बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
[ About SAMABAD ]
'मंगोल डेमोक्रेटिक पार्टीको विधान (२०६८)'
'मंगोल डेमोक्रेटिक पार्टीको विधान (२०६८)'
प्रस्तावना :
नेपाल एकात्मक सामन्ती तथा निर्मम निर्दयी तानाशाह शक्तिप्राप्त बाहुन-क्षेत्रीहरुको हातमा शासन सत्ता रहेको औपनिवेशिक मुलुक हो । यहाँको मूलबासीहरुको अधिकार छिन्ने र सबथोक लुटिने कामको थालनी भएको सन् १५५९ देखि हो । यिनै परम्परागत सामन्ती शोषण, सामन्तवादी संस्कार, सामन्ती राज्य सत्ताको वर्णभेदी नीति तथा लैङ्गिक भेदभाव र बिद्धमान आर्थिक सम्बन्धको स्थितिले यसको सामन्ती अवस्थालाई प्रस्तुत गरेको छ भने वर्णभेदी, साम्राज्यवादी, राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हस्तक्षेप र विविध किसिमले भए गरेका सार्वभौमिकता माथि हिन्दू-आर्यबाट भए गरेका हस्तक्षेपले औपनिवेशिक अवस्था कायमै रहेको छ । आज विश्व साम्राज्यवादले आर्थिक क्षेत्रमा अघि सारेका 'उदारीकरण' 'निजीकरण' 'भूमण्डलीकरण' जस्ता नीतिले राष्ट्रिय सार्वभौमिकता स्वाधिन अर्थतन्त्रको निर्माण र स्वतन्त्र लोकतान्त्रिक अधिकारको उपभोगबाट समेत मुलुक र नागरिक बंचित हुनुपरेकोले त्यसबाट थप संकट आइपरेको छ ।
सन् १५५९ मा द्रव्य शाहले घले राजाको टाउको ठुन्काएदेखि नै हाम्रो पुर्खाहरु सुपति गुरुङ, श्रीजंग थेवे, लखन थापा मगर र रामप्रसाद राईहरुले सामन्तवाद, साम्राज्यवाद र राजतन्त्रको विरुद्ध लड्दै आएको इतिहास छ । ४५० वर्षदेखिको कालो इतिहास बोकेको सामन्ती राजतन्त्र र बाहुनवादी सामन्ती राज्यसत्ताले नेपालका अहिन्दू मुलबासी मंगोल समुदायमाथि हुने गरेका शोषण, दमन, अन्याय र अत्याचार प्रचलित सामन्तवादी वर्णभेदी राज्य प्रणालीले हल गर्न नसकेको तथ्य स्पष्ट छ ।
[ About SAMABAD ]
डा. हर्क गुरुङ को हुन्?
पूर्वी नेपालको गुन्सा गाउँबाट ताप्लेजुङका लागि उडेको तर गन्तव्यमा नपुगी बाटैमा हराएको हेलिकोप्टरमा सवार धेरै जना देशी–विदेशी विशिष्ट व्यक्तिहरूमध्ये डा. हर्क गुरुङ एक थिए जसलाई सञ्चारमाध्यममा भूगोलविद् र पूर्व राज्यमन्त्री भनेर चिनारी गराइएको छ।
लमजुङ जिल्लाको ङादी खोला छेउ तराँचे भन्ने गाउँ छ। त्यहाँको एउटा सम्पन्न लाहुरे परिवारमा सन् १९३९ मा एउटा छोरो जन्म्यो जसलाई जेठो छोरो नभए पनि 'ठूला' भन्न थालियो। ९ वर्षको उमेरसम्म उसले स्कूलको मुख देख्न पाएको थिएन। उसको समय लेकको भेडीगोठ, बेँसीको खेत र खोलामा बरालिँदै बितेको थियो। पेन्सन थाप्न काठमाडौँ आउने आफ्ना पिताको टोलीलाई पछ्याउँदै खाली गोडा ऊ सात दिनको बाटो पैदल हिँडेर काठमाडौँ आइपुग्यो। पढ्ने अठोटले गर्दा ऊ घरका अरू कसैलाई पत्तै नदिई भागेर पिताको पछि लागेको थियो। त्यसैले ऊ काठमाडौँको दरबार स्कूलमा भर्ना भयो। लाहुरे परिवारको भएकाले पछि भारतको देहरादून र जालन्धरमा पढ्न गयो। त्यसपछि काठमाडौँको त्रिचन्द्र कलेजमा भर्ना भएर आई.ए प्रथम स्थानमा उत्तीर्ण भयो। अनि भूगोल विषयमा उसले पटना विश्वबिद्धालयबाट प्रथम श्रेणीमा बी.ए. अनर्स गर्‍यो। तत्पश्चात् एडीनवर्ग विश्वबिद्धालयबाट पहिले डिप्लोमा र पछि सन् १९६५ मा भूगोल विषयमा डाक्टेरट गरेर त्यस विषयमा पीएच.डी. गर्ने पहिलो नेपाली बन्यो। यसरी ङादी खोला छेउको ठूला नामक त्यो केटो कालान्तरमा डा. हर्क गुरुङ भनेर चिनिए।
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com