बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "

- पूर्व डीआइजी पार्वती थापा मगर
आजभोलि तपाईं के गर्दै हुनुहुन्छ ?
आजभोलि म उत्पीडनमा परेका आदिवासीहरुका लागि केही गर्न सकिन्छ कि भनेर चिन्तन गरिरहेको छु । उत्पीडनमा परेका समुदायलाई कसरी उत्थान गर्न सकिन्छ ? भनेर विभिन्न कार्यक्रमहरुमा भाग लिने र आफ्नो विचारहरु राख्ने गरिरहेको छु ।
त्यसोभए तपाईं आदिवासी आन्दोलनमा लाग्नु भएको हो ?
हो ।
किन लाग्नु भएको हो ?
किनभने आज आदिवासीहरुलाई कुनै पनि निर्णायक तहमा पुग्नै दिइदैन ।आदिवासीलाई निर्णायक तहमा पुर्‍याइयो र उनीहरुलाई अधिकार दिइयो भने हामीलाई नै खतम पार्न सक्छन् भन्ने सामन्ती विचार बोकेका मान्छेहरु छन्, यहाँ ।
मेरो आफ्नै बारे कुरा गर्नुपर्दा म प्रहरीमा ३० वर्ष जागिर खाएर मैले पाउनुपर्ने आइजीपीको पद नदिएर मलाई फ्याँक्ने काम गर्‍यो रेग्मी (खिलराज रेग्मी) सरकारले । किन त्यसो गरियो ? भन्दा म आदिवासीको छोरी भएकै कारणले त्यसो गरिएको हो ।

म रेग्मीको भान्जी भएको भए हुन्थे होला, म रेग्मीको नातेदार भएको भए हुन्थे होला । तर म उहाँको नातेदार पनि परिन र त्यतिबेला अरु चलखेलका कुराहरु पनि भइरहेको थियो, त्यसमा पनि म सहभागी भइनँ ।

त्यसो भए आदिवासीको छोरी भएकै कारण आफू बढुवा प्रक्रियामा नपरेको भन्ने तपाईको भनाइ हो ?

हो । सतप्रतिशत यही हो, कारण । किनभने म एउटा आइजीपी हुने मान्छेलाई नदिएर मभन्दा एकवर्ष जुनियर डीआजीलाई एआइजी बनाएर आइजी बनाइयो ।

वर्तमान प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल एउटा आँखा पनि छैन । उहाँ अपाङ्ग हुनुहुन्छ भन्छन् नि, के हो ?

रेग्मी सरकारले शारीरिक परिक्षण गराएर बढुवा गर्नुपर्थ्यो । जे गरेको हो, जातले गरेको हो । अर्यालको ठाउँमा कार्की, गुरुङ वा अरु कुनै जात भए पनि पाउदैन्थ्यो, बढुवा । जबकि, नेपाल प्रहरीको सिपाहीमा त के भान्सेमा भर्ना हुँदा पनि प्लस टु र माइनस टु भन्दा बढी पावरको मान्छे फिट हुँदैन भने कुनै पनि प्रहरी कर्मचारीलाई बढुवा दिदा शारीरिक रुपमा फिट छ कि छैन भनेर हेरिनु पर्छ कि पर्दैन ? शारीरिक असक्त व्यक्तिहरुलाई हामीले सम्मान गर्नुपर्छ ।

तर, जो कोहीले पनि म शारीरिक रुपमा असक्त छु भनेर राष्ट्रिय आपाङ्ग महासंघबाट प्रमाणपत्र लिएर जागिर खानुपर्‍यो नि ।

अहिलेको उपेन्द्रकान्त अर्यालसँग उहाँको एउटा ग्राजुएसन मात्रै छ । मैले पोष्ट ग्राजुएशन र अरु दुई विषयमा ग्राजुएशन गरेकी छु, एलएलबी गरेकी छु, अनि विभिन्न विदेशबाट ट्रेनिङहरु लिएकी छु । उहाँले पूर्वक्षेत्र जस्तो सुगम ठाउँमा बसेर कार्यसम्पादन गर्नुभयो भने मैले दुर्गम ठाउँमा बसेर काम गरेकी छु, जसले गर्दा प्रहरी नियमावली अनुसार त्यसै नै मेरो नम्बर बढी हुन्छ । मैले एक्स्ट्रा डिग्री गरेकी छु । स्वत मेरो नम्बर बढी हुन्छ । त्यसमाथि अन्तरिम संविधानमा के लेखिएको छ भने महिला, आदिवासी, पिछडिएका समुदायलाई प्राथमिकता दिने भन्या छ । एउटा आदिवासी त्यसमाथि महिला भएको झन् म त प्राथमिकतामा पर्नुपर्ने हो । तर, मलाई प्राथमिकतामा पार्नु पर्दैनथ्यो न्याय मात्र दिए पुग्थ्यो । खाली विभेद नगरे मात्र हुन्थ्यो, मलाई न्याय चाहिएको थियो । नेपालमा जन्मेर हामी दोस्रो दर्जाको नागरिक भएर किन बस्नुपर्ने ? यो प्रश्नको उत्तर खोज्न म आन्दोलनमा लागेकी हुँ ।

संविधान निर्माण कार्यमा राजनीतिक दलहरुबीच सहमति हुन सकिरहेको छैन । तपाईको बिचारमा यो राजनीतिक गतिरोध उत्पन्न हुनुको खास कारण को हो ?

नेताहरुको दरिद्र मानसिकताले गर्दा नै सहमति हुन नसकेको हो । मेरा भान्जा, मेरा भतिजा सबै माथिल्लो तहमा छन्, यिनीहरुलाई किन दिने ? भन्ने दरिद्र मानसिकता र पहिचान विरोधी नेताहरु भएकाले सहमति हुन नसकेको हो । अहिले पहिचानको मुद्दा सबैतिर उठेको छ । मैले के बुझेकी छु भने आदिवासीहरुले जातीय राज्य खोजेको होइन, जातीय पहिचानसहितको राज्य खोजेको हो । समानुपातिक सहभागिता खोजेको हो ।

जहिले पनि निर्णायक तहमा तथाकथित उपल्लो वर्गका व्यक्तिहरु मात्र किन ?

जुनसुकै ठाउँमा हेर्नुहोस् एउटा प्रमुख निर्णायक ठाउँमा उनीहरु मात्रै हुन्छन् । त्यसकारण, अहिले पहिचानसहितको संघीयता भयो भने के हुन्छ भने सबैको पहिचान स्थापित हुन्छ, सबै संयन्त्रमा समानुपातिक सहभागिता हुन्छ ।

पछिल्लो समय धर्मको सम्वन्धमा तपाईको के भनाई छ ?

धर्म र संस्कृतिले विभेद गरिनु हुँदैन भन्ने मेरो मान्यता हो । कुनै धर्मले यहाँ विभेद गरेको छ । हिन्दू मन्दिरहरुमा दलित पस्नु नहुने रे । ब्राहमण, राई, दलित, मगर सबैको रगत त रातै हुन्छ । दलित मान्छे होइन ? दलितले बनाएको मुर्ती मन्दिरमा पुजिन्छ तर उनीहरुलाई त्यहाँ पस्न दिइदैन । यस्तो विभेद भइरहेको छ । धार्मिक आस्था आ-आफ्नै हुन्छ, धर्मको नाममा मान्छेमाथि विभेद गरिनु हुँदैन ।

अब माघ महिना आउँदैछ । स्वस्थानी पढ्ने बेला भयो । स्वस्थानीमा के भनिन्छ भने ‘७० वर्षका शिव शर्मा ब्राम्हणले ७ वर्षकी गोमा ब्राम्हणीलाई विवाह गरे’ रे । अहिलेको जमानामा पनि त्यस्तो पढ्ने ? १६ वर्ष मुनिको बच्चालाई विहे गर्ने वित्तिकै त्यो त सिधै बलात्कार केसमा परिहाल्छ । अनि धर्मको नाममा यस्ता संस्कारलाई अझै कायम गरिरहने ? हिन्दू धर्मको यस्ता विषयहरुलाई परिमार्जित गरी लैजानुपर्छ भन्ने मेरो मान्यता हो ।

नेपाल धर्मनिरपेक्ष राष्ट्र भए पनि अझैपनि गाई गोरु काटेको आरोपमा नागरिकहरुलाई पक्राउ गर्ने र दुःख दिने काम भइरहेको छ । यसलाई तपाई कसरी लिनुहुन्छ ?

यो गलत हो । नेपाल धर्मनिरपेक्ष राज्य भइसकेपछि सबैले आ-आफनो धर्म संस्कृति अनुसार कार्य गर्न पाउनुपर्छ । कानुनले यसलाई दण्डनीय ठान्नु हुँदैन । संविधान भनेको नेपालको मूल कानुन हो । मुल कानुनलाई आधार मानेर अन्य कानुनहरु बन्छन् । समय अनुसार कानुन संशोधन गरिदै लैजानु पर्ने हुन्छ ।

पहिचानसहितको संघीयताका लागि पदमारत्न तुलाधर नेतृत्वमा आन्दोलन सुरु भएको छ । यसलाई कसरी हेरिरहनु भएको छ ?

यो आन्दोलनलाई सफल बनाउनुपर्छ । यसले आदिवासीको एजेन्डा बोकेको छ । किनभने यो देशमा सबै जनताले समान अधिकार पाउनुपर्छ । पहिचानसहितको संघीयता राज्य निर्माण गर्नु पर्छ । जातीय राज्य होइन । सामन्ती सोंच भएकालेले जातीय राज्य भनेर भ्रम फिजाइरहेका छन् । हामी सबै मिलेर त्यसको प्रतिकार गर्नुपर्छ । यो मुलुकको सबै जातजातिले समान अधिकार अवसर पाउनुपर्छ ।

सरकारले त आदिवासी आन्दोलन दबाउन जतिसुकै कडा कदम चाल्ने तयारी गरिरहेका छन् नि ?

आन्दोलन गर्नेहरुले पनि जुनसुकै मूल्य चुकाउन तयार हुनुपर्छ । टेबुलमा वार्ता गरेर समझदारी भएन भने छुट्टै रणनीति बनाएर पनि जानुपर्ने हुन्छ ।

तपाईं पछिल्लो समय आदिवासीहरुको कार्यक्रममा खुब हिडिरहनु भएको छ । अब यसैगरी राजनीतिमा लाग्नु भएको हो ?

हैन । राजनीतिमा लाग्ने भए म कुनै एउटा पार्टीमा गइहाल्थे नि । म कुनै पार्टीमा लागेको छैन ।

त्यसो भए तपाईंको अहिलेको परिचय के हो ?

म समाजसेवी हुँ । म पूर्व कर्मचारी । आदिवासी र उत्पीडनमा परेको समुदायको अधिकारका लागि लडिरहने व्यक्ति हुँ ।

भविश्यमा कुनै पार्टीमा लागेर सक्रिय राजनीतिमा आउने हो ?

भविश्यको कुरा त के थाहा हुन्छ । सबैको सहभागिता हुनेगरी छुट्टै पार्टी पनि जन्मन सक्छ कि (हाहाहाहा…) । तपाईहरु सबैले साथ दिनुभो भने के थाहा (फेरि हाँसो) ।

आदिवासी अधिकारको लागि थुप्रै पार्टीहरु बनेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी पहिल्यै खोलिएको थियो, अहिले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले पनि आदिवासीहरुको मुद्दा बोकिरहेको छ । परशुराम तामाङदेखि लिएर पूर्वमा लिम्बुवान, खम्बुवान, किरात जनवादीजस्ता थुप्रै पार्टीहरु छन् ।

अहिले भएकै पार्टीहरुबाट आदिवासी मुक्ति हुन सक्दैन र ?

मलाई चाहिँ कस्तो लाग्छ भने पार्टी भन्नाले पार्टीमा लाग्ने जो कोही पनि उसको भावना निस्वार्थ हुनुपर्छ । कुनै पार्टीमा विभिन्न प्रतिष्ठित पद पाइएला कि भनेर लाग्नु भन्दा पनि त्यो या यो दलले कस्तो एजेण्डा बोकेको छ ? भन्ने कुरा महत्वपूर्ण हुन्छ र त्यस्ता दलहरुमा कलंकित मान्छेको जमात छ कि छैन भनेर हेरिनुपर्दछ केबल दल मात्र परिवर्तन गरेर हुँदैन । चोखो हुन त मन पवित्र हुनुपर्छ भन्ने लाग्छ, मलाई ।

त्यसो भए अहिलेसम्म हेर्दा पदको लागि नै आदिवासी पार्टी बनेका हुन् ?

त्यस्तो पनि होइन । तिन-चार पुस्तासम्म एउटै समुदायले पदलाई छेपारोले घोचो समातेर बसे झैं बसेपछि विवाद आउनु स्वभाविकै हो । अर्को कुरा अपरिवर्तित एजेण्डा बोकेर सामन्तवादी सोंच र चिन्तनबाट मुक्त हुन नसक्ने दलहरुमा बसेर पनि झोले हुनु बाहेक अर्को के नै विकल्प रह्यो र । यथास्थितिवादी मानसिकता बोक्नेको पछाडि बसिरहने कुरो पनि त भएन नि, अग्रगामी विचारधारा बोक्ने व्यक्तिहरु ।

दलहरुमा बोलाइरहेको पनि होला नि ?

अँ, बोलाइरहेको पनि छ । तर म पदको पछि लाग्ने मान्छे होइन । म सिद्धान्तको पछि लाग्ने मान्छे हुँ । वास्तविकताको पछि लाग्छु । पद पाउनु ठूलो कुरा होइन । पदमा रहेर मैले जिम्मेवारी पूरा गर्न सक्छु कि सक्दिन ? भन्ने कुरो ठूलो हो ।

राजनीतिक पार्टीको पदधारण गरेर सीमित घेरामा बस्नुपर्‍यो भने विचारले स्वछन्दता पाउँदैन । आफुलाई सही लागेको कुरा बोल्न र लेख्न अनि कार्यान्वयन गर्न पाइदैन भने पदकोे के औचित्य रहन्छ र ? निर्देशनमा मात्र काम गर्नेहरु त प्रशस्तै छन् नि ।

अन्तिममा केही भन्नु छ ?

आदिवासीहरु विभाजित हुनुहुँदैन । विभाजन गराउन खोजिन्छ तर, आफनो उद्देश्यमा प्रतिवद्ध हुनुपर्छ । अनि मात्र आन्दोलन सफल हुन्छ । फेरि त्यहाँ विभिन्न प्रलोभनमा परेर विभाजित भइयो भने आन्दोलन असफल हुन पनि सक्छ ।

More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com