बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ । तर वास्तविक इतिहास लुकाइएको छ । यो लेखमा धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि सार्बजानिक गर्ने प्रायस गरेको छु । पृथ्वीनारायण शाह सम्बन्धि केहि लेख यहाँ प्रस्तुत गर्दैछु । वास्तविकता थाहा पाए पछि निश्चित रुपमा पृथ्वीनारायण शाहका अन्ध भक्तहरु मर्माहत हुने छन् । त्यसैले अन्ध भक्तहरुलाई यो लेख पढेर दिमाग खराब नगर्न जानकारी गराउँछु 
सम्बत १७१६ सम्म गोरखा नरेश नरभूपाल शाह माटोले पोतेको आसन (राजगद्दी) मा बस्थे । उक्त आसन उनलाई असाध्यै अप्ठ्यारो लाग्थ्यो । नेपाल (हाल काठमाडौँ, पाटन, भक्तपुर) का राजाहरु चाँदीको आसनमा बस्थे भन्ने उनले सुनेको थिए । उनि पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले ।
शक्तिशाली रजौटा सित बिहे गरि सम्बन्ध बनाउने र कम्जोर रजौटाहरुलाई कज्याउने राजनीति पछ्याउदै सम्पन्न र शक्तिशाली बन्न सिमा बिस्तार गर्ने उद्देस्य लिएर उनले धेरै पल्ट बिहे गरे । तर उनि सफल भएनन् । अन्तमा उनले आफ्नो नीति परिवर्तन गर्ने निश्चय गरे ।
सम्बत १७३२ मा उनले आफ्नो छोरा पृथ्वीनारायण शाहलाइ भक्तपुरको राजासित बस्न पठाए ।नरभूपाल शाहले भक्तपुरको राजालाई एउटा चिठ्ठी लेखेको थिए । जुन चिठ्ठी अनुसार उसको छोरालाई यथोचित हुर्काउन र शिक्षादीक्षा दिन नेपालमा मात्रै सम्भव भएको हुनाले त्यस्तो ब्यबस्था मिलाइ दिन अनुरोध गरेका थिए । तर, उनको वास्तविक उद्देस्य भने उनको छोरालाई त्यहाँको दरवारमा राख्न पाए हुन्थ्यो भन्ने थियो । छोरा नेपाल दरबार छिर्न पायो भने त्यहाँको गोप्य र महत्वपूर्ण कुरा थाहा पाइन्छ भन्ने थियो ।
हुन त राजा नरभूपालले यस्तो प्रस्ताब काठमाडौँ र पाटनको राजालाई पनि पठाएका थिए । तर पाटनको राजाले चिट्ठीको कुनै जवाफ दिएनन भने काठमाडौँका राजाले न्वाक्व:मा राखेर हुर्काउने पढाउने भए सहयोग गरौंला भनि मौखिक जवाफ दिएर पठाए । न्वाक्व: भनेको हाल नुवाकोट हो जुन काठमाडौँ राज्यको एक प्रदेश थियो र त्यहाँको शासनभार काठमाडौँबाट नियुक्त मल्लले हेर्दथे । काठमाडौँ र पाटनको राजाहरुको यस्तो ब्यबहारबाट नरभूपाल शाहले अपमानित महशुस गरे । तर अत्यन्त धार्मिक स्वभाव र उदार दिलका भक्तपुरका राजाले भने हार्दिक निमन्त्राणा दिइ शिक्षा दिक्षा दिन स्विकार गरे ।
भक्तपुरका मल्ल राजाले अत्यन्त मित्रवत व्यवहार देखाउदै बालक पृथ्वीनारायण शाहलाई दरबारमा पाहुनाको रुपमा स्वीकारे । उनलाई दरवारको सबै कुना कुना देखाए । उनका राजकुमार-राजकुमारीहरुलाइ पृथ्वीनारायण सित खेल्न छुट दिए र उनलाई कुनै किसिमको भेदभाव नगरी अत्यन्त सम्मानका साथ राखे । धर्मको काम भन्ठानी भक्तपुरका राजाले पूर्ण सहयोग गरि उत्कृस्ट शिक्षा दिक्षा दिएर राखे । यसबापत कुनै दस्तुर वा सम्झौता पनि गरेनन ।
पृथ्वीनारायण शाह स्मरण शक्तिमा तेज थिए ।  एकपल्ट देखेको कुरा हम्मेशी नबिर्सने । उनले भाषा पनि छिटै सिके र दरबारमा प्यारो बनेर हुर्किए । पाँच वर्ष पछि उनि आफ्नो गृह नगर गोरखा फर्किए । उनले मल्लकालीन दरबारका धेरै जानकारीहरु बटुलेका थिए । मल्ल खानदान भित्रका कलहलाइ नजीकबाट नियालेका थिए । के कुरामा तिनीहरु मिल्छन, के कुरामा झगडा गर्छन, के कुरामा ईर्ष्या गर्छन, के कुरामा रीस गर्छन, ती सबै कुरो बुझेका थिए । त्यस्तै गरि कति सेना छन्, कति हतियार छन् र सामरीक महत्वका ठाउँहरु कता कता छन त्यो जानकारी पनि बटुलेका थिए ।
फर्केर गएपछि पृथ्वीनारायण शाह यति उत्साहित थिए कि नुवाकोट हमला गरेर सजिलै जित्न सक्छु भनि निश्चित जसो थिए । काठमाडौँका राजाको अपमानको बोझ बोकेर बसेका राजा नरभूपालको सहमतिमा तुरुन्तै नुवाकोट आक्रमण थाले । तर युवा पृथ्वीनारायणको गलत आंकलन र बुबा नरभूपालको अनुमान बिपरित गोरखाले नराम्रो हारको सामना गरे ।
त्यो बेला देखि गोरखाले उपत्यका आसपास क्षेत्रहरुमा हरेक बर्ष जसो आक्रमण जारी राखे । गोरखाली आक्रमण सधैजसो मनसुन सिजन पश्चात हुन्थ्यो । मनसुन सिजन पश्चात आक्रमण गर्दा लुटपाट गर्न सजिलो हुने र धेरै धनसम्पत्ति लुट्न सकिने विश्वास गोरखाले राखेको थियो । त्यसैले आक्रमण ठ्याक्क सेप्टेम्बरको अन्त्य तिर (भदौ असोज अर्थात् दशैंको मुखमा) गरेको देखिन्छ । तर यो आक्रमण कहिले पनि सफल भएको देखिन्न । यस्तो लुटमार गर्ने उद्देशेले आक्रमण गर्ने र असफल भै फर्कने क्रम सम्बत १७६४ सम्म जारी रह्यो ।
तत्पश्चात पृथ्वीनारायण शाहले एउटा शान्ति प्रस्ताव नेपालका मल्ल राजाहरु तर्फ पठाए । अन्त्यहीन जस्तो बार्षिक लडाई र प्रतिरोधले मल्लराजाहरु दिक्दार थिए । त्यो भन्दा पनि यस्तो सानो सानो स्तरको लडाइले त्यो बेला नेपालको अन्तराष्ट्रीय ब्यापार (तिब्बत भारत तिरको ब्यापार) लाइ नोक्सान पुगी राखेको थियो । मल्ल राजाहरु त्यसैले शान्तिको प्रस्ताव सित वास्तवमा खुशी भएका थिए ।
तर पृथ्वीनारायणको प्रस्ताव बास्तवमा एउटा चलाखी मात्र थियो । उनले वास्तविक शान्ति चाहेका थिएनन । जव गोर्खाले उत्तरतिर रहेको व्यापारमार्गमा नाकाबन्दी लगाउन थाले, मल्ल राजाहरुले गोरखाको मनशाय बुझ्न थाले । साथसाथै त्यो समय गोरखाली सेनाले युद्धमा अत्यधिक हतियार प्रयोग गरेको र ती हतियार उच्च कोटीको रहेको समेत थाहा पाए । मल्ल राजाहरु एउटा निर्धन गोरखा राज्यसित त्यस्तो हतियार कहाँबाट आयो भनेर चकित परेका थिए । लडाई अत्यन्तै महँगो हुन्छ भनेर बुझेका मल्ल राजाहरु गोरखाले वर्षेनी लडाई लड्न पैसाको जोहो कताबाट गर्छन, गोरखा बाट टाढा टाढा पुगेर लड्ने सेनाको रासन पानी, उपचार खर्च, तलबमान, लुगाफाटो, हतियार गोलीगट्ठा आदि कताबाट आपूर्ति हुदै थियो भन्ने सोचेर चकित परेका थिए ।
गोर्खाली सेनालाई प्रशस्त आर्थिक र उच्चस्तरीय हतियार उपलब्ध गराउने स्रोत तत्कालिन बेलायती सरकार थियो । तर यो कुरो नेपालको मुलधारको इतिहासबाट लुकाइएको छ । यो सम्बन्धि गरिएको एक गोप्य सम्झौताको दस्तावेज हालसम्म पनि लण्डनमा सुरक्षित छ । इस्ट इंडिया कम्पनि सम्बन्धि आर्काइवमा त्यो सुरक्षित  छ ।
माथि उल्लेख गरेको त्यो गोप्य सम्झौतामा गोर्खाली प्रतिनिधि र क्याप्टेन सिअने (Captain Ceane) को दस्तखत छ । जुन दस्तावेज अनुसार बेलायती सरकारले सैन्य सहायता तथा रणनैतिक सरसल्लाह उपलब्ध गराउने र त्यसको बदलामा गोरखाले नेपालको ब्यापारिक मार्ग ध्वस्त गर्नु पर्ने सम्झौता भएको थियो । यो त्यहि ब्यापारिक मार्ग हो जहाँबाट हालको भारत र चीन बीच नेपाल भै ब्यापार चलेको थियो ।
भारतको मुगल ब्यापारीहरु नेपालको मल्ल राजा सित मिलेर ब्यापार बढाउदै थिए । बेलायतको अनुमानमा झन्डै ३० प्रतिसत मुगल सम्पत्तिको मुख्य श्रोतनै उत्तरसित रहेको यो व्यापार थियो । त्यसैले बेलायतिहरु यो श्रोत हात लगाई भारतीय उपनिवेशबाट हुने आम्दानि बढाउन चाहन्थे ।
लण्डनमा रहेको दस्ताबेजमा उल्लेख भए अनुसार पृथ्वीनारायण शाहका सेनाले ८ सय वटा काँधमा राखेर प्रहार गर्नु पर्ने लामो नाल भएको शक्तिशाली बन्दुक र २१ जना बेलायति सैन्य सल्लाहकार प्राप्त गरे । सम्बत १७६६ मा बेलायतको हतियार, सैन्य सूचना र सल्लाह समेतको सहयोगमा गोरखाले किर्तिपुरमा कठिन युद्द गरि जिते । कीर्तिपुरले अदम्य शाहस देखाउदा देखाउदै पनि उच्चस्तरीय हतियार सामु टिक्न सकेनन । त्यो लडाईमा कीर्तिपुरका दुइ तिहाइ जनसंख्या मारिएका थिए । मारिएकाहरुमा सबै नेवारी समुदायका थिए ।
हिंस्रक गोर्खाली सेनाले विजय उन्मादमा बाँचेका कीर्तिपुरे जनताको नाक काटे । आजसम्म पनि त्यो 'ठाँउ नाक नभएको मान्छेको गाँउ' भनेर परिचित छ । यो घटना घटि सके पछि बल्ल मल्ल राजाहरुले परिस्थिति निकै गम्भीर बनिसकेको चाल पाए ।
काठमाडौँका राजा जयप्रकाश मल्ल एक विद्वान शासक थिए । उनले इस्ट इंडिया कम्पनीलाई गोरखाको आक्रमण बिरुद्ध सहयोगको याचना गर्दै एक मार्मिक चिट्ठी लेखे । इस्ट इंडिया कम्पनीले पनि तत्कालै १५ जवान प्रभावशाली सैन्य टुकडी क्याप्टेन किनलोक (Kinloch) को नेतृत्वमा नेपालका मल्ल राजालाई सहयोग गर्न पठाए ।  यी क्याप्टेन असाध्यै मदिराप्रेमी थिए ।
क्याप्टेन किनलोक नेतृत्वको बेलायती सेना जव काठमाडौँ उपत्यका नजिकको पहाडी इलाका पुगे तिनले गोर्खालीसित लडाई लडेको नाटक गरे र उक्त लडाइमा बेलायती सेना हारेको भनि गलत प्रचार गरे । गोर्खाली आक्रमणमा परि क्याप्टेन आफै घाइते बनेको प्रचार गरे । यो घटना 'म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर' भन्ने नेपाली उखान सित मिल्दो जुल्दो छ । यस्तो फर्जी घटना घटाएर गोरखा अत्यन्त शक्तिशाली छ, हामी केहि गर्न सक्तैनौ भनि बेलायतीले मल्ल राजाहरुको मनोबल गिराउन चाहन्थे ।
बेलायती सहयोगको आश मरेपछि जय प्रकाश मल्ल धार्मिक आस्थातिर ढल्किन थाले । एक जोतिषले उनलाई नेपालको भविष्य कुमारी मातामा निर्भर हुने योग छ भनि बताईदिए । राज्य बचाउने आशमा सम्बत १७६८ मा उनले कुमारी माताको भब्य पुजा गर्दै  इन्द्र जात्रा धुमधाम मनाए । त्यो बर्षसेप्टेम्बर १३ का दिन रथ यात्रा पनि थियो र त्यो दिन सम्पूर्ण नेपालका जनता चामलको मदिरा (जाँड) खाएर रमझममा मस्त रहेका थिए ।
जात्रामा मस्त राजा र जनताले गोरखाली सेनाले  चारैतिरबाट शहर घेरेको चालै पाएनन् । जब गोर्खाली सेनाले जात्राको रथ घेरे अनि बल्ल हाहाकारमच्चियो, दिग्भ्रमित जनता, राजा र सेनाले के गर्ने कसो गर्ने ठम्याउन सकेन । रथमा सवार जयप्रकाश रथबाटै हाम फाले । उनका दुइ श्रीमती पनिउनकै पछि पछि लागे र पाटन तिर सकुशल भागे । अशान्त भीडका बीचबाट पृथ्वीनारायण शाह अगाडी बढे र चिच्चाए - 'म तिमीहरुको राजा हुँ, जात्राजारी राख्नु'। मारिने डरले आक्रान्त नेवार जनसमुदायले त्यस आदेश पछाडी झन् धेरै मदिरा पिए । हात हातमा नाङ्गो तरवार बोकेका गोर्खाली सेनासामुन्ने थिए । कतिपय सेनाले बलिया देखिने जवानका गर्धनमा तरवार तेर्साए । निहत्था र मदिरामा लट्ठ नेवार सेना र जनता सामु आदेश पालना गर्नुसिवाय कुनै बिकल्प थिएन ।
त्यहि सालको जाडो याममा गोर्खाले ललितपुर पनि कब्जा गरे । ललितपुर कब्जा गर्न पनि खासै बल प्रयोग गर्नु परेन । त्यहाँबाट लखेटिएका मल्लहरुअब भक्तपुरमा जम्मा भए । भक्तपुरले दरवार र देश प्रतिरक्षा गर्न बलियो प्रबन्ध गरिसकेको थियो । तत्पश्चात बेलायति सल्लाहकारको योजनामुताबिक भक्तपुरलाई नाकाबन्दी गरियो ।
तीन बर्षको नाकाबन्दी पछि भक्तपुरको खाद्य भण्डार रित्तिन थाल्यो । अभाव सितै त्यहाँ दरबार भित्र बेचैनी पनि बढ्दै थियो । त्यहि बीच एक रातएक मल्लका ल्याइते सन्तानले शहर पस्ने ढोकाको चुकुल खोलिदिए । गोर्खाली सेनाको टुकडी सिधै मल्ल राजाहरुका शयन कक्षसम्म पुग्न सके ।जयप्रकाश मल्लले आत्महत्या गरे । उनि प्रति उदारता देखाउदै पृथ्वी नारायणले उनको शवलाई पशुपतिमा दाहसंस्कार गर्ने ब्यबस्था मिलाई दिए ।
भक्तपुरको राजा रणजित मल्ल, जसले पृथ्वीनारायण शाहलाइ पाले, पोसे, हुर्काए, उनले आफु असाध्यै अपमानित भएको महशुस गरे । उनि मारिएननतर उनको आँखा फोडियो र हिन्दु पवित्र शहर बनारस तिर निर्वासनमा पठाइयो । ललितपुरका राजा तेजनरसिंह मल्ल पृथ्वीनारायण शाह सित कुनैशब्द बोल्न चाहदैन थिए र मौन मात्रै बसी रहे । तेजनरसिंहलाइ एउटा शव राख्ने जस्तो इटाको च्याम्बरमा थुनियो - त्यहाँ सानो प्वाल थियो, जहाँ  बाटदिनको एक कचौरा भात छिराउथ्यो । केहि दिन पछि त्यो कचौराको भात जस्ताको तस्तै देखियो, अनि त्यो प्वालमा इटाले छोपी टालियो ।
पृथ्वी नारायण शाहले जे जति गरे त्यो सबै क्याप्टेन सिअनेको सरसल्लाहमा गरे । उनले पृथ्वीनारायणलाई भनेका थिए - 'नेपालका जनता ज्यादैमेहनती र बुद्धिमान छन । त्यसैले तिनीहरु एकदम खतरनाक छन् । तिमीले उनीहरुमाथि शासन गर्ने हो भने उनीहरुको मुटुमा गढ़ने गरि आतंक फैलाउन सक्नु पर्छ । उनीहरुलाई अबको कयौं  शताब्दि सम्म पनि शासन सत्तामा आउन दिनु हुदैन । शासन सत्तामा कब्जा जमाउने बिचार श्रीजना गर्ने कुनै पनि कुराहरु उनीहरुको दिमागबाट मेटाउनु पर्छ । यस्तो गर्न  कडा नियम र तरवार (हत्या हिँसा) को साथ लिनै पर्छ ।'
तत्पश्चात, स्थानीय नेवारहरुलाई पढ्न लेख्नबाट बन्चित गरियो । नयाँ निर्माण कार्य गर्न रोक लगाइयो । भत्केको घर मन्दीर पुनर्निर्माण गर्न पनिरोक लगाइयो । व्यापार ब्यबसायमा नियन्त्रण गरियो । सम्बत १७६७ को कर श्रेस्ता फेला परेको छ, जसमा उल्लेख भए अनुसार उपत्यकामा त्यो बेलातरकारी र फलफुल मात्रै पनि १७६ थरिको उत्पादन हुने गर्थ्यो, जुन आज पर्यन्त काठमाडौँमा अस्तित्वमा छैन । स्थानीय नेवारहरुलाई सानो भन्दासानो नियम उल्लङ्घन गरेको देखिए पनि फाँसी दिन थालियो । सम्बत १७७० मा मात्रै पनि २५ सय नेवारहरु सजायको नाममा  मारियो । यस्तोव्यापक दमनको नतिजा स्वरूप दोस्रो पुस्ताको नेवारहरु एकदम काथर र पलायनबादी बन्न थाले । दमन र अत्याचार बिरुद्द बोल्नासाथ मारिने स्थिति बन्यो । तेस्रो पुस्ताका नेवार सम्म आइपुग्दा ती अत्याचारबारे जानकारी भएका मान्छे नै बाँकी रहेनन् र ती कुराहरु बिर्सन थाले ।
पृथ्वीनारायण शाहको शासन पश्चात ती शहरहरुमा विकास ठप्प भयो । श्रीजनशील दिमागहरु निमिट्यान्न पारेपछि ती शहरको जीवन्तता गुम्नथाल्यो । तत्पश्चात बेला बेला भूकम्प आएर ठुल्ठुला पुनर्निर्माणको खाँचो पर्‍यो, पुनर्निर्माणको निमित्त राज्यले मनग्य पैसा खर्च गरेता पनि तीशहरहरुको जीवन्तता फेरी कहिल्यै फर्किएन ।
बेलायतीहरुको हिंश्रक योजना मुताबिक चलेको गोर्खाली सैन्य योजनाको फलस्वरूप बेलायतले ठूलो आर्थिक फाइदा स्वभाबिक रुपले हासिल गरे ।सम्बत १७७८ मा मुगल साम्राज्य  टाँट पल्टियो र तिनले बेलायती अधिनस्थता सजिलै स्वीकारे । यसको असर समग्र मध्य एशियामा पर्‍यो । पृथ्वी नारायणलाइ हतियार बनाइ त्यस क्षेत्रको पुरानो र चालु आर्थिक मार्ग बन्द गरेपछि बेलायतले आर्थिक साम्राज्य निर्धक्क चलायो ।
यो घटनाबाट तिब्बतको अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो । फलस्वरूप संकुचित तिब्बती अर्थतन्त्रले स्वाभिमानको निमित्त गुम्बाहरुमा भरपर्नु पर्‍यो, जसको फलस्वरूप त्यस क्षेत्रमा बुद्धका शालीन अनुहारको छत्रछायामा सामन्ती व्यवस्था फस्टाउन पुग्यो । यस्तो नकारात्मक असरतिब्बतमा मात्र हैन उत्तरी चीन सम्म पनि बिस्तृत भएको थियो ।
पछिल्लो समयमा बेलायतिहरु गोरखा सित खुशी रहेनन् । गोरखाले रगतको स्वाद चाखी सकेको थियो र जीतको उन्माद तिब्र थियो। उनीहरु हत्याहिँसाबाट मुक्त भएर बस्न सक्तैन थिए । त्यसैले उनीहरु वरपरका पहाडी इलाकामा लडाई छेडदै हिड्न थाले । त्यस्तै आफुले जितेका क्षेत्रलाइ 'निषेधित इलाका'मा परिणत गर्दै गए । उनीहरु पहाडी आधार क्षेत्रतिर चुपचाप बसुन्जेल बेलायतले वास्ता पनि गरेन । तर सम्बत १७८९ मा उनीहरु युद्दउन्मादी भएर चीन तथा बेलायतले अधिकार क्षेत्र ठानेको ठाउहरुमा समेत हमला गर्न थाले ।
बेलायतका जनरल अक्टरलोनीले लेखेका छन्- 'हामीले गोर्खाली सेनालाइ कतै न कतै अल्झाउनु पर्छ ताकी उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्तमोडियोस ।
लर्ड हेस्तिन्गले सम्बत १८१७ मा उनको डायरीमा लेखेका छन्- 'नेपालमा शान्ति ल्याउन नेपालको गोर्खाली सेनालाइ व्यस्त राख्नु पर्छ र त्यो पनितिनको देशभन्दा धेरै टाढा ।'
यो नीति अनुरुप गोरखा भर्ति केन्द्र खोलेर गोर्खालीलाई बेलायति सेनामा हुल्न थालियो । गोर्खाली सेनालाई दिने गरेको तलबको १/३ (एक तिहाई) रकम नेपालको शासक (सरकार) लाइ दिने गरियो, जुन नेपालको महत्वपुर्ण आम्दानी श्रोत बन्न गयो । 
गोर्खाली जवानहरु देश छोडदै बिदेशमा लड्न जान थालेपछि नेपालभित्र तुलानत्मक रुपमा शान्ति देखिन थालियो । तर दरबार भित्र भने शान्ति आएन। शाहहरु एक आपसमा भिड्न थाले । उनीहरुले देश र जनताको बारेमा खासै चासो लिदैन थिए । तिनीहरु आफ्नो सानो सानो स्वार्थमा नै अल्मलिएकाथिए । यस्तै घटनाक्रम संगै कोत पर्व भयो । यस पछि जंगबहादुर राना शक्तिशाली बनि निस्किए र उनले शाह राजा सित शक्ति खोसेर शासन चलाए ।
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com