बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
[ Interviews ]
‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’

-रणजीत राय, नेपालका लागि भारतीय राजदूत

यो नाकाबन्दी कहिले खुल्छ?

मेरो विचारमा यो प्रश्न नै गलत तरिकाले गरियो, किनभने त्यहाँ नाकाबन्दी नै छैन। भारत सरकारको आधिकारिक वक्तव्यमा पनि धेरैपटक यसबारे प्रस्ट पारिएको छ। भारतबाट गरिने वस्तु तथा सामानहरूको नियमित आपूर्तिमा अहिले जुन समस्या देखिएको छ, त्यसको मुख्य कारण केही सीमा नाकाहरूमा भएको अशान्ति नै हो, खासगरी वीरगन्ज–रक्सौल नाकामा।

फिल्डमा रहेका हाम्रा संवाददाताहरूले सीमा पारिसम्म जाँदा ‘कार्गो’ भरिएका ट्रकहरू भारतीय भूमिमै रोकिएको देखेका छन् नि?

ट्रकहरू त्यहाँ छन् भन्नुको प्रस्ट तथ्य नै नाकाबन्दी छैन भन्ने हो। यसको अर्थ ती ट्रकहरू नेपाल छिर्ने पर्खाइमा छन्, यदि नाकाबन्दी भएको हुन्थ्यो भने कार्गो भरिएका ट्रकहरू त्यहाँ हुने थिएनन्। यसअघि तपार्इंहरूले नाकाबन्दी कहिले अन्त्य होला भनेर सोध्नुभएको थियो, मेरो विचारमा सीमाका आन्दोलनकारी समूहहरूले उनीहरूको प्रदर्शन रोकेपछि नाकाबन्दीको पनि अन्त्य हुन्छ। र, त्यो प्रदर्शनको कारण राजनीतिक प्रकृतिको भएको हुनाले त्यसलाई राजनीतिक रूपमै सम्बोधन गर्नुपर्छ।

खास मुद्दालाई सम्बोधन गर्ने गरी संवाद सुरु भएकामा हामी धेरै खुसी छौं।

[ Interviews ]
नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्

डा. सीके राउत (संयोजक,स्वतन्त्र मधेश गठबन्धन)

० अढाई महिना बितिसक्दासमेत मधेश आन्दोलनले एजेण्डा सम्बोधन गराउन सकेको छैन । किन होला ? 

— हामीले सुरूदेखि नै भन्दै आएका छौं कि मधेशको अधिकार नेपालको संविधानबाट कहिल्यै पनि प्राप्त हुँदैन । हामीले जतिसुकै आन्दोलन गरे पनि नेपालको संविधानबाट हामीले कहिल्यै पनि पूर्ण र स्थायी रूपमा अधिकार पाउन सक्दैनौं । 

० अहिले चलिरहेको आन्दोलनबाट कुनै उपलब्धि हुँदैन ?

[ Interviews ]
'नेपालमा अब हिन्दु राजतन्त्र फर्कँदैन​'
  • हु सिसेङ, दक्षिण एसिया विज्ञ

नेपाल भ्रमणबाट केही साताअघि मात्र फर्कनुभयो, पछिल्लो राजनीतिक अवस्था कस्तो पाउनुभयो?
नेपालमा अहिले दुई कित्तामा राजनीतिक विभाजन भएको छ । एकातिर नेपाली कांग्रेस र एमाले छन् भने अर्कोतिर एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरेको २० वटा साना पार्टीहरूको मोर्चा छ । मलाई लाग्छ, दुई कित्ताबीचको मुख्य फरक संघीयता हो । संघीय राज्यहरूको निर्माण भौगोलिक विकास कि जातीय पहिचानको आधारमा गर्ने भन्ने विवाद छ । साना पार्टीहरूसँग सहकार्य गरिरहेको एमाओवादी जातीय पहिचानको आधारमा संघीय राज्यहरू निर्माण गर्न चाहन्छ भने कांग्रेस र एमाले अझै भौगोलिक विकासलाई नै मुख्य आधार बनाउनुपर्ने ठान्छन् ।
अहिले पार्टीहरूबीच विवाद झन् चर्कनुमा अरू कारण पनि होलान्?
नेपाल अहिले राजनीतिक संक्रमणमा छ र संघीयतासम्बन्धी विवादको पछाडि राजनीतिक शक्ति बाँडफाँटमा पनि संघर्ष भइरहेको देखिन्छ । नयाँ राजनीतिक प्रणालीको निर्माण आफ्नो भविष्यसँग जोडिएको हुनाले सबै पार्टीहरूका लागि यो समय महत्वपूर्ण छ । त्यसैले अहिलेको संघर्ष तनावपूर्ण हुनु स्वाभाविक हो । सामान्यतः यस्तो राजनीतिक संक्रमणले लामो समय लिन्छ । जस्तो चीनमा १९११ मा गणतन्त्र स्थापना भएपछि १९४९ सम्मको अवधि राजनीतिक संक्रमणमै बित्यो । नेपालको अहिलेको राजनीतिक अनिश्चितता २००६ मा सुरु भएको हो । तर मलाई विश्वास छ, नेपालका पार्टीहरूले कुनै बाटो पहिल्याउनेछन् ।
[ Interviews ]
शासनसत्ता शाहवंशबाट बाहुनवंशमा मात्रै सरेको छ
  • रामाशीष, वरिष्ठ भारतीय पत्रकार

करिब पाँच दशक अघि पत्रकारिता पेसाको सिलसिलमा नेपाल आएका रामाशीष वरिष्ठ भारतीय पत्रकार हुन् । उनी सन् १९५३ मा मुजफ्फरपुरको प्रकाशन संस्था पुस्तक भवनको प्रकाशन गृहको नेपालको वीरगञ्ज र काठमाडौं शाखा प्रमुख भएर काठमाडौं आएका थिए । उनले काठमाडौंमा पहिलो पटक आउँदा देवभूमिमा प्रवेश गरेको महसुस गरेका थिए । उनलाई नेपालको राम्रो पक्ष नेपालको मन्दिरमा हिन्दू र बौद्धमार्गीहरूले पूजा गरेको लाग्थ्यो । नेपालको नराम्रो पक्ष रक्सी, जुवा र वेश्यावृत्ति ठान्छन्, उनी । 
उनले गोहत्या निरोध समितिले प्रकाशन गरेको ‘सावधान’ नामक सन्ध्याकालीन दैनिक पत्रिकामा आबद्ध भएर पत्रकारिताको कखरा सिके । पत्रकारिता पेशाप्रतिको लगावको फलस्वरूप सन् १९६७ सेप्टेम्बर २२ तारिखदेखि ‘हिन्दुस्थान समाचार संस्था’मा कार्यरत भए । सोही संस्थाको ब्युरो प्रमुख भई १९७१ को फेब्रुअरीमा काठमाडौं आए । उनले ९ जुलाई १९७३ को रात सिंहदरबारमा आगलागी भएको घटनालाई प्रजातान्त्रिक आन्दोलनसंग जोडेर समाचार पठाएपछि भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेका थिए । त्यही समाचारका कारण तत्कालीन श्री ५ को सरकारले उन्लाई देशनिकाला गरे । त्यसपछि उनले सन् १९७८ सम्म दिल्लीस्थित प्रधान कार्यालयमा र पटना कार्यालयमा रहेर पत्रकारिता पेशालाई निरन्तरता दिइरहे । सन् १९८४ मा राजीव गान्धी प्रधानमन्त्री बनेपछि विभिन्न आरोप लगाएर हिन्दुस्थान समाचार संस्थालाई तालाबन्दी गरियो । उनी फेरि नेपाल फर्के । हिन्दुस्थान समाचार संस्थामाथि लागेको तालाबन्दी भारतको भारतको सर्वोच्च अदालतको आदेशले १९ वर्षपछि खुल्यो । प्रतिबन्ध हटेपछि सन् २००४ देखि उक्त संस्थामा विशेष संवाददाताका रूपमा पत्रकारिता पेसामा निरन्तर लागी रहेका छन् । नेपाल र भारतको  लोकतान्त्रिक आन्दोलनलाई पत्रकारिता पेशाको माध्यमबाट योगदान दिने लोकतान्त्रिक सेनानी भनिने, नेपालको गाउँघर शहरबजार घुमीफिरी नेपाललाई चिनेका उनै वरिष्ठ भारतीय पत्रकार रामाशीषसंग नेपालको राजनीतिमा पछिल्लो पटक घटेको घट्णाक्रमसंग सम्बन्धित रहेर गरेको कुराकानीको सम्पादीत अंशः
[ Interviews ]
ऋतिक रोशन काण्डपछि म भित्र विद्रोह जन्मिएको हो
  • डा. सिके राउत– संयोजक, स्वतन्त्र मधेस गठबन्धन

संविधान निर्माणका विषयमा नेपाली कंग्रेस, नेकपा एमाले र प्रतिपक्षीदलहरूबीचमा रस्साकस्सी चलिरहेकै बेला एमाले अध्यक्ष केपी ओलीले भने ‘पिके र सिकेको भर पर्नु हुन्न ।’ उनले पिके भनेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सिके भनेर डा. सिके राउतलाई संकेत गरेर टिप्पणी गरेका थिए । एकतिर देशका नयाँ संविधान कस्तो हुने भन्ने विषयमा गरमागरमी चलिरहेका बेला अर्को बहसले बेलाबेलामा घरेलु र अन्तर्राष्ट्रिय शक्ति केन्द्रको ध्यान आकृष्ट गरेको छ । यो नयाँ बहस अधिकांशका लागि प्रिय त देखिँदैन । तर, नेपाली राजनीतिमा यसको प्रवेश भने भइसकेको छ । सत्तामा बस्नेहरूलाई प्रतिपक्षीबाट  उठाइएका मागहरूलाई हल्का लिनु खानदानी रोगजस्तै भइसकेको छ । हिजो माओवादीका मागलाई रद्दीको टोकरीमा मिल्काउँदा मुलुकले रक्तपातपूर्ण द्वन्द्व खेप्नुपर्‍यो  । पछिल्लो समयमा मधेसलाई अलग देशको रूपमा छुट्याउन पाउने ‘छुट्टिन पाउने’ अधिकार डा. सिके राउतले खोजेका छन् । उनी यो अभियानका क्रममा दर्जनौँपटक पक्राउमा पर्ने र रिहा हुने क्रम जारी छ । उनको खास नाम चन्द्रकान्त राउत हो ।  सप्तरीको महादेवा गाविसमा  जन्मिएका राउत पुल्चोक क्याम्पसबाट ‘डिम्पलोमा इन  इन्जिनियरिङ र व्याचलर इन इलेकट्रोनिक इन्जिनियरिङ’ गरेका हुन् । त्यसपछि जापान सरकारको छात्रवृत्ति पाएर राउतले जापानको टोकियो विश्वविद्धालयबाट इनफरेमसन साइन्स एन्ड टेक्नोलोजीमा मास्टर गरेका छन् । छात्रवृत्तिमै बेलायतको क्याम्ब्रिज विश्वविद्धालयबाट इन्फरमेसन इन्जिनियरिङमा पिएचडी  गरेका उनले  अमेरिकाको बिबिएन टेक्नोलोजिमा २ वर्ष जति वैज्ञानिकको काम गरे । त्यसपछि नेपाल फर्केर आफ्ना स्वतन्त्र मधेसका  अभियानहरू सञ्चालन गर्दै आएका छन् । खासमा उनी किन यति डरलाग्दो माग राखेर आन्दोलन गर्न लागेका छन् त, यस विषयमा उनका विचार बुझ्ने ध्ययले कुराकानी गरेका थियौ । राउतको बिचार यस्तो पो रहेछ । 
'तपाईंको स्वतन्त्र मधेसको अभियान' अखण्ड नेपाललाई तोडने कार्यको रूपमा हेरिएको छ, यो विखण्डनकारी माग किन ?

[ Interviews ]
ह्विप मान्दैनौँ, ८ माघमा संविधान आउँदैन
कांग्रेस पहाडे बाहुन, क्षेत्रीको मात्र पार्टी हो ?
डा. अमरेशकुमार सिंह, कांग्रेस नेता

दोस्रो संविधानसभाको बैठक सुरु भएको एक वर्ष पुग्न लाग्दा पनि दलहरूबीच सहमति बन्न सकेन, त्यसो हो भने दोष म लिन्छु, म विष पिउँछु, संविधानको मस्यौदा बनाउन दिनोस् भनेर सभामुख अघि सर्नुभयो, अब राजनीतिले कस्तो मोड लिन्छ होला ?
बिल्कुलै नयाँ मोड आयो । तर, सभामुखको प्रस्ताव नै बेठीक हो । यसले सभामुखको निष्पक्ष भूमिका अप्ठेरोमा पर्छ । संसद् वा संविधानसभाको अध्यक्षको भूमिका तटस्थ हुन्छ, उहाँ कुनै दलको नेता होइन । उहाँले पक्ष–विपक्षमा नलागी निर्णय गराउने हो । तर, उहाँले आफैँ प्रस्ताव राखेर पक्ष–विपक्षमा भोटिङ हुने अवस्था आउने भयो । त्यसपछि त उहाँ एउटा पक्ष बन्नुहुन्छ । अर्को कुरा, पहिलो संविधानसभा चुनावपछि राजनीतिक नेतृत्व असफल भयो भनेर स्वतन्त्र व्यक्तिका रूपमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको जिम्मा लगाई चुनाव गराइयो । अहिले पनि दलहरू असफल भए भन्ने सिद्ध गर्न समाभुखलाई अघि सार्न खोजिएको छ । नेता असफल भए, दल असफल भए भन्ने र संविधानको मस्यौदा बनाउने जिम्मा सभामुखलाई दिने कुरा राजनीतिक रूपले घातक छ ।
[ Interviews ]
कसले मागेको छ जातीय राज्य ?
  • पदमरत्न तुलाधर


अध्यक्ष, आदिवासी राष्ट्रिय न्दोलन, नेपाल

पदमरत्न तुलाधर भन्नु हुन्छ मलाई अचम्मको आरोप !


२००७ सालको क्रान्तिमा म ९–१० वर्षको थिएँ । तैपनि म जुलुसमा हिँडेको थिएँ । ‘चार तारा जिन्दाबाद, वीर बिपी जिन्दाबाद, वीर गणेशमान जिन्दाबाद’ भन्दै नारा लगाएको थिएँ । लहैलहैमा हिँडेको थिएँ । हामी ‘वीर बिपी’ भन्थ्यौं । भारतबाट नेपाल फर्किंदा गौचरणमा बिपीलाई लिन गएको जुलुसमा सहभागी भएको थिएँ । ९–१० वर्षको केटो किन पुगेँ होला ? नेपाली जनताहरू १०४ वर्षे राणाशासनको पीडाका कारण त्यहाँ पुगेका रहेछन् । म पनि पुगेँ । त्यसपछि म लगातार सडकमा छु । भाषा आन्दोलनमा पनि सहभागी भएँ । सहिद शुक्रराज शास्त्रीले दुईवटा पुस्तक प्रकाशन गर्नुभएको थियोः नेपाल भाषा रिडर र नेपाल भाषा ग्रामर । भूमिकामा लेखिएको एउटा वाक्य अहिले पनि सम्झनामा छ । त्यहाँ लेखिएको थियो, ‘सबै कुरा त्यागेर म यो समुद्रमा डुबुल्की मारेँ ।’ भाषिक उत्पीडनविरुद्ध आन्दोलनमा लाग्न मलाई यसैले प्रभावित गरेको होला । म विद्यार्थी कालदेखि भाषा आन्दोलनमा लागेँ । भाषा आन्दोलन, नागरिक आन्दोलन, बहुदलको पक्षमा आन्दोलन, पञ्चायतविरुद्धको आन्दोलन, राजतन्त्रविरुद्धको आन्दोलन, वाम आन्दोलनमा सशक्त रूपमै सहभागी हुँदै यहाँसम्म आइपुगें । उल्टै ‘मलाई राष्ट्रिय नेता हुनुपर्ने मान्छे, जातीय नेता भयो’ भन्ने आरोप लाग्छ । जातीय उत्पीडनविरुद्धको आन्दोलन राष्ट्रिय होइन ?

लामो मौनता र निष्क्रियतापछि फेरि आदिवासी आन्दोलनमा सक्रिय हुन खोज्नुभएको छ । किन होला ?

[ Interviews ]
'गोर्खाल्यान्ड हाम्रो अस्तित्वको लडाइँ हो’

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नू) मा सह-कुलपति (प्रो-भीसी) रहेका महेन्द्र पी लामा दार्जिलिङमा जन्मेहुर्केका नेपालीभाषी प्राध्यापक हुन् । संसारको सबैभन्दा ठूलो मानिएको इग्नूमा अहिले विश्वका ४० लाख विद्यार्थी आबद्ध छन् ।  शिक्षाको पहुँच अझ विस्तार गर्न भारत सरकारले लामालाई इग्नूमा नियुक्त गरेको हो । यसअघि झन्डै ५ वर्ष सिक्किम विश्वविद्यालयमा संस्थापक कुलपति रहेका लामा दक्षिण एसियाली मुद्दा, सुरक्षा चासोदेखि नेपालको राजनीतिक-सामाजिक विषय/सन्दर्भमा पनि जानकार मानिन्छन् । पछिल्लो समयमा छुट्टै राज्यको माग गर्दै अघी बढिरहेको भारतीय नेपालीभाषीको गोर्खाल्यान्ड राज्यमा अप्रिल १५ मा हुने भारतिय लोकसभाको चुनावमा उम्मेद्वार महेन्द्र पी लामालाई भारी मतले बिजय हुने सम्भावना देखिएको छ ।


दक्षिण एसियाली मुलुकमा सदावर्तीझैं रहेको राजनीतिक अस्थिरता र सामाजिक अन्योलका पछाडि सधैं 'भारतको हात रहेको’ भनिन्छ, तपाईंलाई के लाग्छ ?

मैले यो अस्थिरता र अन्योलमा घरेलु कारण मात्रै देखेको छु । नेतृत्व, प्रजातन्त्र र अर्थव्यवस्थाको कमजोरीका कारण हरेक मुलुकमा अस्थिरता कायम छ । भुटान, बंगलादेश, पाकिस्तान वा नेपाल जता पनि आफ्नै घरेलु कारणले अन्योल बढेको छ, यो एउटा 'ओपन-सेक्रेट' हो । अर्कातिर यी सबै देशहरू सिमाना वा अन्य कारणले प्रत्यक्ष/परोक्ष भारतसँग जोडिएका छन् । फेरि नेतृत्व, लोकतन्त्र र अर्थव्यवस्थाको सबल दिशामा दक्षिण एसियाली दृश्यमै भारत अग्रपंक्तिमा रहेका कारण पनि उसको हात देखिएको हुन सक्छ । यसबेला भारत एकातर्फ आदर्शझैं बनेको छ भने अर्कातिर आपसी खिचातानीको कारण पनि बनेको छ । आदर्श मान्ने हो भने आफ्नो स्थिति सुधार्न धेरै काम गर्नुपर्ने हुन्छ, खिचातानीमा लागिरहने हो भने केही गर्नै पर्दैन । फेरि कमजोरीका कुरा गर्ने हो भने भारतभित्रैका कतिपय राजनीतिक कारणले गर्दा उसले लिने विदेश नीतिमा असन्तुलन पनि देखिन्छ । यो असन्तुलनका कारण केही (छिमेकी) राष्ट्र बिच्किएको हो जस्तो लाग्छ ।

[ Interviews ]
अल्पसंख्याक बाहुन जातिको 'शासन र राजनीति' मामूली झट्कामै समाप्त हुन सक्छ


के स्वाभिमानको कुरा गर्ने नेताहरुले भारतमा रोजगार पाएका ८५ लाख नेपालीहरुलाई फिर्ता बोलाऊने ?

- रामाशीष, वरिष्ठ   भारतीय पत्रकार
नेपालमा चार दशकदेखि कार्यरत भारतीय वरिष्ठ पत्रकार एबं 'दक्षिण एसीयाली राजनीतिक बिसेसज्ञ'रामाशीषसँग कृष्णबहादुर तामाङले गरेको विशेष अन्तर्बार्ता ।

प्रश्न :हामीले सुने-जानेबमोजिम तपाईं भारतीय नागरिक हुनुहुन्छ र नेपालको राजनीतिक र पत्रकारिता क्षेत्रमा धेरै वर्षदेखि सकृय हुनुहुन्छ । त्यसैले मेरो सामान्य जिज्ञासा छ तपाईं कसरी नेपालसित परिचित हुनुभयो र नेपाललाई कहिलेदेखि र किन आफ्नो जीवनको बहुमूल्य समयमा आफ्नो कर्मक्षेत्र बनाउनुभयो?
उत्तर : मेरो जन्मस्थल नेपालको धनुषा र महोत्तरी जिल्लाको सुप्रसिद्ध तीर्थ जनकपुर र जलेश्वरधाम पारि बिहारको सीतामढी जिल्लाको सुरसंड गाउँ जसलाई सुरसर पनि भनिन्छ । हो र ती दुवै पवित्रस्थल निकटतम् हिन्दू तीर्थस्थल  भएकोले मेरो वैष्णव आमा-बुवाले मलाई सानैदेखि काखी च्यापी रामनवमी, जानकी नवमी, विवाह पंचमी, श्रावण-झूला, कार्तिक पूर्णिमा स्नान र शिवरात्रि आदि पर्व-तिहारको विशेष अवसरमा आयोजित मेला- महोत्सवहरुमा दर्शन-पूजनक लागि जनकपुर र जलेश्वर लैजाने गर्नुहुन्थ्यो । आफ्नो गाउँ र वरिपरिको क्षेत्रको यस प्राचिन परम्परामा हुर्के-बढेकाले म भन्न सक्छु कि म शिशु अवस्था देखि नै नेपालको वर्तमान क्षेत्रबाट परिचित छु । किनकि त्यसबखत हाम्रो गाउँ र वरिपरिको इलाकामा त भगवान् पशुपतिनाथको मन्दिर भएको स्थललाई नै नेपाल भन्ने गरेका थिए काठमाण्डू नाउँ त सुनेकै थिएनन् । धार्मिक विश्वास त के रहँदै आएको छ भने बिहारको सीतामढी सीताले पृथ्वीबाट अवतीर्ण हुने (घटकलश निस्किने)पवित्र ठाउँ हो । जबकि अहिलेको जनकपुरधाम राजा जनकको प्राचीन राजधानी थियो ।
[ Interviews ]
‘मेरो रिहार्इ पछि नयां रूपमा अघी बढने छु ।’
  म जीवनभर भनि रहन्छु-नेपालको अदालत मधेस विरोधी हो । यसको यस रूपलाई बदल्नु  पर्दछ ।
-जयप्रकाश गुप्ता

म माओवादी होइनजस्ले सयौं पटक अदालतको अवज्ञा गरेरपनि  उही अदालतको प्रधान न्यायाधिशको बैठक कोठाको स्थायी आमन्त्रण पाउने सौभाग्य पाएको   हुन्छ । हामी जस्ताको प्रजातन्त्र प्रतिको प्रतिवद्धताकै कारणले पटक पटक अदालतले गरेको अन्यायको शिकार हुनु पर्दछ ।

OO OO OO OO OO


तपाईको रिहा हुने वेला आएको छजेलभित्र कसरी समय व्यतित गर्नु भयो ?

कसैलाई जेलमा राख्नुको उद्देश्य नै उसलाई समाजको सम्पर्कबाट टाढा राख्नु  हो । तर मेरो जेल जीवन त्यस्तो एकांकी रहेन । प्रायसः हरेक दिन नै औसतमा पचाससाठी जना साथीशुभचिन्तकहरूसंग निरन्तर भेट भै रह्यो । बिभिन्न पार्टीका नेताहरूसंग पनि भेट भै रह्यो । दिनभरको समय आपसी विचार विमर्श मै वित्ने गरेको छ । सांझ-विहान निरन्तर लेख्ने गरेको छु । राती अवेरसम्म पढने गरेको  छु । समग्रमा यो जेल जीवन दुःखद भएपनि मैले यसलाई उपयोगी बनाउने भरसक्य प्रयास गरें ।


तपाईले सर्वोच्च अदालतको निर्णयलाई स्वीकारगरी भ्रष्टाचार गरेकै हु“ भन्नु भएको हो ?

एकदमै होईन् । कानूनको राज्य मान्ने एक प्रजातन्त्रवादीको नाताले अदालतको फैसला मान्नु को विकल्प के छ र ? म माओवादी होइनजस्ले सयौं पटक अदालतको अवज्ञा गरेरपनि  उही अदालतको प्रधान न्यायाधिशको बैठक कोठाको स्थायी आमन्त्रण पाउने सौभाग्य पाएको हुन्छ । हामी जस्ताको प्रजातन्त्र प्रतिको प्रतिवद्धताकै कारणले पटक पटक अदालतले गरेको अन्यायको शिकार हुनु पर्दछ ।

[ Interviews ]
Social inclusion is not a donor agenda

Foreign aid is under scrutiny worldwide in both the receiving and giving countries over its uses and abuses. In Nepal, too, the UN and other bilateral and multilateral organisations have made news in recent times, most notably, when the National Planning Commission objected to the language used by the UN in its assistance framework. To get a better understanding of the role aid plays, the Post’s Dewan Rai spoke with Robert Piper, the UN Resident and Humanitarian Coordinator. Originally from Australia, Piper arrived in Nepal just before the 2008 Constituent Assembly elections to lead the UN country team. Excerpts:

Can you give us an estimate of how much aid Nepal’s development partners bring every year?

It’s about one billion US dollars a year. About half comes from the two big banks-the World Bank and the Asian Development Bank. The rest is bilateral or from the UN.

Do the donor’s priorities change when the government changes? 

The underlying priorities haven’t changed in the five years I’ve been here, despite the fact that we’ve had five governments. It helps that there’s been a three-year plan. And that many of the underlying issues  are legislated, in a way, in the [Interim] Constitution, in the peace agreement and so forth.

[ Interviews ]
उसले मलाई महिनावारीको समयमा पनि छाडेन
-चरिना काब्रीडो, फिलिपिनो युवती
संसारमा सायदै कुनै देश होला जहाँ फिलिपेनो युवतीहरू नहुन्। सुन्दर अनुहार, मीठो बोली अनि अंग्रेजी भाषामा दख्खल, इमानदारीपूर्वक सेवा, आम फिलिपिनो युवतीका विशेषता हुन्। घरेलु कामदारदेखि अन्तर्राष्ट्रियस्तरका ठूलठूला कम्पनी र राष्ट्रसंघीय निकायहरूमा फिलिपिनो युवतीहरू भेटिन्छन्। विश्वका कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्री पसलहरूमा पनि ग्राहकको सेवामा फिलिपिनो युवतीहरूनै खटिएका हुन्छन्। धेरै फिलिपिनोले अन्तरदेशीय विवाह गरेको पनि पाइन्छ। मायाँमा समर्पण फिलिपिनो महिलाहरूको अर्को विशेषता हो। तर यही समर्पण अभिशाप बनेपछि एउटी फिलिपिनो युवती अहिले नेपालका अदालत, प्रहरी, महिला आयोग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ हुँदै प्रधानमन्त्री कार्यालयको लैंगिक सशक्तिकरण समन्वय इकाइसम्म न्यायको भीख माग्दै भौताइरिइ रहेकी छिन्।
उनी हुन्, ३२ वर्षीया चरिना काब्रीडो। आफू बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार सुरेन्द्र फुयालबाट यौन शोषणमा परेको र उनले श्रीमती स्वीकार नगरेपछि अलपत्र परेको बताउने यी चरिनाको कथा निकै लामो छ। उनका अनुसार, सुरेन्द्र र उनी श्रीमान-श्रीमतीका रुपमा लिभिङ टुगेदर थिए। गर्भवती भएपछि सुरेन्द्रले आफूलाई मानसिक र शारीरिक यातना दिएर श्रीमानको भूमिकाबाट भाग्न खोजेको बताउने चरिनालाई त्यतिबेलासम्म सुरेन्द्र विवाहित हुन् भन्ने थाहा थिएन। चरिना सुरेन्द्रको श्रीमतीको नाता कायम गराउन अहिले कानुनी लडाइमा छिन्। हाल काठमाडौं जिल्ला अदालतमा चरिनाले अंश सहितको सम्बन्ध बिच्छेद र घरेलु हिंसा सम्बन्धी मुद्दा दायर गरेकी छिन्, जुन बिचाराधीन अवस्थामा रहेको छ। चरिनाले पछिल्लो पटक साइबर अपराधको मुद्दा पनि दायर गरेकी छिन्। आफू न्याय पाएर मात्र नेपाल छाड्ने पक्षमा रहेकी चरिनासंग गरिएको कुराकानीका सम्पादित अंश यसपाली प्रस्तुत गरिएको छ।–सं.)
[ Interviews ]
नेपालमा लिवियाको जस्तै विद्रोह हुँदैछ
सोममाया तामाङ, केन्द्रीय सदस्य, मंगोल डेमोक्रेटिक पार्टी
मेरो घर र खेतबारी भनेकै मंगोल डेमोक्रेटिक पार्टी हो । अरुको घर र खेतबारीमा काम गरेर के पाउँछ मैले जसको घर र खेतबारीमा काम गरेको हुन्छु, त्यहाँ उब्जाउ भएको सबै हिस्सा उसैको हो । त्यो घर खेतबारीको मालिकले जति ज्याला दियो मैले पाउने त्यति नै हो । एनेकपा माओवादी, नेपाली कंग्रेस र नेकपा एमाले भनेको बाहुनहरुको घर हो । म त्यहाँभित्र भएका सबै मूलबासी मंगोल समुदायलाई आफ्नै घर मंगोल डेमोक्रेटिक पार्टीमा आउन हार्दिक अनुरोध गर्दछु । नेपालका हिन्दू आर्यन बाहुन-क्षेत्री शासकहरुले पूर्व आईजीपी डीबी लामादेखि हेमबहादुर गुरुङ सम्मलाई जेलमा नै सडाउने षड्यन्त्र रच्यो ।  
नेपालकै स्रोत र साधनलाई प्रयोग गर्ने हो भने हामी नेपालीहरुले विदेशीको मुख ताक्नु पर्दैन । नेपालका सबै राजनीतिक दलका नेताहरु मुखले पारदर्शी र दुरदर्शीको कुरा गर्ने गर्छन् । तर, 'मुखमा राम-राम बगलीमा छुरा ' भनेजस्तो व्यवहारमा त्यो लागू हुँदैन । मैले खोजेको नेता दुरदर्शी र पारदर्शी होस् । नेपाल चलाउने नेताको नजर दुरबिनजस्तै हुनुपर्छ । आफ्नो छोरा-छोरीलाई स्रोत-साधनले सम्पन्न भएको विदेशको महंगो स्कूलमा पढ्न पठाउने, नागरिकको छोरा-छोरीलाई आफ्नै दाजु-भाईको टाउको फोर्न सडकमा पठाउने नेताहरुको हामीले सशक्त प्रतिकार गर्नुपर्छ ।
[ Interviews ]
तपाईं नै भन्नुहोस् डन भनेको के हो ? : गणेश लामा
केही दिनअघि प्रहरीले आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा काठमाडौंका ६४ जना युवाको घरमा छापा मार्‍यो १ हजार ५ सय  प्रहरी परिचालन गरिएको उक्त छापा हात्ती आयो हात्ती आयो फुस्साजस्तै भयो। ती युवाहरूको घरबाट आपराधिक गतिविधि पुष्टि हुने त्यस्तो  केही भेटिएन। यसरी छापा मार्दा चर्चित डनका रूपमा कहलिएका गणेश लामाको घरमा प्रहरी किन पसेन भन्ने प्रश्न सर्बत्र उठ्यो। यसले  प्रहरी प्रसासन मात्र होइन, गृहमन्त्रीमाथि पनि अपराधलाई संरक्षण गर्न खोजेको आरोप लाग्यो। आखिर गणेश लामामा त्यस्तो के छ, जसको  घरमा छापा नमारिएको पनि समाचार बन्छ ? यसपटक गणेश लामासँग भेटेर काठमाडौंमा उनको डनगिरीका सम्बन्धमा केही खोतल्ने निर्णय गर्‍यो।
आखिर गणेश लामा त्यति सजिलै हात कहाँ पर्थे र ? दरबारमार्ग र ठमेल क्षेत्रमा उनको नाम बढी सुनिने हुनाले पहिले उनको खोजी त्यतै भयो। स्थानीय चिङफेरा (डनका सहयोगी) हरूबाट कुरा चुहिन्छ कि भन्ने आशाले उनीहरूसँग सम्बन्ध बढाइयो। उनीहरूले सूचना दिन अस्वीकार गरेपछि प्रहरी प्रसासनको सहयोग लिइयो। साधारण प्रहरीको गणेशसम्म पहुँच हुने कुरै थिएन, केहि विशेष प्रहरीबाट भने गणेशका दुई-तीनवटा नम्बर प्राप्त भए। त्यसपछि गणेश लामासँग कुरा त भयो, तर उनले पत्रकारले आफूलाई डन बनाएको भन्दै चित्त  दुखाएर भेट्न अस्वीकार गरे।

[ Interviews ]
Kalon Tripa Dr Lobsang Sangay talks to ABC presenter Emma Alberice
February 28, 2012
Full transcript of Kalon Tripa Dr Lobsang Sangay’s interview with Emma Alberice of Lateline, Australian Broadcasting Cooperation on February 21, 2012, as provided by the broadcasters.
The Prime Minister of the exiled government of Tibet is Lobsang Sangay. He’s currently visiting the US, and he joins us tonight from Boston. Lobsang Sangay, thank you very much for being there.
Thank you very much.
Young monks and nuns, teenagers, setting themselves on fire in the streets – what is so desperate that is leading them to resort to such violent protests?
It’s really tragic and sad to see, so far, 24 Tibetans – some very young and some old – giving up their lives for freedom in Tibet and return of his holiness the Dalai Lama. What they’re saying is the occupation of Tibet should not continue; the repression of Tibetans should not continue. They would choose to die than live. This is a sad commentary on the failed policies of the Chinese government.
What is it exactly, what are you hearing about the individual stories of these people, the personal battles that have led them to this point?
Yes, in Tibet, Tibetans cannot protest, they cannot peacefully gather. If you do, you might get shot at; and you can’t have hunger strike, you can’t have rallies, and Tibetans see this the only or most drastic way of protesting against the repressive policies – because, let’s say, in monasteries, photograph of his Holiness the Dalai Lama is banned there overall, but you’re made to denounce the picture of the Lama who they revere. So much restriction is imposed that many choose to leave or expelled. Hence, they’re saying, given the circumstances – political, economic, social – they’re saying it’s so repressive they will give up their lives, and made a commentary that freedom be restored in Tibet.
Has the Chinese government been moved by these brutal public suicides?
Unfortunately there is blatant discrimination as to how the Chinese government treat Chinese people and their protest, and Tibetan peoples’ protest. For example, the local party official in Lhasa has declared quote-unquote ‘war’ on protestors and Tibetans. Which government in the world would declare war against their own people? They have sent hundreds and thousands of troops to Tibetan people. As it is, Tibet is under undeclared martial law. There’s a Chinese writer who says that in Lhasa, the capital city of Tibet, there are more Chinese than Tibetans, there are more civilians’ cameras than windows, and there are more – if I may add – more guns that [inaudible] for Tibetan people. Under such circumstances the Chinese government and its hardline policies is discriminating and treating Tibetans quite badly.
[ Interviews ]
Nepal can benefit from regional economic integration
As the peace process process and an end to Nepal’s protracted political instability inches toward a conclusion, the United States has begun renewing its engagement with Nepal. The Peace Corps volunteers are returning after an absence of seven years, the two countries have signed a Trade and Investment Framework Agreement (TIFA) and American diplomats report that private investors in American are showing increasing interest in Nepal. Sanjay Neupane spoke to US Assistant Secretary of State for South and Central Asia, Robert O Blake in Washington DC about continuing placement of Maoists in the terrorist list, the Tibetan refugee issue, and the recall of Ambassador Scott H DeLisi. Excerpts:
Do you think continued placement of the UCPN (Maoist) on the terrorist list has limited the effectiveness of US efforts in the peace process, especially in the early days?
The United States placed the Maoists on two different terrorist lists that we have, because of the actions that they took during the conflict from 1996 to 2006, including actions they took against some employees of the American embassy in Kathmandu. Since then I think we have been quite encouraged by some of the steps that the Maoists have taken, particularly those they have taken to support the peace process. We hope that they will continue to do that and we also hope that the Maoists will renounce for once and all violence and terrorism. And I think those will help great deal in the consideration of whether to take them off the lists. This is a process that is already under way to consider removing Maoists from the list. So the Maoists continued support for the peace process and again any public statements they can make about renouncing violence and terrorism would be extremely helpful in expediting that process.
Nepal is in a fix over the issue of Tibetan refugees-caught between China and Western countries.
We have always appreciated the efforts that the government of Nepal has made to facilitate the transit of Tibetan refugees through Nepal. And we don’t see any contradiction with a one china policy. United States has its own one-China policy and yet we continue to engage constructively with our friends in China. Going forward, we hope that Nepal will continue to facilitate the transit of Tibetan refugees. And also that Nepal will take a hard look at regularising the status of the longer term Tibetan refugees that has been there, in some cases for 50 years, to ensure that they too enjoy full rights that are accorded to Nepali citizens. I think that would also be an important priority to point to.
[ Interviews ]
'लामो समयदेखि नेपालमा बसेका तिब्बती समुदायले नेपालीसरह सुविधा पाउनुपर्छ’
रोबर्ट ओ ब्लेक 
अमेरिकी  सहायक विदेशमन्त्री  
तीन दशकअघि झन्डै दुई महिना पश्चिम नेपालको दुर्गम क्षेत्रमा बिताएका एक कूटनीतिज्ञ अहिले संसारकै शक्तिशाली मुलुक अमेरिकाको सहायक विदेशमन्त्री छन् । श्रीलंका र मालदिभ्समा राजदूत तथा भारतको नयाँदिल्लीमा उपनियोग प्रमुख रहिसकेका 'करियर डिप्लोम्याट' रोबर्ट ओ ब्लेक ले स्टेट डिपार्टमेन्टबाट दक्षिण तथा मध्य एसियाली मामिला हेर्छन् । हार्वर्ड र जोन हप्किन्स युनिभर्सिटीबाट उच्च शिक्षा लिएका उनले सन् २००९ मे देखि उक्त जिम्मेवारी पाएका हुन् । नेपालको राजनीतिक अवस्था, माओवादी, तिब्बती शरणार्थी, आर्थिक सहायता, द्विपक्षीय सम्बन्धलगायतका विषयमा ब्लेकसँग कान्तिपुरका सञ्जय न्यौपानेले गतसाता उनकै कार्यकक्षमा लिएको अन्तरवार्ताः
माओवादीलाई निरन्तर आतंकवादी सूचीमा राखिरहँदा नेपालको शान्ति प्रक्रियालाई सहयोग गर्ने अमेरिकी प्रयासमा अप्ठेरो महसुस गर्नुभएको छ कि ? माओवादीका पछिल्ला क्रियाकलाप त्यो सूचीबाट हटाउनका लागि पर्याप्त देखिन्छन् ?
माओवादीले काठमाडौंस्थित अमेरिकी दूतावासका केही कर्मचारीमाथि आक्रमणलगायत सन् १९९६ देखि २००६ सम्मको द्वन्द्वका समयमा गरेका क्रियाकलापका कारण अमेरिकाले उनीहरूलाई दुई भिन्दाभिन्दै आतंकवादी सूचीमा राखेको थियो । तर त्यसयता माओवादीले लिएका विशेषगरी शान्ति प्रक्रियालाई सहयोग गर्नेलगायत केही प्रयासका कारण हामी उत्साहित भएका छौं । हामीलाई आशा छ, उनीहरूले यसलाई निरन्तरता दिनेछन् र उनीहरूले सबै प्रकारका हिंसा र आतंक त्याग्नेछन् । मलाई लाग्छ, त्यसले नै उनीहरूलाई आतंकवादी सूचीमा राख्ने वा नराख्ने भन्नेबारेमा ठूलो भूमिका खेल्नेछ । त्यसो त माओवादीलाई त्यो सूचीबाट हटाउने प्रक्रिया सुरु भइसकेको छ । शान्ति प्रक्रियालाई निरन्तर रूपमा सघाएर माओवादीले फेरि एकपल्ट हिंसा र आतंक बन्द गरेको सार्वजनिक घोषणा गरेको खण्डमा यो प्रक्रिया छिटो गर्न अत्यन्त सहयोग मिल्नेछ ।
त्यसो भए माओवादीलाई उक्त सूचीबाट कहिलेसम्म हटाइएला ?
म यसबारे निश्चित समयसीमा तोक्न चाहन्नँ । सामान्यतया यसका लागि निकै लामो समय, कहिलेकाहीं दुई वर्षसम्म पनि लाग्न सक्छ, किनभने यो हाम्रा विभिन्न निकायबीचको निकै जटिल प्रक्रिया हो । म खुलस्त पार्न चाहन्छु, यस्तो सूचीबाट निकै कम समूह मात्र बाहिर आउन सकेका छन् किनभने यो निकै अग्लो बन्देज हो । यसलाई सकारात्मक दिशा दिनका लागि माओवादीले सकेसम्म सबै काम गरेर हामीलाई सहयोग गर्नेछन् भन्ने आशा हामीले गरेका छौं ।
तिब्बती शरणार्थीको मामिलामा नेपाल निकै अप्ठेरोमा परेको देखिन्छ । एकातिर नेपालले 'एक चीन नीति’ लाई समर्थन गरेको छ, जसअन्तर्गत आफ्नो भूमिमा चीनविरोधी गतिविधि नियन्त्रण गर्नुपर्ने बाध्यता छ । अर्कातिर, त्यसो गरेको खण्डमा नेपाललाई सहयोग रोक्का गर्नेजस्ता चेतावनी पश्चिमी मुलुकबाट आउने गरेको छ (उदाहरणका लागि अमेरिकी कंग्रेसमेनको हालैको प्रतिक्रिया) । तपाईं यो मामिलामा नेपालको भूमिका कस्तो हुनुपर्छ भन्ने ठान्नुहुन्छ ?
तपाई‌का पाठकले बुझ्नुपर्छ कि तिब्बत मामिला भनेको संयुक्त राज्य अमेरिकामा निकै संवेदनशील विषय हो । अमेरिकी जनताका लागि मात्र नभएर अमेरिकी कंग्रेसका थुप्रै सदस्यका लागि समेत यो महत्त्वपूर्ण प्राथमिकताको विषय हो । तपाईंको प्रश्नको हकमा भने तिब्बती शरणार्थीको 'ट्रान्जिट' का लागि नेपाल सरकारले खेलिरहेको सहजीकरण प्रयासको हामीले सधैं प्रशंसा गरेका छौं । एक चीन नीतिबारे हामी कुनै विरोधाभास देख्दैनौ‌ । संयुक्त राज्य अमेरिकाको पनि आफ्नै एक चीन नीति छ र अझै पनि चीनमा रहेका मित्रहरूसँग यसबारे रचनात्मक ढंगले छलफल गरिरहेका छौं । हामीलाई आशा छ, उनीहरूको ट्रान्जिट सहजीकरणलाई नेपालले निरन्तरता दिनेछ । त्यसमाथि बरु नेपालले लामो समयदेखि बस्दै आएका तिब्बती शरणार्थीलाई वैधानिकता दिनुपर्छ । कतिपय शरणार्थी त ५० वर्षदेखि समेत बस्दै आएका छन् । तिनले पनि नेपाली नागरिकले पाएसरह सुविधा पाउने सुनिश्चित गरिनुपर्छ भन्ने कुरा पनि महत्त्वपूर्ण प्राथमिकता भएको औंल्याउन चाहन्छु ।
नेपालका प्रधानमन्त्री बाबुराम भट्टराईले हालै मात्र नेपाल भारत र चीनबीचको पुल बन्न चाहन्छ भनेका थिए । अमेरिकी परिप्रेक्ष्यमा यो भनाइ कस्तो देखिन्छ ?
मेरो विचारमा यो निकै सान्दर्भिक तर्क हो । संयुक्त राज्य अमेरिका अहिले समग्र क्षेत्रकै समायोजनबाट प्राप्त हुन सक्ने अवसरमा केन्द्रित भएको छ । तपाईंलाई थाहै छ, मेरो जिम्मेवारी दक्षिण तथा मध्य एसियातिर समेत रहेको छ । (अमेरिकी) विदेशमन्त्री (हिलारी) क्लिन्टनले 'नयाँ सिल्क रोड' नाममा उहाँको नयाँ दूरदृष्टि अगाडि सार्नुभएको छ, जसले सडक, रेल लाइन, विद्युत् र ऊर्जाको सञ्जाल निर्माणमा मद्दत पुर्‍याउनेछ । यी सञ्जालले दक्षिण र मध्य एसिया दुवै क्षेत्रलाई जोड्नेछन् । फलस्वरूप बंगलादेश र भारतले आफ्नो सम्बन्ध सुधार गर्नका लागि कुराकानी गरिरहेका छन् । त्यसमाथि दक्षिण एसियाको भारत, बंगलादेशदेखि दक्षिण पूर्वको बर्मासम्म देखिँदै गएको समायोजनको अवसर हेर्दा नेपाल निकै राम्रो अवस्थितिमा छ भन्ने मलाई लाग्छ । तपाईंले भनेजस्तै नेपालले पूर्व-पश्चिम व्यापारबाट मात्र नभई भारत र चीनबीचको उत्तर-दक्षिण व्यापारबाट पनि उत्तिकै फाइदा लिन सक्छ । त्यति हुँदाहुँदै पनि नेपालले थप वैदेशिक लगानी आकषिर्त गर्नका लागि देखिएका अवरोध सम्बोधनको प्रयास गर्नुपर्छ ।
[ Interviews ]
अल्पसंख्याक बाहुन जातिको 'शासन र राजनीति' मामूली झट्कामै समाप्त हुन सक्छ ।
के स्वाभिमानको कुरा गर्ने नेताहरुले भारतमा रोजगार पाएका ८५ लाख नेपालीहरुलाई फिर्ता बोलाऊने ?
- रामाशीष, वरिष्ठ   भारतीय पत्रकार
नेपालमा चार दशकदेखि कार्यरत भारतीय वरिष्ठ पत्रकार एबं 'दक्षिण एसीयाली राजनीतिक बिसेसज्ञ'रामाशीषसँग 'मंगोल भिजन साप्ताहिक'का सम्पादक कृष्णबहादुर तामाङले गरेको विशेष अन्तर्बार्ता ।
प्रश्न :हामीले सुने-जानेबमोजिम तपाईं भारतीय नागरिक हुनुहुन्छ र नेपालको राजनीतिक र पत्रकारिता क्षेत्रमा धेरै वर्षदेखि सकृय हुनुहुन्छ । त्यसैले मेरो सामान्य जिज्ञासा छ तपाईं कसरी नेपालसित परिचित हुनुभयो र नेपाललाई कहिलेदेखि र किन आफ्नो जीवनको बहुमूल्य समयमा आफ्नो कर्मक्षेत्र बनाउनुभयो?
उत्तर : मेरो जन्मस्थल नेपालको धनुषा र महोत्तरी जिल्लाको सुप्रसिद्ध तीर्थ जनकपुर र जलेश्वरधाम पारि बिहारको सीतामढी जिल्लाको सुरसंड गाउँ जसलाई सुरसर पनि भनिन्छ । हो र ती दुवै पवित्रस्थल निकटतम् हिन्दू तीर्थस्थल  भएकोले मेरो वैष्णव आमा-बुवाले मलाई सानैदेखि काखी च्यापी रामनवमी, जानकी नवमी, विवाह पंचमी, श्रावण-झूला, कार्तिक पूर्णिमा स्नान र शिवरात्रि आदि पर्व-तिहारको विशेष अवसरमा आयोजित मेला- महोत्सवहरुमा दर्शन-पूजनक लागि जनकपुर र जलेश्वर लैजाने गर्नुहुन्थ्यो । आफ्नो गाउँ र वरिपरिको क्षेत्रको यस प्राचिन परम्परामा हुर्के-बढेकाले म भन्न सक्छु कि म शिशु अवस्था देखि नै नेपालको वर्तमान क्षेत्रबाट परिचित छु । किनकि त्यसबखत हाम्रो गाउँ र वरिपरिको इलाकामा त भगवान् पशुपतिनाथको मन्दिर भएको स्थललाई नै नेपाल भन्ने गरेका थिए काठमाण्डू नाउँ त सुनेकै थिएनन् । धार्मिक विश्वास त के रहँदै आएको छ भने बिहारको सीतामढी सीताले पृथ्वीबाट अवतीर्ण हुने (घटकलश निस्किने)पवित्र ठाउँ हो । जबकि अहिलेको जनकपुरधाम राजा जनकको प्राचीन राजधानी थियो ।

[ Interviews ]
ठूला दैनिक पत्रिकाहरूमा गुम्बाको विषयमा लेखिएको कुरा गलत छ गायिका, आनी छोइङ डोल्मा
बौद्ध धर्म, दर्शन र संगीततमार्फत् सबैलाई सुख र शान्ति हुने कामना बाँड्दै हिँडेकी गायिका हुन्- आनी छोइङ डोल्मा। अन्तराष्टि्रय बजारमा उनलाई बौद्ध दर्शनका भजन गायनले लोकप्रियता दिलायो भने नेपाली संगीततिक बजारमा 'फूलको आँखामा फूलै संसार...' बोलको गीतले चर्चित तुल्यायो। उनी बिहे गर्न नपरोस् भनेर आनी बनिन्। सबैले चाहेको सुख र शान्ति खोज्नतर्फ लागिन्, बौद्ध दर्शनभित्र। अनि गीत संगीततमा पनि रमाउने उनै आनी छोइङसँग वर्तमान परिवेशमा केन्द्रित रही गरिएको संक्षिप्त कुराजकानी:
आनी किन बन्नुभयो?
म काठमाडौँ बौद्धमा जन्मेको मान्छे। सानो छँदा बौद्ध आसपासका महिलाहरूले घाँस, दाउरा, मेलापात र बडो दुःख गरेर रक्सी, मःम र आलु बेचेर बालबच्चा पाल्थे। तर लोग्नेमानिसहरू दिउँसोभरि तास खेल्दै जाँडरक्सी खाँदै साँझ परेपछि मात्तिएको सुरमा घरमा आएर स्वास्नीलाई कुटपिट गर्ने गर्थे, त्यो मैले देखेको थिएँ। हाम्रो समाजमा पुरुषलाई अलि ठूलो र महिलालाई तल्लो मान्ने प्रचलन छ, यो दुर्भाग्यपूर्ण कुरा हो। हाम्रो समाजमा सारा काम महिलाले नै गर्नुपर्छ भन्ने जुन संस्कार छ, त्यसबाट मैले उम्कनुपर्छ भन्ने लाग्यो। त्यस कारणले गर्दा मलाई सानैदेखि बिहे गर्न नपरोस् भन्ने चाहना हुन्थ्यो। त्यसैको विकल्प आनी बन्नुपर्छ भन्ने लाग्यो। आनी बनेपछि विवाह गर्नुपर्दैन भने आनी बन्छु भन्ने इच्छा ममा जाग्यो। पछि गुम्बामा गएर गुरूको शरण लिइयो। एकदमै भाग्यमानी रैछु म, सद्गुरूको शरण पाएँ। त्यहाँ मैले धेरै ज्ञानगुणका कुरा सिक्ने मौका पाएँ।
[ Interviews ]
बाहुन क्षेत्रीहरुको प्रतिगामी सोचकै कारण नेपालमा सिभिलवार हुने निश्चित छ
-देव कुमार बुद्धिष्ट (तामाङ)
मंगोल डेमोक्रेटिक पार्टीको शक्ति र संगठनको विस्तार कस्तो छ भन्ने कुरा मलाई त्यति ज्ञान छैन । तर यो शक्ति परालमा लागेको आगो जसरी देश विदेशमा फैलिरहेको छ भन्ने सुन्छु । यो शक्तिले नेपालको राजनीतिमा कभर गर्न सकेमा हामी नेपालका मूलवासीहरुले विदेशी बाहुन क्षेत्रीहरुको अन्याय र अत्याचारवाट मुक्ति पाउने छ । मुलुक समुन्नतिको दिशा तर्फ अग्रसर हुने छ । मंगोल डेमोक्रेटिक पार्टीले नेपालका मूलवासीको कुरा राम्ररी समेटेको छ । तर नेपालका वाहुन क्षेत्रीहरुले सजिलैसंग नागरिकहरुलाई शोषण, दमन, अन्याय र अत्याचार गर्ने काम छाड्छ जस्तो मलाई लाग्दैन ।
नेपाल वायुसेवा निगमका पूर्व क्याप्टेन देव कुमार बुद्धिष्ट (तामाङ) वर्तमान समयमा नेपाली राजनीतिमा निकै क्रियाशिल देखिनु हुन्छ । सन् १९४५ को अक्टोबर महिनामा मुसहरनिया -७, सिरहामा जन्मनु भएको तामाङले प्रारम्भिक शिक्षा खसान्द शिक्षावाट सुरु गर्नु भयो भने पछि सिरहा कै चन्द्रोदय मिडिल स्कुलवाट प्राथमिक शिक्षा पुरा गर्नु भयो। भारतको जयनगरवाट प्रवेशीका गर्नु भएका तामाङले त्यहीको आर.के. कलेजवाट आइ.एस.सी. र त्रिचन्द्र कलेजवाट सन् १९६४ मा विएसी गर्नु भयो । वि.सं.२०१५ साल भन्दा अगाडी नै बाहुन छेत्री र मधेशी समुदाय विच तिव्र द्वन्द्व भएको बताउनु हुने तामाङले त्यस समयमा नै स्वयमसेवक संगठन नामक विद्रोही दस्ताको निर्माण गरी घरेलु हतियारले दस्तालाई प्रशिक्षण गरी राज्यसंग भिडन्त गरेका थिए ।
सन् १९६४ को अक्टोवरमा पाकिस्तानको कराँचीवाट पाइलट कोर्ष सुरु गरेका तामाङले सन १९६६ मा त्यो कोर्ष पुरा गर्नु भयो । कोर्षमा प्रथम हुनु भएका तामाङलाई प्रशिक्षक अस्कार खानले पिआइए ज्वाइन गर भनेर आग्रह गर्नु भएको भए पनि अस्वीकार गर्दै नेपाल फर्केर नेपाल वायुसेवा निगम ज्वाइन गरेका थिए । तामाङले सन् १९६८ देखि सन् २००३ को अक्टोवर सम्म नेपाल वायुसेवा निगमको आन्तरिक र वाह्य उडान गर्दै सेवा पुरा गर्नु भयो । वाल्यकाल देखि राजनीतिमा चासो राख्ने तामाङ सन् २००३ देखि नेपाली राजनीतिमा क्रियाशिल छन् । आफ्नो समुदाय र वर्गको लागि विदेशी हिन्दु आर्यन वाहुन क्षेत्रीहरुवाट हुने अन्याय र अत्याचारको विरुद्ध अन्तिम अवस्था सम्म लडिरहने उद्घोष गर्नु हुने तामाङसंग मंगोल भिजनले गरेको लामो कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई यहाँले कसरी विश्लेषण गर्नु भएको छ?
नेपाली नागरिकहरुको चाहना र इच्छा अनुसार नेपाल गणतन्त्रमय भएपनि विदेशी हिन्दु आर्यन बाहुन क्षेत्रीहरुले वर्तमान समयमा गरिरहेको संघीयता र गणतन्त्र विरोधी क्रियाकलापले गर्दा संघीयवादी र गणतन्त्रवादीहरुको टाउको दुखाई रहेको छ । हामी यो देशका मूलवासीहरुले कहिले पनि समुदायको नाममा राज्यको माग गरेका छैनौ । हामी हाम्रो अस्तित्व र पहिचानको लागि लडिरहेका छौ । अहिले नेपालमा यी बाहुन क्षेत्रीहरु कहिले हिन्दु धर्मको नाममा त कहिले मूलुक संघियतामा गयो भने विखण्डन हुन्छ भनी नागरिकहरुमा भ्रम सिर्जना गर्न थालेका छन् । यो उनीहरुको गैर राजनीतिक क्रियाकलाप हो । राज्यकेा धर्म हुँदैन, जात हुँदैन । यी बाहुन क्षेत्रीहरु राजनीतिक वहुलवादकेा कुरा पनि गर्ने, हिन्दु धर्मको पनि वकालत गर्ने, यो उनीहरुको द्वैध मानसिक चरित्रको उपज हो । यिनीहरुको यहि क्रियाकलापले निरन्तरता पाइरह्यो भने नेपालमा सिभिल वार हुने निश्चित छ त्यो उनीहरुको लागि नै घातक हुने छ । 
[ Interviews ]
हाम्रो जल, जंगल र जमिन खोसेर हामिलाई शरणार्थी बनाउने बाहुन-छेत्री हो
समाजशास्त्री : कृष्णबहादुर भट्टचन
समाजशास्त्रका प्राध्यापक कृष्णबहादुर भट्टचन दुईटा व्यक्तित्व धनी छन् भनिन्छ, एउटा प्राज्ञिक, अर्को एक्टिभिस्ट । उनी आफैँ स्विकार्छन्, म दुवै हुँ। आफूलाई मूलतः समाजशास्त्री बताउने भट्टचन नेपालमा जाति र लिंगका मुद्दाले ऐतिहासिक महत्व राख्ने र संवेदनशील पनि भएकोले आफू त्यसैमा लागेको बताउँछन्।
उनकै शब्दमा विश्वविद्यालयमा पढाउनेबाहेक उनको काम 'जनवकालत' हो। आफूलाई परिवर्तन पक्षधर प्राज्ञिक बताउने भट्टचन अमेरिकाको प्रसिद्ध विश्वविद्यालय युनिभर्सिटी अफ क्यालिफोर्निया, वर्कलेका स्कलर पनि हुन्। चर्चित लेखकहरू नोम चोम्स्की र एडवार्ड सइदको उदाहरण दिँदै उनले भने, वर्कलेले 'बम'हरू उत्पादन गर्छ। नेपालको मूलबासी अभियानका अगुवा सल्लाहकार भनेर चिनिने भट्टचनले भने 'म पनि वर्कलेले उत्पादन गरेको बमजस्तै हुँ।' संघीयताबारे अध्ययन गर्न विशेष समिति र आयोग बनाउने राजनीति मूलबासीहरूले विफल पारेको दाबी गर्ने भट्टचन राज्य पुनर्संरचना आयोगलाई षड्यन्त्र ठान्ने भट्टचनसँग गरेको  कुराकानी ।
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com