बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
चाम्लिङको रेकर्डमा चुनौती
दार्जिलिङ- 'भारतमा लामो शासन गर्ने मुख्यमन्त्री को को हुन्?' हाजिरीजवाफमा सोधिने यो प्रश्नको जवाफमा चार जनाको नाम आउँछ, 'पश्चिमबंगालका ज्योति बसु, त्रिपुराका मानिक सरकार, दिल्लीकी शिला दीक्षित र सिक्किमका पवन चाम्लिङ ।' २३ वर्ष
मुख्यमन्त्री रहेका ज्योतिको निधन भइसकेको छ भने
मानिक अझै कुर्सीकै दाउमा छन् । शिला केजरिवालसँग पछारिइन् । सिक्किमका नेपालीभाषी चाम्लिङ पाँचौंपल्ट मुख्यमन्त्री भएर इतिहास आफ्नो पार्ने पक्षमा छन् । तर, उनलाई चुनौती चानचुने छैन ।
२० वर्षदेखि लगातार सिक्किम सम्हालिरहेका र अझै सम्हाल्ने कसरतमा रहेका चाम्लिङलाई आगामी विधानसभा चुनावमा हराउँदै त्यो कुर्सी कब्जा गर्ने होडमा एक नेपालीभाषी नै जुट्दैछन् ।
स्वतन्त्र हिमाली मुलुक सिक्किम २६ अप्रिल १९७५ का दिन भारतमा विलय भएपछि सिक्किम संग्राम परिषद्का नरबहादुर भण्डारीले दुईपल्ट मुख्यमन्त्रीको कार्यभार सम्हाले । 'भण्डारीका कर्तुत'को फेहरिस्त नै निकाल्दै सन् १९९४ को चुनावमा सिक्किम डेमोक्रेटिक फ्रण्टबाट परिषद्लाई हराएर मुख्यमन्त्री हुन सफल चाम्लिङले त्यसयता कहिल्यै पछि फर्कनु परेन ।
३२ सिटमध्ये १९ जितेर सुरु उनको विजय यात्रा पछिल्लो विधानसभा २००९ मा ३२ सै सिट जितेर अघि बढेको थियो । यसवीचमा चाम्लिङ नेतृत्व सरकारका केही काम भारतमैं नमुना बने । तर, चाम्लिङसँगै फ्रण्ट खोलेर चारपल्ट विधायक र तीनपल्ट मन्त्री भइसकेका नेता पीएस गोले मुख्यमन्त्रीको विपक्षमा उदाएका छन् ।
'सिक्किममा चाम्लिङ सरकार अधिनायकवादी बनेको निकै भयो । डर, धाक र धम्कीका भरमा भोट जितेका नेता जति नातावादमा लिप्त भए । भ्रष्टाचारले जरा गाड्यो । सिक्किमको नाम बेचेर कालो धन आर्जन गर्ने बढे' चाम्लिङसँगको लामो समय निकटता तोडेर 'सिक्किम क्रान्तिकारी मोर्चा' खोलेका गोलेको आरोप छ, 'दर्जनौं मठ मन्दिर, गुम्बा र चर्च बनाउँदैमा जनताको दुःख मासिँदैन । मुख्यमन्त्री कडा सुरक्षामा हिँड्दा असुरक्षित जनता घरभित्र लुक्नुपर्दैछ । दुई छाक खान नसक्ने परिवार हजारौं छन् । विकासमा छुट्टिएको बजेट चरम दुरुपयोग हुँदैछ । बेरोजगारले छटपटिएका युवा कुलतमा फस्दैछन् । निरिह जनता आत्महत्या गर्दैछन् । सिक्किम सामन्तहरुको अखडा बन्दैछ ।'
दार्जिलिङ पारिपट्टिको सोरेङ गाउँमा जन्मेहुर्केका गोलेले दार्जिलिङ सरकारी कलेज पढेका हुन् । अहिले ४६ वर्षमा हिँड्दै गरेका उनको राजनीतिक अनुभव भने लामो छ । भारतमा विलय हुनुअघिको राजतन्त्र, विलय गराउन इन्दिरा गान्धीको जालसाँची, लेण्डुप दोर्जेको धोकाधडीदेखि 'प्रजातान्त्रिक' भनिएका चाम्लिङको 'एकाधिकार'सम्म उनले नजिकबाट चिहाएका छन् । 'राजनीतिबाट स्वार्थपुर्ति गर्ने मन भए २० बर्ष विधायक र तीन पल्ट मन्त्री हुँदा पुस्तौं पुग्ने सम्पति जोड्ने थिएँ' आफूलाई स्वच्छ छविको देखाउन गोले भन्दैछन्, 'मनग्गे धनराशि भएर पनि निमुखा बर्गको घरमा बत्ती नबलेको, गरिखाने बाटो नदेखेर प्राण त्यागेको देखेपछि मात्रै बिग्रिएको राजनीति सपार्न अघि सरेको हो ।'
नामका पछि 'किरण' झुण्ड्याएर नेपालीभाषामैं थुप्रै साहित्यिक कृतिसमेत निकालेका चाम्लिङलाई बेला बेला 'नेपाली नागरिक भएको' आरोपसमेत लाग्दै आएको हो । तर, विधानसभा चुनाव नजिकिँदै गर्दा गोले चाम्लिङविरुद्ध व्यक्तिगत आक्षेपमा उत्रिएका छैनन्, सरकारमा रहिरहँदाका संस्थागत कमजोरी औंल्याउनमैं व्यस्त छन् । सिक्किमलाई भारतकै 'नमूना राज्य' बनाउने उद्घोससहित विकासमा जुट्दै आएका चाम्लिङ आफ्नो पार्टीबाट गोलेको अप्रत्याशित बर्हिगमन र नयाँ पार्टी खुल्नुले रन्थनिँदैछन् । सिक्किममा फ्रण्ट र मोर्चाबीच वाक युद्ध त छँदैछ नैं घरि घरि हात हालाहालै हुँदैछ । मोर्चाले गान्तोकमा कार्यालय खोल्दा पुलिसले लाठीचार्ज मात्रै गरेन दर्जनौंलाई हिरासतै राख्यो ।
'सिक्किम फर चेञ्च' नारासहित मोर्चाले समग्र सिक्किममा यसैसाता निकालेको र्‍यालीमा चाम्लिङका आँखा गाडिए । स्वतन्त्रता दिवस पारेर २६ जनवरीदेखि निकालिएको र्‍याली सिक्किमका चारै जिल्ला घुमेर नाम्चीस्थित चाम्लिङको घरनजिक पोकलोक-कामराङ पुगेर टुंगियो । सयौंको उपश्थितिमा दर्जनौं मोटरसाइकल र सवारी साधन प्रयोग गरिएको र्‍यालीले 'सिक्किमलाई सामन्ती राज्य बनाउन चाम्लिङ उद्दत रहेको' भन्दै गाउँ शहर छिचोलेपछि सत्तारुढ फ्रण्ट आक्रोश पोख्दैछ । 'र्‍यालीमा हिँड्ने को थिए भन्ने पत्तो लगाइने भएको छ' फ्रण्टको विज्ञप्तिमा उल्लेख छ, 'सिक्किमलाई समुन्नत पार्न यत्तिका काम हुँदाहुँदै पनि सरकारको विरोध हुनुहुँदैन, र्‍यालीमा हिँड्नेहरु राउडिस हुन् ।'
चुनावी माहौल सुरु नहुँदैको वाकयुद्धमा मोर्चा पनि कम छैन । 'टिष्टा, रंगीत, कञ्चनजंघा बेच्ने सामन्ती र ती बचाउने देशभक्त उम्मेदवारवीच घमासान युद्ध हुनेछ' प्रतिस्पर्धा संकेत गर्दै गोले भन्छन्, 'दिल्लीमा शिला दीक्षितलाई केजरिवालले जुन हालत पारे, सिक्किममा चाम्लिङलाई हामी त्यस्तै पार्छौ ।' पाँचौपल्ट मुख्यमन्त्री भएर इतिहास रच्ने ध्याउन्नमा रहेका चाम्लिङ गोले वाणीले भित्रभित्रै त तर्सिएका छन् तर बाहिर देखाउँदैनन् । 'तलतिर बग्ने टिष्टा र रंगीत जसरी उँभो फर्किन असम्भव छ, मोर्चाले सिक्किममा जित्नु त्यस्तै असम्भव' फ्रण्टका जोरथाङस्थित इलाकास्तरका नेता केएन राई ठोकुवा गर्छन्, 'परिवर्तनका नाममा ढोल पिट्नेविरुद्ध सरकार जाइलाग्छ, तर कदापि जनमत गुमाउँदैन ।' 
विकासका नाममा चाम्लिङले पुँजीपतिलाई काखी च्याप्दा अबको चुनावमा विद्धुत माफिया, औषधिका दुई नम्बरी, शक्ति केन्द्रका पुजारी उम्मेदवार हुने भन्दै गोलेले तिनीहरु विरुद्ध मोर्चाले जनपक्षीय, इमान्दार, कर्तव्यनिष्ठ र जनताको पिरमर्का बुझ्ने नेतालाई चुनावी प्रतिस्पर्धामा पठाउने घोषणा गरेको छ । त्यसनिम्ति गत अक्टोबरमा फ्रण्ट र सरकार परित्याग गरी चाम्लिङसँग पानी बाराबारको शत्रुता साँधेका गोले मोर्चालाई 'जनताको पार्टी' बनाउने दौडाहामा छन् । कडा मिजासका चाम्लिङसँग सिक्किमे जनता थुरथुर भइरहेका बेला विद्रोही स्वभावका गोले उनीविरुद्ध यसरी सडकमा निस्किएका छन् कि, अरुबेला सरकारको विरोध नगर्ने किसान, मजदुरसमेत धमाधम आफ्नो पक्षमा पार्दैछन् । 
झण्डै साढे पाँच लाख जनसंख्या र साढे तीनलाख मतदाता रहेको सिक्किमका ६४ वर्षे मुख्यमन्त्री चाम्लिङमाथि मोर्चासँगै अर्को पार्टी सिक्किम प्रदेश कांग्रेसको पनि आँखा लाग्दैछ । 'छुट्टै इतिहास बोकेको सिक्किम भारतमा विलय हुँदा जसरी पतन भयो, चाम्लिङ सरकारले कब्जा गरेपछि नराम्ररी सामन्तीहरुको मुठ्ठीमा फस्दैछ' कांग्रेसका निमित्त अध्यक्ष एडी सुब्बाको आरोप छ, 'चाम्लिङको भ्रष्टाचारको जालो फैलिँदो छ, भाइभतिजावाद बढ्दैछ, धनी र गरिबवीचको दँरी लम्बिँदैछ ।' केन्द्रले गरिवी न्युनीकरणमा छुट्याएको रकमदेखि जनताले तिरेको करसम्ममा चाम्लिङले 'मोज गरेको' किटान गर्ने कांग्रेसले आउँदो चुनावपछि सिक्किम नयाँ शक्तिको हातमा आउने बताउँदैछन् ।
-१८ माघ, २०७०
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com