न्यूरोडको महांकाल हुन्, ब्लोन थरको कुल देवता इन्द्रचोकको सेतो मच्छिन्द्रनाथ हुन्, घिसिङहरूको कुल देवता हनुमान ढोकाका कालभैरब हुन्, रूम्बा थरीले गौसालाको
​ ​
जयबागेश्वरीलाई कुलदेवी मान्छन्” आदि ।
तत्कालीन समयमा मच्छिन्द्रनाथको पूजा भनेको तामाङहरूले कुल पूजाको रूपमा पुज्ने गर्दथे र हाल
​ ​
पनि तामाङहरूले पुज्ने गरेकोले उपत्यकामा तामाङ राज्य थिए भनेर ठोकुवा गर्न
​ ​
गर्न सकिन्छ । काठमाडौंमा मल्ल र नेवारहरूले राज्य गर्नुभन्दा पहिला तामाङहरूले
​ ​
नै राज्य गरे पनि बिदेशी हिन्दू आर्यन बाहुन छेत्रीको छलकपटमा परि तामाङ
​ ​
राज्य गुमाएको देखिन्छ । आफ्नो राज्य गुमाई
​ ​
सके
​ ​
पछि तामाङहरू आफूलाई पायक पर्ने स्थानको खोजी गर्दै बाहिरिने क्रममा उपत्य
काका
 ​
तामाङहरू हालको मकवानपुर, धादिङ तिर लागे भने केही तामाङ अहिले पनि ललितपुरको लेले गाउँमा बसोबास गरेको देखिन्छ । उपत्यकाबाट निस्कने क्रममा मकवानपुर, धादिङ तिर लागेको तामाङहरू त्यहि पहाडि भू-भागमा बसोबास गर्न थाले र सानासाना कविला राज्यहरू विभिन्न थुम्कामा निर्माण गरेर राज्य गर्न थाले । त्यस्तै हालको माछापोखरी बालाजु लगायतका क्षेत्रमा बसोबास गरेका तामाङहरू आफूलाई पायक पर्ने स्थानमा सर्ने क्रममा नुवाकोट तिर बसाई सरेको देखिन्छ । 
उपत्यकाबाट नुवाकोट तिर सबै भन्दा बढी तामाङहरू बसाईँ सरेका कारण थुप्रै कविला राज्य नुवाकोटमा स्थापना गर्न पुगेको देखिन्छ । उपत्यकाबाट हालको काभ्रे जिल्ला तिर बसाईं सरेका तामाङहरू पूर्वी उपत्यकाबाट पायक पर्ने ठाउँको खोजी गर्दै जाँदा काभ्रेको धुलिखेल र नगरकोट तिर बसाईं सरेको भान हुन्छ । यी तथ्यले तामाङहरूको बसोबासको अवस्था हेर्दा पनि यही सत्य हो
​ ​
जस्तो देखिन्छ । उपत्यका वरिपरि तामाङहरू बसोबास गर्न उपत्यका वरिपरि निस्कने क्रममा छरिएर बसोबास गर्न पुगेको देखिन्छ ।  प्राप्त प्रमाणको आधारमा पनि तामाङहरूको यो बसोबासको अवस्थाले हेर्दा पराजयको पीडासंगै तामाङहरू उपत्यका वरिपरि छरिएर बसोबास गर्न पुगेको देखिन्छ । हो, त्यसै समयदेखि उपत्यकाको वरिपरि छरिएर रहेका तामाङहरूले आफू बसेको क्षेत्रमा स-साना कविला राज्यको स्थापना गरेर राज्य गर्न थाले र लामो समय सम्म उपत्यका बाहिर पनि राज्य गरेको यथेष्ट प्रमाण पाउन सकिन्छ । नुवाकोटमा पृथ्वीनारायण शाहले आक्रमण गर्नु भन्दा पहिला तामाङ राज्यनै रहेको प्रमाण भेटिन्छ । एउटा तामाङ राज्य नभएर स-साना कविला गणराज्यहरू नुवाकोटमा भएको अवस्थिति पाइएको छ ।
पृथ्वीनारायण शाह (१७९९) को पहिलो नुवाकोट आक्रमण असफल पार्ने वा हार बेहोर्नु बाध्य पार्ने अवस्था पनि तामाङहरूले नै बनाईदिएको देखिन्छ । नुवाकोटमा पहिलो असफलता हात पारेपछि तामाङहरूसंग असन्तुष्ट बनेका पृथ्वीनारायण शाहले कहिले पनि तामाङहरूको बारेमा बोल्न चाहेनन् । छलकपट र लमजुङ्गे सेनाका सहयोगले नुवाकोट विजय यात्रा शुभारम्भ गरेका पृथ्वीनारयण शाहले देशका विभिन्न भागमा रहेका कविला तामाङ
​ ​
राज्यहरू हात पारे र
​ ​
तामाङ समुदायको इतिहास समाप्त गरिदिएका हुन भन्ने जनस्रुति पाइन्छ । त्यसैको नामेट स्वरूप आज पनि नेपाली इतिहासमा नुवाकोट आक्रमण र असफलता विद्धार्थीहरूलाई पढाइन्छ, घोकाइन्छ, रटाइन्छ तर को संग पृथ्वीनारायण शाहले हार बेहोर्नु पर्‍यो भन्ने बारेमा बताइदैन । यसको कारण थियो तामाङहरू फेरि पनि एकतृत हुन्छन् र
​ ​
बिदेशी हिन्दू आर्यन बाहुन छेत्री
​ ​
राज्य बन्न बञ्चित गर्लान् भनेर उनीहरूलाई निश्तेज पार्नको लागि पहिलो हार मात्र भन्ने गरिएको छ । तत्कालीन समयमा नुवाकोटमा कुन
​ ​
जातको राजाले राज्य गर्दथ्यो भन्ने खुलाइएको छैन ।
​ ​
त्यहाँ पृथ्बिनारायण शाहको पहिलो हारनै तामाङ समुदायसंग भयो । हालको नेपाली इतिहासकारले लुकाए पनि नुवाकोटमा तामाङ
​ ​
राजाहरू रहेको देखिन्छ । औखर पौवा गाविसमा एक तामाङ
​ ​
राज्य रहेको देखिन्छ । त्याहाका राजाका सन्तानहरू आज
​ ​
पनि त्यही रहेका छन् । उनिहरूका भनाइ अनुसार त्याहा हाल पनि रूम्बा राजाको शिलापत्र र दरबारको भग्नावशेष भएको ठाउँ छ । आवश्यक जगेर्नको अभावमा तत्कालीन समयमा भएको तामाङ ऐतिहासिक स्थलको नामेट गर्ने काम अहिलेको सासकहरूबाट भइरहेको छ । काठमाडौं उपत्यकामा तामाङ
​ ​
समुदायले रा
ज्य गर्दथे भन्ने प्रमाण कर्कप्याट्रिको यो भनाइबाट पनि प्रमाणित हुन्छ ।
.... काठमाडौं उपत्यकामा नेवारहरूले राज्य गर्नुभन्दा अघि नेपालमा भोटे जातिले राज्य गरेको थियो । जहाँ वाक्लो बस्ती थियो । उनीहरू भोटियो भाषा बोल्दथे । नेवारहरूले तिनीहरूलाई काठमाडौं उपत्यकाबाट हटाएका थिए । तिनैलाई काठ भोटिया भनिन्छ । जो आजसम्म संरक्षित र कच्छाडको पहाडमा तर मुख्य रूपमा उनीहरू कुतिपट्टिको पर्वतीय भूमिमा आवाद छन् । ....... (एन एकाउण्ट अफ दि किङ्डम अफ नेपाल)
​ ​
। 
यसै भनाइलाई डोरबहादुर विष्टको सबै जातको फूलबारी भन्ने पुस्तकमा लेखिएको लेख अनुसार पनि तामाङहरू नेवारहरू भन्दा पहिला काठमाडौं उपत्यकामा
​ ​
नै थियो भन्ने प्रमाणित गर्दछ । भोटे अक्षर पढ्ने र लामा-धर्म मान्ने हुनाले उहिले
​-​
उहिले
 हामीलाई भोटे पनि भन्ने गरेका थिए । (डोरबहादुर विष्ट सन्, २०१० मे)
​ ​
यी भनाई हेर्दा पनि काठमाडौं उपत्यकामा नेवारहरूले राज्य गर्नु भन्दा पहिला तामाङहरू
​ ​
नै राजा थियो भन्न सकिन्छ । जसलाई स्वदेशी एवम् विदेशी विद्वानहरूले समेत स्वीकार गरेका छन् । नुवाकोटको विभिन्न भू-भागमा स-साना कविला राज्य गरेर बसेका तामाङहरूले पृथीवनारायण शाहलाई हराउँदा एक राज्यले अर्को कविला राज्यलाई सहयोग गरेका कारण पनि पृथ्वीनारयण शाहको हार नुवाकोटमा सुनिश्चित भएको हो । यस हार बाट पृथ्वीनारायण शाहाले के पनि बुझे भने तामाङहरू जति खेर पनि संगठित हुन सक्छ र फेरी हामीलाई छताछुल्ल पार्न सक्छ भनी डराएकै कारण तामाङ
​ ​
राज्य र तामाङहरू संगको हारको कहिले पनि कुरा गरेनन् । यस कारण पनि नुवाकोटमा अन्य जातिको राज्य नभएर तामाङ राज्य
​ ​
नै थियो भन्ने ठोकुवा गर्न सकिन्छ । त्यस्तै तामाङ गणराज्यको रूपमा अर्को महत्वपूर्ण स्थान भनेको काभ्रे रहेको देखिन्छ । हालको काभ्रे नाम
​ ​
नै तामाङ भाषाबाट रहेको प्रमाणले पनि काभ्रेमा तामाङ राजाको कविला राज्यहरू थिए भन्ने पुष्टि भएको छ । हालको काभ्रे नाम
​ ​
नै तामाङ भाषाबाट रहेको प्रमाण भेटिन्छ । काभ्रेमा तामाङ राजाको कविला राज्यहरू थिए भन्ने पुष्टि भएको छ । तामाङ भाषामा ‘का’ भन्नाले उपदेश र ‘भ्रे’ भन्नाले आठ भन्ने हुन्छ । भगवान बुद्धले आफ्नो पूर्वजन्म स्थल नमोबुद्धमा आइ आफ्ना शिष्यहरूलाई आठवटा महत्वपूर्ण उपदेश दिनुभएकोले यस जिल्लाको एउटा थुमलाई काभ्रे भनिएको हो । यही काभ्रे थुम र पलाञ्चोक भन्ने अर्को थुम जोडिएर यस जिल्लाको नाम काभ्रेपलाञ्चोक जिल्ला भएको हो भनिन्छ । पृथ्वीनारयण शाहको एकीकरण अभियानमा काभ्रेमा पनि आक्रमण गरि सकेपछि त्याहाका तामाङ राजालाई वार्ताको नाममा खोलाको बगरमा बोलाई काटेर तामाङ
​ ​
राज्यको हार गराइएबाट आज सम्म पनि काभ्रेपलाञ्चोकको तामाङहरूले आज सम्म पनि तिमालको एक खोलाको पानी खादैनन् । आफ्नो राज्य गुमाउनु पर्दाको पीडा सहन गर्न नसकी तामाङहरू बसाईं सरेको देखिन्छ । दुःखको कुरो इतिहासको पानामा पृथ्वीनारायण शाहले विभिन्न तामाङ कविला राज्यहरू एकीकरण गरे पछि त्याहाँको तामाङमा घोर अन्याय गरेका कारण पुस्तौ पुस्ता सम्म त्यस क्षेत्रमा रहेको तामाङहरू उठ्न सकेको देखिदैन । पृथ्वीनारायण शाहले तामाङहरू माथि बसालेको दुर्ब्यवाहार आजको सासकहरूले पनि गुरूमन्त्र झैं पालन गरिरहेकै छन् र तामाङहरू अगाडि आउन सकेको छैन । जे भए पनि प्रमाणको आधारमा र हाल रहेको जिल्लाको नामबाट
​ ​
नै प्रमाणित हुन्छ कि काभ्रेमा पनि तामाङ राज्य
​ ​
नै थियो । पृथ्वीनारायण शाहले आफूले पहिलो हार बेहोर्नु परेका कारणले गर्दा पनि हुन सक्छ तामाङ राज्यहरूको नामोच्चरण समेत गर्न चाहेको देखिदैन । यी लगायत मकवानपुर, धादिङ, मुस्ताङ, जड्यान प्रदेशमा तामाङ
​ ​
राज्यहरू रहेपनि तामाङ राज्यको नाम कहि पनि उल्लेख गर्न पृथ्वीनारायण शाहले चाहेको देखिदैन । कारण राज्य एकीकरण गर्दा सबै भन्दा बढी सास्ती पृथ्वीनारायण शाहले तामाङ राज्यहरूबाट
​ ​
नै बेहोर्नु परेको देखिएको छ । त्यसै
​ ​
कारण पनि हुन सक्छ बाइसे चौबिसे राज्य भने पनि कहि कतै तामाङ राज्यको उल्लेख सम्म पनि गरेको देखिदैन ।
इतिहासको पानाले लुकाएर राखेको तामाङ राज्यहरू एक दिन अवश्य बिउँझने छन् । जित्नेको गुण गान मात्र इतिहास भन्न मिल्दैन इतिहास हार्नेहरूको पनि हुनु पर्छ र हुन्छ । इतिहास लेखन गर्दा टुप्पाबाट लेखिने इतिहास अब फेदबाट लेखिनु पर्छ । सासकले दबाएर राखेको आज करिब ४ ५० वर्ष भइसकेको छ । शाह वंशको उदय र विनास दुवै सकिएको छ । यति बेला सम्म जति इतिहास हेरियो, पढियो, रटियो, लेखियो सब जित्नेको नाटक मात्र हो यसलाई इतिहास भन्न मिल्दैन । इतिहास जित्ने र हार्ने दुवैको हुनु पर्छ तव
​ ​
पो इतिहास हुन्छ नत्र के इतिहास ? तामाङ कविला राज्यहरूको पतन भनेको फेरी तामाङ राज्यको उदय हुने संकेत हो । यो एक दिन अवश्य उदाउने छ । सासकले सासित माथि गरेको दवाव हो । सासितहरूले इतिहास ताम्रपत्र, कनकपत्र, भोजपत्र, शिलालेख कहि नरहने गरि नामेट गरिए पनि प्रत्यक सासितको जनजिब्रोमा तामाङ समुदायको इतिहास रहेको छ । अबको इतिहास टुप्पाबाट हैन फेदबाट लेखिनु पर्छ नत्र इतिहास नभएर सासकको गुणगान मात्र हुनेमा कुनै दुइमत छैन । हामी माथि युगौं युग देखि हाम्रो आवाज सासकले दबाएर राखेको छ । दबाइएका जनता
​ ​
तिर फर्केर इतिहास खोज्ने समय भएको छ । नेपाली सासित इतिहास हामीले बोल्न नसके पनि नेपाली माटोले हाम्रो इतिहास बोली रहेको छ । यसको लागि अब हामी
​ ​
जागरूक हुनै पर्छ ।
अन्तमा जगदीश शमशेर राणाको नरसिंह अवतार महाकाव्यको एक श्लोकको याद आउँछ । उनले भनेका छन् :
हामीले खप्यौ यतिका वर्ष
के  भयो सहेर
मुहान फोडौं न
कानुन तोडौ न
वास्तवमै हामी तामाङ
​ ​
समुदायले
​ ​
करिब ४५० वर्ष भन्दा बढी समय देखिको अन्याय र अत्याचार सहेर बसेका छौं । अझ पनि सहि नै रहेका छौं । थाहा छैन अझ कति समय सहनु पर्ने हो । तामाङहरू अब सुत्ने बेला छैन । अब यतिका वर्ष सहेर नभए पछि तामाङ सक्रिएताको मुहान फोड्ने बेला भएको छ । तामाङ
​ ​
समुदायलाई किचेर राख्ने
 कानुन तोड्ने बेला भएको छ । जुन कानुन तामाङ समुदायको
​ ​
लागि अनावश्यक भारको रूपमा लादिएको छ । तामाङ समुदाय
लाई
 ​
पिपा र भारी बोक्ने कामको कानुनको कुनै जरुरत भएन यस्तो कानुनको बार भत्काउनु पर्ने बेला आएको छ ।
त्यस्तै राणाकै महाकाव्यको अर्को श्लोकले भन्छ ।
निख्रियको रगतमा आज चढ्यो लाली
हिजो सम्म तिम्रो पालो अब हाम्रो पाली ।
तामाङ समुदाय माथि जति सक्यौ निखार्‍यो । कागति निचारे जस्तो । गर्नु सम्म गर्‍यौ । अब निख्रिएको रगमा फेरी नया लाली चढेको छ । नया जोश जाँगर र उमङ्ग ल्याएको छ । हिजो सम्म विभिन्न बहानामा पालैपालो गरेको शासन सबै बिदेशी हिन्दू आर्यन बाहुन छेत्री
​ ​
वर्गमै सीमित भएको छ । चाहे त्यो राणा शासन होस् या एक पछि अर्को स्वतः बन्ने राजाको परिपाटी यी सब बिदेशी हिन्दू आर्यन बाहुन छेत्रीको हातमा रह्यो । ०७ साल भन्दा यता आएर झन भनी नसक्नु देश लुट्ने लुटाहाहरू देखा परे । ती सबै बिदेशी हिन्दू आर्यन बाहुन छेत्रीहरू परे । अब यस भूमीमा जन्मिएका भूमिपुत्र हो मूलबासी मंगोल हो  अब हामीले यी १४९५ मा भारतबाट नेपाल भित्रीएका बिदेशी हिन्दू आर्यन बाहुन छेत्रीलाई के गर्ने भनेर सोच्नु पर्ने बेला आएको छ । होइन भने यीनिहरूले नेपाल भन्ने देश मात्र थियो भन्ने बनाउनु भन्दा अब केही बाँकी राख्ने छैन ।
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com