बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन

हलिउडको नायक बन्ने सपना असफल भएता पनि शुशिल कोइराला गणतन्त्र नेपालका ५ औँ प्रधानमन्त्री बन्न सफल भएका छन् । हास्यास्पद कुरा के छ भने शुशिल कोइराला हलिउडको नायक बन्ने सपना किन र कुन आधारमा गरे त्यो वहाँको नितान्त निजी विषय हो तर आश्चर्य लाग्दो के छ भने शुशिल कोइरालामा न त हलिउड नायक जस्तो डाइलग (संवाद) बोल्न सक्ने शैली विद्यमान छ (शुशिलमा जनतालाई रोमान्चीत तथा मोहित गर्ने शैली विलकुलै छैन) जानकारी अनुसार जिव्रोमा क्यान्सर हुनु अगाडी देखि नै शुशील कोइरालाको वोलीमा प्रस्टता थिएन ।

जे होस हलिउडको नायक बन्ने मूँगेरी लालको सपना त पूरा हुन सकेन संकटग्रस्त नेपालको उही घिसा पिटा पुरानो अनुहार शुशिल कोइराला लगभग ७३.५ मत प्राप्त गरेर नेपालका गरिमामय प्रधानमन्त्रि पद प्राप्त गर्न सफल भएका छन् । स्मरण रहोस शुशिल कोइरालाद्वारा प्रकट नगरिएता पनि नेपालको प्रधानमन्त्रि पद प्राप्त गर्न  प्रति अर्जुन दृष्टी चाँही राखेका थिए । शुशिल कोइरालाले संक्रमणकालिन नेपालको काँडा नै काँडाले भरिएको प्रधानमन्त्रिको मुकुट त प्राप्त गरेका छन् तर राष्ट्रलाई सहि पथमा डोर्‍याउँदै नेपाली जनाताको हृदयमा विजय प्राप्त गर्न सफल हुने हुन की हलिउड नायक वन्न असफल भए जस्तै प्रथम राउन्डमा नकआउट हुने हुन हेर्न बाँकी छ ।

प्रथम संविधान सभाको निर्मम हत्या, गैर दलिय सरकारद्वारा दोस्रो संविधान सभाको सफलता पूर्वक निर्वाचन सम्पन्न पश्चात सहमतीय सरकारको रट लगाउँदा लगाउँदै बहुमत प्रणालीद्वारा निर्वाचीत भई शुशील कोइराला प्रधानमन्त्री पद प्राप्त गर्न सफल भएका छन् । शुशिलको नेतृत्वमा ऐतिहासीक पार्टी कांग्रेसका काँधमा एक बर्ष भित्र नेपाली जनचाहना बमोजिमको संविधान दिने ऐतिहासिक अभिभारा आएको छ । एकातर्फ प्रधानमन्त्रिको चयनले स्थिरताको संकेत देखीएको छ भने दोस्रो तर्फ शुशिललाई प्रधानमन्त्रि बनाउन महत्वपूर्ण भूमीका निर्वाह गर्ने सहयात्रि पार्टी एमालेद्वारा गृह मन्त्रालय समेत सम्मानजनक मन्त्रालय प्राप्त नभए कूनैपनि हालतमा सरकारमा सामेल नहुने घोषणाले जनता  निरास साथै आक्रोसित भएका छन् । एमाले कांग्रेस विच गृह मन्त्रालय विवादको कारणले उब्जेको तिक्तता यति सम्म बढिसकेको छ कि एमाले प्रभावशालि नेता तथा सचिव विष्णु पौड्यलले अव एमालेलाई गृह मन्त्रालय दिए पनि सरकारमा नजाने अभिव्यक्ति दिएका छन् । कांग्रेसको एमालेसँग दुरी बढेको छ भने निरिह कांग्रेस, एमाओवादीलाई अप्ठ्यारोमा सहयोग गर्न आग्रह गरी रहेको सुनिन्छ । कांग्रेस, एमाले विच लिखीत सहमती वारे संचार माध्यम मार्फत सार्वजनिक भएको छ तर अलिखीत सहमति के भयो, के थियो, त्यो कांग्रेस एमालेका व्यक्तिगत विषय हो । राष्ट्रीय हितका लागि मन्त्रिमण्डलमा नजाने अथवा गृह मन्त्रालय दिने, नदिने भन्ने भन्दा पनी कांग्रेस, एमाले पार्टीगत स्वार्थका लागि विवादको जन्म भएको देखिन्छ । तसर्थ यो विषय नेपाली कांग्रेस तथा एमालेको टाउको दुखाईको कुरो हो नेपाली जनताको होइन ? नेपाली जनताले जनचाहना बमोजिमको संविधान चाहेका छन तथा संविधान निर्माणका लागि नेपाली जनताले आफ्ना अमूल्य मत प्रकट गरेर आफ्नो दायित्व निर्वाह गरी सकेका छन् । संविधान निर्माण गर्ने वातावरण निर्माण गर्नुको सट्टा अहिले पनि कांग्रेस एमालेमा विगतको जस्तै पदलोलुपताको धङधङी यथावत कायम रहेको देखिन्छ । नेपाली जनताले परिवर्तनका लागि, शान्तिका लागि, समृद्धिका लागि, पहिचान स्थापनाका लागि तथा राष्ट्रलाई सही मार्गमा डोर्‍याउन पवित्र ग्रन्थ (संविधान) चाहेका छन तर कांग्रेस एमाले पार्टीलाई चाँही मात्र गृह मन्त्रालय चाहीएको रहेछ ?
राष्ट्रको मुटु संविधान विना नेपाल कहिले सम्म वाच्नु पर्ने नेपाली नेताहरुमा यस्को केही जवाफ छ त ? छिमेकी राष्ट्र भारत तथा चिनले सवै क्षेत्रमा छलाङ्ग मार्दै विश्व  मानचित्रमा आफ्नो देशको झण्डा गाडेका छन् तर यि दुई समृद्ध राष्ट्रको विचमा रहेको सवै कुराले परिपूर्ण नेपाल अहिले पनि यथास्थितिवादी चिन्तक एकात्मकवादी पक्षधर पद तथा द्रव्य पिपासु नेताको चंगुलबाट मुक्त हुन नसकेका कारण निरिह गरीव राष्ट्रमा परिणत भएको छ । २०१४ मा हुने भारतीय लोकसभा चूनावको जनमत सर्वेक्षण अनुसार सामान्य चायवाला (चिया वेच्ने) देखि राजनैतिक यात्रा शुरु गरेको विजेपीका प्रधानमन्त्रि उम्मेदवार नरेन्द्र मोदी सफल हुने अनुमान गरीएको छ । संकटग्रस्त नेपालको के छ भने अनुभवहिन शुशिल कोइराला प्रधानमन्त्रि पदका लागि चयन भएका छन । भारतका संभावित आगामी प्रधानमन्त्री नरेन्द्र मोदी चायवाला, संकटग्रस्त नेपालको अनुभवहिन प्रधानमन्त्रि शुशिल कोइराला । शुशिल प्रधानमन्त्रिमा निर्वाचित भए पश्चात केही संचार माध्यमले चाटुकारिता पराकाष्ठा नाघ्दै शुशिललाई संतको उपमा दिएका छन्, संत जस्तो पवित्र शब्द जहा तहा प्रयोग भएर संत शब्द सस्तो तथा कलंकीत भएको छ , संतको परिभाषा भित्र शुशील कोइराला कुन आधारमा पर्छन् ?
नेपाली राजनितिमा गृह मन्त्रालय यस्तो प्रभावशाली मन्त्रालय बनेको छ, जुन पार्टीको सरकार आए पनि सवै पार्टीको नेताको दृष्टिमा गृह मन्त्रालय नै हुन्छ । गृह मन्त्रालय देशमा शान्ति, सुव्यवस्थालाई वहाल राख्ने जिम्मेवारी बोकेका मन्त्रालय हो, गृहमन्त्रालयको विषयमा कांग्रेस एमालेको हान थाप तथा अडानका कारण गृह मन्त्रालय शान्ति सुरक्षा वहाली भन्दा पनि सूनको फूल पार्ने मन्त्रालय हो कि भनी आम जनमानसमा चासोको बिषय भएको छ । गृह मन्त्रालयलाई लिएर उब्जीएको खिचलोले कांग्रेस, एमालेको पदलोलुपता उजागर भएको छ साथै गृह मन्त्रालय पनि कंलकीत भएको छ । नेताहरुको स्वार्थका लागि नेपाल हमेशा अस्थिरताको भूमरीमा फसेर कहिलेसम्म बस्नुपर्ने तथा नेताहरुको कुर्सी तथा पदालोलुपता नाटकको अन्त कहिल हुने? यदी अव पनि नेताहरुले राष्ट्रको जिम्मेवारीलाई बुझेनन् कुर्सीका लागि हमेशा यस्तै प्रकारको नाटक मंचन जारी राखीए यस्ता पार्टीहरुलाई समाप्त पार्न पूनः तेस्रो जनआन्दोलनको आँधी वेरी आउनेछ । विगतको जस्तै गरी गृह मन्त्रालय आफ्नो मातहतमा राखी प्रहरी, सिडिओ, सरुवा, बढुवा मा अर्थ लाभ गर्ने, प्रहरी सिडिओको दुरुपयोग गरी आफ्नो पार्टीलाई विजय बनाउने आफ्ना पार्टीका गुण्डा भ्रष्टचारीलाई जोगाउने जस्ता कुकृत्य गर्नका लागि कांग्रेस एमालेद्वारा गृहमा दावि गरीनु पूरातन शैलीवाट परिवर्तन नहुनुको संकेत हो । कांग्रेस, एमाललेलाई गृह मन्त्रालय नै समस्या हो भने शुशिललाई प्रधानमन्त्रिमा निर्वाचीत गराउन मत दिएका थरुहट तराई पार्टी नेपाल, दलित  जनजाति पार्टी, लगायत साना दलमध्येका सक्षम नेतालाई गृह मन्त्रालय दिएर अन्य मन्त्रालयमा समझदारीपूर्वक भागवण्डा गरीए सजिलै समस्याको समाधान हुने थियो तर कांग्रेस, एमालेद्वारा गृह मन्त्रालयलाई प्रतिष्ठाको विषय बनाई देशलाई अनिर्णयको बन्दी बनाउने प्रयास अति निन्दनिय छ । कांग्रेस एमालेले अव भागवण्डा को नाटक मंचनलाई तत्कालै अन्त गर्नु पर्छ, याद रहोस् कांग्रेस एमाले पार्टीको नियत तथा आचरणलाई  नेपाली जनताले राम्ररी निहारी रहेका छन् । जनताले माया गरेर ठूलो पार्टी बनाइएका एमाओदीको रावण जस्तोको दम्भ तथा घमण्डलाई चुर गर्न विवेकशिल नेपाली जनताले प्रथमबाट तेस्रो स्थानमा झारेका छन् । नेपाल राष्ट्र कांग्रेस एमालेको जागीरदारी होइन, नेपाली जनताले विश्वास गरेर राष्ट्रको समस्याको निदान तथा प्रवन्धन गर्न पठाएका हुन् । नेपाली कांग्रेस, एमालेले आफ्नो स्वार्थका लागि राष्ट्रलाई वन्धक बनाउने कार्य जनतालाई मूर्ख सम्झीने जस्ता भूल गरिए नेपाली राजनितीको भूगालवाट भेटीने छन् भनी गम्भीरतापूर्वक मनन गर्न जरुरी छ । चूनावमा जनता तथा राष्ट्रलाई समृद्ध तथा सवल बनाउने प्रतिवद्धता गर्ने चूनाव सम्पन्न पश्चात जनतालाई मूर्ख सम्झीने आचरण नेपाली जनताका लागि असहनिय भएको छ, कांग्रेस एमालेद्वारा जनता समक्ष निस्ठा तथा इमानदारी पूर्वक राष्ट्र तथा जनताको सेवा गर्ने कूरा मिथ्या सावीत भएको छ ।
नेपालका राजनैतिक पार्टीहरुले विगतमा जे जस्ता कुकृत्य गरेता पनि जनताद्वारा सूम्पीएको राष्ट्रिय अभिभारालाई आफ्नो स्वार्थका लागि राष्ट्रलाई अनिर्णयको वन्दि बनाउने कार्य गलत भएको भनी विचार पुर्‍याउने की नपुर्‍याउने ? जनताको माया प्राप्त गर्न सके दयावान जनताले स्वर्णजडित सिहांसनमा स्थापित गराउन सक्छन भने जनताको माया तथा विश्वास माथि कुठाराघात गर्ने प्रयास गरिए जनताको ताण्डव नृत्यले भस्म हुन सक्छन् । कांग्रेस एमालेले जनताको हृदयको मर्मलाई बुझ्दै साना तिना कुरामा नअल्झी राष्ट्रलाई अन्योलताको भूमरीवाट दिव्य प्रकास पथ तर्फ डोहोर्‍याउन पर्छ । ठूलो छाति देखाएर राष्ट्र चिन्तन प्रति समर्पीत भई राष्ट्रलाई निकाश दिन जनचाहना बमोजिम संविधान निर्माण गरी राष्ट्रलाई हस्तान्तरण गर्न सके कांग्रेस, एमाले नेपाली राजनितीका धुर्व तारा बन्ने छन् । यदी पूनः प्रथम संविधान सभाको असफलता तथा निर्मम हत्या जस्तै दोस्रो संविधानलाई वलि बनाउन खोजीए राजनैतिक पार्टी तथा नेता नेपाली जनताको क्रोधाग्निको ज्वालामा डढेर खरानी हुनेछन् । न्याय प्रेमी नेपाली जनताले राजनैतिक पार्टीहरुलाई  आफ्नो अमूल्य मत दिएर राष्ट्रलाई निकास दिने अभिभारा सुम्पी सकेका छन् । संकटग्रस्त नेपाललाई सहिमार्गमा डोर्‍याउदै समृद्धि तर्फ उन्मुख गराएर नेपाली इतिहासमा सम्मानित हुने कि कलकित हुने नेपाली कांग्रेस एमाले लगायत सम्पूर्ण राजनैतिक पार्टीको हातमा छ ।
 

-अमरदिप मोक्तान

More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com