बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास

धेरै मन्थन तथा चातुर्य रणनिती अवलम्बन गर्दै नेकपा एमाले, नेपाली कांग्रेस, एनेकपा माओवादी पार्टीद्वारा विभिन्न जातिय अनुहारलाई मुखौटाको रुपमा प्रयोग गर्दै मत संकलन हेतु चयन गरिएको समानुपातिक सदस्यको नामावली सार्वजनिक भएको छ ।२०६४ को संविधान सभा चुनावमा आदिवासी तथा दलित समुदायको समानुपातिक मत संकलन गरेर आफ्ना नजिकका नाता गोता, इष्टमित्रलाई नेकपा एमाले, नेपाली कांग्रेस, एनेकपा माओवादीको नेताहरुले सभासद् बनाएका थिए ।
संविधान सभाको निर्मम हत्याबाट मर्माहत भएका आदिवासी तथा दलित समुदाय दोस्रो संविधान सभा चुनावमा कुनै पनि हालतमा नेकपा एमाले, नेपाली कांग्रेस तथा  एनेकपा माओवादीको पक्षमा मतदान गर्न तैयार छैनन्, भने नेकपा एमाले, नेपाली कांग्रेस तथा  एनेकपा माओवादीले पुनः आदिवासी तथा दलित समुदायको मतलाई आफ्नो पक्षमा मतदान गराउन समानुपातिक अस्त्रको माध्यमबाट आदिवासी तथा दलित समुदायलाई पुनः मूर्ख बनाउने प्रयासमा छन् ।

स्मरण रहोस्, बिगतको संविधान सभाको चुनावमा नेकपा एमाले, नेपाली कांग्रेस तथा एनेकपा माओवादीद्वारा आदिवासी तथा दलित समुदायको अमूल्य मतमा हालीमुहाली गर्दै आफ्ना नाता गोता, आसेपासे तथा केही असक्षम आदिवासी तथा दलित समुदायलाई कोटा बमोजिम सभासद् बनाएर चार दलका शिर्ष नेताहरुले संविधान सभालाई बन्धक बनाउदै भयंकर दुरुपयोग गरेका थिए ।

दुर्भाग्य के छ भने बारम्बार आदिवासी, दलित शिकारी रुपी यथास्थितिवादी निरंकुश पञ्चायती व्यवस्था, कांग्रेस, एमाले, एमाओवादीको जालमा फस्ने गरेका छन्, शिकारीले आफ्नो हितको संरक्षण हेतु बारम्बार झुठो अश्वासन तथा सपना बाँडेर आदिवासी तथा दलित समुदायलाई मूर्ख बनाएका छन् आदिवासी तथा दलित हमेशा शिकारीको जालोमा फसेको देख्दा एउटा चराको कथा स्मरण आउने गर्दछ ।
कथा यस प्रकार छ । एउटा जुझारु प्रकारको चरा थियो दूर्भाग्यवश त्यो चरा एउटा शिकारीको जालमा फस्न पुग्यो, जुझारु भएको कारण त्यो चराले आफ्नो जुझारुताको प्रदर्शन गर्दै शिकारीको जालबाट फुत्कीन सफल हुन्छ, घाइते अवस्थामा रहेको चरा लड्दै पड्दै एउटा गुम्वामा आइ पुग्छ, गुम्वाको बरिष्ठ लामा ध्यान मग्न अवस्थामा हुनु हुन्थ्यो, केही क्षण पश्चात् लामाले आँखा खोल्दा आफ्नो अगाडी एउटा घाइते चरालाई निरीह अवस्थामा उभ्भिएको देख्यो, दिव्यज्ञानी लामा चराको भाषा तथा भावना बुझ्न सक्षम थिए लामाले चराको पिडालाई बुझे तथा जसरी भएपनि चरा पुनः शिकारीको जालमा फस्नु नपरोस् भनी चराको स्वास्थ्योपचार पश्चात् चरालाई मानव बोलीमा “शिकारी आउछ, जाल बिछाउछ , दान फ्याँक्छ न फस्नु” भन्ने शब्द मानव बोलीमा बोल्नु सक्ने बरदान दिए, चराले मानव बोलीमा यति मात्र प्रयोग गर्‍यो भने उ कहिले पनि शिकारीको जालमा फस्ने छैन भनी ढुक्क भएर वरिष्ठ लामाले त्यो चरालाई आफ्नो परिवारसंग सामेल हुन स्वतन्त्र गरिदिए । दिन वित्दै गयो मानव भाषामा “शिकारी आउछ, जाल विछाउछ, दाना फ्याँक्छ न फस्नु” भन्ने बोलीले गर्दा त्यो चरा लगाएतका झुण्डमा रहेका चराहरु शिकारीको जालमा फस्नु परेन । सबै योजना तथा मानव बोली बोल्ने चरा भएको झुण्डमा शिकारीहरुले जाल नै विछ्याएनन् । धेरै समय पश्चात् एक दिन एउटा शिकारी बिहान देखि बेलुका सम्म जाल बिछाएर बस्दा समेत एउटा पनि चरा जालमा फसेन, शिकारी चिन्तित मुद्रामा एउटा रुख मुनि बसेको थियो, आज शिकार नफस्ने भयो कसरी आफ्नो बाल बच्चा, परिवारलाई भोजनको व्यवस्था गर्ने भनि शिकारी चिन्ता मग्न थियो, चराको शिकार गरेर चराहरुलाई बेचेर भोजनको व्यवस्था गर्ने शिकारीको दैनिकी थियो ।
सूर्य अस्ताउने समय सन्नीकट थियो, शिकारी घर तर्फ प्रस्थान गर्ने सोच बनाउदै गर्दा एउटा ठूलो चराको झुण्ड शिकारी बसेको रुख माथि आएर बस्यो, शिकारीले शिकार देखेर प्रफुल्लीत भयो । अन्तिम समयमा भएपनि केही शिकार त फस्ने भयो भनि जाल विछ्याउन तरखरमा रहेका शिकारीले चराको चहचहाहटको बिचमा मानव भाषामा “शिकारी आउछ, जाल बिछाउछ, दाना फ्याँक्छ नफस्नु” भन्ने शब्द एक चराले बोलेको सुन्यो, बल्ल बल्ल शिकार त आयो तर शिकारले शिकारीको रणनिती थाहा भएको देख्दा शिकारीको प्रफुल्लता चिन्तामा परिणत भयो । शिकारीको मन दोधारमा पर्‍यो जाल बिछाउ कि नविछ्याउँ । चरालाई शिकारीको सबै कुरा थाहा रहेछ, के गर्ने ? धेरै मन्थन पश्चात् उसले आफ्नो कर्मप्रति इमान्दारी देखाउदै जाल बिछाउने निर्णय गर्‍यो, शिकारीले जाल फ्याँकेर चुपचाप बसी रह्यो । केही क्षण पश्चात् “शिकारी आउछ, जाल बिछाउछ, दाना फ्याँक्छ नफस्नु” स्वर निकाल्दै मानव बोली बोल्ने चरा प्रथममा नै झुण्ड समेत जालमा फस्न आई पुग्यो । यो कथाको सारले नेपालका आदिवासी, दलित बारम्बार एमाले, कांग्रेस, एमाओवादी जस्ता शिकारीको चक्रव्युह रुपी जालमा फस्ने चरा जस्तै प्रवृति प्रति इंगित गरिएको छ ।
आदिवासी, दलितलाई दिगभ्रमित बनाउन तथा आफ्ना पक्षमा मत संकलन गर्न हेतु धेरै भन्दा धेरै आदिवासी, दलित देखाउटी अनुहार कांग्रेस, एमाले, एमाओवादीद्वारा समानुपातिक अस्त्रको रुपमा प्रयोग गरिएको छ । एमाले, कांग्रेस, एमाओवादीमा लागेका आदिवासी, दलित नेता जहिले पनि अन्याय भयो, उत्पिडन भयो, ठूलो पार्टी भनाउँदाहरुले हमेशा आदिवासी, दलित माथि पूर्वाग्रह गरे भन्ने चर्चा गर्ने गर्दछन् । तर चुनावका बेला कांग्रेस, एमाले, एमाओवादी जस्ता शिकारीका जालमा जानी जानी फस्न पुगेका छन् । एमाले, कांग्रेस तथा एमाओवादीले समानुपातिक अस्त्रको रुपमा प्रयोग गरेको जालमा अब चाहिँ फस्न हुदैन, ध्यान दिनुपर्ने कुरा के हो भने संविधान सभाको चुनाव तथा संसदीय चुनावमा फरक छ यदी संविधान निर्माण गर्ने चुनावमा आदिवासी, दलित पुनः फसे भने शिकारीको जालबाट स्वतन्त्र हुन कमसे कम सय वर्ष नभए हमेशाका लागि आदिवासी, दलित दोयम दर्जाका नागरिक तथा दास बन्ने निश्चित छ ।
बिगतको संविधान सभा तथा सडकमा आदिवासी तथा दलितद्वारा देखाइएको आक्रमक तेवरले त्रसित यथास्थितिवादी चिन्तक पार्टी, कांग्रेस, एमाले, एमाओवादीद्वारा यसपटक आदिवासी, दलितहरु कम संख्यामा संविधान सभामा पुग्न सफल गराउने रणनिती अनुसार टिकट वितरण गरेका छन् । आदिवासी दलित समुदायद्वारा कांग्रेस, एमाले, एमाओवादीद्वारा प्रयोग गरिएको समानुपातिक अस्त्रको प्रयोगलाई प्रतिकार गर्नु अत्यन्त जरुरी छ । प्रतिकारका लागि एक मात्र ब्रम्हास्त्र कुनै पनि हालतमा समानुपातिक मत एमाले, कांग्रेस, एमाओवादी जस्ता यथास्थितिवादी आदिवासी, दलित विरोधी पार्टीको पक्षमा जानु हुदैन । यसपटक आदिवासी, दलित समुदायले राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय समाजवादी पार्टी, सङ्घीय गणतान्त्रिक समाजवादी पार्टी, दलित जनजाति पार्टी लगाएतका आदिवासी, दलित हितचिन्तक पार्टीलाई समानुपातिक मत दिएर आफ्नो पहिचान, अधिकार सुरक्षित गर्दै जनचाहना बमोजिमको संविधान निर्माणको मार्गलाई प्रशस्त गर्नु पर्दछ । आदिवासी, दलित समुदायले संविधान बनाउने सभासद् चयन गर्दा बिगत जस्तै भूल दोहार्‍याउनु हुदैन, दोहोर्‍यायाइए आउने सन्ततीले हमेशा धिक्कार्ने छन् । 

अमरदीप मोक्तान
डाँडाखर्क, दोलखा 

More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com