बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
टुँडिखेलमा वीरबहादुर, खुल्लामञ्चमा कुमार समूह 
काठमाडौं, ९ माघ । ल्होसार पर्वको विषयलाई लिएर तामाङ समुदायमा विवाद उत्पन्न भएको छ । विवादमा नेपाली सेनाका एकजना अधिकारीसमेत मुछिएका छन् । तामाङ संघ-संस्थामा देखिएको विवादले गर्दा यस वर्षको ल्होसार पर्व खुल्लामञ्च र टुँडिखेल दुई ठाउँमा आयोजना हुने भएको छ ।
अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार नेपाल तामाङ राष्ट्रिय घेदुङ संघका अध्यक्ष वीरबहादुर तामाङले माघ १७ गते ल्होसार मनाउन भन्दै सैनिक मञ्च टुँडिखेल बुकिङ गरेका छन् । टुँडिखेल बुकिङ गरिएपछि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएका मिलन तामाङले स्टल निर्माण लगायतको व्यवस्थापनको ठेक्का लिइसकेका छन् ।
अर्कोतर्फ कुमार योञ्जन अध्यक्ष रहेको नेपाल तामाङ घेदुङका पदाधिकारीहरु भने टुँडिखेल वीरबहादुरलाई दिइएकोमा आपत्ति जनाउँदै सैन्य हेडक्वाटरमा डेलिगेसन गएका छन् । आधिकारिक संस्था ठानेर वीरबहादुर तामाङलाई कार्यक्रमको स्वीकृति दिएको भन्दै नेपाली सेनाका अधिकारीले गल्ती स्वीकारेको नेपाल तामाङ घेदुङका एक केन्द्य्रीय नेताले अनलाइनखबरलाई बताए ।

कुमार योञ्जन अध्यक्ष रहेको नेपाल तामाङ घेदुङमा एमाले समर्थित लोकतान्त्रिक तामाङ संघ, कांग्रेसको नेपाल तामाङ संघ र एमाओवादीको तामाङ राष्ट्रिय मुक्ति मोर्चासहित १ सय १० वटा संघसंस्था आवद्ध छन् । ०६४ सालमा नेपाल तामाङ घेदुङबाट फुटेर बनेको वीरबहादुर नेतृत्वको नेपाल तामाङ राष्ट्रिय घेदुङलाई भने वैद्य माओवादीको समेत समर्थन रहेको बताइन्छ ।
वीरबहादुर तामाङलाई टुँडिखेलमा कार्यक्रम गर्न दिने भूमिका नेपाली सेनाका मोक्तान थरका एक कर्नेलले गरेको स्रोतले बतायो ।
कुमार योञ्जनको टोली प्रधान सेनापतिसमक्ष डेलिगेसन गएपछि कर्ने मोक्तानले योञ्जनलाई टेलीफोन गरेर मिल्न आग्रह गरेका छन् । तर, मिलेर एकै ठाउँमा ल्होसार मनाउन आग्रह गर्दा वीरबहादुरले कार्यक्रमको अध्यक्षता र आर्थिक विभागको प्रमुख आफैंले पाउनुपर्ने आग्रह गरेको संस्थापन पक्षको गुनासो छ ।
टुँडिखेल वीरबहादुरले कब्जा गरेपछि योञ्जन पक्षले भने १७ गतेको ल्होसारका लागि गाडी र पसलले भरिएको खुल्लामञ्च बुकिङ गरेको छ । खुल्लामञ्चमा स्टल निर्माणका लागि योञ्जन समूहले अनिष तामाङलाई २ लाख रुपैयाँ पेश्कीसहित व्यवस्थापनको जिम्मा दिएको स्रोतले जानकारी दियो ।
चाडलाई कमाउने धन्दा बनाएको गुनासो
लोकतन्त्रमा खुलामञ्चको निःशुल्क प्रयोग गरिनुपर्नेमा त्यसलाई व्यापारिकस्थल बनाएर यतिबेला सैनिक मञ्च टुँडिखेलमा सार्वजनिक कार्यक्रमहरु हुन थालेका छन् । नेपाली सेनाको शोभाका रुपमा रहेको टुँडीखेलमा कार्यक्रमका लागि बुकिङ गर्दा नेपाली सेनाले पैसा लिने गरेको गुनासो तामाङ घेदुङका एक नेताले गरेका छन् ।
आउँदा १७ गते टुँडिखेलमा आयोजना हुन लागेको ल्होसार पर्वमा भाग लिन जानेहरुले गेटबाटै टिकट काट्नुपर्ने व्यवस्था गरेर चाडबाडलाई कामउने धन्दा बनाउन खोजिएको तामाङ सुमदायका व्यक्तिले अनलाइनखबरसँग गुनासो गरे । ‘सांस्कृतिक महत्वका चाडबाडलाई आर्थिक चलखेलको विषय बनाउनु दुखद कुरा हो’ स्रोतले भन्यो, ‘चाडको निहुँमा पैसा कमाउने प्रचलन बढ्न थाल्यो, यही पैसा कमाउने लोभमा तामाङ घेदुङमा विभाजन आएको हो ।'
http://www.onlinekhabar.com/2014/01/158964/
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com