बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
एसएसपी रमेश खरेलले शनिवार एक कार्यक्रममा एआइजी बढुवामा चलखेल भएको तथा एआइजी बढुवामा पर्नका लागि सम्बन्धित प्रहरी अधिकृतहरु व्रिफकेस बोकेर शक्ति केन्द्र धाउने गरेको खुलासा गरेका थिए । इमान्दार कर्तव्य निष्ठ प्रहरी अधिकृत वर्तमान समयको आवश्यकता भएको भनी कार्यक्रममा उपस्थित परराष्ट्र मन्त्रीलाई ध्यानाकर्षण गराउनु भयो । सत्य हमेशा कटु हुन्छ भने जस्तै रमेश खरेलद्वारा बोलिएका सत्य वचन मर्यादा विपरितको आचरण भएको ठहर गरि प्रहरी प्रधान कार्यलयले डिआइजी विज्ञान राज शर्माको संयोजकत्वमा छानविन समिति गठन गर्‍यो  । छानविन समितिले काम शुरु नगर्दै तथा रमेश खरेलले दिएको अभिव्यक्ति मर्यादा विपरितको आचरण भएको प्रमाणित नहुदै रमेश खरेलको सरुवा भएको छ तर निर्वाचन आयोगले उपनिर्वाचनका लागि आचार संहिता लागू भइसकेकोले सरुवाको अनुमति अस्विकार गरेको कारण केही समयका लागि रमेश खरेल काठमाडौं प्रहरी प्रमुखका रुपमा रहने छन् ।
रमेश खरेलको सरुवाको चर्चा चलिरहँदा काठमाडौं प्रहरी प्रमुखका लागि योगेश्वर रोमखामी मगर, सर्वेन्द्र खनाल तथा उत्तम कार्कीको चर्चा संचार माध्यममा सुनियो । गृहमन्त्री वामदेव गौतमको दृष्टिमा तिन प्रतिस्पर्धी मध्ये उत्तम कार्की अव्वल ठहरिए तथा काठमाडौं प्रहरी प्रमुखमा सरुवाका लागि चयन भएका छन् । 
काठमाडौं प्रहरी प्रमुखको रुपमा चर्चामा आएका उल्लेखित तिन नाम मध्ये जहिले पनि काठमाडौं प्रहरी प्रमुखका लागि चर्चामा आउने नाम हो योगेश्वर रोमखामी मगर । सुवोध घिमिरे, रमेश खरेल काठमाडौं प्रहरी प्रमुख हुने समयमा पनि योगेश्वर रोमखामीको नाम चर्चामा थियो । चर्चामा आए तापनि, क्षमतावान् भएतापनि योगेश्वर रोमखामी मगरको काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा नहुनुलाई राज्यको आदिवासी पूर्वाग्रही दृष्टिकोण उजागर भएको छ । जनताका अमूल्य मत प्राप्त गरि सत्तामा काविज् भएका गृहमन्त्री वामदेव गौतमको तिन प्रतिस्पर्धी मध्ये अव्वल प्रहरी अधिकृत योगेश्वर रोमखामी मगर प्रति ध्यानाकर्षण नहुनु पुर्वाग्रहको पराकाष्ठा हो । 
स्मरण रहोस् माओवादी जनयुद्धले गति लिन प्रारम्भ भएको बेला मिति चैत्र २३ गते २०५६ को रात्रीको समय हजारौ माओवादी जनमुक्ति सेनाले कालिकोट सदरमुकाम आक्रमण गरेको थियो, भिडन्त राती ९ः३० देखि राति ३ बजेसम्म चल्यो । तात्कालिन अवस्थामा कालिकोट माओवादीको प्रभाव क्षेत्र मानिन्थ्यो । योगेश्वर रोमखामीको कालिकोट जिल्ला प्रहरी प्रमुखमा सरुवा पश्चात् प्रहरी प्रशासनको सकृयताले गर्दा माओवादी प्रभाव खस्कदो भएका कारण योगेश्वर रोमखामीको हत्या तथा सदरमुकाम कव्जा गर्ने माओवादीको मुख्य उद्धेश्य थियो । योगेश्वर रोमखामीको नेतृत्व क्षमता, बहादुरी तथा कार्यकुशलताका कारण एकजना प्रहरी जवानको ज्यानको क्षति विना जिल्ला बचाउन सफल तथा माओवादीको आक्रमण विफल बनाउने कार्य भएको थियो । योगेश्वर रोमखामीको अदम्य साहसको प्रसंशा गर्दै तात्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले नियम मिचेर भएपनि योगेश्वर रोमखामीलाई पुरस्कारको रुपमा कामू एस. पी. बनाउन गृहमन्त्री गोविन्द राज जोशीलाई निर्देशन दिएका थिए । कालिकोटको विफलता पश्चात् माओवादीद्वारा डोल्पाको दुनै आक्रमण गर्दा सेना द्वारा असहयोग गरेका कारण धेरै प्रहरीले ज्यान गुमाउनु पर्यो । दुनै काण्डले गर्दा तात्कालिन गृहमन्त्री गोविन्द राज जोशी तथा प्रहरी महानिरिक्षक अच्यूत कृष्ण खरेलले राजीनामा गर्न पर्यो भने मध्य पश्चिमाञ्चल प्रमुख डि.आइ.जी राजेन्द्र बहादुर सिंह दुनै घटनाको समय विना सुचना हेलिकप्टर लिएर मान सरोवर गएका कारण निलम्वनमा परेका थिए । उपरोक्त घटनाले गर्दा गृहमन्त्रीको राजिनामा तथा सरकारमा आएको अस्थिरताले गर्दा योगेश्वर रोमखामी पद्दोन्नती हुनबाट बञ्चित हुन पर्यो । गौरमा भएको नृशंस हत्याकाण्ड भएकोमा तात्कालिन प्रहरी प्रमुख राम कुमार खनालको अकमण्र्यताका कारण दूर्भाग्यजनक घटना भएको ठहर गर्दै रौतहट प्रहरी प्रमुखको रुपमा योगेश्वर रोमखामीको सरुवा गरियो । योगेश्वर रोमखामीद्वारा सक्रियता देखाउदै रौतहटमा शान्ति सुरक्षा बहाली गर्न सफल भएका थिए । २०६६÷८÷१९ कैलालीको डुडे झाडी जंगलमा माओवादीद्वारा जवर्जस्ती हजारौ सुकुम्वासी बसाउन खोज्दा भएको ठूलो भिडन्तमा ठूलो संख्यामा प्रहरी तथा सुकुम्वासीले ज्यान गुमाउनु प्रयो । त्यस समय कैलाली जिल्ला, प्रहरी प्रशासन तथा माओवादीको रणस्थल बनेको थियो । कैलाली जिल्लामा आतंक भयको माहौल थियो, स्मरण रहोस् हाल काठमाडौं प्रहरी प्रमुखको रुपमा पुरस्कृत गरिएका उत्तम कार्की नै कैलालीका तात्कालिन प्रहरी प्रमुख थिए । पदभार ग्रहण गरेको एक महिना नबित्दै असक्षमको विल्ला भिर्दै सरुवा भएका थिए उत्तम कार्की । आतंकले त्रस्त कैलालीमा शान्ति सुरक्षा बहाली गर्न उत्तम कार्कीको स्थानमा योगेश्वर रोमखामीलाई सरुवा गरियो । योगेश्वर रोमखामीले आफ्नो कार्यकुशलताले शान्ति बहालीका साथसाथै कैलालीका जनताका हृदय जित्न सफल भएका थिए । मधेस आन्दोलन चरम उत्कर्षमा रहेको बेला पर्सा प्रमुखको रुपमा योगेश्वर रोमखामीले गरेको कार्यले प्रशंसनिय थियो । आज पनि कैलाली, रौतहट, पर्साका जनता योगेश्वर रोमखामीले गरेका उत्कृष्ट कार्य तथा बहादुरीको प्रशंसा गर्ने गर्दछन् । 
नेपालमा सरुवा बढुवाको मापदण्ड तथा तरिका बडो अचम्मको छ । एकाध अपवाद बाहेक प्रायः हुने सरुवा तथा बढुवाहरुमा इमान्दारिता, कार्यक्षमता तथा कार्यकुशलको मूल्यांकन भन्दा पनि अनुहार, जाति, पैरवि तथा थैलीले महत्वपुर्ण भुमिका खेल्ने गरेको सुनिन्छ तथा देखिन्छ । छिटपुट रुपमा राजनिति, निजामति, प्रहरी सेवामा रहेका आदिवासी समुदाय राज्य व्यवस्थाको पूर्वाग्रही मानसिकताका कारण दयामा बाँच्नु पर्ने स्पष्ट रुपमा महसुस गरिन्छ । नेपालका जुनसुकै ठूला दलहरु सत्तासिन भएपनि इमान्दार, राष्ट्रभक्त आदिवासी समूदायलाई न्यायोचित अवसरबाट हमेशा बञ्चित गर्ने अछुत जस्ता व्यवहार अति पिडादायक छ । राज्यको पूर्वाग्रही दृष्टिकोणका कारण क्षमतावान् भए तापनि आदिवासी समुदायमा क्रमशः हिनताबोधले स्थान बनाउदै गएको प्रतित हुन्छ । परिवर्तन त नेपालमा पक्कै भएको छ  तर नाममा मात्रै विगत र वर्तमानमा केही भिन्नता भएको अनुभूति आदिवासी जनताले महसुस गरेका छैनन् । राज्यमा हाली मुहाली गरि रहेका वर्ग समुदायले अब पनि परिवर्तित नहुन खोज्नु भविष्यमा निम्तिने अनिष्टकारी लक्षणका संकेत हुन् ।
विश्वले धरोहरका रुपमा हेरी रहेका नेपालका आदिवासी समुदाय आफ्नो मूल थलोमा दोयम दर्जाका नागरिक तथा दास जिवन विताउन बाध्य छन् । छिमेकी भारतमा ५ पटक सम्म सिक्किम राज्यका मूख्यमन्त्री पद कुशलता पूर्वक सम्हाल्ने व्यक्ति पवन चाम्लिङ्ग आदिवासी मूलका नै हुन् भन्ने २०१४ को सिक्किम विधान सभा चुनावमा पवन चाम्लिङ्गलाई चुनौति दिने प्रतिद्वन्दी पार्टीका अध्यक्ष पी. एस गोले पनि आदिवासी मूलका हुन् । भारतको सबै भन्दा ठुलो विश्वविद्यालय (इग्नु) इन्दिरा गान्धी खुल्ला विश्वविद्यालय जहाँ चालिस लाख छात्र अध्ययनरत छन् त्यस विद्यालयका भाइस चान्सलर महेन्द्र पी लामा आदिवासी मूलका नै हुन् । भारतीय सेनामा मेडिकल क्षेत्रबाट व्रिगेडियर पद सम्म पुग्ने इन्दिरा देवान आदिवासी हुन् । यस्तै हालसालै भारतीय सेनाको लेफ्टीनेन्ट जनरल पदमा पुग्ने प्रथम नेपाली शक्ति सिंह गुरुङ्ग पनि आदिवासी मूलका हुन् । विश्वको धनाढ्यको सूचीमा सुचिकृत भएका नेपाली मूलका व्यापारी शेष घले पनि आदिवासी मूलका हुन् । अद्भुत कुरा के छ भने नेपालको सिमा बाहिर राजनिती, संगीत, व्यापार देखि अध्ययन क्षेत्रमा आदिवासी समुदाय अब्बल हुन सक्ने तर नेपाली सिमा भित्र आफ्नो मूल भूमिमा असक्षमको तक्मा लगाएर बस्नु पर्ने कस्तो विडम्बना ? सरुवा बढुवाको प्रसंग मात्रै नभई बहुसंख्यक भएर पनि आदिवासी समुदाय नेपालको मानचित्रको सबै क्षेत्रबाट क्रमशः विस्थापित हुदै जानु नेपाल भयंकर रोगले रोगग्रस्त भएको देशको रुपमा चिन्हित हुनु हो । नेपालको सबैभन्दा महत्वपूर्ण शक्ति आदिवासीको स्तरोन्नति निती तथा नियमले मात्र हुदैन यसका लागि पवित्र नियत तथा पवित्र उद्धेश्यको आवश्यकता छ । 
प्रसङ्ग पुनः काठमाडौं प्रहरी प्रमुखको सरुवा तर्फ फर्कदाँ आखिर बारम्बार काठमाडौं प्रहरी प्रमुख दावेदारको रुपमा चर्चामा आएका योगेश्वर रोमखामी मगर के आदिवासी समुदाय भएका कारण काठमाडौं प्रहरी प्रमुख बन्न बाट बञ्चित भएका हुन् त ? विभिन्न घटनाक्रमको विश्लेषण गर्दा काठमाडौं प्रहरी प्रमुखको रुपमा योगेश्वर रोमखामीको चयन नहुनुमा सबैभन्दा ठुलो बाधक योगेश्वर रोमखामी मगर आदिवासी समुदाय हुनु नै हो जस्तो प्रतित हुन्छ । नेपालका अन्य जिल्लामा प्रहरी प्रमुख हुनु तथा काठमाडौंमा प्रहरी प्रमुख हुनुमा धेरै  भिन्नता छ । जिल्लामा गरिएको कार्यकुशलताको समाचार जिल्ला तथा अञ्चल सम्म मात्रै सीमित रहन्छ भने काठमाडौंमा प्रदर्शन गरिएको कार्यकुशलता सम्पूर्ण देशलाई थाहा हुन्छ । सम्भवतः उल्लेखित कारणले गर्दा काठमाडौ प्रहरी प्रमुखको रुपमा आदिवासी प्रहरी अधिकृतको चयन धेरै न्युन रहेको तथ्याङ्ग बाट देखिन्छ । गृहमन्त्री वामदेव गौतमको संसदीय क्षेत्र बर्दियाको छिमेकी जिल्ला कैलालीमा भएको कैलाली डुडे झाडीको घटना तथा उक्त घटनाका कारण असक्षमताको विल्ला भिर्दै फर्केका उत्तम कार्की बारे गृहमन्त्री वामदेव गौतम निश्चय पनि अनभिज्ञ हुनुहुन्न होला ? एउटा सामन्य जिल्ला सम्म हाँक्न सक्ने क्षमता नभएका उत्तम कार्कीमा गृहमन्त्री वामदेव गौतमले के क्षमता देख्नु भयो कि उहाँले  काठमाडौं जस्तो संवेदनशिल स्थानको दायित्व वहनका लागि प्रहरी प्रमुखमा सरुवा गर्न उपयुक्त सम्झे सोचनिय विषय छ । विश्वले प्रत्येक क्षेत्रमा ठूलो फड्को मारेको अवस्था छ  भने नेपाल अहिले पनि पुरातन आदिम युगमा विचरण गरिरहेको छ अहिले पनि राणाकालिन मूलुकी ऐन बमोजिमको आचरण विद्यमान छ यस्ता कार्यले नेपाल कहिल्यै पनि सफल तथा शक्तिशाली राष्ट्रको रुपमा उभ्भिन सक्दैन । परिवर्तनका कुरा नारामा मात्रै सीमित हुनु हुदैन । पुस्तकमा मात्र लेखिएर हुदैन परिवर्तन स्पष्ट रुपमा जनताले महसुस गर्न पाउनु पर्छ । राज्यद्वारा आदिवासी समुदायलाई झुक्याउने धोखाघडी गर्ने तथा सक्षम आदिवासी समुदायलाई अगाडि बढ्न नदिन हेतु राज्य प्रायोजित षढयन्त्र गर्ने कार्य तत्कालै बन्द हुनु पर्दछ । सही व्यक्तिलाई सही स्थानमा नियुक्ति वर्तमान समयको आवश्यकतालाई अस्विकार गर्नु हानिकारक सिद्ध हुनेछ । बाघ आयो बाघ आयो कथा झैं सत्यमा बाघ आयो भने भयंकर त्राहिमाम तथा विनाश निम्तिन सक्ने प्रति नेताहरुलाई सचेत हुन अनुरोध छ ।   
 
-अमरदीप मोक्तान
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com