बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
२०६६ को कात्तिकतिर घर बिदामा आउँदा कुबेतमा कार्यरत डुमरवाना, बाराका केदारनाथ खरेलले त्यहाँ प्रकाशित मासिक पत्रिका 'मरुभूमिको कोसेली'का पुराना अंकहरू ल्याइदिएका थिए । कुबेत घरेलु कामदारका लागि निकै चर्चित देश हो ।
घरेलु कामदारको रूपमा गएकी सिन्धुपाल्चोककी कानी शेर्पालाई हत्या गरी जमिनमा पुरिदिएको घटना सिंहदरबारमा सेलाउन नपाउँदै त्यही जिल्लाकी डोल्मा शेर्पालाई सहकर्मी फिलिपिनो महिलाको हत्यामा संलग्न भएको भन्दै मृत्युदण्डको फैसला सुनाइएपछि झन् नेपालीमाझ कुबेत परिचत थियो । 
'मरुभूमिको कोसेली'ले हाउसमेडहरूका कथाव्यथालाई उजागार गर्दै आइरहेको थियो । झन् त्यतिखेर नेपाली दूतावास नखुलेको अवस्थामा यो पत्रिका कुबेतमा कार्यरत चेलीको व्यथालाई नेपालसम्म पुर्‍याउने एउटा पुल बनेको थियो । त्यही कोसेलीमा 'एउटी चेली कोमामा' रहेको समाचार छापिएको थियो । 
नाम ठेगाना नखुलेकी ती चेलीको विषयमा जान्ने कौतूहल मनमा निकै समयसम्म रहिरह्यो । दूतावास स्थापना गर्न पहिलो राजदूत बनेर मधुवन पौडेल भर्खरै कुवेत पुगेका थिए । मैले यसबारे पौडेललाई जानकारी गराएँ । पौडेलले आफूले सबै बुझेर सूचना दिने बताए । त्यसको दुई सातापछि सूचना आयो, 'ती युवतीको नाम शान्ति दोङ रहेछ । उमेर २१ वर्ष । सुकौरा गाविस, मकवानपुर ।'
सूचना यतिले पुगेन । त्यसपछि त्यो अवस्थामा आइपुग्नुको कारण, उपचारको अवस्था र नेपाल पठाउने प्रक्रियाको विषयमा चासो बढ्यो । राजदूत पौडेलले घरको छतबाट हामफालेको अवस्थामा भेटिएको भन्दै घटना दर्ता भएको बताए । 'उपचारका लागि समस्या छैन । अस्पतालले निकै चासोपूर्वक उपचारमा ध्यान दिइरहेको छ,' पौडेलले टिपाएदिए । शान्तिको समाचारले 'कान्तिपुर'मा प्राथमिकता पाइरहेको थियो । ६ वर्षदेखि सम्पर्कविहीन छोरीको खोजीमा लागेको बाबु तेजबहादुर र आमा सुनिमायालाई यो समाचारले निकै रुवाएछ । शान्तिलाई कतिखेर भेट गरुँ र घरमा आइपुग्दा कोमाबाट फिर्ता आइहाल्छ कि भन्ने आशा उनीहरूमा पलाउन थाल्यो । त्यसपछि छोरी फिर्ताका लागि परराष्ट्र मन्त्रालय धाउन थाले । परराष्ट्र मन्त्रालयले पनि दूतावासलाई पत्र लेख्यो, 'शान्तिलाई स्वदेश पठाइदिनु ।'
राजदूत पौडेल शान्तिलाई घर पठाइदिने विषयमा छलफल गर्न परराष्ट्र र परिवारको पत्र बोकेर फर्बानिया अस्पताल पुगे । त्यतिखेरसम्म अस्पतालले शान्तिका लागि उपचारमा झन्डै ७६ लाख रुपैयाँ खर्च बेहोरिदिएको जानकारी दियो । अस्पताल शान्तिलाई नेपाल पठाउन सहमत भयो । तर, एउटा सर्त राख्यो, 'हामी उपचार खर्च लिंदैनौं तर नेपाल पुगेपछि शान्तिलाई हामीले जसरी उपचार र हेरचाह गर्ने ग्यारेन्टी दिनुपर्छ ।'   
राजदूतले यही विवरणको पत्र परराष्ट्र पठाए । फर्बानिया अस्पतालले भनेको जस्तो उपचारलाई निरन्तरको ग्यारेन्टी दिने अस्पताल खोज्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटा लागिपरे । देवकोटाले वीर अस्पताललाई प्रस्ताव गरे । वीरबाट अस्वीकार भयो । त्यसपछि पाटन अस्पताल पुगे । पाटनले स्वीकार गर्‍यो । फर्बानियाले भनेको व्योहोरामा पत्र तयार गरे, 'शान्तिको उपचारको जिम्मा हामी लिन्छौं ।'    
अनि देवकोटाले पनि म्यानपावर व्यवसायीको विरोधका बाबजुद पनि बोर्डबाट निर्णय गराए, 'शान्तिलाई ल्याउन लाग्ने खर्च सरकारले नै बेहोर्ने ।' पाटन अस्पतालले शान्तिलाई लिन आफ्नी नर्स सावित्री भण्डारीलाई कुबेत पठायो । नेपाली दूतावासका द्वीतीय सचिव पुष्प भट्टराई र भण्डारीसमेत भएर 'मेडिकल स्कर्टिङ'मा शान्तिलाई २०६८ साउन १९ गते काठमाडौं ल्याइयो ।  

००००००००००००००

आठ वर्षदेखि छोरी देख्न नपाएका तेजबहादुरले छोरी देखे । छोरीको अघि पुगेपछि तेजबहादुरले एकोहोरो हेरे । छोरीले बाबु देखिन् । बोल्न, चल्न नसक्ने छोरीका आँखामा आँसु आए । 'मुखै देख्न पाइन्न कि भनेको छोरीलाई त्यो हालमा भए पनि देख्न त पाइयो,' उनको मनले भन्यो ।
त्रिभुवन विमानस्थलमा देवकोटा पनि पुगेका थिए । शान्तिलाई सिधै पाटन अस्पताल लगियो । उपचार गर्न लागेको खर्च बोर्डले दिने सर्तमा अस्पतालले जिम्मेवारी लिएको रहेछ । त्यसमा अस्पतालले छल गर्‍यो । अस्पतालले परिवारलाई सहयोग गरेन । दुई महिनासम्म काठमाडौंमा बस्न त्यो परिवारलाई निकै गार्हो भयो । अस्पतालको खर्च धान्न सक्ने थिएन । दिनको १८ सय २ हजार जति लाग्थ्यो । अस्पतालले घरै लैजाना सिफारिस गर्न थाल्यो  । 'यो निको हुने रोग होइन,' डाक्टरले तेजबहादुरलाई भने, 'घरै लगे हुन्छ,' २०६८ मंसिर ९ गते शान्ति आफ्नै घरमा पुगिन् । घरबाट निस्कँदा परिवारले शान्तिमाथि ठूलो आशा थियो, विदेश गएकी छोरीले गरिबी टार्न सहयोग गर्छिन् भन्ने । आठ कक्षा पढ्दा पढ्दै कुबेत हिँडेकी छोरीलाई यस्तो घरमा ल्याउँदा आँसु नबगाउने कोही थिएन । बुबा-आमाले आफ्ना दुःखका कथा अरूलाई सुनाउन थाले भने शान्तिको आँखामा आँसु आउँथ्यो । 
शान्ति घर पुगेको पाँच महिनापछि सुकौरा पुग्दा आमा सुनिमाया शान्तिकै छेउमै थिइन् । यी ठूली छोरी उसैगरी माथिल्लो तलाको एउटा सानो कोठामा कम्मल ओढेर सुतिरहेकी थिइन् । घाँटीमा एउटा ठूलो घाउ निको भएर खत बस्न लागेको थियो । मुखबाट खान नमिलेपछि झोल खाना पठाउनका लागि घाँटीमा पाइप जोडिएको यो प्वालले अहिले काम गर्दैनथ्यो । छाती र पेटको बीचमा करंगलाई छलेर प्वाल पारिएको थियो । 
'बोल्न र चल्न नसक्ने हो, कुरा त सबै बुझ्छ,' आमाले भनिन् । 'यस्तो होला भनेर पठाएको होइन सर तर अब के गर्ने सास छउन्जेल स्याहार गर्नैपर्‍यो,' तेजबहादुरले भनेका थिए । 'यसको कर्मै यस्तै रैछ, सँगै गएका अरू सग्लै फर्किए,' आमाले चित्त बुझाइन् । 
'७५ प्रतिशत ठीक होला भन्ने लाग्दैन,' यो हिसाबमा आमाबाबुकै सहमति थियो । शान्तिलाई खास भएको के थियो घरका कसैलाई थाहा थिएन । घरबाट हामफालेर यस्तो भएको भन्ने तेजबहादुर र सुनिमायाले सुनेका थिए । 'मलाई त काममा चित्त नबुझेर वा रिसाएर साहुले करेन्ट लाइदिएको हो जस्तो लाग्छ,' बाबुले भनेका थिए । 

००००००००००००००

दिनभरको बसाइपछि साँझतिर हामी हेटौंडा फर्कियौं । क्षतिपूर्तिका लागि बोर्डमा गएर निवेदन दिन सुझाएँ । त्यसको दुई महिनापछि शान्तिलाई सहयोग गर्ने बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटा हेटौंडा आउने क्रममा भीमफेदी नजिकको जुरीखेतमा दुर्घटनामा परेर मृत्यु भएको खबर पाएपछि दोङ परिवारले क्षतिपूर्ति पाउने आशा पनि त्यागिदिए । 
पछिल्लो समय म कतारमा भए पनि शान्ति र उनको परिवारलाई सहयोग जुटे नजुटेको विषयमा चासो दिइरहेको हुन्थें । बेला-बेला उनको स्वास्थ्यको विषयमा जानकारी लिइरहेको थिएँ । शान्तिको रिपोटिङ गर्न स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरको सञ्चारकर्मी सुकौराको डाँडामा पुगेको खबर आइरहेको हुन्थ्यो । पुसको अन्तिम सातामा मेरा मित्रसमेत रहेका शान्तिका छिमेकी शिव वियोगीले दुःखद खबर सुनाए, 'शान्तिको निधन भयो ।' 
मलाई विश्वास लागेन । मैले शान्तिका बुबा तेजबहादुरलाई फोन गरें । उनले मलीन स्वरमा भने, 'केही दिनदेखि पिसाबमा आएको गडबडीले पुस २६ गते बिहान ८ बजे शान्तिको मृत्यु भयो ।' तेजबहादुरले भन्दै थिए, 'हामीले माघको अन्तिम साता शान्तिको घेवा-काजक्रिया) गर्दै छौं ।' 
स्कुल पढ्दा पढ्दै विदेश गएकी शान्तिले आफ्नो परिवारलाई जम्माजम्मी ३५ हजार मात्र पठाउन सकिन् । वैदेशिक रोजगारको महाभारतमा एउटा अपूरो अध्याय छोडेर उनी बिदा भइन् । तर, उनले कमाएको ३५ हजार उनको जीवनभन्दा महँगो चीज थियो भनेर कसैले भन्न सक्दैन । 

-होम कार्की
२०७० माघ १८
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com