बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
राज्य पुनः संरचना र तामाङसालिङ
  • राम घिसिङ
राज्य पुनः संरचनागर्दा तामाङसालिङ कस्तो बन्छ ? तामाङसालिङ बन्ने आधारहरू केके हुन् ? तामाङसालिङ किन बन्नुपर्छ ? के तामाङसालिङ बन्ने जातीय ऐतिहासिक पृष्ठभूमि छ ? के हालआफ्नो थातथलोमा तामाङ जातिको बाहुल्यता छ ? के मूलवासीले पाउने पहिचान सहित आत्मनिर्णयको अधिकार, जातीय स्वशासन, पूर्ण समानुपातिकनिर्वाचन प्रणाली, अग्राधिकार, बहुभाषिकनीति, समानुपातिकप्रतिनिधित्व, धर्मनिरपेक्षता र मूलवासीको परम्परागत कानुनको मान्यता लगायत अधिकार पाउनु लायक जाति(राष्ट्र) हो तामाङ ? के राजनैतिक विज्ञानको सिद्धान्तले तामाङसालिङको स्थापना सम्भव छ ?
तामाङसालिङको ऐतिहासिकता
१२ औं शताब्दीमा जुम्ला जिल्लामा तामाङ राज्य जड्यानको अन्त्यपछि पूर्वतिर लागेका तामाङहरूले मुस्ताङमा समेत नया“ तामाङ राज्य स्थापना गरेको पाइन्छ । मल्ल र पृथ्वीनारायण शाहको शासनकालअघि पश्चिममा त्रिशुलीदेखि पूर्वमा दुधकोशीसम्म सेमजोङ, गोल्जोङ, तिमाङ आदि क्षेत्रमा तामाङ जातिको गणराज्यहरू भएको इतिहास पाइन्छ । इतिहासकार सीताराम तामाङले लेखेका छन् – ‘मञ्जुश्रीले आफ्ना शिष्य छ्योचोङ नाम गरेका बौद्ध धर्मावलम्बीलाई उपत्यकाको पहिलो राजा बनाएका थिए ।’ जसलाई उल्लेख नगरी नेपालका इतिहासकारहरूले तथ्यलाई तोडमतोड गरेर धर्माकर नामक छद्म नाम उल्लेख गरी भ्रम सिर्जना गरेका छन् ।
पुरातत्वविद् जनकलाल शर्माले काठमाडौं उपत्यकाका आदिवासी तामाङ हुन् भनेर आफ्नो ‘हाम्रो समाज ः एक अध्ययन’ पुस्तकमा लेख्नु भएको छ । नगरकोटमा घिसिङ राजा र नालदुममा थिङ राजा थिए भनिन्छ । काभ्रेको तिमालमा रेञ्जिन दोर्जेले गणतन्त्रात्मक पद्धति अनुसार राज्य चलाएको प्रमाण पाइन्छ । यसरी काभ्रेको बाह्र तिमाल, तेह्र पा“गु, सात सय दाप्चा, तीन भुम्लो, पनौतीमा तामाङ राज्यहरू थिए । सिन्धुपाल्चोकको रिस्याङ्खु, सेर्मा थाङ्, थकनी, पाखर दोलखाको चोथाङ, लापिलाङ्ग, बुलुङ, साही थुम, लामाबगर, सैलुङ रामेछापको ताल्च्युगढी, सिन्धुलीको मझुवा, मकवानपुरको खैराङ, फावरबारी बेतिनी, कोट थुम्की, धियाल, नुवाकोटको ककनी, बोम्ताङ, पञ्चकन्या, पुरानो गोल्फु, धादिङको च्याम्रुङ, सेर्तुङ , जारनाङ, सेमजोङ, बार्पाक, सल्यान, अठारसय, बसेरी, निभारचोक (सल्यानथुम) अनेककोट, रसुवाको गोल्जोङ, बोङजो, गोङगाङ, जोङचेत, गत्लाङ, नेसिङ, याङकरजोङ, याङनेङार स्थानहरूमा तामाङ राज्यहरू भएको इतिहास पाइन्छ । 
काठमाडौं वरिपरिको हालको काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, नुवाकोट रसुवा, चितवन, मकवानपुर रसिन्धुली १० जिल्लाहरूमा पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गर्नु अघिदेखि ज्ञानेन्द्र शाहसम्मले राज्य चलाएर छोड्दासम्म तामाङ जातिको अस्तित्व निरन्तर कायम छ । गर्विलो इतिहासस“गै आजको विकसित राजनीतिक विज्ञानको सिद्धान्तको कसीमा जा“च्दा समेत तामाङ जाति (राष्ट्र) राष्ट्रको योग्यता पुगेको जाति (राष्ट्र) हो । राष्ट्र बन्नु आवश्यक साझा भाषा, साझा भूगोल, साझा संस्कृति, साझा आर्थिक जीवन र साझा मनोविज्ञानको मापदण्ड तामाङ जाति (राष्ट्र) सँग छ । यिनै आधारहरूमा टेकेर तामाङ जाति (राष्ट्र) उत्पीडनबाट मुक्त हुन तामाङसालिङ स्वायत्त गणराज्य निर्माण गर्नुपर्छ । तामाङ जाति (राष्ट्र)ले तामाङसालिङ प्राप्त नगरेसम्म शोषण, दमन र उत्पीडनबाट मुक्त हुन सक्दैन । तामाङ जाति (राष्ट्र) को मुक्तिको लागि तामाङसालिङ निर्माणको विकल्प छैन । 
राष्ट्र के हो ?
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । तर यस्तो देशमा एक जाति, एक भाषा, एक धर्म, एक संस्कृति र एक वर्गले अढाईसय वर्षसम्म हिन्दू खस केन्द्रीकृत एकात्मक राज्यसत्ता चलाएर गर्नुसम्म शोषण, दमन, उत्पीडन ग¥यो । त्यसको फलस्वरूप वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेद यति चुलियो कि आज राज्यलाई अग्रगामी पुनः संरचना गरेर समस्याको समाधान गर्न खोज्दा फेरि तिनै एकात्मक यथास्थितिवादीहरू तगारो बनेर उभिरहेका छन् । तामाङ जाति (राष्ट्र) ले रणबहादुर शाह र गीर्वाणयुद्धविक्रम शाहको पालामा सैनिक विद्रोह (राज्यविद्रोह) गरेका थिए । त्यसयता मूलआदिवासीहरूको पटकपटकको आन्दोलन, माओवादीको १० वर्षे जनयुद्ध, जनआन्दोलन – २ मूलआदिवासी आन्दोलन, मधेसी आन्दोलन आदिद्वारा प्राप्त गरेको नेपालको अन्तरिम संविधान २०६३ को प्रस्तावनामा ‘देशमा विद्यमान वर्गीय, जातीय क्षेत्रीय, लैङ्गिक समस्याहरूलाई समाधान गर्न राज्यको अग्रगामी पुनः संरचना गर्ने’ लेखिएको छ । त्यसको साथसाथै नेपाल सरकारले माओवादी,मूलआदिवासी, मधेसी लगायतकास“ग गरेको समझदारी, सम्झौता अनुसार राज्यको अग्रगामी पुनः संरचना गर्ने बलियो आधार छ ।
तामाङसालिङ निर्माण
हिन्दू खस केन्द्रीकृत एकात्मक राज्यले २५० वर्षसम्म शासन चलाएर असफल भएपछि देश संघात्मक शासन प्रणालीमा जाने मूल बाटोमा छ । संघीयता कस्तो बनाउने भनेर बहस भइरहेको छ । मूलत ः दुई किसिमको बहस भएको छ । 
१. पहिचान सहितको संघीयता 
२. महेन्द्रीय भौगोलिक संघीयता 
यी दुईमा पहिचानसहितको संघीयता चाहनेहरू असली संघीयतावालाहरू हुन् भने महेन्द्रीय भौगोलिक संघीयतावालाहरू असली हिन्दूस्तान बनाउन चाहने एकात्मक यथास्थितिवादीहरू हुन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संविधानमा लिपिबद्ध भएको छ । यस आधारमा लामो समयसम्म शोषण, दमन र उत्पीडनमा परेका जाति (राष्ट्र) लाई मुक्ति दिने सरल सहज बाटो भनेकै संविधानसभा – १ को विषयगत समितिहरूमध्ये एक राज्य पुनः संरचना तथा राज्यशक्तिको बा“डफा“ड समितिले निर्माण गरेको राज्य पुनः संरचनाका आधारहरूमा पहिचान र सामाथ्र्यका दुई आधार हुन् ।
यिनै पहिचानका पा“च आधार (१. जातीय÷समुदायगत २. भाषिक ३. सांस्कृतिक ४. भौगोलिक क्षेत्रगत निरन्तरता ५.ऐतिहासिक निरन्तरता) र सामथ्र्यका चार आधार (१. आर्थिक अन्य सम्बन्ध सामथ्र्य २. पूर्वाधार विकासको अवस्था र सम्भावना ३. प्राकृतिक साधन र स्रोतको उपलब्धता ४. प्रशासनिक सुगमता) आधारहरूमा राज्यको पुनः संरचना गरेर सङ्घीय राज्यहरूको निर्माण गर्नुपर्छ । प्रत्येक राज्यमा आवश्यकता अनुसार स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र निर्माण गर्नुपर्छ ।
तामाङसालिङ पहिचानका एक आधार जातीय÷समुदायगत आधारमा बन्ने एक स्वायत्त गणराज्य हो । जातीय÷समुदायगत आधारमा खम्बुवान, लिम्बुवान, नेवा, तमुवान, मगरात, थारूवान,कोचिला राज्य बन्नुपर्छ । भाषिक आधारमा मिथिला, भोजपुरा, अवध आदि राज्यहरू बन्न सक्छन् । क्षेत्रीय÷ भौगोलिक आधारमा भेरी कर्णाली र सेती महाकाली राज्य बन्न सक्छन् । जातीय, भाषिक, भौगोलिक राज्यहरू निर्माण गर्दा सबैको मुक्ति हुने संवैधानिक ग्यारेन्टी÷सुनिश्चितता गरेर त्यस अनुरूप सन्तुलन मिलाउनुृ पर्छ । 
मानौं तामाङसालिङ स्वायत्त गणराज्यमा तामाङ जातिको साथसाथै तामाङसालिङवासी सुरेल, हायु, घले, ह्योल्मो, जिरेल, कुमाल, पहरी, माझी, सुनुवार, दनुवार, थामी, चेपाङ लगायत अन्य जाति एक जना मात्र छ भने पनि मुक्तिको सास फेर्न पाउनुपर्छ । तामाङसालिङवासीलाई थातथलो,जनसंख्या, सामाथ्र्य अनुसार स्वायत्तताभित्र स्वायत्तता नीति अन्तर्गत विशेष स्वायत्त क्षेत्र वा स्वायत्त क्षेत्र, विशेष संरक्षित क्षेत्र वा संरक्षित क्षेत्र दिएर तामाङसालिङमा एकीकृत गर्दै सिङ्गो नेपालको राष्ट्रिय एकतालाई अक्षुण्ण राख्नुपर्छ । तामाङसालिङ हाम्रो घर हो । नेपाल हाम्रो देशहो भन्ने पहिचान पक्षधर तामाङसालिङवासीको भावनालाई एकात्मक खोपडीले बुझ्न आवश्यक छ । थुजेछे ।
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com