बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
शान्तिको लागी अन्तिम मौका !

गुलाफी क्रान्तिमा सहभागी हौँ 
  • डा. सीके राउत
केही दिनअघि आईएसआईएसले एकजना जोर्डनी पाइलटलाई जिउँदै जलाएको भिडियोले सञ्चारमा निकै महत्त्व पायो । विश्वभर नै मानिसहरू टेलिभिजनमा यसरी टाँसिए, मानौं यो उपग्रहमै सबभन्दा आश्चर्यको घटना थियो त्यो । नेपालमा त्योसँग मिल्दोजुल्दो खालको घटना प्रतिपक्षी दलहरूले गरेको आमहडताल थियो, जसमा प्रदर्शनकारीले दर्जनजति यातायात साधनमा आगो झोसे।
परोपकार र सरकारी चिकित्सा संस्थाहरूको स्वायत्तताका लागि पटक-पटक अनसनमा बस्ने व्यक्तिका रूपमा परिचित हड्डी विशेषज्ञ डा. गोविन्द केसी र विविध क्षेत्रमा हुने भ्रष्टाचारविरुद्ध अनसनमा बस्दै आएकी भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसाल झालाई 'बौलाहा', 'सन्की' भन्ने गरिन्छ अक्सर । उता माइक र कुर्सी तोड्ने, फ्याँक्ने सभासद्हरूलाई 'सिंह' को विशेषण दिइएको मात्र छैन, आआफ्ना क्षेत्रमा उनीहरूले 'हिरो' को स्वागत पाएका छन् ।
एघार दिनसम्म अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जारी मेरो आफ्नै अनसनबारे खासै चासो देखिएन, न त त्यसलाई कसैले 'बहादुरी' का रूपमा नै लियो
​ ​
।नन्दप्रसाद ३२९ दिनको अनसनपछि न्याय नपाई मरेर गए भने दर्जनौं निर्दोषका हत्याराहरू खुलेआम हिँड्डुल गर्दैछन्
​ ​
एकजनाको हत्या र एक दर्जन अरूको हत्या हुने गरी राजधानीमा माइक्रोबसमा 'पेट्रोल बम' आक्रमण गर्ने बैद्ध समूह अनि अरूको जमिन र पेट्रोल
​ ​
पम्पमाथि जबर्जस्ती कब्जा जमाउने विप्लव समूह र हडतालको अवसरमा दर्जनौं यातायात साधनमा आगो लगाउने प्रतिपक्षी दलहरूमाथि उनीहरूका अपराधवापत कुनै अभियोग लगाइएको छैन र दोषी ठहर गरिएको पनि छैन
​ ​





















तर फूल बाँड्दै गरेका हाम्रा कार्यकर्ताको गिरफ्तारी, यातना र उनीहरूलाई दोषी ठहर गर्ने सिलसिला जारी छ, विनाकारण र झूटो आरोपमा
​ ​
जनताबीच परिचित या अपराजित सशस्त्र समूहलाई नेपाल सरकारले वार्तामा बोलाएको छ
​ ​
। उनीहरूलाई वार्ताका नाममा आलिसान होटेलमा आतिथ्य दिइएको छ
​ ​
तर सरकारले मेरो गिरफ्तारीको आदेशसँगै मलाई जन्मकैदको वकालत गर्‍यो, एउटा पुस्तक प्रकाशित गरेबापत जसको कभर पृष्ठमा बुद्ध, गान्धी र मन्डेलाको फोटो छापिएको थियो
​ ​
कुनै बौद्धिक पक्षले त्यस्ता कदम या बहसलाई चुनौती दिएन, कुनै पत्रकारले किताबमा उल्लिखित तथ्य र त्रुटिका आधारमा त्यसलाई केलाएन
​ ​
। बरू, मेरो गिरफ्तारी र मेराविरुद्ध लगाइएको राजद्रोहका मुद्दाप्रति हर्षित भए उनीहरू ।
संयुक्त राष्ट्रसंघलाई एउटा ज्ञापनपत्र दिन बराबर ताकेता गर्दा हामी त्यसको प्रांगणबाट खेदियौं, सशस्त्र प्रहरी लगाएर
​ ​
। हाम्रो ज्ञापनपत्र रद्दीको टोकरी लायक पनि मानिएन
​ ​
। त्यसविपरीत नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोग (अनमिन) र अन्तर्राष्ट्रिय समुदायले विभिन्न शिविरमा राखिएका माओवादी हतियारको रेखदेखमा ठूलो लगानी गरे
​ ​
हाम्रो अभावपूर्ण बजेटबाट कैयन्-कैयन् ट्रक हतियार तथा गोलीगठी आयात गरियो, अन्तर्राष्ट्रिय सहयोगबाट किताबको साटो गोली खरिद गरियो, निर्दोष किसान र ग्रामीण
​ 
क्षेत्रका नागरिकहरूलाई
​ ​
यातना दिन सशस्त्र बल तैनाथ गरियो र प्रहरीले किशोरीहरूको बलात्कार गर्दा कुनै प्रश्न गरिएन
​ ​
। तर
​ ​
अन्तर्राष्ट्रिय समुदायले केही मानवअधिकार उल्लंघनका घटनाबारे सुनवाइ गर्दा चर्का आवाज सुनिए
​ ​
एउटा पर्यटकको अपहरण या पत्रकारको गर्धन रेटिँदा सनसनीपूर्ण 'हेडलाइन' बन्छ, तर एउटा मधेसी नेतालाई अभिव्यक्तिको अधिकार नदिइँदा र विराटनगरमा हजारौंको बीचबाट उसलाई गिरफ्तार गरी पासविक तरिकाले उसको खुट्टा भाचिँदा केही समाचार बन्दैन
​ ​
१३ सेप्टेम्बर २०१४ मा मेरो गिरफ्तारीपछि त्यसको विरोधमा हजारौंले गरेका अनेक प्रदर्शनहरूले प्राय: सञ्चारमाध्यममा कुनै ठाउँ पाएका छैनन्
​ ​
अनि मेरो रिहाइको दुई दिनपछि मात्रै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को पूर्वसन्ध्यामा सजिएको काठमाडौं सहरमा मलगायत चार सयभन्दा बढी मधेसीलाई उनीहरूको छालाको रङकै आधारमा गिरफ्तार गरिँदा पनि कुनै आवाज उठेन
​ ​
। हाम्र थुप्रै आमसभामा हजारौंको संख्यामा जनता उर्लिंदा र पासविक बलद्वारा प्रहरीले त्यसको दमन गर्दा पनि सञ्चार अन्धो नै रह्यो
​ ​
३ जनवरी २०१५ मा विराटनगरमा प्रहरी यातनाबाट मेरो खुट्टा मात्र भाँचिएन, चोट लागेर मेरो देव्रे हातका औंलाबाट रगत पनि बग्यो
​ ​
। हिरासतमा अत्यन्त पीडा हुँदा पनि प्रहरीले मलाई अति आवश्यक चिकित्सा सुविधाबाट बञ्चित राख्यो
​ ​
आठ घन्टापछि रिहा हुँदा पनि नजिककै केन्द्रमा चिकित्साको सुविधान दिइएन
​ ​
। बरू मलाई मोरङ छोड्न विवश पारियो
​ ​
। पछि मध्यरातमा धरानस्थित बीपी कोइराला चिकित्साशास्त्र अध्ययन संस्थानमा मलाई भर्ती गरियो, जहाँ मेरो खुट्टामा प्लास्टर चढाइयो
​ ​
त्यस दिन एकत्र भीड तितरवितर पार्न प्रहरीले थुप्रै राउन्ड गोली र अश्रुग्यास चलाएको थियो
​ ​
। प्रहरीले त्यहाँ जम्मा भएका बालबालिका तथा गर्भवती महिलासमेतका स्थानीय व्यक्तिहरूमाथि हिंसा प्रयोग गरेको थियो
​ ​
। उनीहरू कतिका घरमा घुसे र दर्जनौं कार्यकर्ता गिरफ्तार गरे
​ ​
त्यस्तै जनवरी ८ मा प्रहरीले वीरगन्ज आमसभामा हस्तक्षेप गर्‍यो, अश्रुग्यास र गोली चलायो अनि करिब दर्जन व्यक्तिलाई गिरफ्तार गर्‍यो
​ ​
। मेरो खुट्टा भाँचिएको थियो, तर एकदम 'रफ' तरिकाले पेस भयो प्रहरी मसँग
​ ​
। मेरो वैशाखी नै उड्यो धक्कमधक्कामा
​ ​
बारास्थित जंगलका बीच सशस्त्र प्रहरी शिविरमा हिरासतमा राखियो मलाई
​ ​
। फेरि १९ जनवरीमा प्रहरीले लाहानमा आयोजित हाम्रो सहिद दिवस कार्यक्रममा व्यवधान उत्पन्न गर्‍यो
​ ​
। अनेकौं राउन्ड अश्रुग्यास र गोली चलाइयो अनि मलाई उक्त कार्यक्रममा जानबाट रोकियो
​ ​
अनि थुप्रै ठाउँमा, त्यो पनि मानव अधिकार पर्यवेक्षककै आँखाअगाडि नै प्रहरीले विना कारण आमसभामा सहभागी हुन आउनेहरूलाई गिरफ्तार गर्‍यो
​ ​
उनीहरूलाई यातनापूर्ण अवस्थामा हिरासतमा राखियो
​ ​
​ ​
पछि प्रहरीले झूटो सार्वजनिक अपराधमा मुद्दा हाल्यो तिनीहरूमध्ये कैयन्विरुद्ध
​ ​
। त्यसमा परमेश्वर मुर्मु (विराटनगर), हरेराम मण्डल (विराटनगर), रामविलास मेहता (विराटनगर), अब्दुल खान (नेपालगन्ज), इरफान सेख (नेपालगन्ज), विनोद सर्राफ (वीरगन्ज), प्रदीप ठाकुर (वीरगन्ज), धिरज यादव (लाहान), अजय गुप्ता (लाहान), देवु चौधरी (लाहान), रोशन चौधरी (लाहान) आदि सामेल थिए
​ ​
।त्यसका अलावा सरकारले सन्तोष पटेल (पत्रकार), राजेश यादव, रामेश्वर साह र सन्तोष कर्णलाई मार्ने धम्की दिएको छ
​ ​
। प्रहरीले पटकपटक थानामा बोलाउँदा जेलमा कोच्ने धम्कीका साथ हाम्रा कार्यकर्ताको बयान लिएर उनीहरूलाई यातना दिइरहेको छ
​ ​
वास्तवमा उनीहरूले ढुंगामुढा गरेको भए या यातायात साधानमाथि आक्रमण गरेको भए थुनिनुको कारण बुझ्न सकिन्थ्यो
​ ​
। तर फूल बाँड्दा यो हविगत होला भनी सोच्ने कुरा पनि भएन
​ ​
। यसले मेराअगाडि पनि गम्भीर र असहज प्रश्न खडा गरेको छ
​ ​
'माओवादीहरूले १७ हजार व्यक्ति मारेका छन्, तैपनि स्वतन्त्र घुमिरहेका छन् उनीहरू । तपाईंले हामीलाई प्रहरीलाई फूल दिन भन्नुभयो उनीहरूको
​ ​
बर्बरतालाई बेवास्ता गर्दै, तर पनि हामी बन्दी बनाइयौं, किन?' ।
समयको यो मोडमा म उनीहरूलाई आफ्नो असहायपनभन्दा अरू केही देखाउन सक्दिन
​ ​
। लगभग दुई महिनाको अन्तरालमा म सातपटक गिरफ्तार भएको छु या हिरासतमा लिइएको छु, वास्तवमा भद्दा शैलीमा
​ ​
मलाई सार्वजनिक रूपमा बोल्न नदिइएको मात्र हैन, मलाई घरबाहिर जान र मृत्युसंस्कारमा उपस्थित हुनसमेत दिइएको छैन
​ ​
। वास्तवमा म नजरबन्दी बनाइएको छु, घरमा
​ ​
सरकारको यो बर्बर दमन जारी रहँदा पनि हामीले फूल अभियान चलायौं प्रहरी दमनको प्रतिकारमा उनीहरूलाई गुलाफको फूल दिएर
​ ​
। हामी आत्मा र हृदयबाट विश्वास गर्छौं शान्तिपूर्ण र अहिंसात्मक साधनमा तर सबैले हाम्रै मार्ग रोजलान् भन्ने आदर्शवादी सपनामा हामी बाँचिरहेका छैनौं
​ ​
यदि कसैको गर्धन उडाउँदा या अरूको घर तोड्दा यातायात साधनमा आगो लगाउँदा छिट्टै आफ्नो आवाज सुनिने बढी सम्भावना कसैले देख्छ भने उनीहरूले त्यो विकल्प रोज्न सक्छन्
​ ​
। रोज्ने हामीले हो
​ ​
। अनि त्यो निर्णयको उचित समय कुन हो? निश्चय पनि प्रहरी हिरासतमा मर्नुभन्दा पछि आउने छैन उचित समय
​ ​
। 

-डा. राउतको यो लेख अंग्रेजी भासामा पनि आउदैछ । 
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com