बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
ओझेलमा पर्न सक्दैन तमुवान
  • याम गुरुङ
यस पटक पनि जनताको संविधान नबन्ने हो कि? यसमा तमुवानको सम्बोधन गरिंदैन कि? भन्ने आशंका लाग्नु स्वाभाविकै हो किनभने यहाँ पहिचान विरोधीहरुकै बोलवाला रहेको छ । सत्तापक्षबाट आनाकानी तथा संघीयताको पक्षमा सकारात्मक कुराको प्रसार प्रचार नगरिनु नै मुख्य कारण रहेकोले र हामीमाथि सिधै सौतेलो व्यवहार नगरियोस भन्ने हेतुले खबरदारी स्वरुप शान्तीपुर्ण बन्द, हड्ताल गर्नुपरेको हो भन्ने कुरा लाटा-गाँडाले पनि बुझ्नसक्ने कुरा हो ।
तर यसमा सिधै प्रहरी हस्तक्षेप गरि जनताका मागलाई दवाउने दुष्प्रयास हुन्छ भने त्यसको प्रतिकार गर्नका लागी सम्पुर्ण तमुहरुले जुर्मुराउँनुपर्ने समय आएको छ । कति सहनु दवाव ? कहिलेसम्म खेल्नु धरपकड अनि भागदौड ? कति फुलाउँनु घोक्रो नाराबाजीमा? कति जप्नु जिन्दावाद र मुर्दावादको मन्त्र ? कति तताउनु सडक र मैदान? गैर तमुले गरेको नेतृत्वको पुच्छरमा झुण्डिएर हुईय!!!हुईय गर्दै वैतरणी पार लाउँने सँस्कार हाम्रो कहिल्यै थिएन र हुन पनि सक्दैन ।
हाम्रो आफ्नै परिचयलाई ओझेलमा पार्न खोज्नेहरुको सामु विरोध जनाउने यस्ताखाले पुरानो चलन अब त्याग्नुपर्छ । झर्ला र खाउँला भन्ने आशै आशमा युगौं बित्नेछ तर त्यो चीज कहिल्यै झर्ने छैन । त्यसकारण अब झटारोले हानी खसालेर खानका लागि तम्तयार रहनै पर्छ । कसैले भनेको थियो कि 'वर्षौं देखि अरुका लागि लड्यौं अब आफ्नै लागि लड्ने बेला आएको छ ।' आफू मरेर माटो मुनि कुहिएको शहिद कहलाउँनु भन्दा मारेर शत्रुमाथि विजय हासिल गर्नु नै बहादुरीको स्वाभिमानी परिचय दिनु हो ।
राजनीतीलाई आफ्नो पारिवारिक पेशा ठानी युगौं युगसम्म आफ्नै हुकुमत जमाउन चाहने ती स्वार्थी अनि भ्रष्टाचारी शासक तथा नेताहरुले परापुर्वकाल देखि जरो गाडेर बसेको यथास्थितीवादी हैकमवादको अडानलाई अब उखेलेर त्यसमाथि आफ्नो रजाईँ जमाउँने समयको शुरुवात भएको छ । गुरुङ जसलाई आकाशले पुकार्दा जसरी धर्ती नै थर्कमान हुन्छ, ठिक त्यस्तै खालको माहौल सृजित गरी नेपाली राजनीतिमा तहल्का मच्चाउँन हदैसम्मको प्रयत्न गरिनुपर्छ ।
उहिले हामीलाई शिक्षाबाट बन्चित गराईयो, अशिक्षित अनि सोझा साझा जसलाई आफ्नो मौलिक सँस्कार तथा परम्परा, रहन-सहन, भाषा अनि पहिरन भन्दा अन्य अतिरिक्त कुराको ज्ञान थिएन, उनीहरुमाथि जबर्जस्ती हिन्दु धर्मको पगरी गुथाइयो, दरिलो र फुर्तिलो समूदाय भएकोले भर्ती प्रथा द्वारा रोजगारी दिलाउँने वहानामा देशको जनशक्ती विदेशीलाई बेची कमिशन कुम्ल्याइयो । फलस्वरुप यी लुच्याँईं अनि फट्याँईंगिरीमा निपुर्ण कौशल भएकाहरुले देश र जनतामाथि शदियौं देखि लिएर आजसम्म आफ्नो प्रभुत्व जमाउँन सफल भएका छन् ।
एक हिसाबले भन्नुपर्दा देश हाँक्ने ठेकेदार बनेका छन् । काका, मामा, भाइ, भतिजो सबैको हातमा पालै पालो पुग्दछ, सत्तारुपी गाडीको साँचो । यति हुँदा पनि यिनीहरु सन्तुष्ट छैनन्, एउटाको हातमा साँचो पुग्न नपाउँदै अर्कोले खोस्ने दाऊपेचमा लाग्ने यिनका गतिविधीको जात्रा टुलु-टुलु हेरेर रमितिन हामी मूलबासीहरूलाई सुहाउँदैन । त्यसैले अब जागौं, उठौं । आफ्नो हक र अधिकारको सुनिश्चित गराऔं । सबैको साझा यो मातृभुमीमा कहिले राणा शासन अनि फेरि कहिले शाहवंशले पालैसँग के गरे भन्ने कुरा इतिहास साक्षी छ । यीनै कुरालाई मध्यनजर राखी जन आन्दोलन ०४६ ले पुनर्वहाली गराएको वहुदलीय प्रजातन्त्र अनि ०४७ सालको संविधानले दिएको धर्म निरपेक्षता भन्ने कुरा केवल अक्षरमा मात्रै सिमित रह्यो, त्यसलाई व्यवहारमा उतार्ने काम भएन । फलस्वरुप आमूल परिवर्तन ल्याउनका लागि देशले दस वर्षे जनयुद्दको कहाली लाग्दो अवस्थाबाट गुज्रिनु परेको कुरा त सबैको आँखामा ताजै छ । तर पनि यी जनविरोधीहरुकोको सोंचमा कत्ती पनि फेरवदल हुन सकेन । देश र जनताले चाहेको गणतन्त्र हो तर यसका लागि गरिएको त्याग त वलिदान त नेतातन्त्रमैं आएर अड्किएको छ । त्यसैले अबको लडाईं भनेको नेपाली राजनीतिमा रहेको कु-सँस्कार विरुद्दको लडाईं हुनेछ । हामी चाहदैनौं कि धार्मीक साम्प्रदायिकता भड्कियोस किनकी हामी कुनै धर्मको विरोधी होइनौं, विरोधी हौं त केवल बाहुनवादको जसले अरु धर्मलाई कार्यान्वयनमा ल्याउन आनाकानी गर्दछ ।
हाम्रो ऐतिहासिक उदगम स्थल अन्नपुर्ण हिमशृंखलाको काखमा अवस्थित क्होला सोंथरबाट बसाँईं सरी यसै गण्डकी भेकमा यत्र तत्र छरिएर रहेका हामी गुरुङहरु आफ्नै मौलिक भाषा, सँस्कार-संस्कृती, रितिरीवाज, पहिरन आदीले सुसज्जित जाती हौं ,अनि आजको वदलिदो परिवेशमा पनि आफ्नो परम्परालाई यथावत कायम राख्न सफल भएका छौं । तर उदेग लाग्दो कुरा के छ भने हाम्रो आफ्नै धर्म हुँदा हुँदै पनि नेपाली नागरिकताको प्रमाणपत्रले हिन्दु धर्मावलम्बी भनेर दर्शाउँछ । धर्म निरपेक्ष राष्ट्रमा पनि नेपाली भनेपछि सबै हिन्दु हुन्छन् भन्ने एकात्मवादी सोंच राख्नेहरु लाटा लठेब्रा होइनन्, यी त टपरटुईंयाँ हुन्, हैकमवादी हुन् ।
स्कुल देखि कलेज लेभल सम्मका पाठ्यपुस्तकमा मूलबासीहरूका विचित्र खालका सँस्कार-सँस्कृतीका बारेमा कतै उल्लेख गरिएको नभेटिनुले पनि हिन्दु बाहेक अरु धर्म-सँस्कारको प्रचार प्रसार गराउन हिच्किचाएको भन्ने बुझिन्छ । मान्दछौं कि हामी र हाम्रो समुदायबाट राजनैतिक निकाश दिलाउँने सही नेतृत्व छैन तर यसो भन्दैमा हामी टुहुरा पनि त होइनौं भन्ने कुरा पहिचान विरोधीहरुले बुझ्नु जरुरी छ । हामीलाई अल्मल्याउने षडयन्त्रमा गुरुङ थर बोकेका तर बाहुनवादको छत्र छायाँमा रम्न चाहने केही तत्वहरुको मुखबाट निस्किएका राष्ट्रिय पहिचान सहितको राज्य अस्वीकार गरेको कुरा एकादुई पत्रिकामा छपाएका पनि देखियो ।
यसबाट हामी कदापी हतोत्साही हुने छैनौं । एउटा कुहिएको माछाले पुरै पोखरी गनाउँछ भन्ने कुरा हामीले नबुझेका होइनौं, त्यसैले पोखरीमा दुर्गन्ध नबढोस भन्ने हेतु उक्त कुहिएको माछा नै निकालेर फाल्ने प्रयास हामी गर्नेछौं । पहिचानका विरुद्दमा जतिसुकै विगुल फुके पनि फुकुन, यसले हाम्रा कानहरु पाक्ने छैनन् बरु उल्टै कानेगुजी सल्बलाएर उधुम मच्चाउन हामीलाई नै उत्प्रेरित गर्नेछ । राष्ट्रकै गौरव बढाउँने अनी ज्वलन्त पहिचान बोकेका हामी तमु'(गुरुङ) हरुको चाहना मात्र नभै आजको परिवर्तनशिल युगको माग हो 'तमुवान' र यसका लागी आवाज बुलन्द पार्नु प्रत्येक तमु को कर्तव्य पनि हो ।राष्ट्रिय पहिचान सहितको राज्यमा आधारीत राज्य संरचनाको मागलाई हैकमवाद थिचोमिचो पार्न कदापी सक्ने छैन र यस्तो कुचेष्टा गरिएमा एक भयंकर विध्वंशकारी ज्वालामुखीको विस्फोट हुनेछ र तहस नहस पार्नेछ । हामी आफ्नो ठेट पहिचान सहितको हक, अधिकार मागेर प्राप्त गर्न सकिँदैन भने खोसेर लिन वाध्य हुनेछौं, किनभने हामी पनि नेपाल आमाकै सन्तती हौं र आफ्नी आमाको ममतामयी न्यानो काखमा स्वतन्त्र रुपले रम्न पाउँनु हाम्रो जन्मसिद्द अधिकार हो । यदी कसैले हामीलाई वेवास्ता गरि आफ्नो एकल स्वार्थको लागि धार्मीक लौरो तेर्स्याएर मातृभुमीको छातीमाथि रत्यौली खेल्न चाहन्छ भने त्यो उनकै लागि घातक सिद्द हुनेछ ।
जय तमुवान
याम गुरुङ ढोरेली
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com