बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
कष्टमय जीवनले स्पात बनाएको छ

— जीवनसङ्गीनीलाई  पत्र —
प्रिय तक्मा
सप्रेम असिम सम्झना ।
अस्ति फोनमा कुराकानी भएपछि खुसी र दुःख दुवैलाग्यो । खुसी यस निम्ति कि लामो समयपछि फोनका माध्यमबाट कुराकानी भयो र भेटघाटको अभवलाई बिर्साइदियो । साथै दुःख भनूँ वा चिन्ता किन लाग्यो भने तिमीले तिम्रो स्वास्थ्य (मुटु) सम्बन्धी समस्या केही बढेकाले जचाउन जाँदैछु भन्यौ । तिमी आफैँ स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएकी र एउटी शिक्षित तथा सचेत नारीसमेत भएकीले मैले यस सम्बन्धमा कुनै चिन्ता लिनु हुँदैन भनेर आफूलाई आश्वस्त पार्न खोजेपनि पीडा त हुनेरहेछ नै । तर
तीमि दृढ र उँचो मनोबल भएकी सङ्कल्पशील नारी हौ भन्ने कुरामा म पूर्णतः ढुक्क छु । तिम्रो प्रियजनहरूका बीचमा तिम्रो छवि पनि त्यस्तै नै बनेकोछ । झन्डै एक दशक पुग्न लागेको हाम्रो दाम्पत्य जीवनको व्यावहारिक अनुभवबाट समेत मैले त्यही कुरा पुष्टि भइरहेको पाउँदछु । त्यसैले तिम्रो स्वास्थ्य सम्बन्धमा र अन्य समस्याहरूका सन्दर्भमा उपदेशमूलक कुराहरू लेखिरहनुपर्ने आवश्यकता तिम्रा निम्ति छैन । तै पनि मलाई भन्नै मन लागेको कुरा केहो भने हामीले आफूलाई शारीरिक रूपले स्वस्थ राख्न मानसिक रूपले पनि स्वस्थ राख्ने कोसिस गर्नै पर्दछ । मलाई आशा मात्र होइन पूर्ण विश्वास छ । तिमीले दैनिक जीवनका सामान्य समस्या र चिन्ताबाट सधैँ मुक्त राख्ने छौ र सदैव सिङ्गो जीवन र सफल जीवन बाँच्ने सङ्कल्पलाई एकमात्र उद्देश्य बनाउनेछौँ तिमीले नर्सिङ क्षेत्रको रूपमा समाज सेवाकै बाटो रोज्यौ भने मैले कला र संस्कृतिको क्षेत्रको रूपमा समाज र राष्ट्रकै सेवाको बाटो रोजेको हुँ ।
हाम्रो माध्यम फरक भए पनि र सिङ्गो देशलाई जस्तै हाम्रो व्यक्तिगत जिन्दगीलाई समेत देशको राजनीतिले प्रभावित तुल्याए पनि समाज र राष्ट्रको सेवा गरेर एउटा सार्थक जिन्दगी बाँच्ने तिम्रो र मेरो सङ्कल्पको बीचमा कुनै भिन्नता छैन भन्ने नै लाग्दछ । हाम्रो यही साझा भावना र लक्ष्य प्रतिको निष्ठा नै हाम्रो सम्बन्ध (पहिचान) हो शक्ति हो र हाम्रो आत्म गौरव पनि । तिमीले यसअघि मलाई पठाएको पत्रमा त्यही आत्मगौरवको भाव छताछुल्ल भरिएको थियो र म त्यसमा चुर्लुम्म डुबेको थिएँ। तिम्रो पत्रको त्यही भाव र विचारलाई मैले मेरो आदर्शको आधारका रूपमा दह्रो सँग पक्रिरहेकोछु। जेनी माक्र्सले भनेजस्तै तिम्रो पत्रमा उल्लिखित तिनै ‘प्रेममय’ अभिव्यक्तिले मलाई ‘उत्साहित’ र ‘उत्प्रेरित’ गरिरहेका छन् भने जेलको ‘कष्टमय’ जीवनले मलाई ‘स्पात’ बनाउन सहयोग गरिरहेका छौँ , त्यस्तो बेला हाम्रो जस्तै जीवन र अनु भूतिहरू भोगेका हाम्रा अग्रजहरूको अनुभूति र अभिव्यक्तिहरूले पनि ठूलो आत्मबल प्रदान गर्दारहेछन् । त्यसैले म सधै झलझली सम्झिरहनेगर्छु । जेनी माक्र्सका यी शब्दहरू ‘प्रेमले मानिसलाई उत्साहित बनाउँछ भने दुःखले स्पात बनाउँछ ।’
हिजोआज पत्रपत्रिकाहरू पढ्दा, समाचार र लेखहरू पढ्दा त्यस्तै कतिपय पङ्क्तिहरूले चस्स हुन्छन्र गम्भीर बनाउँछन् । ज्ञवालीजीले भाद्र २० गतेको ‘जनादेश’ मा प्रकाशित कवितामा लेख्नुभएछ– ‘प्रवीण गुरुङ’ हरू सडकमा किचिएका छन् । ‘इच्छुक’ हरू फलामे जन्जीरमा । त्यस्तै सोही अङ्कको साहित्यकला स्तम्भमा कृष्णज्वाला देवकोटाले लेख्नुभएको रहेछ ‘मान्छेका सपनाहरूलाई अङ्कित गरेकै अपराधमा जेलका चिसा छिँडी कुरिरहेका छन् ‘इच्छुक’हरूले ।’ त्यस्तै किसिमको मन छुने अभिव्यक्ति पढेँ ‘अभिव्यक्ति जोखिम लिहाफ (भाद्रद्दद्ध गतेको कान्तिपुर) नारायण ढकाल बुद्धदेव बसु, इस्मत चुगताई, सहादत हसन मन्टोलाईझैँअश्लील लेखियो भनेर मुद्दा लगाइएको छैन । बरु राजनीतिक प्रणालीको विरोध गरिएको अभियोगमा भने सुब्बा कृष्णलालदेखि कवि कृष्ण सेन ‘इच्छुक’ सम्मलाई समय–समयमा कारायातना भोग्न अभिशप्त बनाइएकोछ ।’ यस्ता अभिव्यक्तिहरूले आफ्ना प्रियजनहरूका अनुभूतिहरूले भरिएर आउँछ । यसबेला डाक्टर ऋषिराज बरालजीलाई सम्झिन पुग्दछु । व्यक्ति कृष्ण सेनसँग कतिपय बेला तितो, पिरोभए पनि कवि इच्छुकलाई उहाँले सधैभरि काँधमाथि उचाले र हिँड्नुभयो । पञ्चायतकालदेखि अहिलेसम्म । विशेष गरी मेरोबन्दी जीवनको विषयलाई लिएर एउटा सहधर्मी लेखकका रूपमा जसरी उहाँले कलम चलाउनुभयो, त्यसरी सायदै अरु कसैले चलाए । बरालजीले जसरी लगातार नभए पनि थुप्रै–थुप्रै मित्रहरूले मेरो विषयलाई लिएर लेख्नु वा अभिव्यक्त गर्नु भएको थुप्रै– थुप्रै सन्दर्भ र प्रसङ्गहरू यतिखेर म सम्झिरहेकोछु, जो यहाँ उल्लेख गर्न सबै सम्भव छैन । गत वर्षा पूर्णविरामजीले छोरी समी, म र आफूलाई विषय बनाएर ‘तीन जनाको निद्रा’ शीर्षकमा (शीर्षक यस्तै थियो झैँ लाग्छ) जनादेशमा एउटा कविता प्रकाशित गर्नु भएको थियो। त्यो कविता कटिङ गर्न बिर्सेछ, अहिले मसँग छैन । त्यो कविताको सार के थियो भने समीक्षा तिमीलाई अहिले निद्रा लागेको छैन, तिम्रो बाबाको आँखामा पनि यतिखेर निद्रा छैन र म पनि अहिले अनिँदो बसे र तिमीलाई र तिम्रो बाबालाई सम्झे र कविता लेखिए रहेकोछु । हामी तीनै जनाको आँखामा यतिखेर निद्रा छैन । यस्तै–यस्तै थियो त्यो कविताको भाव । कहिलेकाँही निद्रा लागेको बेला अरु कविता सम्झिने गर्दछु र सोच्दछु हामीलाई सम्झेर ननिदाउने प्रियजनहरू कति हुनु हुन्छ कति ! त्यसैलेउहाँहरूलाई सम्झँदा सम्झँदै आफूलाई बिर्सन्छ । दुईतीन महिनाअघि एकजना बन्दी भाइले सुर्खेतबाट ‘हाम्रा कृष्ण सेनहरू....’ शीर्षकमै कविता लेख्नु भएको रहेछ । जनआह्वानमा प्रकाशित भएको थियो। मैलेभन्दा पनि सिरहाका अन्य साथीहरूले रस लिई–लिई कविता पढ्नेर सुनाउने गरिरहनुभयो त्यो कविता । यी यस्ता अभिव्यक्ति र प्रसङ्गहरू हुन् , जसले मनलाई चस्स छुनेगर्छन् । पत्रकार साथीहरूले जसले मेरो विषयमा आफ्ना पत्रिकाहरूमा समाचार लेख्नुभयो, मेरै रिहाइको माग गर्नु भयो र गरी पनि रहनु भएको छ, त्यसको महत्व पनि आफ्नो ठाउँमा छँदैछ । तर, लेख र रचनाका पङ्क्तिहरूले मनलाई बढी उद्वेलित पार्ने रहेछन् । भाद्र २८ गते साप्ताहिक जनआस्थामा एकजना अपरिचित मित्रले ‘संविधानविपरीत प्रेसलाई धमाका’ शीर्षक लेखको अन्त्य यसरी गर्नु भयो‘.... पत्रकारलाई राजधानीमा धम्की दिएर रोल्पा,रुकुम, जाजरकोट, कालीकोटमा छापामारलाई केही लछारपाटो लाग्दैन र लागिरहेकोछैन । एउटा कृष्णसेन र कैयौँ कृष्ण सेनलाई थुने पनि... ।’ (केशवबहादुर श्रेष्ठ जनआस्था) मैले त यी तात्कालिक प्रसङ्गलाई मात्रै कोट्याउन खोजेकाहुँ । यस प्रसङ्गलाई यहीँनै रो कुँ । यी यस्ता गहन भावका र उदात्त प्रेमका अभिव्यक्तिहरू हुन्, जसले साँच्चैनै मनलाई उत्साहित बनाउँछ । त्यसैले तिमीले पनि यो भाव र अनुभूतिहरूलाई राम्ररी मनन गर्ने छौँ र आत्मसात्गर्ने छौँ । यी यस्ता भाव र अनुभूतिहरू हुन्, जसले हामीलाई‘म’ देखि माथि उठाएर ‘हामी’ बन्न घच्घच्याउँछन्, वैयक्तिक जीवनदेखि माथि उठाएर सामूहिक जीवनपद्धत्तिलाई चिन्न, बुझ्न बल र मद्दत पुर्‍याउँछन् ‘एक्लो’ हुनुको पीडाबाट मुक्त गरेर प्रसन्न र उदात्त बन्न सहयोग पुर्‍याउँछन् । अन्त्यमा कुशल रही तिम्रो कुशलताको हार्दिक कामना गर्दछु । साथै विजयादशमीको शुभकामना पनि । दशैँमा घर जानेबेला एकचोटी फोन गर्नू । तीन सय पूर्णाङ्क र दुईसय पूर्णाङ्कको समस्याले मेरो फर्म भर्न अप्ठ्यारो पर्‍यो भने एजुकेसनतिर नै भरिदिए हुन्छ ।
शेष पछि ! बिदा ।

तक्मा, भालुवाङमा पसेर देहरादुन काइँला बुवाको पुरानो/नयाँ ठेगाना, नभए उहाँले काम गर्ने अफिस र ठाउँको नाम भए पनि अर्जुन सँग सोधेर ल्याउनू । सुरेशजी र हेमकुमारजी तथा मञ्जु , तारा र सबैलाई मेरो सम्झना भनिदिनू । राजविराजबाट प्रकाशित हुने ‘सत्यापन’ साप्ताहिक (भाद्र १८ गतेको) एक प्रति पठाउँदैछु । पत्रकार साथीहरूको सहयोग र प्रेम प्रशस्त पाइरहेकोछु, जस्तो लागि रहेकोछ ।
–सेन

...केही दिन पहिले इलाम कारागारबाट सरुवा भएर केही बन्दीहरू आएका छन् । बाँसका राम्राराम्रा स्टार (तारा)हरू र मुढा सेटहरू बनाउँदा रहेछन् । मैले पनि सम्झनाका रूपमा एउटा बनिनू भनेको छु । स्टारका बीचमा लेख्ने एउटा कोटेसन दिनुस् भने वा मागे । मैले ०३६/०३७ सालतिर गाउने रामेश र मञ्जुलहरूको एउटा चर्चित लोकप्रिय गीतका दुई पङ्क्तिहरू लेखेर दिएँ ‘सङ्घर्ष हो जीवन/जीवन सङ्घर्ष हो ’ १५/१६ वटा मात्र अक्षर राख्न सकिने सीमा वा बाध्यता भएकाले स्टारमा तलका यी पङ्क्तिहरू भनेनअटाएर छुटे‘जीवन थाकेर बस्छु नभन/जीवनदेखि हारेर मर्छु नभन/सङ्घर्ष हो जीवन सङ्घर्ष हो  ।’ यी पङ्क्तिहरू गुन गुनाउँदा आज के लाग्ने गर्छ भने रामेश र मञ्जुलहरूले यो गीत तिम्रो हाम्रो जीन्दगीलाई देखेर नै लेखेका हुन् । वास्तवमा यस्तो सबै लाई लाग्ने गर्छ जसले सङ्घर्ष पूर्णजीवन बिाइरहेका छन् । रूप र रङ्गमा फरक होला, हरेक मान्छेले आफ्ना निम्ति सङ्घर्ष गरिरहेको मानवजातिको हितकोनिम्ति साझा सङ्घर्ष गरिरहेको हुन्छ । जब सङ्घर्ष गर्नै पर्ने भने त्यो सङ्घर्ष मानव जातिको हितको निम्ति साझा सङ्घर्ष नै किन नगर्ने ? मानव जातिको साझा सङ्घर्ष मा नै सहभागी किन नहुने ? सायद यस्तै–यस्तैसोचहरूलेनैमानिस सङ्घर्षका बीचमा हेलिन्छ, सहज तथा सन्तुष्ट रहन्छ र जीवनलाई प्रेम गर्छ , सङ्घर्षलाई प्रेम गर्छ । ... प्रिय तक्मा, चिठी लेख्न बस्दा के लेख्ने होला भन्ने लागेको थियो। अहिले कलम समाएर लेख्न बसे पछि कलम कसरी रोक्ने होला भनने लागिरहेको छ । मनभित्र उर्लेका भावहरूलाई/अनुभूतिहरूलाई व्यावहारिक र दार्शनिक विचारहरूलाई कसरी सहज र सन्तुलित अभिव्यक्ति दिने होला भन्ने समस्याले सताइरहेकोछ । मेरा कविताहरू र काव्य तिनै भाव र अनुभूतिहरूका प्रस्फुटनहरू हुन् । अहिले छोरीलाई समर्पित गर्ने एउटा सुन्दर काव्य लेखुँं भनेर लागिरहेकोछु । ढिलोचाँडो पूरा गर्नेनैछु। मानसिक रूपले ‘बन्दी र चन्द्रागिरि’ तिम्रो निम्ति समर्पित छ । लौ त अहिलेविदा !

तिम्रो शुभेच्छुक
कृष्ण सेन ‘इच्छुक’
राजविराज कारागार, सप्तरी
६ आश्विन ०५७
(इच्छुक रचनावली भाग ३ बाट)
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com