बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
लिम्बुवानमा यसरी लादियो दशै
लिम्वूवुढापाकाहरुका अनुसार पहिले दशै लिम्वूहरुले मान्दैन थिए । लिम्वूहरु आफनो मौलिक चाड पर्वहरु मान्ने गर्दथे । विस १८३१ पछि लिम्वूहरुलाई दशै चाड मान्न लगाईएको विभिन्न लिम्वूवानमा पाईने पुराना कागजपत्रहरुमा उल्लेख गरिएको भेटिन्छ । पुर्वमा वसोवास गर्ने किरात लिम्वूहरुले दशै नमान्दा गोरखा राजावाट विभिन्न कार्वाहीहरु हुने भएकोले दशै पर्व लिम्वूहरुलाई जवरजस्ती मान्न लगाईएको मुन्धुमविद भरत तुङ्घङ वताउँछन् । विस १८३१ सालमा लिम्वूवान गोरखाका शाह राजाले षडयन्त्रपुर्वक लिम्वूहरुसंग सम्झौता गरी अरुण कोशी पुर्वको लिम्वूवान भु-भाग माथि अधिकार जमाए । त्यस पछि लिम्वूवानका विभिन्न क्षेत्रहरुमा आफनो किल्ला निर्माण गर्न सुरु गर्‍यो ।
लिम्वूवान युद्ध गरेर जित्न नसकेपछि लिम्वूवानको जगरवगर, (जल, जंगल जमिन, जडिवुटी) खोलाको तितेमाछा, भीरमौरी आदि तिमीहरुकै हो भनि झुक्याएर सम्झौता गरे । त्यस पछि विस्तारै लिम्वूवानमा गोरखाको शासन वढदै गयो । यही क्रममा गोरखाले लिम्वूवानका लिम्वूहरुलाई दशै मान्न लगाईएको वताईन्छ । विसं १८४३ मा रणवहादुर शाहले लिम्वूहरुलाई दशै अनिवार्य मान्नु भनि लालमोहर दिए । लालमोहर लिम्वूवानका लिम्वूहरुलाई दिएपछि विसं १८४८ सालमा पुर्वमा वसोवास गर्ने लिम्वूहरुमा दशै मान्ने नमान्ने भन्नेमा विवाद नै भयो ।
हिन्दु धर्म मान्ने या आफनो परम्परा संस्कृति मान्ने भन्ने विच दुई समुह निर्माण गरी लिम्वूहरुलाई विभाजन गरियो । यत्तिमात्रै नभएर दशै नमान्ने लिम्वूहरुलाई कार्वाही गर्न सुरु गरियो । वि सं १८४८ पछि लिम्वूवानका लिम्वूहरुलाई दशै मान्न वाध्य वनाईयो । यदि दशै नमाने सुव्वाङगी र किपट खोस्ने जस्ता कार्य शाह राजाहरुले गर्न थाले । विस्तारै लिम्वूहरुको परम्परागत चाडवाड भन्दा वढी दशै मान्ने उर्दी जारी भयो । यसकारण दशै लिम्वूहरुको मौलिक चाड नभई लादिएको चाड भएको लिम्वूवानमा पाईने पुराना कागजहरुले प्रष्ट पार्छन् । 
वि सं १८४८ साल पछि लिम्वूवानका सुव्वा, कार्वारी र जिम्मावालहरुले अनिवार्य नौ दुर्गा भवानीको पुजा आजा गर्नुपर्ने , दशै मान्नका लागि घर लिपपोत गर्नुपर्ने र नयाँ लिपपोत गरेको घरको भित्तामा अनिवार्य वलि दिएको खसी वोका, परेवा, राँगा, सुगुरको रगतमा हात तथा पैताला डुवाई छाप हान्नुपर्ने उर्दि जारी भयो । दशै सकिए पछि कार्तिक महिनामा लिम्वूवानमा वसोवास गर्ने लिम्वूहरुले दशै माने की मानेन् भनेर फेरीवाला जोगीको भेषमा जय गोरखनाथ भन्दै जासुस गर्न शाह राजाले पठाउँथे । लिम्वूवानको गाँउ गाँउ जोगीको भेषमा पुगेका गोरखनाथहरुले गरेको रिपोर्टिङको आधारमा लिम्वूहरु कार्वाहीको भागिदार वन्नु पथ्र्यो । यसरी लिम्वूवानमा वसोवास गर्ने लिम्वूहरुलाई दशै मान्न लगाईएको रणवहादुर शाहको पालामा लिम्वूहरुलाई दिएको लालमोहरले पनि प्रष्ट पार्दछ । प्रकृतिपुजक लिम्वूहरु यस भन्दा अगाडी आफनो कुल देवताको पुजा अर्चना गर्दथे । विशेष गरेर वाली भित्रयाउने समयमा चासोक (न्वागीपुजा) गर्दथे । त्यस्तै वाली लगाउने समयमा यक्वापुजा गर्ने गर्दथे । नयाँ वर्षकोरुपमा माघेसंक्रान्ती (कक्फेक्वा तङ्नाम्) मान्ने र साउने संक्रान्तीलाई (सिसेक्पा तङ्नाम) कोरुपमा मान्ने गर्दथे । लिम्वूहरु प्रकृति पुजक भएकोले मठमन्दिर र मुर्ति पुजा गर्देनथिए । 

लिम्वूवानमा निशान 
पुर्वी नेपालको विभिन्न क्षेत्रमा दशैको समयमा निशान निकाल्ने चलन छ । पुर्वको मुख्य ऐतिहासिक गौडा मानिएको धनकुटामा ९ वटा निशान छन् । ती ९ वटा निशानलाई हरेक वर्षको दशैको सप्तमी तिथि अर्थात फुलपातीको दिन प्रर्दशन  गरिन्छ । विभिन्न पुराना हात हतियार सहित हाल धनकुटामा रहेको निशान देवी मन्दिरवाट विषेश पुजा आज गरी नेपाली सेना र प्रहरीको सलामी पछि धनकुटाको टुडीखेल सम्म पु¥याएर पुजा आजा गर्ने गरिन्छ । 
धनकुटामा रहेका ९ वटा निशान मध्ये एउटा जंगी निशान, श्रीजंग पल्टनका ४ वटा, ईन्द्रध्वज गणका ४ गरी जम्मा ९ वटा रहेका छन् । श्रीजंग पल्टन अहिले नेपालको रामेछाममा छ भने ईन्द्रध्वज गण झापामा रहेको छ । यसरी पुर्वको लिम्वूवानमा हुने युद्धहरुमा आँउदा यी निशानहरु धनकुटा ल्याईपु¥याएको मुन्धुमविद भरत तुङघङ वताउँछन् । यसैगरी धनकुटाको जस्तै अरु निशान लिम्वूवानको विभिन्न क्षेत्रमा छन् । 
छथर, पान्थरका सुव्वाहरु संग अझै पनि निशानहरु छन् । जस अनुसार धनकुटा जिल्लाको छथर ताङखुवामा २ वटा नगरा, हातहतियार सहितको निशान छन् । ताङखुवामा पनि हरेक वर्ष दशैको नवमीको दिन विशेष पुजा आजा गरी मन्दिरवाट वाहिर निकाली करिव ३ किलोमिटर टाढा सम्म पु¥याएर मौलोडाँडा भन्ने स्थानमा पुजाआजा गर्ने गर्दछन् । ताङखुवाको निसान छथरका खजुम पारघरी लिम्वू र खजुम चोङवाङ लिम्वूहरुले राखेका छन् । 
यस्तै अर्काे निशान लिम्वूवानकै छथर क्षेत्र अन्र्तगत तेह्रथुम जिल्लाको सुदाप र ओख्रेमा पनि छन् । ओख्रे गाविसमा नगरा, पुराना हात हतियार अनि तोप सहितको निशान छ । यो निसान खेवा तूम्वा लिम्वू संग छ भने भने अर्काे सुदाप गाविसमा पुराना हात हतियार र नगरा सहितको निशान छ । सो निशान खेवा मादेन लिम्वूहरु संग छ । त्यहाँ पनि हरेक सालको दशैको नवामीकै दिन पुजा आजा गर्ने र प्रर्दशन गर्ने गरिन्छ । त्यस्तै अर्काे निसान लिम्वूवानको छथर पोखरीमा पनि छ । यहाँ भने प्रर्दशन गर्ने गरिदैन । अर्काे निशान लिम्वूवानको पान्थर थुम हालको पाँँचथर जिल्लामा पनि छ । पाँचथरमा पनि योङहाङ लिम्वूहरुले हरेक वर्षको नवमीकै दिन प्रर्दशन गर्ने गर्दछन् । यहाँ भने निशान प्रर्दशन गरिनुका साथै नचाउने गरिन्छ । 
वि सं १९४० सालमा चैनपुरवाट रणोद्धीपसिं राणाको पालामा धनकुटा लिम्वूवान हेर्ने गौडा सरे पछि वि सं १९४२ साल देखि निशानको पुजाआजा गर्न थालिएको वताईन्छ । विभिन्न शक्तिकोरुपमा मानिने निशान पुर्वी लिम्वूवानमा करिव १५ वटा  छन् । लिम्वूवानमा रहेका सवै निशानहरु श्रीजंग पल्टनका निशानहरु हुन् भन्ने गरिन्छ । तर लिम्वूवानको पुर्खाैली भुमी र परम्परागत संस्था विषयमा विद्यावारिधी गर्दे गरेका कमल तिगेलाका अनुसार सरसर्ती हेर्दा १५ थान निशान देखिएता पनि धनकुटाका नौ थान निसानहरु वस्तवमा जंगी निसान, श्रीजंग पल्टनको निसान र ईन्द्रध्वज गणको निसान गरी तीनवटा मात्रै हुन । यसमा अनि र पनि हुने गर्दछ । जसको अर्थ अगाडी निसान र पछाडी निसान भनेर वुझिन्छ । यसमा चार थान निसानको प्रयोग हुन्छ । यी निसानहरुको साथमा पाले निसानहरु पनि हुन्छन् । जंगी निसान एउटै मात्र हुन्छ । धनकुटा वाहेक अरु क्षेत्रमा रहेका निसानहरु श्रीजंग पल्टन अन्र्तगत पछि राखिएका हुन् । सेन राजाकै पालामा समेत लिम्वूवानमा नगरा निसान दिने चलन भएकोले यि निसानहरुको वारेमा थप खोज अनुसन्धान गर्नुपर्ने देखिन्छ । 

दशै नमान्दा मृत्यूदण्ड 
शाह राजाहरुले पुर्व लिम्वूवानमा वसोवास गर्नेहरुलाई अनिवार्य दशै मान्नुपर्ने उर्दि जारी गरे पछि धनकुटाको आसपासमा वसोवास गर्ने अठप्रे (आठपरीय) जातिहरुले दशै नमान्दा दुई जनालाई मृत्यूदण्ड दिई शहिद वनाईयो । जंगवहादुर राणा प्रधानमन्त्री भएको समयमा दिईएको यो मृत्यूदण्डमा नाम्रीहाङ र रिदमा नाम गरेका दुई पुजारीलाई झुण्डाएर मारिएको हो । आठपरीया जातिहरु अहिले पनि दशै मान्दैनन् । उनीहरु वाली भित्रयाउने समयमा (कात्तिके पुर्णिमा) मा वाडाङमेट चाड मान्दछन् । उनीहरुले यो चाडमा आठपरीयाहरुको घरघरमा पुगी च्यावु्रङ नाच्दै
 सिपैले माग्यो सुनै पगरी..... 
राजाले दियो कालो पगरी....
भावी कर्मले यस्तै लेख्यो .....
यही पगरीले खायो ज्यान ...
भन्दै गीत गाउने गर्दछन् । यसरी पुर्वमा वसोवास गर्ने मूलबासी लिम्वूले मात्रै होईन धेरै जसो मूलबासीहरुले पहिला दशै मान्दैन थिए । तर पछि जर्वजस्ती शाहवंसिय राजाले दशै पर्व मान्न भनी लगाएको उर्दीको कारण मान्न थालिएको हो । पछिल्लो समयमा केही सचेत मूलबासीहरुले दशै आफनो चाड नभएको भन्दै मनाउन छाडेकाछन् ।    

भैरब आङ्ला , धरान
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com