बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
[ Notices ]
मंगोल भिजन साप्ताहिकको बिशेषांक पचास हजार प्रती छापिदैँ ।
आदरणीय अहिन्दु मूलवासी मंगोल दाजुभाई तथा दिदी बहिनीहरु 
नेपालका सम्पूर्ण अहिन्दू मूलवासी मंगोल समुदायलाई जागरुक र चेतनशील बनाउने काममा संजीवानी सरह हुने मंगोल भीजन साप्ताहिकको विशेषांक प्रकाशन गर्नका लागि केही आर्थिक समस्या भएका कारण हामी तपाइहरुसंग सहयोगको लागी हार्दिक अपिल   गर्दाछौ । यहाँहरुले मुठ्ठि खोलेर सहयोग गर्नु हुनेछ भन्ने हामीलाई विश्वास  छ । २०६५ साल भाद्र १ गते देखि काठमाडौंवाट र २०६६ साल भाद्र देखि मलेशियावाट समेत प्रकाशन हुँदै आइरहेको मंगोल भिजन साप्ताहिकलाई हामी निरन्तर रुपमा प्रकाशन गर्ने तयारी गरी रहेका छौ । हामीले प्रकाशन सुरु गर्नु भन्दा ४ महिना अगाडी नेपालमा संविधान सभाको चुनाव सम्पन्न भएको थियो भने प्रकाशन सुरु गर्नु भन्दा एक दिन अगाडी गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा संविधान सभामा प्रतिनिधित्व गर्नु हुने सवै भन्दा ठूलो दल एनेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको थियो । तर माओवादीका अध्यक्ष दाहालले एक वर्ष पनि आफ्नो नेतृत्वमा शासन संचालन गर्न सकेन । त्यसपछि संविधान सभाको निर्वाचनमा २ वटा निर्वाचन क्षेत्रवाट नेपाली नागरिकहरुले तिरस्कृत र वहिष्कृत गरेका नेकपा एमालेका नेता माधव कुमार नेपाल नेपालको प्रधानमन्त्री हुनु भयो । 
यस समय नेपालमा सर्वसाधारण नागरिकहरुको ढाड भाँचिने गरी मुल्य बृद्धि भएको छ । मूल्य बृद्धिकै कारण नेपालका प्रमुख शहरहरुमा बस्ने सर्वसाधारण नागरिकहरु आधा पेट खाएर दिन कटाइरहेका छन् । अन्तरिम संविधानमा संविधान सभाको अधिकतम अवधि २ वर्ष हुने छ भनेर स्पष्टसंग किटान गरिएको थियो । तर त्यो अवधिमा नेपालका प्रमुख ३ ठूला दल एनेकपा माओवादी नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुमा देखिएको राजनीतिक खिचातानी र पद लोलुप्ताका कारण समयमा नै संविधान जारी हुन सकेन । यही कारण नागरिकको तिव्र दवाव हुँदा हुँदै पनि संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु संविधान सभाको म्याद एक वर्ष थप्न सफल भयो । यस समय संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु आम सहमतिको आधारमा सरकार निर्माण गरी संविधान निर्माण गर्नुको सट्टा अन्तरिम संविधानमा संशोधन गरी संविधान सभाको म्याद एक वर्ष बढाएर भत्ता सुरक्षित गरिरहेका छन् भने त्यो थपिएको समय +समय गुज्रीसकेको छ । तर त्यो थपिएको समयमा पनि संविधान निर्माण हुने कुनै आशा नेपाली नागरिकले गर्न सकेको छैन ।
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com