बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
ल्होछर कसरी र के को आधारमा मनाउने ?
- बौद्ध दर्शनाचार्य कमल तामाङ
प्रयोजन
अभिप्रय हृदयको आशय प्रयोजन हेतुको निमित्त धन सम्पत्ति र पञ्च काम गुण इत्यादि शब्दहरुलाई एउटै भनाइबाट परिचित गराउने संस्कृत शब्दको अर्थ पूर्व स्व प्रत्यय योग हुन गइ विसर्ग सन्धिद्वारा व्युत्पति हुन गएको स्वार्थ शब्दले जाने श्री नजाने  इतिश्री भनेझै प्रत्येक मानस मस्तिष्कमा आँधी तुफान तुल्य भएर इतिश्रीको मार्ग तर्फ धकेलि रहेको परमार्थको प्रवेश द्वार स्पर्श

गरिसकेका चिन्तन मग्न पुदगलहरु समक्ष प्रस्तुतिको विषय नभएता पनि रहरले भनौ या करले रोएर भनौ या हाँसेर जनाउन भनौ या मनाउन आफ्नो दाहिने देब्रे अगाडि र पछाडि परेका यस्तै यस्तै बाध्यताहरुसँग हातेमालो गर्दै पुन ल्होछर र ल्होछर संवतको बारेमा केहि स्पष्ट पार्न प्रयोजनिय लागेको छ ।

हामी सम्पूर्ण तामाङ समुदायले ल्होछर मान्न थाल्यौं, यस वाक्यको स्मरण मात्रले पनि हामी आत्म विभोर हुन्छौ । वेचैन मन चैन युक्त हुन्छ, हर्षको सिमा रहँदैन । यति हुँदा-हुँदै पनि एउटा झिनो अमेलले चैन युक्त मन वेचैनमा परिणत हुन्छ, शायद यस्तै क्रमलाइ तथागत बुद्धले परिवर्तित दु:खको रुपमा परिभाषित गर्नु भएको होला । यहि झिनो अमेलको कारण हामी दु:खित प्राय छौ । न केवल दु:खित परन्तु अनेकतामा टुक्रिन पनि पछि परिरहेका छैनौ । गहिरिएर विचरण गर्ने हो भने आजको सभ्य समाजले यस्तो हुन सुहाँउदैन कि जस्तो हामीलाई लागेको छ, अन्यथा हाम्रो जीवन खोलाको बगरमा अस्त ब्यस्त भइ सडेको मुढा जस्तो या सुकेको धारा जस्तो त नहोला ? त्यसैले हाम्रो समाजमा विधमान शिक्षित विचारक र बुद्धिजीवी महानुभावहरुले आ-आफ्नो ध्यान उपरोक्त बुदाँहरु तर्फ केन्द्रित गराउन अत्यावश्यक भएको छ । जब कि खोलाको बगरमा सडेको मुढाको के विश्वास र त्यसको अस्तित्व कति बेला भेल आएर कहाँ पुर्‍याउँछ । त्यस्तै पानी बेगरको धारा के धारा? अनि एकता बेगरको समूह के समूह? त्यसै कारण हामी 
तामाङहरू  एक भएर जुटौ एउटै वास्तविक पथको पथिक बनौ ।

अन्त अभिप्राय
यस लेखको मूल उद्धेशे रहेको छ सबै एक भएर धर्मको मार्गमा आवद्ध हुनु । वास्तविकतालाई पच्छयाउनु । चाड पर्वलाई चाड पर्वकै रुपमा स्वीकार गर्नु । हामी सबैको जीवन प्रवाहसँग सम्बद्ध पात्रोमा उल्लेखित संवतलाई स्वीकार गर्नु । कहि पनि उल्लेख नभएको प्रमाण विहिन संवतको परिकल्पना नगर्नु । संक्षिप्तमा भन्ने हो भने प्रज्ञावान हुनु अर्थात जुन विषय वस्तु र पदार्थ जस्तो छ त्यस्तै रुप गुण र आकारमा ज्ञान गर्नु । पुनश्च: हामी समग्र तामाङहरू आफूलाई बौद्ध धर्मावलम्बी भन्न रुचाउछौ, गौरव गर्छौ र यिनै गौरवलाई बँचाई राख्ने काम गर्छौ । एकै वाक्यमा भन्ने हो भने प्रमाणिक तथ्यहरुलाई सहर्ष स्वीकार गरेर एकताको बन्धनमा बाँधिइ रहनु ईत्यादि । एवं रितले हामी सम्पूर्ण तामाङ बन्धुहरु हृदय सँगको समागमीय बहूवेणी बनेर बाँच्न सिकौ, सकौ र बाँच्न सिकाऔ भन्ने आग्रह समेत गर्दछौ ।
व्याख्या
लोछर के को आधारमा कसरी मनाउने भन्ने विषयमा होडबाजी गर्दा गर्दै हाम्रो समाजले आज कम्तिमा  दुई दशक विताइसकेको सबैलाई जानकारी भएकै विषय हो । यसरी लोछर के को आधारमा कसरी मनाउने भन्ने विषयमा परिपक्व हुनको निमित्त म्याडम क्यूरिले रेडियम पत्ता लगाउन आविष्कार गर्ने भन्दा कठिन परिरहेको पनि सर्बविदितै छ । यस प्रसंगको एक मात्र कमजोरीपन हामीमा के यकिन हुनगएको छ भने बौद्ध धर्म जस्तो अलब्ध विपुल संपत्तिको हकदार बनिसकेका हामी सम्पूर्ण तामाङहरु आफूलाई बौद्ध भन्न रुचाउँछौ र अति गर्व पनि गर्दछौ । बौद्धमा पनि बोधिसत्वयानका अनुयायि बोद्यिसत्वयानमा पनि बुद्ध शिक्षाका प्रत्येक बिन्दु-बिन्दुहरुलाई अभ्यासमा उतार्ने महायान बौद्ध धर्मका अनुयायि हामी सोहि मार्ग, महायान बौद्धधर्मको निति र शिक्षा अनुरुप चल्नु पर्दछ भन्ने हामी समग्र तामाङहरुको मान्यता हो । अनि यहि मान्यतालाई नबुझ्नु यस प्रसंगको कमजोरिपन हो ।
वर्तमानमा खेद र अच्चमको विषय के छ भने हामी आफूलाई बौद्ध हूँ भनेर दावि गर्छौ तर बौद्ध धर्म महायान बौद्ध धर्मको निति शिक्षा र खास गरेर ज्योतिष शास्त्र स्वीकार गर्न तयार छैनौ भने हामी बौद्ध हौ कि अबौद्ध ? के हामीलाई बौद्ध भन्न मिल्छ ?  यस प्रसंगलाई उदाहरणको रुपमा स्पष्ट पार्दा कसैले यो पेलसाङको छोरा दोर्जेले रिञ्छेन नाम भएको व्यक्तिलाई तपाई त मेरो आपा जस्तै हुनुहुन्छ नि । स्वभाव र बोलि त झन ठ्याक्कै मिल्ने तपाईलाई त आपा नै भन्न मन लाग्छ भन्दा रिञ्छेन मख्ख परेको जस्तो मात्र हो । किन भने वास्तवमा दोर्जेको आपा रिञ्छेन होईन पेलसाङ हो । रिञ्छेन त आपा जस्तो मात्र हो । तात्पर्य के हो भने यदि हामीले आफूलाई बौद्ध जनाउँदै संबन्धित बौद्ध धर्मको निति शिक्षा र आजको विषय अनुसार भन्ने हो भने ज्योतिष शास्त्र अपनाउँदैनौ भने दोर्जेले तपाई त मेरो आपा जस्तै हुनुहुन्छ भन्दा मख्ख पर्ने रिञ्छेन जस्तो मात्र हो । यसरी हामीले आफूलाई बौद्ध भन्नु केवल हाम्रो अज्ञानता हो । त्यसैले हामीलाई बौद्ध भन्न हामीले होइन धर्मले स्वीकार गर्दैन। 
दोस्रो प्रसंगमा हामीले अपनाएको बौद्ध धर्मको आधारमा  ल्होछरको चर्चा गरौं छर्लङ्ग बुझ्न पर्दा  ल्होछर सबै बौद्धले मान्ने नयाँ वर्ष होइन । भन्न खोजेको के हो भने बौद्ध धर्ममा अनेक सम्प्रदायहरु विध्यमान छन् । अनेक सम्प्रदायहरु मध्ये महायान र हिनयान मुख्य हुन ।  ल्होछरलाई सिंगो बौद्धधर्मसँग तुलना गर्दा मात्र महायान बौद्ध धर्मका अनुयायीहरुले यसलाई मान्ने गर्दछ न कि भारतिय महायान, बर्मि महायान सिंहाली, जापानी र कोरियन महायानीहरुले । हिनयान तर्फ भन्ने हो भने जुनसुकै राष्टका सबै हिनयानीहरु जस्तै सर्वास्तीवाद थेरवाद, महासांघिक सूत्रयान, पारमितायान इत्यादि  ल्होछरसँग परिचित हुँदैनन् । माथि उल्लेख भए अनुसार  ल्होछर मान्ने बौद्धहरुलाई चिन्नुपर्दा महायानी बौद्धहरु भनेर चिन्नु पर्दछ ।  ल्होछर हामी सम्पूर्ण तामाङहरु बीच तुलना गर्ने हो भने हाम्रो देश लगायत अन्य राष्टमा पनि निवास गरिरहेका सबै तामाङ बन्धुहरुको मन, वचन र कर्ममा नै  ल्होछर शब्दले बोध हुने नयाँ वर्ष मनाउने भन्ने उमंग र जोशले स्थान लिइ सकेको छ र जसरी भए पनि मनाइ नै रहेका छन् । यति हुँदा हुँदै पनि सम्बन्धित विषयमा कतिपय मित्रहरुको यो हो र त्यो हो, यो हाम्रो र त्यो उसको विषयक निरन्तर छलफल प्रति दया लाग्नु स्वाभाविक भएको छ । यस्तो नहोस भन्ने हामी ठान्छौ किन भने आफू समान कै हाम्रा मित्रहरु अन्योलमा परि रहेको अरुले देखे हामीलाई के भन्लान? त्यसैले हामी समयमा नै निम्न प्रकारका प्रश्नोत्तरी माध्यमद्धारा वास्तविकता तर्फ लागौ ।
प्रः  ल्होछर मान्ने तामाङहरु कुन धर्मका अनुयायी हुन्छन् ? 
उः महायान बौद्ध धर्मको ।
प्रः हामी तामाङहरु महायानी बौद्ध हौं भने आफ्नो धर्म अनुरुपको निति शिक्षा र ज्योतिष शास्त्र स्वीकार गर्नु पर्छ कि पर्दैन ? 
उः पर्छ ।
प्रः महायानी बौद्ध हामी तामाङहरुको रिति, विधि, चाड पर्व लगायत ल्होछर समेतमा एक रुपता हुनु पर्छ कि पर्दैन ?
उः पर्छ ।
प्रः के को आधारमा आधारित हुँदा  ल्होछरमा एक रुपता आउँछ ?
उः महायानी बौद्ध धर्म अनुरुपको ज्योतिष शास्त्रको आधारमा । ईत्यादि ।


यस लेखमा खुल्न आएको शिर्षक ल्होछर के को आधारमा कसरी मान्नेलाई वर्तमानको तँ छाड र म छाड या खोइ-खोइ दाइ म अघि जाउँ भन्ने लौरे वातावरण तर्फ केन्द्रित हुँदै विचरण गर्दा प्रश्न जिज्ञासा र पूर्णता यि त्रिविध रुपमा पाउँछौ । प्रश्न उसको निमित्त हुनेछ जसले ल्होछर शब्दको अगाडी कुन शब्द जोडेको छ अथवा कुन  ल्होछर । ल्होछर कुन हुन्छ जो वर्षमा एउटै हुन्छ ।  ल्होछरमा कुन शब्द जोड्नु कुन एक या कुन दुइ भन्नु बराबर हो जबकि संख्यामा एउटै एक र एउटै दुइ मात्र हुन्छ न कि तिन चार वटा । यसरी अन्योलमा परिरहेको मित्र गणको निमित्त प्रश्न हुन्छ भने अन्जान बन्धुहरुको निमित्त जिज्ञासा । यसै गरी वास्तविकतासँग परिचित भइसकेका तामाङ भाईहरुको निमित्त पूर्णता । जे सुकै होस प्रश्नको उत्तर दिनु छ जिज्ञासा छर्लङ्ग पार्नुछ अनि अधुरोपनलाई पूर्णता तर्फ लानुछ ।

ल्होछर शब्दको अगाडी जोडिन गएको कुन शब्द ल्होछर प्रेमि हामी सबैको मस्तिष्कमा प्रेतको रुपमा सवार भएर हामीलाई बौलाहा हात्ती तुल्य मुर्ख बनाई रहेको छ । फलस्वरुप हामी गल्ली-गल्ली कराएर हिंडछौ मच्चिइ-मच्चिइ भाषण छाँटछौ, अनि अरुको कुरा काट्न र खुट्टा तान्न व्यस्त रहन्छौ, अनि भन्छौ म एकदमै बिजी छु इत्यादि । अज्ञानताले ओगटेको भोगटेको बोक्रा जस्तो दिमागले थाहा पाउन सकिरहेको छैन कि हामी एउटै कुन शब्दको अधिनमा रहेर रत्न समान हाम्रो वर्तमान मनुष्य जीवन अत्योत्तम कर्म भुमि नै तहस नहस गरिरहेका छौ भनेर । खोला तर्ने पाँच जना लाटोहरुको कथा जस्तो भैं रहेको छ, जस्तै पाँचजना लाटोहरु खोला तर्छन अनि खोला पारि पुगेपछि पाँचैजनाले तर्‍यो कि तरेनौ भनेर एकजना लाटोले साथी गन्छ तर आफूलाई गन्दैन आफूलाई नगने पछि जम्मा चारजना मात्र पुगेको हुँदा एउटालाई खोलाले बगाएछ भनि खोलाको तीरमा पाँचैजना बसि रोएछन् । त्यहिबेला एकजना सज्जन त्यहाँ पुगि उनीहरुलाई रोएको कारण सोध्छन् त्यसपछि सज्जन मुसुमुसु हाँस्दै गनेर पाँचजना पुर्‍याउँछन् । त्यसपछि लाटोहरु खुशी हुँदै र आफ्नो अज्ञानतालाई धिक्कार्दै आफ्नो बाटो लाग्छन् । आउनुहोस् हामी सबै तामाङहरूले ल्होछर एक रुपताको बन्धनमा जुटेर मनाउने गरौं, अनि लाटोहरु खुशी भएर आ-आफ्नो बाटो लागे जस्तो आ-आफ्नो कर्म भुमि सम्हाल्दै रत्न समान मनुष्य जीवन त्यसै खेर नफालौ । यसो हुनको निमित्त ल्होछर अगाडि जोडिन गएको कुन शब्द झिकि दिउँ ।

जसरी गन्तिको १ (एक) एउटै हुन्छ त्यसैले कुन एक भन्ने प्रश्नै उठदैन । देशमा एउटै प्रधानमन्त्री हुन्छ कुन प्रधानमन्त्री भन्ने प्रश्न उठदैन । कसैले प्रश्न उठायो भने कुन १ (एक) र कुन प्रधानमन्त्री भनिदिने त त्यस्तै वर्षमा एउटै मात्र ल्होछर नयाँ वर्ष हुन्छ कुन भन्ने प्रश्नै उठदैन । ल्होछर नयाँ वर्षको निमित्त पात्रोको आधारमा ज्योतिषशास्त्रले जुनदिन निर्णय गरिदिएको छ त्यसको अलावा अर्को दिन निर्णय गर्ने आधार नै छैन । महाशय हो ज्योतिष शास्त्र शुद्ध विज्ञान हो । प्रत्येक व्यक्ति-व्यक्तिको जीवन प्रवाह हो । त्यसैले यो उसको जीवन अनि यो स्वतन्त्र शास्त्र हो भनेर जान्नु पर्दछ । ल्होछर नयाँ वर्ष कहिले त ? ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार पुरानो वर्ष सकिएको भोलिपल्ट नेपाली ज्योतिषविदहरुले भिन्तुनाको नयाँ वर्षको पहिलो महिनाको पहिलो गते तिथि तोकिदिएर, भारतीय ज्योतिषविदहरुले विक्रम संवतको नयाँ वर्षको पहिलो महिनाको पहिलो मिति तोकिदिएर, अनि पश्चिमी मुलुकको ज्योतिषविदहरुले इस्वी संवतको नयाँ वर्षको पहिलो महिनाको पहिलो तारिख तोकिदिएर नयाँ वर्ष निर्धारित गरेका छन् । अर्थात भिन्तुनाको प्रत्येक वर्षको बार्हौ महिनाको अन्तिम तिथिको भोलिपल्ट न्हुँ दयाँ भनेर । विक्रम संवतको प्रत्येक वर्षको बार्हौ महिनाको भोलिपल्ट वैशाख १ गते भनेर । इस्वी संवतको प्रत्येक वर्षको बार्हौ  महिनाको अन्तिम तारिखको भोलिपल्ट जनवरी फष्ट भनेर । यसरी शुरु हुने नयाँ वर्ष मध्ये जनवरी फष्टलाई विश्वले नै स्वीकारेका छन् भने भिन्तुना र विक्रम संवतलाई पनि आ-आफ्नो स्थानमा सबैले स्वीकार गरिरहेका छन् न कि तानातान ।

अब पालो आयो अर्को नयाँ वर्ष जसलाई हामी लोसार या लोछार भनेर पुकार्छौ अनि जो हाम्रो हो । यस सम्बन्धमा सार र छारको अर्थ एउटै भएपनि कुन एक र कुन प्रधानमन्त्री भनेको जस्तो कुन मान्ने भन्ने विषयलाई लिएर हाम्रो निरर्थक द्वन्द नचलिरहेको पनि होइन । जसरी नेपाल संवत भिन्तुना, भारतिय विक्रम संवत, पश्चिमी इस्वी संवतले प्रत्येक वर्ष नयाँ वर्ष जन्माउँछ त्यसरी नै ज्योतिष शास्त्रको आधारमा लोछारले पनि प्रत्येक वर्ष अर्को नयाँ वर्ष लोछार जन्माइरहेको छ र जन्माइनै रहनेछ । ज्योतिष शास्त्र अनुरुपको त्यहि लोछार संवतलाई नै स्वीकार गरेर एकै मतको पथिक बनौ भन्ने हाम्रो मान्यता हो । यसरी लोछार खुट्याउन कठिन भैरहेका हाम्रा समाजका कतिपय मित्रगण र संघ-संस्थाहरुको हितको निमित्त लोछार पनि हाम्रो धर्मको ज्योतिष शास्त्रले बताइ दिएको छ यसरी उपरोक्त अन्य नयाँ वर्षको जन्म भए झै लोछार पनि प्रत्येक वर्षको बार्हौ महिना घ्याल धाको अन्तिम तिथि या औसीको भोलिपल्ट लोसार नयाँ वर्षको पहिलो महिना धावा धाङपो छ्यु धा आरम्भ हुन्छ र यसैलाई हामीले लोछार मान्नु पर्दछ । लोछार के को आधारमा भन्ने जिज्ञासाको पूर्णता तर्फ लाग्नुपर्दा हाम्रो धर्मको ज्योतिषविदहरुले प्रचारमा ल्याएको वर्तमानमा उपलब्ध पात्रोको आधारमा मान्नु पर्दछ । लोछार सम्बन्धको होडबाजी शंका र आशंका निभाइ दिने महायान बौद्ध धर्म अन्तर्गतका पात्रोहरु यसप्रकार छन् । 

 

मन्जुश्री खुनु पात्रो      लामा सोनाम ।
मन्जुश्री पात्रो          मेन चि खाङ धर्मशाला
मन्जुश्री भित्ते पात्रो     मेन चिखाङ धर्मशाला
मन्जुश्री भित्ते पात्रो     फेन्दे ढाछाङ बालाजु ।
मन्जुश्री पात्रो         सोरिग लोबलिङ हिमवत प्रदेश तिब्बत मन्जुश्री पात्रो         हिमवत पर्वत तिब्बत ।
मन्जुश्री पात्रो         पेपुङ सुङरब ङयामसोखाङ काङडा ।

तामाङ क्यालेण्डर नामक मन्जुश्री गोजी पात्रो ।
उपरोक्त पात्रोहरु सहित प्रचार प्रसार योग्य खुशीको खबर के छ भने अजितमान तामाङले संपादन गर्नुभएको तामाङ क्यालेण्डर नामक मन्जुश्री गोजी पात्रो २१३१ बाँदर वर्ग विक्रमी २०६१ मा ज्योतिष शास्त्र अनुरुपको सहि नयाँ वर्ष जनाउनु भएको छ । पहिलो महिना धावा धाङपो छ्यु धा बैशाख १ गते भनेको जस्तो हाम्रो नयाँ वर्षको पहिलो महिना हो । गत साल बाँदर वर्षमा वहाँहरुले  वहाँकै गोजी पात्रो अनुसार चलिरहेको भेडा वर्ष २१३०  विक्रमी २०६१ को वर्षको बार्हौ महिनाको पहिलो तिथिलाई वर्ष फिर्‍यो भन्दै मान्नु भए पनि ज्योतिष शास्त्रको कदर गर्दै हामीले मानेको सहि लोछार २१३१ बाँदर वर्ग २०६१ को फागुन ९ गते शनिवारको दिनलाईनै लोछार भनि नयाँ वर्षको पहिलो महिनाको पहिलो तिथि जनाईदिनु भएको स्वागत योग्य सन्देश रहेको छ । यि सम्पूर्ण पात्रोहरु आज भन्दा ४६४२ वर्ष पूर्व अथवा २६३७ इशा पूर्वमा चीनका ज्योतिषी ह्वाङ ति द्वारा निर्मित ज्योतिष शास्त्र अथवा चन्द्र पात्रो सँग आधारित छन् जो विश्वकै सबैभन्दा पुरानो ज्योतिष शास्त्र हो । २८४० संवत अंकित गरिएको कुनैपनि पात्रो आजसम्म देखा परेको छैन जब कि उपरोक्त पात्रोहरुमा २१३२ अंकित छ भने भएको संवत स्वीकार गर्ने कि हुँदै नभएको संवत स्वीकार गर्ने भन्ने विषयमा हामी सबैको एकमत हुन अत्यावश्यक हुन गएको छ ।
यस प्रसंगमा हामी सम्पूर्ण लोछार प्रेमी मित्रहरुको ध्यान केमा केन्द्रित गराउन चाहन्छौं भने हाम्रा कतिपय संघ-संस्थाहरू र संघ-संस्थाका अधिकारी महोदयहरुले बताउनुभएको मञ्जुश्री या चन्द्र पात्रो नै उपरोक्त पात्रोहरू हुन् । उपरोक्त पात्रोहरूको अतिरिक्त कुनै अरू बैकल्पिक पात्रोले तामाङहरूलाई उपरोक्त पात्रोहरूमा निर्धारित तिथिको एक महिना अगावै लोछार (नयाँ बर्ष)हो भनेर भन्छ । जबकि अजितमान तामाङ
ले समेत उपरोक्त पात्रोहरूकै अनुरूप आइसक्नुभएको छ भने वहाँकै तामाङ क्यालेण्डर नामक गोजी पात्रो (२१३१ बाँदर वर्ष) द्वारा स्पष्ट हुन आएको छ । यिनै सत्य तथ्यहरू धारण गर्दै अब उप्रान्त कुनै पनि तामाङ मित्रहरू संघ-संस्थाका पदाधिकारीहरू द्विविधामा नपरिकन उल्लेखित पात्रोहरूको आधारमा नै लोछार स्वीकार गर्दै अकारण हुन गएको अनेकतालाई एकताको सूत्रमा बाँध्नको निमित्त सहयोग गर्नु नै हुनेछ भन्ने हामीले आशा राखेका छौं ।

पुनः यस विषयमा अझ राम्ररी बुझ्नुपर्दा-अर्कोतर्फ हामीले के पनि पाएका 'लोछार एक परिचय' को एक पंक्ति लो, खाम, दशा ग्रह र लगन हेर्ने तामाङ पात्रो खोई ? सोनाम लोछार मान्दा ग्याल्बो लोछारको बाह्रौं महिनामा सोनाम लोछारको पहिलो महिना हुन्छ जसले गर्दा 'लो, खाम गडबड भई बिग्रह पर्ला कि ?' यस पंक्तिलाई खण्डन गर्दै ने‌‌ता‌घे संघले बुझेर हो या नबुझेर हो सजिलै भनिदिएको छ कि यस भनाइको पहिलो जवाफ हाम्रो नजिकै विद्यमान भारतिय र चिनियाँ पात्रो देखाइ दिए पुग्छ अनि तामाङ पात्रोको संभावना, भनेर । वहाँहरूले खण्डन गर्दै भारतीय र चिनियाँ पात्रोलाई आधार बनाएर जुन उत्तर दिनुभयो त्यो सहि उत्तर हो । यस उत्तरमा हामीले के पनि पायौं भने 'अनि तामाङ पात्रोको संभावना' भन्दै भारतीय चिनियाँ पात्रो नै तामाङ पात्रो हो भन्ने ठोकुवा गर्नुभएको त झन सत प्रतिशत नै ठिक हो किन भने हामीले पनि लेखेको, भनेको, सवैलाई आग्रह गरेको, दिन, दशा, ग्रह,लगन इत्यादी हेरेको र यो दिन लोछार पर्छ है भनेको पनि माथि उल्लेखित भारतिय चिनियाँ पात्रो नै हुन् । हामीलाई लाग्छ नेताघे संघलाई भारतिय चिनियाँ पात्रोको नाम चाहिँ थाहा भएको र तर त्यस भित्र के छ भन्नेबारेमा चाहिँ थाहा नभएको र खण्डन गर्ने असफल प्रयास गरेको इत्यादी । आउनुहोस् बुझ्नुहोस् 'घ्यागार' भनेको भारत बर्ष हो । 'घ्यागार'को असली रूप 'घ्याकार' हो । 'घ्या'भनेको 'घ्याछेन्पो' अर्थात् हामीले बुझ्ने भाषामा भन्ने हो भने विशाल, 'कार' भनेको 'कारपो' या सेतो त्यसैले 'घ्याकार' भनेको सेतो वस्त्र धारण गर्ने  नागरिकहरूद्वारा भरिएको विशाल देश भनेको हो ।
ध्याकारलाई किन घ्याकार भनिन्छ त, भने सुम च्युपा अर्थात त्रिशद नामक व्याकरण अनुसार घ्या पछि कार जोड्न गलत साबित हुने भएकोले कार को स्थानमा गार प्रयुत्त गरि घ्याकार भनिएको हो । माथि उल्लेखित भए अनुसार
यसको असली रुप हो घ्याकार (भारत बर्ष) । छोटकरीमा हामी कार मात्र भन्ने गर्दछौ त्यसैले भारतीय ज्योतिषिलाई कारचि भन्ने गर्दछौ । शाब्दिक अर्थ पच्छ्याउने हो भने कारचि को अर्थ हुनेछ सेतो ज्योतिषि । सेतो ज्योतिषि भन्नाले भारतीय ज्योतिषि भनेर बुझ्नु पर्छ ।

चिनियाँ ज्योतिषिलाई नाग्चि भनेर भन्दछ । भारत बर्षलाई घ्याकार भनेको जस्तो चीनलाई तिब्बतीयनहरूले घ्यानाग भन्दछन् । घ्या भनेको घ्या छेन्पो अर्थात विशाल क्षेत्रफल भएको नाग् भनेको कालो अथवा मन र व्यवहार असल नभएको यस अर्थमा घ्यानागको नाग बाट नागचि अथवा चिनियाँ ज्योतिष स्पष्ट हुन्छ । यहाँ सम्म हामीले के बुझ्यौ भने कारचि र नाग्चि नै भारतीय र चिनियाँ ज्योतिष हुन । भारतीय र चिनियाँ ज्योतिषको एक मुस्ट र संयुक्त रुप नै माथि उल्लेखित मञ्जुश्री पात्रोहरू हुन जुन पात्रोहरू महायान बौद्ध धर्मका हामी सबै अनुयायीहरू प्रयोग गर्दछौ र त्यसै पात्रोलाई नै ने.ता.घे. संघले पनि प्रमाणको निमित्त हाम्रो अगाडि सारि दिएका छन् । अब हामी सबैको पात्रो एउटै भएको छ र तिनै पात्रोहरूले निर्धारण गरेको दिनलाई नै लोछार मान्न हा्म्रो बुद्धिमानी हुनेछ न कि ताना तान ।
तामाङ र तामाङ समाजको मात्र नाम लिएर प्रस्तुत गरिएको यो लेख तामाङ र तामाङ समाजको निमित्त मात्र होइन भनेर बुझि दिनु हुनको लागि हामी हार्दिक अनुरोध गर्दछौ । एउटै नामलाई मात्र केन्द्रबिन्दु बनाएर लेखिएको यो लेखले संसारमा विद्यमान महायान बौद्ध धर्मका हामी सबै अनुयायीहरू शेर्पा, तिब्बतियन, तामाङ, गुरुङ, मगर, थकाली, डोल्पाली, सिक्किमिज, खुनु, लद्दाखि, लगायत यस धर्म अपनाइसकेकालाई समेत समेटेको छ । यसरी स्वीकारी दिनुभयो भने हामी जीवन पर्यन्त कृतज्ञ रहनेछौ । लोछार केको  आधारमा मान्ने भन्ने विषयलाई यही पूर्ण विराम दिँदै हामी सम्पूर्ण महायान बौद्ध धर्मका अनुयायीहरू अब कसरी मान्ने विषयको पक्षतर्फ प्रवेश गरौ ।

लोछारको तयारी
लोछार मनाउनु भन्दा केही दिन अगावै आ-आफ्नो पूजा कोठा, भान्सा घर, सुत्ने कोठा लगायत सम्पूर्ण घर र घर वरिपरि सफा गरी लोछार मनाउन योग्य बनाउनु पर्छ । आर्थिक अवस्थाले साथ दिएको खण्डमा आफ्नो घर र घर परिसरमा रंग लगाई  नयाँ रुप दिन सके अझ उत्तम हुनेछ । यसरी घर सिङार्ने काम लोछार भन्दा अगाडि नै सकाउनु पर्छ । लोछारको अघिल्लो साँझ अथवा औंसिको साँझ घुथुग खानु पर्छ । घु भनेको नौ र थुग भनेको थुग्पा हो । अर्थात् नौ प्रकारका विभिन्न खाद्यान्न मिलाएर बनाएको थुग्पालाई घुथुग भन्दछ । ति नौ प्रकारका विभिन्न खाद्यान्न यस प्रकार छन् ;  स्या, चामल, मटर (केराउ) या दाल, फिङ (भटमासबाट तयार पारिएको सेवइ जस्तो देखिने खाद्य पदार्थ), मुला, दालचिनी, छुर्पी, हरियो साग र गोलो रिल्बु आदि । यसरी घुथुग तयार गरेपछि आफ्नो भाग्य र स्वभाव संकेत गर्ने विभिन्न बस्तुहरू आँटा मुछेर बनाइएको मसिनो डल्लो भित्र राख्नु पर्छ । अनि त्यसपछि आगोमा सेकाएर पाकेपछि घुथुगमा मिलाएर सबैलाई एक-एक वटा डल्लो पर्ने गरि घुथुग बाँडनु पर्छ । आँटाको डल्लो भित्र राखिने विभिन्न वस्तुहरूले आगामी वर्षको लागि अलग-अलग लक्षणको संकेत दिने विश्वास छ जो यस प्रकार छन् :
कागजको टुक्रा, काठको टुक्रा, कोइला, नुन, बोसो, भेडाको उन, खुर्सानी, पेलाको टुक्रा, इत्यादि राख्नु पर्छ । यसको अतिरिक्त मुछेको आटाको तारा (जुन पानी सिंगडा जस्तो हुन्छ) ठूलो भूँडी भएको मान्छे, द्वि मुखे, घेन डुसि (चौकोस), सूर्य, चन्द्र, पुस्तकको ठेली इत्यादि सांकेतिक रपमा बनाएर आगोमा सेकाएर पाक्ने पारी घुथुगमा मिसाउनु पर्छ । आभोली कागजमा लेखेर आटाको डल्लोभित्र राख्ने चलन चलेको छ ।

लक्षण
कागज पायो भने गुणवान हुने ।
नुन पायो भने प्रसिद्ध हुने ।
बोसो पायो भने धन सम्पत्ति बढने ।
खुर्सानी पायो भने छोरा भए छुच्चा अनि छोरी भए छुच्ची हुने  ।
पेलाको टुक्रा पायो भने काममा ठग्ने ।
तारा पायो भने बर्ष भरि नै सुख शान्ति हुने
भूँडी ठूलो भएको मान्छे पायो भने धेरै खान पाउने या खन्चुवा हुने
दुइमुखे पायो भने कुरौटे या चम्चागिरी हुने ।
धेन डुसि (चौकोस) पायो भने आयु लामो हुने
सूर्य पायो भने उसको परिवारमा आनन्द हुने
चन्द्र पायो भने उसले र उसको बुहारीले बच्चा पाए छोरी पाउने
पुस्तकको ठेली पायो भने धर्म व्यापार र खेतिपाती उत्तम हुने ।

भाग लगाइएको घुथुग आ-आफ्नो अगाडि आइ सकेपछि कसको भागमा के परेको छ ? अर्थात् कसले के पायो भन्ने कौतुहलताले एक प्रकारको रमाइलो वातावरणको सृजना गराउँछ । कागज पाउनेलाई यो गुणवान र बुद्धिमान हुने रहेछ राम्रो पढ्नु, बिहान चाँडै उठ्नु, कुम्भकर्ण जस्तो धेरै नसुत्नु भनेर हँस्यौली गरिन्छ । एवं रितले कसैलाई धनी, कसैलाई मुखाले हुनेरहेछ भन्दै लक्षण अनुसार आफ्नो बुद्धिले भ्याए सम्म हँसाउने काम गरिन्छ र हाँस्दै हँसाउँदै खुशी मुद्रा पारेर घुथुग खाएपछि लुइ फ्याँक्नु पर्छ जो घुथुग खान अगाडि नै बनाएर राखिएको हुन्छ । यसरी तयार गरेको लुइ (आफ्नो शरिरको प्रतिक) फ्याँक्ने क्रममा एक एक वटा छाङबु (मुछेको आटामा चम्पाको डल्लो अलिकति लाम्चो पारेर आफ्नो पाँचै औलाको छाप (चक्र लागाइने) मा लगाएर फ्याँक्नु पर्छ । फ्याँकिने लुइले कष्ट, संकट, आपद विपद र विघ्न बाधाहरू लगेर जाने विश्वास भएकोले यो फ्याँकिन्छ । विशेष गरेर पुस्तक पाउनेले व्यापार र खेतीपाती अनि धर्म समेत उत्तम पार्नको निमित्त धर्म ग्रन्थ पाठ गराउनु पर्छ । यी लक्षहरूको अवधी एक बर्षको (अर्को लोछार पर्यन्त) हुनेछ । अरूले आ-आफ्नो लक्षण अनुसार तेर छ्योए अथवा कसैले मन्साउने, कसैले बसुन्धरा (नाम थोएसे) को पूजा गर्ने, कसैले आयुको पूजा गर्ने इत्यादि गर्नु पर्छ ।

विशेष गरेर लोछारमा झलक्क हेर्दा घोडाको कान जस्तो देखिने एक प्रकारको खाने वस्तु बनाउनु पर्छ जसलाई खाबसे भनिन्छ । खाबसे मैदाको बनाउनु पर्छ । खाबसे बनाउँदा एक तर्फ कराइमा खाने तेल तताउनु पर्दछ र मैदा मुछेर अंदाजी एक पाउको डल्लो बनाइ गोलो बनाएर बेल्नु पर्छ । बेल्दा रोटीको बेलाइ भन्दा केहि मोटो राख्नु पर्छ । बेलीसके पछि गोलो रोटी बन्छ । गोलो रोटी बनेपछि रोटीको दुइ छेउ जोड्नु पर्छ र रोटीको जोडाइलाई तलतिर पारेर जोडाइ पछि उताको दुवै छेउमा दुवै हातको चार औलाको सहाराले बिस्तारै तन्काउनु पर्छ र उम्लिरहेको खानेतेलमा छोडिदिनु पर्छ । केहि बेर ओर्काइ फर्काइ पकाएपछि खाबसे तयार हुन्छ । यसरी भएको खाबसे लोछार मनाइने निश्चित स्थानमा एउटा ठूलो चौकोस (टेबल)मा हार लगाएर सजाउनु पर्छ । यो हार लगाउँदा राखिएको खाबसे दुख बिर्सिएर सुख र आनन्द निम्त्याइने उपायको प्रतिक हो । यो हार लगाउँदा खेरि लगाएको हारको गन्ति तल देखि माथि तर एक हार, दुइ हार भनेर गने झैं धे-किप-धुग भनेर गन्नु पर्छ अर्थात् एक हारलाई फेरि धे भनेर हारको गन्ति गर्नु पर्छ धे को अर्थ धेवा अथवा सुख हो । किप को अर्थ किपो अर्थात् आनन्द हो । धुग को अर्थ धुग्ङेल अथवा दुख हो । यस क्रम अनुसार खाबसे हार लगाउँदा तीन हार, नौ हार, बाह्र हार, पन्ध्र हार पारेर लगाउनु हुँदैन । यसरी हार लगाउँदा खेरि धे-किप-धुग को गणना क्रम अनुसार धुग अथवा दुख शिरमा पर्न जान्छ र जीवन प्राय दु:खमय हुन्छ भन्ने विश्वास छ र हार लगाउँदा धे-किप-धुग-धे (चार हार) को गणनामा सुख शिरमा पर्ने गरि या धे-किप-धुग-धे-किप (पाँच हार) को गणना आनन्द शिरमा पर्ने गरि लगाउनु पर्छ । सुख या आनन्द शिरमा पार्नको लागि दुइ हार, चार हार, पाँच हार, सात हार, आठ हार, दश हार, एघार हार, तेह्र हार, चौध हार, सोह्र हार, सत्र हार, उन्नाइस हार र बीस हार पारी लगाउनु पर्छ ।

खाबसे हार लगाइएको (अगाडि) दाहिने तर्फ कारसुम ङार सुम (तीन प्रकारको सेतो पदार्थ -१. दूध २. दहि ३. घ्यू) (तीन प्रकारको मीठो पदार्थ -१. चिनी २. मिश्री ३. सक्खर) चम्पा (गहुँ भुटेर पिसेको पिठो) मा फिटेर टाशी छिमर बनाउनु पर्छ । तयार गरिएको टाशी छिमर कायो अथवा प्याला या कचौरामा या काठको सानो बाकस जस्तो बनाएर राख्नु पर्छ । त्यस माथि घिउमा विभिन्न प्रकारको धुलो रंग फिटेर बनाइएको रंगिन घिउ द्वारा एउटा च्याप्टो र लाम्चो काठमा अष्ट मंगलको चिन्ह बनाएर राखिन्छ जो मंगलको प्रतिक हो । अष्ट मंगलका चिन्हहरू क्रमश रत्न छत्र (रत्नको छाता), सूवर्ण मत्स्य (सुनको माछा), कुम्भ (सुनको कलश), कमलको फूल, शंख, श्री वत्स, ध्वजा र धर्म चक्र आदि हुन । टाशी छिमरको देब्रे तर्फ रंगिन घिउ द्वारा नै बनाइएको एउटा झ्याम्म परेको रूखको फेदमा हात्ती, हात्ती माथि बाँदर, बाँदर माथि खरायो र खरायो माथि चराको आकृति बनाएर राखिन्छ जो मित्रताको प्रतिक हो । यी दुइवटै प्रतिकमा गहुँको बाला राख्नु पर्छ । मित्रताको प्रतीकको छेउमै धुइच्ची (अमृत) बनाएर राख्नु पर्छ जो आरोग्यको प्रतीक हो । उपलब्ध भए दुबै तर्फ उम्रिएको बाली (विशेष गरेर गहुँको) राख्नु पर्छ । यसरी राख्नको निमित्त महिना दिन अगावै फूल रोप्ने गमलामा गहुँ छर्नु पर्छ जो लोसारमा उम्रिएर हरियो देखिन्छ । लोसारको ठिक एक महिना अगाडि जुन दिन गहुँ छरिन्छ त्यसैलाई सोनाम लोसार भनिन्छ, यो लोसार नामले पुकारिने लोसार प्रेमी सबैको पर्व हो यसलाई पर्व चाडको रूपमा सवैले मनाउनु पर्छ ।  जसको एक महिना पछि संबत् फिर्दछ । संक्षिप्तमा यो सोनाम पर्व लोसारको तयारी शुरू गरिने दिनको रुपमा जान्नु पर्दछ अर्थात् हिन्दुको जमरे औसी र यो एउटै अर्थ बोकेका चाडहरू हुन न कि नयाँ बर्ष । उम्रिएको बाली चढाउनुको अर्थ  आफ्नो इष्टदेवलाई खुशी पार्नु र उत्तम बाली नाली पाउनु हो । यसको अतिरिक्त खाबसे सजाइएको चौकोसको अनुकुल स्थानमा विभिन्न बीज, घिउ, लगाएर घोलिएको (भोटे) चिया, चिनीको चिया, फलफूल र उत्तम मिठाइहरू पनि सजाउनु पर्छ । देब्रे तर्फ भेडाको टाउको माथि नोर्बु (मणि) बनाएर राख्नु पर्छ । यी कार्यहरू अर्थात् –
आफ्नो घर र घर आगन वरिपरि रफा गरि कृत्रिम सजावट दिने ।
लुइ फ्याँक्ने ।
खाबसे बनाएर हार लागाई सजाउने ।
टाशी छिमर बनाएर राख्ने ।
माथि उल्लेखित सम्पूर्ण कार्यहरू लोसारको अघिल्लो साँझ अर्थात् औसीको बेलुकी नै सम्पन्न गर्नु पर्छ ।
यहाँ भेडाको टाउको राख्नुपर्ने दुइवटा कारणहरू छन् 
प्रथमः हिमवत् प्रदेश तिब्बतमा ल्हुग ल्हो (भेडा बर्ष) मे खाम देखि लोसार मनाउन थालिएकोले भेडाको टाउको राख्ने प्रथा चलेको हो ।
दोस्रोः प्राचिन कालमा हिमवत प्रदेश तिब्बतमा लोसार मनाउँदा बढी काटमार भइ हिसाले उग्र रुप लिएको हुँदा सातौ दलाइ लामाले हामी बौद्ध हौ र बौद्ध भएको कारणले हामीले काटमार गर्न सुहाउँदैन भनी हिस्रक कार्य (काटमार) गर्न रोक्नुभयो । अर्को बर्ष हिसा रहित भइ लोसार मनाउँदा सुङमा (रक्षक) क्रोधित भइ धेरै जन धनको क्षति भएकोले सुङमा (रक्षक) को निमित्त भेडाको टाउको बनाएर चढाउनु भनी आज्ञा हुँदा घिउ या चाम्पाको टाउको बनाएर चढाउने प्रथा चलेको हो 
लोसार मनाउने विधि

लोसार मनाउनको निमित्त औसी कै बेलुका सबै सर्जाम तयार गरेर ठीक्क पार्नु पर्छ । अब लोसारको दिन के के गर्ने र खाने भन्ने विषय प्रस्तुत गर्दछौ ।
लोसारको दिन करिब साढे चार बजै नै उठेर पाँच बजे सम्ममा हात मुख धोइ सक्नु पर्छ । हात मुख धोइ सकेपछि  आ आफ्नो ल्हा खाङ (पूजा कोठा) मा गएर विधिवत् पूजा गर्नु पर्छ । यदि घर परिवारमा लामा भए अथवा अरू नै कोहि लामा ल्याउन सकेको खण्डमा अष्ठ मंगल (टाशी ग्येपा) पाठ गरेपछि भगवान् बुद्ध, गुरु रिन्पोछे, भट्टारिका आर्यतारा इत्यादिको स्तुति गर्नु पर्छ । परिवारमा लामा नभए र अन्यत्रबाट पनि लामा नजुटेको खण्डमा आफैले सधै जस्तो पूजा गर्ने र नयाँ कपडा लगाएर प्रत्येकले ल्हा खाङ (देवता स्थान)मा ढोग गर्ने र खादा चढाउने । खादा चढाइसकेपछि क्रमशः खाबसे, टाशी छिमर कोनछ्योग सुम (त्रिरत्न)लाई अर्पण गर्ने (चढाउने) । यसरी चढाउँदाखेरि उँभो तर्फ छर्किनु पर्छ । त्यसपछि, टाशी देलेग् फुनसुग छ्योग्पर स्यो (मंगल स्वस्ती भइ उपसम्पन्न हुन सकोस) भन्ने कामना व्यक्त गर्दै अलिकति टाशी छिमर खानु पर्छ र छिमर पश्चात छुइच्ची ग्रहण गर्नु पर्छ । अन्तमा सजाएर राखिएको विभिन्न मिठाइहरू मध्येबाट कुनै ग्रहण गरेपछि अन्य खानामा सर्वप्रथम ढोमा देसिल र खाबसे खानुपर्छ । लोसारको पहिलो दिन आ आफ्नो लामा गुरुहरूको दर्शन गर्न जानु पर्छ त्यसैले पहिलो दिनलाई लामा लोसार भनिन्छ । लामा दर्शन गरेर फर्किएपछि आ आफ्नो संस्कृति परिचायक नाच गान इत्यादि शुरू गरे हुन्छ । यस क्रममा शेर्पा, तिब्बतियन, तामाङ, गुरुङ, मगर, थकाली, डोल्पाली, सिक्किमिज, खुनु, लद्दाखी आदिको आ आफ्नो सांस्कृतिक गान र नृत्य भए अनुसार हामी तामाङहरूले पनि आफ्नो धर्म संस्कृति अनुरुपको गीत र नाच गरे उत्तम हुन्छ ।
यसरी लामा दर्शन गरेपछि डम्फु र गीतको माध्यम द्वारा धर्म र संस्कृतिको अनुकरण गर्दै लोसारको पहिलो दिन बिताउनु पर्छ । लोसारको दोस्रो दिन भादेन छैन भने र नक्षत्र पनि राम्रो भएको खण्डमा धारसीङ (झण्डा) उठाउनु पर्छ र आ आफ्नो देशको शासन व्यवस्था अनुसार राजा भए राजा, राष्ट्रपति भए राष्ट्रपति अध्यक्ष भए अध्यक्ष र आफ्नै गाउँको ठूलाबडालाई मान्न जाने प्रथा रहेकोले दोस्रो दिनलाई घ्यालबो लोसर भनिन्छ । तेस्रो दिन देखि आ आफ्नो मान्यजन कहाँ  जाने, शुभकामना आदान प्रदान गर्ने, आएका पाहुनाहरूलाई सहर्ष सेवा सत्कार गर्नु पर्छ । चौथो दिनमा गाउँ घर मिलेर या संभव भए एकै घरले ल्होमा र सेङ्गे नाच देखाउन सके झन अनि उत्तम हुनेछ । तेस्रो दिन देखीको लोसारलाई साब सोल ढोल तोन (अतिथिआतिथ्यको खुसीयाली) भनिन्छ । लोसारको अन्तिम दिन गुरु रिन्पोछेको पवित्र तिथी दशमी (दशौ दिन) हो । सो दिन घरमा गुरु रिन्पोछेको पूजा गर्नु पर्छ र सजाएर राखेको खाबसे सहित सम्पूर्ण सामानहरू उठाउनु पर्छ ।

।।मंगल।।

यो लेख आचार्य कमल तामाङले २०६१ सालमा लेख्नु भएको हो । 

More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com