बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
  • राम घिसिङ
पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राज्य विस्तारले एक जात, एक भाषा, एक धर्म, एक संस्कृति र एक वर्गको हिन्दू खस केन्द्रीकृत एकात्मक राज्य बनायो । भन्नलाई‘चार जात छत्तीस वर्णको फूलबारी’ भनियो, गर्नलाई दुई जात दुई वर्णको फूलबारी गरियो । कोदोबारी बनाएर कुट्नसम्म कुटियो, पिट्नसम्म पिटियो र समाजमा नचल्ने अछुत समेत बनाइयो । तोरीबारी बनाएर चेप्नसम्म चेपियो, थिच्नसम्म थिचियो र पेल्नसम्म पेलियो ।
एकात्मक राज्यले शोषण, दमन, अन्याय अत्याचार गर्नुसम्म गरेकोले वि.सं. २००७ को वरिपरि संघात्मक शासन व्यवस्थाको कुरा उठे पनि प्रजातन्त्रको खोल ओढेर एकात्मक यथास्थितिवादलाई पक्षपोषण गर्ने नेपाली कांग्रेस पार्टीले राजालाई बढी अधिकार दिएर अर्को राणा बन्न खोज्दा राजाले तह लगाएर ३० वर्षसम्म निरङ्कुश शासन चलाउन सफल भयो ।
वि.सं. २०४६ सालको जनआन्दोलन–१ सफल भएर संविधान बन्दा समेत कांग्रेस एमालेले टालटुले एकात्मक संविधान बनायो । वि.सं. २०४८ सालको चुनावमा कम्युनिस्टहरूले ६० वर्ष पुगेपछि गोली ठोकेर मार्छन् भनेर नेपाली कांग्रेसले एकमना सरकार बनायो
नेपाली कांग्रेसले प्रजातन्त्रको आवरणमा जनतालाई दबाउन थालेपछि जनताको अधिकारको लागि विद्रोह भन्दै नेकपा माओवादीले १० वर्षे जनयुद्धको नेतृत्व ग¥यो । जनयुद्धको जगमा भएको वि.सं. २०६२÷०६३ को जनआन्दोलन–२ ले नेपालमा लोकतन्त्रको स्थापना भयो । लोकतन्त्रको स्थापनाको साथसाथै वि.सं. २०६५ सालमा देश गणतन्त्रमा गयो । संविधानसभा– १ मा कांग्रेस एमाले क्रमश ः दोस्रो तेस्रो पार्टी भएकोले कांग्रेस एमालेले १२ बु“दे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान २०६३ को मर्म र भावना विपरीत गएर संविधान नबनाउन बहुमतीय प्रणालीमा माओवादी नगएसम्म गणतन्त्र घोषणा गर्न तयार भएनन् । 
माओवादीले गणतन्त्रस“ग सहमतीय प्रणाली साटेर बहुमतीय प्रणालीमा जान बाध्य भयो । जसको फलस्वरूप आदिवासी, मधेसी, महिला, दलित लगायत शोषण दमन उत्पीडनमा परेका वर्गको संविधानसभा–१ मा दुई तिहाई मत भए पनि संविधान बनाउनुको सट्टा सरकार बनाउने र भत्काउने खेलमा लागेर चार वर्ष बित्यो । संघीयता पक्षधरको संविधानसभा–१ मा बाहुल्य भएकाले संविधान नबनाई संविधानसभा विघटन भयो । त्यसकारण २५० वर्षसम्म एकात्मक राज्यले उब्जाएको वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक समस्याहरूको समाधान गर्न राज्यको अग्रगामी पुनः संरचना गरेर नेपाललाई संघात्मक शासन व्यवस्थामा लाने कुरा पूरा भएन ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८ मा “१३८. राज्यको अग्रगामी पुन ः संरचना ः (१) वर्गीय, जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको केन्द्रीकृत र एकात्मक ढा“चाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक शासन प्रणालीसहितको अग्रगामी पुन ः संरचना गरिनेछ । (१ क) मधेसी जनता लगायत आदिवासी जनजाति र पिछडिएका तथा अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशको चाहनालाई स्वीकार गरी नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ । प्रदेशहरू स्वायत्त र अधिकार सम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अक्षुण्ण राख्दै स्वायत्त प्रदेशहरूको सीमा, सङ्ख्या, नाम र संरचनाका अतिरिक्त केन्द्र र प्रदेशको सूचीहरूको पूर्ण विवरण, साधन स्रोत र अधिकारको बा“डफा“ट संविधानसभाबाट निर्धारण गरिनेछ । ” उल्लेख गरिएको छ । 
कांग्रेस एमालेले संविधानसभाको संवैधानिक तथा राजनीतिक संवाद समितिमा दर्ता गरेको साझा प्रदेश प्रस्तावका नामहरू पूरै हिन्दू खस केन्द्रीकृत एकात्मक राज्य व्यवस्थालाई कायम राख्ने संस्कृत भाषाका शब्द र हिन्दू पहिचानस“ग सम्बन्धित छन् । 
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोश सातौं संस्करण (२०६७) अनुसार 
१. कोशी (सं कौशिका) पूर्वी नेपालमा सुनकोशी, इन्द्रावती, दूधकोशी, तमोर, अरुण र लिखु मिलेका प्रसिद्ध सात नदी सप्तकोशी । 
२. जनक वि. (सं.) जन्म दिने, जन्माउने । रामायणकालीन मिथिला राज्यका नरेश, सीताका बाबु, एक राजर्षि । 
पुर ना. नेपालका चौध अञ्चलमध्ये पूर्वको मेची अञ्चलदेखि गणना गर्दा चौथौमा पर्ने एक अञ्चल । 
३. वागमती ना. (सं. वाग्मती) काठमाडौं उपत्यकाको पूर्वोत्तरमा पर्ने वाग्द्वाबाट निस्केर बग्ने एक प्रसिद्ध नदी । 
४.गण्डकी ना. (सं.) नेपालको मध्यपश्चिम क्षेत्रमा बग्ने एक प्रसिद्ध नदी ।
५.लुम्बिनी ना. (सं.) नपाल अधिराज्यको पश्चिमाञ्चल क्षेत्रको रूपन्देही जिल्लामा पर्ने एक प्रचीन वन, गौतम बुद्धको जन्मस्थल ।
६.कर्णाली ना. पश्चिम नेपालको प्रसिद्ध र ठूलो नदी, कर्नाली ।
७.सुदूर वि. (सं.) धेरै टाढा रहेको, निकै टाढाको, ज्यादै टाढा, अति दूर । पश्चिम – चार दिशामा एक नाम । 
हिन्दू एकात्मक मन मस्तिष्क, आचरण, व्यवहारले मात्र सोच्ने नेपाली भएर कहिल्यै नसोच्ने एकात्मक यथास्थितिवादीहरूले नदीनाला, पहाड, हिमाल, जनावर आदिको अस्तित्वलाई प्रमुख ठाने तर मानवको अस्तित्वलाई प्रमुख ठानेनन् । त्यसैकारण एकल पहिचान, बहुपहिचान, राष्ट्र विखण्डन, जातीय राज्य, जातीय सद्भाव खल्बल्याउने जस्ता तुक न बेतुकका कुरा गर्दै अन्तत ः बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपाललाई राज्यको अग्रगामी पुन ः संरचना गर्न एकल हिन्दू खस जातीय प्रदेशहरूको नाम प्रस्ताव गरेर दुनिया“÷जगत् ह“साउ“दै साझा पहिचान भनेर गफ हा“किरहेका छन् । पहिचानको कुरा आउ“दा ऐतिहासिक पृष्ठभूमि तथा थातथलोको निरन्तरताको कुरा आउ“छ । शोषण दमन उत्पीडनमा परेका बहिष्करणमा परेकाहरूको कुरा आउ“छ । राज्य पुन ः संरचना भन्ने अझ उही पुरानै नाम र काम गर्ने एकात्मक राज्य व्यवस्थालाई कायम राखिन्छ भने कसरी सङ्घात्मक राज्य व्यवस्था भन्ने ? के जिम्मेवार भनिएका व्यक्तित्वहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपहास गर्न मिल्छ र ? ऐतिहासिक पहिचानको कुरा गर्दा मानौं सगरमाथा प्रदेश छ । सगरमाथा नाम त हिजो अस्ति बनाइएको÷राखिएको हो ।
सगरमाथाको खास नाम झोमोलोङमा÷झ्यामोलोङमा÷चोमोलोङमा÷चोमोलुङमा हो । कुनै एउटा ठाउ“मा रेग्मी पहिलोचोटि गएर बस्यो । अहिले त्यस ठाउ“मा गाउ“ भएर रेग्मी अल्पमतमा छन् । तर त्यस गाउ“लाई अझै रेग्मी गाउ“ भनिन्छ । अहिले नेपालको ंठाउ“हरूको नाम लामा गाउ“, तामाङ टोल, क्षेत्री टोल, लामाटार, मगर गाउ“, बाहुनी, बाहुनडा“गी, जिरी, थापा गाउ“, गुरुङ गाउ“ नेवार गाउ“ आदि जातीय पहिचान झल्किने किसिमका पाइन्छ । भूगोलको नामबाट पनि नाम नभएका हैनन् तर पहिचानको मुद्दा पेचिलो भएर उठेको बेला हिन्दू पहिचानवाला भौगोलिक नाम बाहेक जातीय भाषिक नाम प्रस्तावित नगर्नाले सफा मनले ल्याएको मानिन्न । के नेपालको विकास दुई चार जना बाहुन क्षेत्रीले ढलीमली गर्ने एक दुई जना आदिवासी हनुमानलाई पद दिएर मूलआदिवासीहरूको पहिचान र अधिकार मेटाउन खोजेर सम्भव छ ? कदापि सम्भव छैन । कहिल्यै हु“दैन । कतैबाट नमिल्ने यी एकात्मक यथास्थितिवादीहरू मूलआदिवासीहरूलाई पहिचान दिन तयार छैनन् । मूलवासीहरूलाई पहिचानसहित राज्यको सम्पूर्ण अङ्गमा जनसङ्ख्याको आधारमा जाति (राष्ट्र) लाई प्रतिनिधित्व गराइयोस् भन्नुको अर्थ राज्यको सबै क्षेत्रमा तामाङ जाति (राष्ट्र) लाई ५.८ प्रतिशतका दरले समावेश गराइयोस् किनकि राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार जम्मा जनसङ्ख्यामा तामाङ जाति (राष्ट्र) को ५.८ प्रतिशत हो । संसारको सभ्य जाति भनेर आफैले आफैलाई भन्ने अनि २५० वर्ष देश डुबाएर नेपाल आमालाई संसारको तन्नम भिखमङ्गा गरिब देश बनाउने को हुन् ? के मूलआदिवासीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा हाम्रो पहिचान, प्रतिनिधित्व र पहु“च होस् भनेर माग गर्नु नाजायज हो र ? नेपाल स्वाधीन समृद्ध बन्नु भनेको सबै नेपाली राष्ट्रको हैसियतमा पुग्नु हो भन्ने एकात्मक खोपडीमा घुस्नुपर्छ । 
२१ औं शताब्दीमा जातपात, भाषा, धर्मको कुरा गर्ने भनेर आरोप लगाएर मूलआदिवासीको पहिचान मेटाउन चाहने तिनै डेढअक्कल विद्वान्हरू हिन्दू राष्ट्र चाहियो भन्दै एक धर्मको राष्ट्र बनाउन र भौगौलिक नाम भन्दै बाहुन पहिचान बनाउन त“छाडमछाड गरिरहेका छन् । राज्य पुन ः संरचनामा प्रदेशको नाम सबैको पहिचानलाई स्विकार्नुपर्छ मात्र भनिएको हो । पृथ्वीनारायण शाहले राज्य विस्तार गर्नुअघि भएका राज्यहरूको नाम अब सङ्घात्मक नेपालमा प्रदेश बन्नुपर्छ । यसको अर्थ उल्टो दिमागले मात्र सोचेजस्तो २२ से २४ से राज्यमा फर्कनुपर्छ भनिएको होइन । नेपालको सबै क्षेत्रमा बाहुन पहिचान स्थापित भएकोले राष्ट्रको मापदण्ड पु¥याएको जाति (राष्ट्र) को नाममा प्रदेश हुनुपर्छ भनिएको हो । त्यसको साथसाथै स्वायत्तताभित्र स्वायत्तता नीति अन्तर्गत राज्य नभएका÷हैसियत नपुगेका जाति (राष्ट्र) ले स्वायत्त क्षेत्र,संरक्षित क्षेत्रमा आºनो शासन आफैले गर्ने संवैधानिक व्यवस्था गर्न‘पर्छ । लोकतन्त्रको प्रत्याभूति राष्ट्रमा सबैभन्दा उत्पीडित वर्गले गर्नु पाउनुपर्छ भन्ने सत्तामा पुगेकाहरूले सोचेर त्यस अनुरूप नीति नियम बनाएर कार्यान्वयन गर्नुपर्छ । 
वास्तवमा पहिचानसहितको संघीयताले मात्रै विविध जातजाति भाषाभाषी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा फुल्न फल्न दिएर सा“च्चिकै ‘चार जात छत्तीस वर्णको फूलबारी’ बनाउ“छ । अन्यथा महेन्द्रीय भौगोलिक संघीयताले त अहिलेको एकात्मक राज्यसत्तालाई टालटुल पारेर मूलआदिवासी, महिला, दलित, मधेसी लगायत सबै उत्पीडित वर्गलाई मानव चिडियाखानामा कैद गरेर फेरि अर्को २५० वर्ष दास बनाउने कुचाल चाल्दैछ । कति साह्रो आर्यन एकात्मक मनले खोटो विचारका साथ साझा प्रदेशको नाम प्रस्ताव गरेको छ । उही पुरानै पञ्चायतकालीन अञ्चलको नामलाई प्रदेश नामकरण गरिएको छ । जनकपुरलाई मिथिला प्रदेश प्रस्ताव गर्नसम्म कञ्जुस्याइ“ गरेका छन् । अर्काको अस्तित्व ऐतिहासिक पहिचान स्विकार्न यति गाह्रो मान्नेहरू कसरी लोकतन्त्रवादी भए होलान् । यस्तैयस्तै एकात्मक यथास्थितिवादीहरू प्रजातन्त्र÷ लोकतन्त्रको बिल्ला भिरेर अलोकतान्त्रिक कार्य गरिरहेकाले वि.सं. २००७ सालदेखि अहिलेसम्म राजनीतिक स्थिरता नभएको र देशले का“चुली फेर्न नसकेको यथार्थ हो । सहमतिमा संविधानसभाबाट संविधान बनाउ“दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेशहरूको नामकरण राज्य पुनः संरचना राष्ट्रिय आयोगद्वारा प्रस्तावित १० प्रदेश र नामहरू सबैभन्दा उपयुक्त छन् । अहिलेसम्मको सहमतिको मिलनबिन्दु यो नै हुनसक्छ । 
संविधानसभा–१ को राज्य पुनः संरचना तथा राज्य शक्तिको बा“डफा“ट समितिले निर्माण गरेको राज्य पुनः संरचनाका आधारहरू पहिचान र सामथ्र्य दुई आधार छन् ।
पहिचानका पा“च आधार
१. जातीय÷समुदायगत 
२. भाषिक 
३. सांस्कृतिक 
४. भौगोलिक÷क्षेत्रगत निरन्तरता 
५. ऐतिहासिक निरन्तरता 
सामथ्र्यका चार आधार 
१.आर्थिक अन्तरसम्बन्ध र सामथ्र्य 
२. पूर्वाधार विकासको अवस्था र सम्भावना 
३.प्राकृतिक साधन र स्रोतको उपलब्धता 
४. प्रशासनिक सुगमता
यिनै सैद्धान्तिक आधारमा टेकेर ऐतिहासिक पहिचान भएका एक प्रतिशत जनसंख्या भएकालाई प्रदेश दिएर त्यस प्रदेशमा भएका सबै मूलआदिवासीलाई मूल आदिवासीले पाउने पहिचान, आत्मनिर्णयको अधिकार, जातीय स्वशासन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक प्रतिनिधित्व, अग्राधिकार, बहुभाषिक नीति, धर्मनिरपेक्षता र मूलआदिवासीको परम्परागत कानुनको मान्यता लगायत सबै अधिकार दिनुपर्छ । सबैले आ–आºनो पहिचान र अधिकार पाएपछि द्वन्द्व पनि मेटिन्छ पहिचान पनि भेटिन्छ । अनि मात्र १२५ जातजाति १२३ भाषाभाषी सबै नेपालीले आ–आफ्नो भाषिक धार्मिक सांस्कृतिक शैक्षिक, आर्थिक, सामाजिक विकास गर्दै सा“च्चिकै मानव भएको गौरवको अनुभूति भएपछि ‘चार जात छत्तीस वर्णको फूलबारी’ नेपाल देश भन्न मिल्छ । नत्र त कांग्रेस–एमालेको हिन्दू पहिचानको एकल प्रदेश प्रस्तावले देशलाई वि.सं. २०४७ सालको विश्वको उत्कृष्ट संविधानतिर पु¥याएको छ । सबै नेपालीलाई चेतना भया ।
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com