बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश

तामाङ समुदाय अत्यन्त दुरावस्था तथा अस्तित्व विहिन अवस्थामा छ भन्दा अन्यथा हुने छैन । तामाङ समुदाय मूलबासी मंगोल समुदाय मध्येकै बहुसंख्यकमा भएतापनि किन दयनिय अवस्थामा छन् सोचनिय विषय छ । तामाङ समुदाय एक समृद्ध संस्कृति बोकेको समुदाय भएता पनि राज्यको नियोजित षडयन्त्रका कारण प्रत्येक क्षेत्रमा पछाडी परेका छन् ।
मूलबासी मंगोल समुदाय मध्येकै गुरुङ, शेर्पा, मगर, राई, लिम्बु समुदाय प्रत्येक क्षेत्रमा आफ्नो उपस्थिती बनाउन सफल हुँदै गईरहेका छन् भने तामाङ समुदाय आफ्नो अस्तित्व संकटमा परेको देख्दा देख्दै किन मुकदर्शक भएका होलान् ।
तामाङ समुदाय जीवित समुदाय हो वा मृत समुदाय ? तामाङ समुदाय जीवित समुदाय हो भनौ भने तामाङ समुदायको स्थिति दलित भन्दा पनि बदतर छ । बिगत देखि हाल सम्म नेपालको कुनै पनि क्षेत्रमा तामाङ समुदायले शिर उठाएर गर्व गर्ने स्थान छैन ।
तामाङ समुदायको सरलता तथा सहजता अभिषाप एवं प्रयोगका बस्तु बनेको छ । आखिर तामाङ समुदाय किन प्रयोगका बस्तु बनेका होलान् ? आफ्नो सन्ततीको अस्तित्व दाँवमा लागेको देख्दा देख्दै किन नजागेका होलान् ? तामाङ समुदाय राजनैतिक परिदृश्यमा शुन्य छन्, बहुसंख्यक बौद्ध धर्मावलम्वी भएता पनि तथा कथित अल्प संख्यक बौद्ध धर्मका ठेकेदार समक्ष नतमस्तक भएको देख्दा अत्यन्त पिडा महसुस हुन्छ । निरन्तर रुपमा राज्यको पूर्वनियोजित  प्रहारको पिडा कसरी खप्नु सकेको हो तामाङ समुदायले ।

बौद्धिकता, जुझारु योद्धा, कुशल संगठक, इमान्दार नागरिक जस्ता सर्वगुण सम्पन्न भएर पनि तामाङ समुदायले आफ्नो विशाल शक्तिको पहिचान गर्न नसक्नु दुर्भाग्य हो । समय द्रुत गतिले अगाडी बढिरहेको भएतापनि तामाङ समुदायको सोच तथा व्यवहार आदिम युगका मानव समुदायको जस्तै भएको छ । तामाङ समुदायको चेलीबेटी बेचिएका छन्, तामाङ समुदायको यूवा समाज दिशाविहिन अवस्थामा छन्, तामाङ समुदायले नेपाल मेरो पनि देश हो भनि अनुभूति गर्न पाएका छैनन्, तामाङ समुदायको योगदान तथा शहादतको अवमुल्यन भएको छ । राज्य संयन्त्रमा तामाङ समुदायको न्युन उपस्थिति र पहुँच, यस्तो प्रकारको भयावह स्थितिको प्रत्यक्ष अनुभव गर्दा गर्दै तामाङ समुदाय त्यस प्रति किन्चित पनि चिन्तन मनन गर्दैनन् ।
नेकपा एमाले, एनेकपा माओवादी र नेपाली कांग्रेसको पुच्छर समातेर बैतरणी पार गर्ने सोचले गर्दा तामाङ समुदाय क्रमिक रुपमा अस्तित्व विहिन बन्दै गई रहेका छन् । हिजो सम्म नेकपा एमाले, एनेकपा माओवादी र नेपाली कांग्रेसको दास बनेका तामाङ समुदायलाई आजभोलि नव शक्तिको रुपमा उदय भएका मधेसी दलले पनि प्रयोग गर्न खोजिरहेका छन् । बर्तमान नेपालमा तामाङ समुदायको चित्रण अभिभावक गुमाएका अनाथ बालकको जस्तै छ । राज्यको तामाङ समुदाय प्रति कुदृष्टि, राजनीतिक दलको दोयम व्यवहार, एक आपसमा वैमनस्यता, वैरभाव तथा तामाङ समुदायले तामाङ समुदायको विरोध तथा अस्तित्वलाई नकार्नुको परिणामले गर्दा तामाङ समुदाय नेपालको मानचित्रको सबै क्षेत्रबाट विलिन हुने स्थितिमा पुगेको छ ।  
तामाङ समुदाय नेपालको सर्वश्रेष्ठ समुदाय हो तर गुमिएको श्रेष्ठतालाई सत्यतामा परिणत गर्नका लागि विगतको भूललाई सच्याउने तर्फ लाग्नु पर्दछ, तामाङ समुदायले आफ्नो भाग्यको निर्माण स्वयं नै गर्नु पर्छ भन्ने प्रतिज्ञा गर्नु वर्तमान समयको आवश्यकता हो । तामाङ समुदाय टुटेर होइन जुटेर, एक आपसको टिका टिप्पणीमा समय व्यतित नगरी प्रत्येक क्षेत्रमा आफ्नो सहभागिता तथा अधिकार स्थापित गर्ने तर्फ एकताबद्ध भएर लम्किनु पर्छ, तामाङ समुदायलाई पिडा, दुःख परे तामाङको नै हृदय रुन्छ , तामाङ समुदायले तामाङ समुदायमा शत्रु खोज्ने होइन, तामाङ-तामाङ बिच शत्रुता तथा वैरभाव निर्माण गर्ने शत्रुलाई चिन्हित गरि त्यस्ता शत्रुको कुत्सीत मनसायलाई निस्तेज बनाउनु पर्दछ ।
नेपाल लगायत “विश्वभर छरिएर रहेका तामाङ समुदाय एक हौ” भन्ने नारालाई बुलन्द गर्दै तामाङ समुदायको एकतालाई सत्यतामा परिणत गर्नै पर्दछ । तामाङ बन्धुहरु ! तामाङ स्वाभिमानको झण्डा फहराउने बेला आएको छ । समग्र तामाङ समुदायलाई विनम्र अनुरोध तामाङ-तामाङ विचको एकतालाई प्रगाढतामा परिणत गरौं । तामाङ समुदायले राष्ट्र, समाजमा आई परेको चुनौतिलाई सहर्ष स्विकार गर्दै विजय रथमा सवार भएर विजय पताका फहराउनै पर्छ ।
तामाङ समुदायको एकताको संदेश प्रत्येक तामाङ समुदायको हृदय तथा व्यवहारमा परिणत हुनु नै पर्छ । जागौं तामाङ जागौं, आफ्नो आउने सन्ततिको स्वर्णिम भविष्यको द्वार खोल्ने बेला आएको छ, तामाङ समुदायको स्वर्णिम इतिहास रच्ने बेला आएको छ । तामाङ समुदायको एकताको स्वर सम्पूर्ण तामाङ जन-जनमा पुर्‍याउने अभियानको अभिभारा प्रत्येक तामाङ समुदायको दायित्व हो । तामाङ समुदाय एक जीवित समुदाय हो, तामाङ समुदायले आफ्नो शक्ति, बुद्धि तथा सिप, देश र समाज हितमा समर्पित गर्ने बेला आएको छ ।
तामाङ समुदायको एकताको संदेश भोलिका लागि तामाङ समुदायको पहिचान तथा अस्तित्व स्थापित हुने ब्रम्हास्त्र हो, तामाङ समुदायले एकताबद्ध भएर तामाङ समुदायलाई उच्च शिखरमा पुर्‍याउनै पर्छ । तामाङ समुदायको एकता जिन्दावाद, विश्वभर छरिएर रहेका तामाङ समुदाय एक हौं । 

-मंगोल डेमोक्रेटिक पार्टी 
तामाङसालिङ स्वायत्त राज्य समिती
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com