बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
नेपाल आफ्नो  भाग्यको दोधारमा उभ्भिएको छ । एकातर्फ मुलवासीहरू संविधानमा आफ्नो गुमिएको पहिचान स्थापित गर्न कटिवद्ध छन् भने दोस्रो तर्फ मुलवासीको पहिचान समाप्त पार्ने वर्ग समुदायद्वारा कुनैपनि हालतमा पहिचान स्थापित नहुन दिन दृढ भएर गोलवद्ध भएका छन् । 
यथास्थितिवादी चिन्तन बोकेका राष्ट्रियताप्रति असंवेदनशिल, सत्ता लिप्सा तथा भागबन्डाको राजनितिमा लिप्त नेताहरुका कारण प्रथम संविधान सभाको निर्मम हत्या पश्चात् गठन भएको दोस्रो संविधान सभाद्वारा जनआकांक्षा बमोजिमको समावेशी संविधान निर्माण हुने हो की होइन भनी नेपाली जनता असमंजसमा छन् । ठूला दलका नेताहरुद्वारा १ वर्षभित्र जनचाहाना बमोजिमको संविधान निर्माण गरि छाड्ने वाचा गरिएता पनि हालसम्मको कृयाकलापले ठूला दलहरुद्वारा प्रतिबद्धता बमोजिम कार्य सम्पन्न गर्नेमा सन्देहका साथै राष्ट्रियता नै खतरामा पर्ने हो कि भनि शंका उत्पन्न भएको छ  । गम्भीर विषय के छ भने प्रथम संविधान सभाको निर्मम हत्या किन भयो ? तथा गरियो, पहिचान सहितको संघियताका पक्षधर बहुसंख्यक जनता जान्न उत्सुक छन् । प्रथम संविधान सभा एक सक्षम, सवल, सर्वपक्षीय, समावेशी संविधान सभा थियो तर त्यस्तो सवल तथा अनुपम संविधानसभालाई किन र कस्को हितमा हत्या गरियो ? ठूला भनाउदा दलका नेताहरुले नेपाली जनतालाई कारण सहित बुझाउनु पर्ने छ । प्रथम संविधान सभाको निर्मम हत्या ठूला दलका नेताहरुको राष्ट्रप्रति गैर जिम्मेवारीपूर्ण व्यवहारका कारण हत्या भएको विषयमा क्षमायाचना गर्न अत्यन्त जरुरी छ  ।
प्रथम संविधान सभाको निर्मम हत्या पहिचान सहितको संघियता निर्माण हुने भएकोले मात्र भएको हो भन्नु ठूलो भूल हुनेछ । वास्तवमा प्रथम संविधान सभा पिछडिएका, उत्पीडित जनताको प्रभूत्व तथा प्रभाव भएको कारण पनि षडयन्त्रपूर्वक हत्या गरिएको हो ।  नेपालका राष्ट्रभक्त बहुसंख्यक मूलवासी नेपाली जनता माथि अल्पसंख्यक षडयन्त्रकारी वर्गद्वारा विभिन्न मुखौटामा राज्यसंयन्त्रमा हालीमुहाली गर्दे आफनो अनूकुलका नियम कानून थोपरेर उत्पीडित शोषित वर्गलाई दबाएर राखिएको छ । पहिचान सहितको संघियतालाई जातियताको आवरण ओडाइएको छ । के पहिचानको अर्थ जातियता हो त ? के खम्वुवान, ताम्सालिङ्ग, लिम्वुवान, मगरात, थरुहट भनेका जाति हो त ? खम्वुवान ताम्सालिङ्ग, लिम्वुवान, मगरात, तमूवान, थरुहट भनेको त भूगोल, संस्कृति, भेषभूषा भाषा सहितको सर्वगुणयुक्त समृद्द  राष्ट्रियता हो ।  पहिचान शब्दमा राष्ट्रियता खतरामा देख्ने बाहुन, क्षेत्रि समुदाय भनेको चाँही जाति हुन । के ब्राहमण, क्षेत्री भाषा हो, वाहुन क्षेत्री नामको कुनै भूगोल भाषा तथा संस्कृति छ त ? छिमेकी भारत वर्षको राज्य बंगाल, पंजाव, उडिसा, आसाम, तामिलनाडु भनेको भाषा, भेषभूषा, भूगोल तथा संस्कृति सहित सर्वगुण सम्पन्न राष्ट्रियता हो, उत्तर प्रदेश, मध्य प्रदेश भूगोल मात्र हो त्यस्तै विहार, राजस्थान भनेको ऐतिहासिक पृष्ठभूमिको आधारमा नामाकरण गरिएको प्रान्त हो ।
नेपालका मूलवासी भूमीपुत्रको भूगोललाई आफनो अनुकुलको नामाकरण गरी भुमिपूत्रको पहिचानलाई समाप्त पार्ने संस्कृति माथि अतिक्रमण गरी आफनो भाषा संस्कृतिलाई जवरस्ती थोपर्न खोज्ने यथास्थितीवादी, एकलजातिय अहंकारवादले ग्रसीत भएका वर्ग चाहि उदारवादीको रुपमा चित्रण गरिएका छन् भने समानता, अधिकार प्राप्ति, भूगोल, संस्कृति तथा भाषाको संरक्षण,  सम्बर्धन तथा संबोधन हुनुपर्ने जायज आवाज उठाउने वर्गलाई जातिवादी, साम्प्रादायिक अतिवादी भनि लान्छना लगाईएको छ कस्तो विडम्वना । पहिचान सहितको संघियता राष्ट्रियताको संगम हो, पहिचान सहितको संघियताले राष्ट्र सवल तथा सृदृढ हुन्छ । विविधता तथा हजारौ शक्तिशाली जाति समुदाय भएको मुलुक भारत संघियताका कारण शक्तिशाली भारतको रुपमा विश्वसामु शिर ठाडो पारेर  उभ्भिएको छ । एकल जातिय यथास्थितिवादी पक्षधरहरुद्वारा नेपालमा सयभन्दा बढी जाति समुदायहरु छन् के नेपालमा सयवटा राज्य बनाउनुपर्ने भनि भ्रम फिजाउने प्रयास गरिरहेका छन् । छिमेकी भारतमा हजार भन्दा बढी जातिहरु भएतापनि  जम्मा २९ वटा प्रान्त किन ? त्यस तर्फ जानि जानि ध्यान दिएका छैनन् । यथास्थितिवादीको कब्जामा रहेको सम्पूर्ण राज्यसंयन्त्र तथा पूर्वाग्रहरहित भनि प्रचार गरिएतापनि यथास्थितिवादी मुखौटा ओडेका पूर्वाग्रही संचार माध्यमको उपयोगद्धारा राष्ट्रियतालाई सवल बनाउने पहिचान सहितको संघियताको जायज मागलाई जातिवादी, अतिवादी, घोर साम्प्रादायिक भनि कुप्रचार भैरहेको छ । प्रथम संविधान सभाको असफलता तथा निर्मम हत्या पस्चात दोस्रो संविधान सभाको चुनाव परिणाममा यथास्थितिवादी, एकलजातिय, पक्षधर पार्टीको पक्षमा रहेका दासमनोवृत्ति, छद्मवेशी, विभिषणरुपी, मुलवासीका कारण पहिचान सहितको संविधान पक्षधरको संख्या कम भएको हो तर पराजय भएका होईन ?अल्पसंख्यक एकलजातिय पक्षधरहरुद्वारा मूलवासी भूमीपूत्रको भूगोल, भाषा, संस्कृतिको अपहरण गरेर आफनो भाषा संस्कृति तथा भूगोल थोपरेर अधिपत्य कायम गरेका छन् । मूलवासी बसोवास गर्ने हिमाल, नदीनाला, संस्कृति भाषा सबै स्थानमा एकाधिकार स्थापना गरेका छन् ।
ऐतिहासिक दोस्रो संविधान सभामा पहिचान सहितको संघियता संवोधन नभए वा नगरिए नेपालमा बहुसंख्यक मूलवासी भूमीपूत्र आफनो भूमीमा पहिचान विहिन भएर बाच्नुपर्ने छ । मूलवासी भूमीपुत्र जुन पार्टीमा आवद्ध भएतापनि हृदयदेखि नै पहिचान सुरक्षित रहोस भन्ने आकांक्षा वोकेको हुनुपर्छ । मूलवासी मित्रहरु आफनो अन्तरआत्माको आवाजलाई मुखरित गर्ने स्वर्णिम घडीमा यथास्थितिवादी चिन्तक पार्टीको पक्षमा नभई आउने सन्ततिको स्वर्णिम भबिष्यलाई उज्ज्वल बनाउन पहिचान शव्दलाई जातिवादी, साम्प्रादयीक, भनि कुप्रचार गर्ने तत्वको आवाजलाई निस्तेज बनाउन एकतावद्ध भएर अगाडि बढ्नु जरुरी छ । दोस्रो संविधान सभाबाट पहिचान सहितको संघियता निर्माण गर्न पार्टी भन्दा माथि उठेर मूलवासी भूमिपुत्र समुदायले आफ्ना अन्तरआत्माको आवाजलाई बुलन्द गर्न विल्कुलै चुक्न हुदैन । जागौ मूलवासी जागौ सवल, स्वस्थ शक्तिशाली नेपाल निर्माणका लागि पहिचानलाई रोज्ने की, पहिचान विना मृत्यवरण रोज्ने तपाईको हातमा छ ? प्रथम संविधान सभा झै एकलजातिय विचारले ग्रसीत नेताको कठपुतली जस्तो नभई आफनो आउने सन्ततिका लागि पहिचान सहितको संविधान निर्माण गर्न प्रतिज्ञा गरौ । समय गतिशिल छ तथा समयको महत्वलाई नबुझीए समय द्रुत गतिले अगाडि बढ्ने छ तथा पुन: मूलवासी भूमीपूत्र सैकडो वर्षका लागि दोस्रो दर्जाको दास तथा गुलाम नागरिक बन्न बाध्य हुनेछ ।

सौजन्य: मंगोल डेमोक्रेटिक पार्टी
२०७० माघ २५
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com