बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
सिरिया संक्रमणको निदान

-अन्ने मारिए स्लाउटर
सिरियाको गृहयुद्ध दुर्भाग्यवश गम्भीर रूपले जटिल समस्या भएको छ । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा दलहरू जेनेभामा दोस्रो चरणको वार्ताका लागि तयार हुँदै गर्दा सरकारले एलेप्पो र अन्य सहरमा भीषण व्यारल बम आक्रमण गरेको छ, 'स्वतन्त्र सिरियाली सैनिक' लगायत नरमपन्थी मुस्लिम लडाकु समूहहरू अलकायदाका सहयोगीविरुद्ध खुलमखुल्ला युद्धमा छन् र अलकायदासँग सम्बन्धित समूहहरू आफैंबीच लडिरहेका छन् ।
यसबीच युद्धका अरु परिणाम झनै बिगि्रएका छन् । युद्धले त्यस क्षेत्रमा अस्थिरतालाई चरम बनाएको छ, युरोप र अमेरिकाका नागरिक जेहाद छेड्न सिरियामा ओइरिरहेका छन्, अनि पहिलो विश्वयुद्धपछिको सीमामा मध्यपूर्व पूर्ववत आउन लागेको छ भन्नेमा जनमत बढ्दो छ ।
इरान, साउदी अरब, कतार, रसिया, अमेरिका, फ्रान्स र थुप्रै निजी दाता लगायतका बाहिरी प्रयोजकहरूको सहयोगमा सञ्चालित धेरै हतियारधारी समूहबाट बहुजातीय राज्य सिरियाको अस्तित्व साँच्चै  संकटमा परेको छ । यी हतियारधारीलाई सघाउने बाहिरियाहरूको सिरियामा परस्पर बाझिने स्वार्थहरू छन् । तेस्रो शान्ति वार्ताको आयोजना गर्ने कसैको इच्छालाई बढाउनेभन्दा जेनेभाको दोस्रो शान्ति वार्तामा सहभागी दलहरू बीचको समीकरणलाई सरल पार्ने तथा उनीहरू सहमत हुने सम्भावनालाई भरिसक्य बढाउने तीन उपायहरू यस आलेखमा छन् ।

पहिलो, सिरियाको राजनीतिक संक्रमण र त्यसको समाधान सम्झौताबाट गर्ने सम्भावनामा यो सम्मेलनले गर्ने सर्वाधिक महत्त्वपूर्ण योगदान भनेको प्रमुख दलहरूको प्रोत्साहनमा बदलाब ल्याउनु हो । जेनेभा सम्मेलनमा सम्झौताको टेबलमा आफ्नो हात बलियो पार्न सकेसम्म धेरै विरोधीहरूको हत्या गर्ने र धेरै क्षेत्र कब्जा गर्ने दाउमा हरेक दलहरू लागेका छन् ।

हुनेवाला शान्ति मध्यस्थकर्ताको अबको काम भनेको राष्ट्रपति बसहर अल असद शक्तिमा रहे पनि चुनावमा सहभागी हुन दलहरूलाई सहमत गराएर यो मारकाट रोक्नु हो । स्वास्थ्यकर्मीमाथिको योजनाबद्ध आक्रमण, नियन्त्रणमा राखिएका मानिसहरूलाई भोकै राख्ने काम र युद्धबन्दीको हत्याजस्ता युद्धअपराध तथा मानवता विरोधी अपराधको अन्त्य गरी सबै सिरियाली नागरिकलाई मानवीय सहयोगको प्रवाह हुनदिने दलहरूको इच्छाचाहिँ सहमतिको सर्तमा समावेश हुनैपर्छ ।

'सरकारले आफ्ना नागरिकको रक्षा गर्नैपर्छ' भन्ने सबै देशहरूले सहमति जनाएको आधारभूत सिद्धान्तलाई सावित गर्न राष्ट्रसंघले यहाँ आफ्नो सैन्य हस्तक्षेपलाई मात्रै जायज ठहर्‍याउने होइन, आफ्नो 'संरक्षण गर्ने दायित्व'को सिद्धान्तलाई पनि सावित गर्नुपर्छ । नागरिकको संरक्षण गर्ने आफ्नो दायित्वलाई बाथ पार्टीले ग्रहण गर्दैन भने उसले भविष्यमा सरकारमा सहभागी हुने आफ्नै वैधानिकता गुमाउँछ ।

दोस्रो, अन्तर्राष्ट्रिय समुदायले पनि आफ्नो संलग्नताको आधारलाई पुनःस्थापित गर्नैपर्छ । मानवीय र शरणार्थीसम्बन्धी सीमित मामिलामा राष्ट्रसंघको संलग्नताका साथ सिरियाली द्वन्द्व सुरु हुँदा यो एक आन्तरिक मामिला थियो । तर अहिले लेबनान र जोर्डनलाई अस्थिर पार्दै, इराकलाई अलग्याउने धम्की दिँदै द्वन्द्व मध्यपूर्वभर फैलिएको छ । अन्तर्राष्ट्रिय शान्ति खलबल्याउने वा त्यसलाई खतरा पुर्‍याउने आधार नदेखिँदै त्यसलाई सम्बोधन गरेको आरोप राष्ट्रसंघको सुरक्षा परिषदलाई लागेको छ, अहिले भने हस्तक्षेपको आधारहरू पुरा भइसकेका छन् ।

सुरक्षा परिषदको स्थायी सदस्यका रूपमा रूसलाई कदम चाल्नैपर्ने बाध्यता छ । रूस र चीन सिरियाको आन्तरिक मामिलामा राष्ट्रसंघ अल्भिmनुहुन्न भन्ने तर्कका पछाडि लुकिरहन सक्दैनन् । सोची सहरमा हिउँदे ओलम्पिकले रसियालाई अन्तर्राष्ट्रिय मैदानमा उभ्याएको बेला आफ्नो जिम्मेवारीबाट पन्छिने वा द्वन्द्व समाधान गर्ने आफ्नै उपायहरू लागू गर्ने क्रेमलिनको विकल्पलाई टक्कर दिन अमेरिका र सुरक्षा परिषदका अन्य सदस्यले शृङखलाबद्ध योजनाहरू बनाउनुपर्छ ।

अन्त्यमा, अमेरिकी राष्ट्रपति बाराक ओबामाले चाल्ने एकल महत्त्वपूर्ण कदम भनेको वार्ताको टेबलमा फेरि विश्वसनीय बल लगाउनु हो । तीन वर्षदेखि बढिरहेको रक्तपातपूर्ण द्वन्द्वमा हासिल भएको एउटै कूटनीतिक उपलब्धि भनेको नै तब भएको थियो, जब असादले आफूले अमेरिकी मिसाइल आक्रमणको सामना गरेँ भन्ने ठाने । अनि त्यसकै परिणामस्वरुप उनले अचानक आफ्नो रासायनिक हतियारबाट उन्मुक्ति खोजे । तर धेरै विज्ञहरू के ठान्छन् भने सैन्यशक्ति वार्ताको टेबल बाहिर छ । पटक-पटकको रासायनिक हतियारको प्रयोग गरेकामा असादलाई दण्डित गर्न ओबामाको योजनाबद्ध मिसाइल आक्रमणप्रति अमेरिकी जनताले तीव्र विमति जनाए । हालैको 'प्युु सर्वेक्षण' -वासिङ्टनस्थित एक अमेरिकी थिंकट्याङ्क संस्था 'प्यु रिसर्च सेन्टर'ले गरेको

सर्वेक्षण) ले पनि 'अमेरिकाले अन्तर्राष्ट्रिय रूपमा आफ्नो काममात्रै गर्नुपर्छ र अरु देशलाई आफ्नै क्षमताअनुसार उपयुक्त उपाय अवलम्बन गर्न दिनुपर्छ' भन्ने अमेरिकीको संख्या धेरै भएको देखाएको छ ।

यद्यपि राष्ट्रिय सुरक्षालाई बचाउनुपर्दा ओबामाको काम मत सर्वेक्षणभन्दा माथि उठेर हेर्नु हो । अमेरिका अफगानिस्तान र इराकबाट पछि हटेको छ, तर बडा कष्टपूर्वक भएका उपलब्धिहरू खेर जाँदैछन् । अलकायदा फेरि ब्युँतिएको छ र ऊ आफ्नै उत्पत्तिको राज्य पश्चिमी इराक र पूर्वी सिरियाको

लागि संघर्ष गरिरहेको छ, जुन युरोप र अमेरिकासँग अफगानिस्तानका गुफाहरूभन्दा नजिक छन् । सायद ओबामाले आफू र आफ्ना उत्तराधिकारीले यो खतराको सामना आउने दिनमा गर्नसक्ने ठानेका होलान् ।

इस्लामिक राज्य इराक र सिरियाबाट अलकायदाको गतिविधिले अमेरिकालाई धम्की दिए अमेरिकाले पनि अफगानिस्तान, पाकिस्तान र येमनमा जस्तै तिनलाई युद्ध विमान प्रयोग गरेर खेदाउन सक्छ । ओबामा अन्तर्राष्ट्रिय अनुमोदनबिनै अलकायदा विरुद्ध बल प्रयोग गर्नेबारे सोच्न इच्छुक छन् भने नरमपन्थी सिरियाली विपक्षीहरूलाई सघाएर असादलाई गम्भीर सम्झौतामा आउन बाध्य किन नपार्ने ? गत सेप्टेम्बरमा क्रुज मिसाइल आक्रमणको चेतावनी नै अलकायदाका सदस्यलाई पहाडतिर लुक्न बाध्य पारेको थियो । असादको हवाइ बललाई नष्ट गर्न र उनलाई आफ्ना जनतामाथि बम खसाल्नबाट रोक्नका लागि यस्तो नियोजित आक्रमणले ओबामालाई कूटनीतिक समाधान खोज्न घोतल्याउनेछ । अमेरिका सिरियाको राजनीतिक समाधानमा प्रतिबद्ध छ र अर्काे साता हुने शान्ति सम्मेलनमा यस्तो समाधान ल्याउन अमेरिकी सरकार आफूले सक्ने जे पनि गर्न प्रतिबद्ध छ भन्ने घोषणा ओबामाले गर्नुपर्छ ।

आखिर जेनेभाको दोस्रो बैठक असफल भए तेस्रो जेनेभा बैठक सिरियाबारे मात्रै हुने छैन । यो पूरै मध्यपूर्वमा फैलिएको युद्धलाई कसरी रोक्ने भन्नेबारे पनि हुनेछ ।

स्लाउटर प्रीन्स्टन विश्वविद्धालय अन्तर्गतको न्यु अमेरिका फाउन्डेसनकी संस्थापक हुन् ।

More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com