बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
 -अमरदीप मोक्तान
संविधान सभाको पहिलो निर्वाचनमा पहिचान पक्षधरको बाहुल्यता भएको कारण प्रथम संविधान सभाबाट पहिचान पक्षधर तथा अधिकारबाट बञ्चित समुदायको चाहना बमोजिमको संविधान बन्ने लगभग तय थियो तर पहिचान पक्षधरको आवरणमा रहेका पहिचान विरोधी उत्पिडित वर्गलाई अधिकार सम्पन्न देख्न नचाहने यथास्थितिवादीको षडयन्त्रका कारण प्रथम संविधान सभाको निर्मम हत्या गरियो । बहुसंख्यक जनताको इच्छा विपरित नेपालको ठेकेदार बनेका चार दलिय संयन्त्रले शक्तिपृथकीकारणको सिद्धान्त विपरित सर्वोच्च अदालतको बहालवाला प्रधानन्यायधिस खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर दोस्रो संविधान सभाको चुनाव गर्ने घोषणाको निर्णय गरे ।
नेकपा-माओवादीद्वारा खिलराज रेग्मीको नियुक्ति प्रति विमति जनाउदै आन्दोलन तथा बन्द आयोजना गरेता पनि शक्तिको दम्भले मात्तिएका चार दलिय संयन्त्रले जसरी भएपनि चुनाव गराउने प्रयास गर्‍यो, दोस्रो संविधान सभाका चुनाव शान्तिपूर्वक सम्पन्न भयो । चुनाव परिणामको गणना हुदै गरेको केही घण्टा पश्चात् चार दलिय संयन्त्रका प्रभावशाली ठेकेदार एनेकपा माओवादीले राज्यद्वारा प्रायेजित तरिकाले धाँधली गरेको भन्दै मतगणना बहिस्कार गर्‍यो । चार दलिय संयन्त्रले शक्ति सम्पन्न बनाएका निर्वाचन आयोगद्वारा एनेकपा माओवादीको विरोधको परवाह  नगरि मतगणना जारी राख्यो । दोस्रो संविधान सभाको परिणाम अप्रत्यासित देखियो । कांग्रेस एमाले परिणाममा अग्रगति प्राप्त गर्दा  अश्चार्य चकित थिए भने सोचेको भन्दा विपरित परिणामले एमाओवादी आक्रोसित भयो । 
एमाओवादीले धाँधली भयो भन्ने कुरामा कत्तिको सत्यता छ की अप्रत्यासित हारका कारण एमाओवादी बौलाएका हुन् भन्ने कुराको सन्दर्भमा कटु सत्य के हो भने प्रथम संविधान सभाको चुनाव वास्तवमा जनचाहना बमोजिमको संविधान निर्माण गर्ने स्थल थियो भने दोस्रो संविधान यथास्थितिवादी चिन्तकहरुको ग्राण्ड डिजाइन थियो, आफूलाइृ अति चलाख र ध्रुत सम्झिने प्रचण्ड राज्य संयन्त्रमा राम्रो पकड जमाएर बसेका यथास्थितिवादीले षडयन्त्र मूलक ढंगले निर्माण गरेको राज्यद्वारा नियोजित चक्रव्युहलाई बुझ्न सकेनन् । यथास्थितिवादीको चक्रव्यूहमा अल्झेर प्रचण्ड त धरासाई भए साथसाथै पहिचान पक्षधर शक्तिलाई पनि धरासाई बनाए यथास्थितिवादी चिन्तक आफ्नो अनुकुलको संविधान बनाउन गणितिय आकडा प्राप्त गर्न सफल भए । 
नेपालमा यथास्थितिवादी चिन्तकहरुको शक्तिको बारे चर्चा गर्नु पर्दा २०३६ को अधिकार स्थापित पक्षधर बहुदलवादीको पराजय, २०६४ सालको जनगणनामा कपोलकल्पित जनगणना तथ्यांकले प्रष्ट हुन्छ । राज्य शक्तिमा अधिकार जमाएर बसेका यथास्थितिवादी चिन्तकको प्रभाव यति व्यापक छ, उनीहरुले जे चाहे त्यो हुदो रहेछ भन्ने प्रमाण प्रथम संविधान सभाको हत्या तथा दोस्रो संविधान सभामा यथास्थितिवादीको विजयले पुष्टि गरेको छ । प्रामाणिक रुपमा न देखिएता पनि दोस्रो संविधान सभाको पहिचान पक्षधरको आवाजलाई हमेशाका लागि बन्द गर्न राज्य प्रायोजित धाँधली भएको हो यस कुरालाई नकार्न सकिन्न । प्रत्यक्षमा प्रत्यासी चयन गर्दा यथास्थितिवादी पार्टीहरुद्वारा आदिवासी तथा दलितलाई कम सिट आवंटन गरेर पछाडि पारे भने समानुपतिकमा राज्य प्रायोजित धाँधलीले यथास्थितिवादी चिन्तक पार्टीको पक्षमा धेरै मत देखियो । दोस्रो संविधान सभाको चुनावमा कांग्रेस, एमाले, एमाओवादीको पक्षमा समानुपातिक मतको प्रतिशत धेरै देखिनु गम्भिर षडयन्त्र हो । दोस्रो संविधान सभामा आदिवासी मधेसी दलितमा देखिएको जनचेतनाको लहरले समानुपातिकको ३६५ सिट मध्ये १५० देखि २०० सिट साना तथा पहिचान पक्षधरको पक्षमा परिणाम आउनु पर्ने थियो तर देखिएन । दोस्रो संविधान सभाको परिणामको विश्लेषण गर्दा जनगणना २०६४ को स्मरण गर्न जरुरी छ, जनगणना प्रति आदिवासी संगठनद्वारा जनचेतना मूलक कार्यक्रम मार्फत जनगणनामा सही तथ्याङ्कका लागि राम्रो प्रयास गरेका थिए । आदिवासी समूदायले जनगणना २०६४ मा सही तथ्याङ्कको अपेक्षा गरेका थिए तर जनगणनाको तथ्याङ्क प्रकाशित हुँदा तथ्याङ्क पूर्ण रुपले यथास्थितिवादी पक्षधरको अनुकुल बनाइयो । जनगणना २०६४ प्रति आदिवासी समुदायको अहिले सम्म विमति छ । नेपालमा परिवर्तनका लागि भनिएका २००७ को क्रान्ति, एमाओवादी जनयुद्ध, २०६६÷६७ तथा २०६२÷६३ को आन्दोलनले पनि यथास्थितिवादी चिन्तक पक्षधरको रौ सम्म हल्लाउन सकेका रहेनछन् भन्ने कुरा बारम्बार प्रमाणित भई रहेको छ । पहिचान पक्षमा आवाज उठाउने, समान अधिकार स्थापितको माग गर्ने पक्षधर जातिवादी साम्प्रदायिक ठहरिएका छन् भने यथास्थितिवादी मनोवृति उच्च जातिय अहंकारले ग्रसित नेपालको राज्य शक्तिमा हालीमुहाली गरिरहेका अनुहारहरु उदारवादी राष्ट्रभक्तको रुपमा चिन्हित भएको छ । 
एमाओवादी पार्टीले पहिचान पक्षधरको पराजयमा भएको भनि जति पनि आँसु बगाएता पनि त्यो घडीयाली आँसु हुन् भन्ने बुझ्न जरुरी छ । पहिचान पक्षधरको आवाजलाई स्थापित गराउन पहिचान पक्षधर संघ संस्था तथा पार्टीको एकजुटता ले मात्र संभव हुन सक्छ, कांग्रेस, एमाले, एमाओवादी यथास्थितिवादी चिन्तकका मुखौटा हुन् भन्ने कुरा प्रमाणित भएको छ । दोस्रो संविधान सभा चुनावमा कांगेस, एमालेलाई  अग्रस्थान दिलाउन महत्वपूर्ण सहयोग नेपालको पूर्वाग्रही संचार माध्यमले ठूलो भुमिका खेलेको छ । ऐतिहासिक पहिचानको आधारको प्रदेश नामाकरण लाई जातिय प्रदेस भनि कुप्रचार गरेर आदिवासी समुदायलाई खलनायक बनाउने नेपालको पूर्वाग्रही संचार माध्यम हुन् भन्दा अन्यथा हुने छैन । टेलिभिजनमा पहिचान सम्बन्धि कार्यक्रमको चर्चा तथा बहसमा आदिवासी समुदायको प्रबुद्ध प्रतिनिधीलाई उपेक्षा गरियो पहिचान पक्षधर हुँ भन्ने एमाओवादी पार्टीका नेताले पहिचानको सम्बन्धमा जिब्रो चपाएर कुरा गरे यसले पनि पहिचान पक्षधरको सही माग गलतमा परिणत भयो । 
यथास्थितिवादी को विजयले दोस्रो संविधान सभाबाट पिछडिएका वर्गको अधिकार संबोधन हुनेमा संदेह छ । संविधान निर्माण त होला संविधानको स्वरुप केही फेर बदल सहित २०४७ को अनुरुप नै हुनेछ भन्ने कुरामा नेपाली जनता ढुक्क भए हुन्छ । जबसम्म यथास्थितिवादी चिन्तक समुहको राज्य शक्तिमा पकड रहन्छ निति निर्माण गर्ने तहमा यथास्थितिवादी चिन्तकको बहुल्यता रहन्छ, तवसम्म जनचाहना बमोजिमको संविधान निर्माण हुनेमा संदेह छ नेपालमा हालसम्म जे जस्ता नियम कानुन भएका छन् त्यो यथास्थितिवादी चिन्तक अनुकुल नै बनेको छ । परिवर्तनका कुराहरुको कुनै मूल्य एवं मान्यता स्थापित भएको देखिदैन । नेपाल गणतन्त्र भयो, धर्म निरपेक्ष भयो, समावेशी भयो भन्ने कुरा निरर्थक सावित भएको छ । नेपालमा नियम कानुन मात्र आदिवासी, पिछडिएका वर्गलाई भय देखाई यथास्थितिवादी चिन्तक प्रवृतिको हालीमुहाली कायम गर्नका लागि मात्र बनाइएको छ ।  एनेकपा माओवादी, संघीय समाजवादी परिवर्तन चाहने शक्ति हो  भन्ने धारणा कोरा कल्पना बाहेक केही नभएको सिद्ध भएको छ । दोस्रो संविधान सभाबाट यथास्थितिबादी अनुकुलको संविधान निर्माणलाई अंकुश लगाउन राष्ट्रभक्त शक्तिको नयाँ ध्रुवीकरण जरुरी भएको छ । यदि परिवर्तनगामी शक्तिले सचेतना पूर्वक मनन गरेनन् भने एमाले कांग्रेस लगाएतका यथास्थितिवादी चिन्तक पार्टी तथा सोचको विजय निश्चित जस्तो देखिएको छ । पहिचानको नारा निस्तेज भएको कुरा विल्कुलै गलत हो पहिचान तथा अधिकारको नारा अव नयाँ ढंगले जिवित हुने देखिन्छ ।  मतगणना अनुसार एमाले कांग्रेसको विजय देखाइए तापनि एमाले, कांग्रेसको पराजयको पृष्ठभूमि दोस्रो संविधान सभाको चुनावमा यथास्थितिवादी चिन्तक मनोवृति को कृयाकलापले गर्दा हुने देखिन्छ । नेपालमा अब नयाँ शक्तिको उदय निश्चित छ यसलाई कुनै शक्तिले अब रोक्न सक्दैन एमाले, कांग्रेस यथास्थिति चिन्तन मनोवृति लाई त्याग नगरि आदिवासी, दलित पिछडिएका वर्गलाई कपोलकल्पित राज्य प्रायोजित धाँधलीले प्राप्त गरेको मतमा दम्भ गरे भने आगामी दिनहरुमा पतन तर्फ उन्मुख हुने निश्चित छ, राज्य प्रायोजित धाँधली कपोलकल्पित जनगणनाको कर्तुत परिवर्तनगामी नेपाली जनता स्विकार गर्ने पक्षमा छैनन् भन्ने कुरा मनन गर्न अत्यन्त जरुरी छ । परिवर्तनगामी जनता दोस्रो संविधान सभाको चुनाव परिणाम विल्कुलै स्विकार गर्ने पक्षमा छैनन् । तसर्थ एमाले कांग्रेसले एक वर्षमा संविधान निर्माण लक्ष प्राप्ती तर्फ अग्रसर हुँदा परिवर्तन, पहिचान, पौरख गर्ने समुदायको जायज माग प्रति संबोधनमा कन्जुस्याँई नगरि जनचाहनाको कदर गरिए मात्र दोस्रो संविधानन सभाले सार्थकता  प्राप्त गर्नेछ भनि बुझ्न जरुरी छ । दलिय भागबण्डामा नअल्झि राज्य संयन्त्रद्वारा गरिएको नियोजित धाँधली बारे स्वेत पत्र जारी गरि संविधान सभा बाहिर रहेका महत्वपूर्ण शक्ति नेकपा माओवादी समेत सर्वपक्षीय सहमति अनुसार संविधान निर्माण गरिए एमाले, कांग्रेस इतिहासमा अमर हुनेछन् । त्यसको विपरित गए नेपालमा ठूलो उथलपुथल निम्तिने निश्चित छ । 
यो लेख मूलबासी दृष्टिकोण, ताम्सालिङ् बिशेषांक २०१४ मा प्रकाशित हुँदैछ । प्रतिकृयाको निम्ती ९८४१२३७२४५ मा सम्पर्क गर्नु होला । 
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com