बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
[ News & Events ]
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
- तारा आलेमगर, संयोजक : मूलवासी राष्ट्रिय मुक्ति मोर्चा नेपाल
111
नयाँ संबिधान अनुसार नेपाललाई पूनः हिन्दू राष्ट्र बनाइएको छ । संविधानको धारा ४ मा धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्ने भनी स्पष्टीकरण समावेश गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशका अनुसार सनातन भन्नाले “अचेल चलेको हिन्दू धर्म” भनी व्याख्या गरेको छ । 
[ News & Events ]
नेपालको मंगोल समुदायको पुरानो चिनारी

muluki_yen-689x1024१९१० को मुलुकी ऐनमा माथि उल्लेख गरिएको कुराहरू लेखिएको छ । यहिनै नेपालको सबैभन्दा पहिलो लिखित कानुन हो ।

[ News & Events ]
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक

सैन्य शासनको स्वागत गर्न नेपाली जनता आतूर

        राजेन्द्र क्षेत्री, प्रधानसेनापति नेपाली सेना

काठमाडौं । गत असोज ३ गते संविधानसभाबाट संविधान जारी गरिएपछि उत्पन्न सङ्कटलाई काबुमा लिन राज्य र राजनीतिक दलहरू असफल भएका छन् । संविधान जारी भएलगत्तै देशको आधा भूभागका बासिन्दाहरू बलिदानीपूर्ण सङ्घर्षमा सामेल भएका छन् । सय दिनअघिदेखि चलेको सङ्घर्षमा करिब पाँच दर्जन नागरिकले ज्यान गुमाइसकेका छन् भने मधेस सङ्घर्षको असर देशव्यापी रूपमा पर्नाले जनजीवन असहज एवम् सङ्कटग्रस्त बन्न पुगेको छ । 

[ News & Events ]
तामाङ समुदायको अस्तित्व संकटमा
-कृष्ण बहादुर तामाङ 
नेपालका मूलबासी तामाङ समुदाय अत्यन्त दुरावस्था तथा अस्तित्व विहिन अवस्थामा छ भन्दा अन्यथा हुने छैन । तामाङ समुदाय मूलबासी मंगोल समुदाय मध्यकै बहुसंख्यकमा भएता पनि किन दयनिय अवस्थामा छन् सोचनिय विषय बनेको
​ ​
छ । तामाङ समुदाय एक समृद्ध संस्कृति बोकेको समुदाय भएता पनि राज्यको सुनियोजित षडयन्त्रका कारण प्रत्येक क्षेत्रमा पछाडी परेका छन् । मूलबासी मंगोल समुदाय मध्यकै गुरुङ, शेर्पा, मगर, राई,
​​
लिम्बु समुदाय प्रत्येक क्षेत्रमा आफ्नो उपस्थिती बनाउन सफल हुँदै गईरहेका छन् भने तामाङ समुदाय आफ्नो अस्तित्व संकटमा परेको देख्दा देख्दै किन मुकदर्शक भएका होलान् ।
​ 
तामाङ समुदाय जीवित समुदाय हो वा मृत समुदाय ? तामाङ समुदाय जीवित समुदाय हो भनौ भने तामाङ समुदायको स्थिति दलित समुदायको भन्दा पनि दयनिय छ । बिगत देखि हाल सम्म नेपालको कुनै पनि क्षेत्रमा तामाङ समुदायले शिर उठाएर गर्व गर्न सकेको छैन ।
[ News & Events ]
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
आदिबासी जनजाती महासंघ र आदिबासी जनजाती संग सम्बन्धित अति बिज्ञ र उच्च स्तरका पढान्ते नेताहरुलाई यो तथ्य र सत्य थाहा हुनु पर्ने हो कि तपाईहरुले धेरै लामो समयदेखि मूलबासी मंगोल समुदायको नाममा ठगेर आफ्नो स्वर्थ सिद्ध गर्दै आईरहनु भएको छ । यो काम यस कारण अति सम्भव र सजिलो पनि भयो कि जनजाती  भनेको हिन्दु समाजको अछुत जाती अथवा अति शुद्र, बाहुनको पैताला हो । त्यस ठग जमातको पछि परलोकबासी बीरेन्द्र र त्यस पछि ज्ञानेन्द्र शाहा मेरुदण्ड बनेर बसेका थिए । आदिबासी जनजाती महासंघ  र आदिबासी जनजाती संग सम्बन्धित बिज्ञ र उच्च शिक्षा हासिल गरेका पढान्ते नेताहरुलाई यो पनि थाहा हुनै पर्छ की जनजाती (फिरिंगे) भनेको आदीबासी पनि होइन ।
सही अर्थमा तिनीहरुको कुनै देश नै हुँदैन; जुन स्थिती १९४८ सम्म यहुदीहरुको थियो । जात/जाती भन्ने शब्द केवल हिन्दूबादमा मात्र लागु हुन्छ । नेपालको  मूलबासीहरु हिन्दू होइनन् । बुद्धिष्ट,
​ ​
मुसलमान,
​ ​
क्रिश्चियन,
​ ​
सिक र जैन पनि हिन्दू नभएकाले जात जाती शब्द प्रयोग गर्नु हुँदैन र कसैले त्यसो गर्छ भने त्यो तिनीहरुको पट मूर्खताको परिचय मात्र हो
​ ​
​ ​
जुन नेपालमा हिन्दू आर्यन आदिवासी बाहुन छेत्रीले संविधानमा नै लेख्ने गरेर सबै अहिन्दूलाई हिन्दुकरण गरेर साम्राज्यबादीहरुको
​​ 
हात माथि पार्ने गर्दै आएका छन् र मूलबासीको पतनको दुष्टतापूर्ण नीती शताब्दीऔ शताब्दीदेखि अपनाउँदै आएका छन् ।
[ News & Events ]
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ । तर वास्तविक इतिहास लुकाइएको छ । यो लेखमा धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि सार्बजानिक गर्ने प्रायस गरेको छु । पृथ्वीनारायण शाह सम्बन्धि केहि लेख यहाँ प्रस्तुत गर्दैछु । वास्तविकता थाहा पाए पछि निश्चित रुपमा पृथ्वीनारायण शाहका अन्ध भक्तहरु मर्माहत हुने छन् । त्यसैले अन्ध भक्तहरुलाई यो लेख पढेर दिमाग खराब नगर्न जानकारी गराउँछु 
सम्बत १७१६ सम्म गोरखा नरेश नरभूपाल शाह माटोले पोतेको आसन (राजगद्दी) मा बस्थे । उक्त आसन उनलाई असाध्यै अप्ठ्यारो लाग्थ्यो । नेपाल (हाल काठमाडौँ, पाटन, भक्तपुर) का राजाहरु चाँदीको आसनमा बस्थे भन्ने उनले सुनेको थिए । उनि पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले ।
शक्तिशाली रजौटा सित बिहे गरि सम्बन्ध बनाउने र कम्जोर रजौटाहरुलाई कज्याउने राजनीति पछ्याउदै सम्पन्न र शक्तिशाली बन्न सिमा बिस्तार गर्ने उद्देस्य लिएर उनले धेरै पल्ट बिहे गरे । तर उनि सफल भएनन् । अन्तमा उनले आफ्नो नीति परिवर्तन गर्ने निश्चय गरे ।
[ News & Events ]
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
नयाँ संबिधानमा राष्ट्रीयताको आधरमा पहिचान सहितको संघियता र संघियता सहितको संबिधान
​ 
(लिम्बुवान, किराँत
​/
खम्बुवान, ताम्सालिङ
​/
तामाङ्सालिङ्, नेवा, तमुवान, मगराँत, थरूहट
​/
थारुवान, कर्णाली
​/
खसान र मधेश प्रदेश
​)
 हुनुपर्दछ भन्ने मूलवासी राष्ट्रब्यापी एकता अभियान​को धारणा रहेको छ ।
मूलवासी राष्ट्रब्यापी एकता अभियान
​ 
नयाँ
​ ​
निर्माण गरिने संवैधानिक दफाहरुको केन्द्र विन्दुमा केन्द्रीत हुनु अघि निम्न हरफहरुप्रति ध्यानकर्षण गर्न चाहन्छ । अब निर्माण गरिने संविधानलाइ पनि गफास्टहरुको गफ, ढुंगालाइ दुध र मान्छेलाई मुत खुवाउने संस्कारको बनाइएको खण्डमा र हेपाहा नीति अपनाउने दुष्टतापुर्ण हेपाहा निती अपनाएर सम्पुर्ण नेपालीको हितार्थ नबनाईएको खण्डमा यो पनि २०४७ (१९९०) को संविधान जस्तै अल्पायुको त हुन्छ नै किन्तु मुलुकमा ज्वालामुखी विष्फोटन भै त्यसको लाभा जताततै पहाड, तराई र मधेशको चेपचापबाट पनि बग्नसक्ने हुनेछ र निर्ममता बोकेको भुकम्प ल्याउने प्रकारको पनि हुनेछ ।
[ News & Events ]
GIVE PEACE A CHANCE
  • Dr. CK Raut
Last week, the video of ISIS burning a Jordanian pilot hit the media outlets, and people around the globe glued to screens to watch it like the most spectacular event on the planet.  The closest Nepal had its own last month was a general strike by the opposition parties, during which protestors torched about a dozen vehicles.
Dr Govinda KC, orthopedic surgeon and philanthropist known for his fast for the autonomy of the government medical institutions, and Sharada Bhusal Jha, the anti-corruption activist fasting on several occasions to stop corruptions in various sectors have been dubbed as the “mad” or “crazy” bunch. Parliamentarians throwing mikes and chairs, on the other hand, have been called “lions” and they have received a heroic welcome in their home districts. My own fast-unto-death, for freedom of expression, which lasted for eleven days, remained mostly unnoticed and unheroic to many. Similarly, Nanda Prasad died after 329 days of fasting without getting justice, whereas those who butchered dozens of innocent people have been walking free.
[ News & Events ]
शान्तिको लागी अन्तिम मौका !

गुलाफी क्रान्तिमा सहभागी हौँ 
  • डा. सीके राउत
केही दिनअघि आईएसआईएसले एकजना जोर्डनी पाइलटलाई जिउँदै जलाएको भिडियोले सञ्चारमा निकै महत्त्व पायो । विश्वभर नै मानिसहरू टेलिभिजनमा यसरी टाँसिए, मानौं यो उपग्रहमै सबभन्दा आश्चर्यको घटना थियो त्यो । नेपालमा त्योसँग मिल्दोजुल्दो खालको घटना प्रतिपक्षी दलहरूले गरेको आमहडताल थियो, जसमा प्रदर्शनकारीले दर्जनजति यातायात साधनमा आगो झोसे।
परोपकार र सरकारी चिकित्सा संस्थाहरूको स्वायत्तताका लागि पटक-पटक अनसनमा बस्ने व्यक्तिका रूपमा परिचित हड्डी विशेषज्ञ डा. गोविन्द केसी र विविध क्षेत्रमा हुने भ्रष्टाचारविरुद्ध अनसनमा बस्दै आएकी भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसाल झालाई 'बौलाहा', 'सन्की' भन्ने गरिन्छ अक्सर । उता माइक र कुर्सी तोड्ने, फ्याँक्ने सभासद्हरूलाई 'सिंह' को विशेषण दिइएको मात्र छैन, आआफ्ना क्षेत्रमा उनीहरूले 'हिरो' को स्वागत पाएका छन् ।
[ News & Events ]
ओझेलमा पर्न सक्दैन तमुवान
  • याम गुरुङ
यस पटक पनि जनताको संविधान नबन्ने हो कि? यसमा तमुवानको सम्बोधन गरिंदैन कि? भन्ने आशंका लाग्नु स्वाभाविकै हो किनभने यहाँ पहिचान विरोधीहरुकै बोलवाला रहेको छ । सत्तापक्षबाट आनाकानी तथा संघीयताको पक्षमा सकारात्मक कुराको प्रसार प्रचार नगरिनु नै मुख्य कारण रहेकोले र हामीमाथि सिधै सौतेलो व्यवहार नगरियोस भन्ने हेतुले खबरदारी स्वरुप शान्तीपुर्ण बन्द, हड्ताल गर्नुपरेको हो भन्ने कुरा लाटा-गाँडाले पनि बुझ्नसक्ने कुरा हो ।
तर यसमा सिधै प्रहरी हस्तक्षेप गरि जनताका मागलाई दवाउने दुष्प्रयास हुन्छ भने त्यसको प्रतिकार गर्नका लागी सम्पुर्ण तमुहरुले जुर्मुराउँनुपर्ने समय आएको छ । कति सहनु दवाव ? कहिलेसम्म खेल्नु धरपकड अनि भागदौड ? कति फुलाउँनु घोक्रो नाराबाजीमा? कति जप्नु जिन्दावाद र मुर्दावादको मन्त्र ? कति तताउनु सडक र मैदान? गैर तमुले गरेको नेतृत्वको पुच्छरमा झुण्डिएर हुईय!!!हुईय गर्दै वैतरणी पार लाउँने सँस्कार हाम्रो कहिल्यै थिएन र हुन पनि सक्दैन ।
हाम्रो आफ्नै परिचयलाई ओझेलमा पार्न खोज्नेहरुको सामु विरोध जनाउने यस्ताखाले पुरानो चलन अब त्याग्नुपर्छ । झर्ला र खाउँला भन्ने आशै आशमा युगौं बित्नेछ तर त्यो चीज कहिल्यै झर्ने छैन । त्यसकारण अब झटारोले हानी खसालेर खानका लागि तम्तयार रहनै पर्छ । कसैले भनेको थियो कि 'वर्षौं देखि अरुका लागि लड्यौं अब आफ्नै लागि लड्ने बेला आएको छ ।' आफू मरेर माटो मुनि कुहिएको शहिद कहलाउँनु भन्दा मारेर शत्रुमाथि विजय हासिल गर्नु नै बहादुरीको स्वाभिमानी परिचय दिनु हो ।
[ News & Events ]
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?

अधिकारको निम्ती लड्न तयार नहुने सवै आदिवासी,
 दलित र मुस्लिमहरूको भाबी सन्तानले यस्तै दु:ख पाउने छ ।
 
नेपालको तराईक्षेत्रका मूलबासी समुदायका थारूहरू  ६० वर्ष अघिसम्म जमिन्दार थिए । अहिले उनीहरु कमैया, कम्लरी बनेका छन् । जुन नीति, रणनीतिले उनीहरु जमिन्दारबाट कमैया–कम्लारी बनाइए त्यो भन्दा कडा नीति पहाडका मूलबासीहरू माथि लागू गरिएको छ ।
हिजो किपट थियो । त्यो षड्यन्त्रपूर्वक ढङ्गबाट खोसियो । राखापाखाहरु आ–आफ्नो समाज र समुदायका थिए ती राखापाखा जमिनहरु पनि सामुदायिक वनको अवधारणाले खोसियो ।
अहिले पहाडका मूलबासीहरूसँग राजनीतिक पहुँच छैन, आर्थिक पहुँच छैन, शैक्षिक पहुँच छैन, चेतनाको पहुँच छैन, सरकारी विद्धालय, अस्पताल, कार्यालयमा पनि कहिकतै पहुँच छैन । रोजगारी छैन, हजारौंले उच्च शिक्षा लिइसकेको अवस्थामा एकाधले उच्चशिक्षा प्राप्त गर्नुलाई ठूलो उपलब्धि मान्नु परेको छ ।
ती उच्च शिक्षा हासिल गरेकाको पनि सरकारी संयन्त्रमा पहुँच नहुँदा कुनै अर्थ छैन । अब ती मूलबासीहरूसँग सिर्फ खुट्टा टेक्ने केही रोपनी जग्गा मात्र छ । तर, अफसोच ती जग्गाको धनीपूर्जा समेत कृषि विकास बैंकमा छ ।
[ News & Events ]
एक खुट्टीले नेपाल उभिँदैन

  • बालकृष्ण माबुहाङ
एमालेका नेता शंकर पोखरेल कुनै जमानामा मेरा नेता थिए । सन् २००६-७ तिरको कुरो हो, अचानक उनको फोन आयो । यो झण्डै एक दशकपछिको फोन सम्पर्क हो । सन् १९९४-९५ मा एमालेसँगको सम्बन्ध–विच्छेदपछि न टेलिफोन, न बोलावट भयो । यसो देखभेटमा हलो–हाई गर्ने बाहेक कुनै सम्बन्ध भएन । त्यसैले उनलाई आश्चर्यका साथ सोधें, ‘के सेवा गरु नेताजी, तपाईंको अपूर्व टेलिफोनको आवाज आयो !’
थाहा भयो, एमाले पार्टीले राज्य पुनःसंरचना समिति गठन गरेको रहेछ, तत्कालीन महासचिव माधवकुमार नेपालको संयोजकत्वमा । त्यसले पार्टी कार्यालयमा एउटा परामर्श बैठक राखेको छ, त्यहाँ विचार, सुझाव, दिन उपस्थित भई दिनुपर्ने उनको निम्तो थियो । उनको निम्तो स्वीकारें । नभन्दै ११ बजे पुगें बल्खु । का. माधवको अध्यक्षतामा परामर्श बैठक सुरु भयो ।
[ News & Events ]
पाँच प्रश्नको छिनोफानो हो संघीयता
  • कृष्ण हाछेथु
अहिले संघीयताको बहस संख्या र नामलाई केन्द्रमा राखेर भइरहेको छ । तर संघीय नेपाल बनाउने कुरालाई राज्यको पुनःसंरचनासँग नजोडी हामी कहीँ पनि पुग्दैनौं । संघहरू बनाउने कुरा राज्य पुनःसंरचनाको केन्द्रीय भाग हो । राज्यको पुनःसंरचना किन चाहियो ? यसमा पाँचवटा प्रश्नको छिनोफानो गर्नु आवश्यक छ ।
पाँच प्रश्न
पहिलो प्रश्न हो असमान सामाजिक धरातलको ।
राज्यशक्ति र संरचनाको वितरण नेपालका विभिन्न सामाजिक समूहबीच असमान रूपमा भएको छ कि छैन ? यसलाई छिनोफानो गरेर मात्रै अगाडि बढ्नुपर्छ । २०१९ सालको मुलुकी ऐनले पनि सबै नागरिक समान छन् भनेको छ । तर, हाम्रो समाजको संरचना उच्च, मध्यम र निम्न जातसँग जोडिएर बनेको छ । यो जातीय सोपानले असमानता देखाउँछ ।
मनव विकास सूचकांक, राज्यसत्तामा भागीदारीको सूचकांक, आर्थिक संचनाको सूचकांक हेर्दा पनि देखिन्छः सामाजिक, आर्थिक तथा राजनीतिक सबैमा असमानता व्याप्त छ । कसको स्थिति औसतभन्दा माथि र कसको चाहिँ तल छ ? हाम्रो सामाजिक संरचना निर्माणको सोपानमा हेर्दा जो सबैभन्दा माथि छ, उसैले राज्यसत्ताको बढी उपभोग गरेको देखिन्छ । यी सूचकांकले राज्यसत्तामा भागीदारदेखि आर्थिक, राजनीतिक, सांस्कृतिक सबै ठाउँमा असमानता रहेको देखिन्छ ।
[ News & Events ]
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "

- पूर्व डीआइजी पार्वती थापा मगर
आजभोलि तपाईं के गर्दै हुनुहुन्छ ?
आजभोलि म उत्पीडनमा परेका आदिवासीहरुका लागि केही गर्न सकिन्छ कि भनेर चिन्तन गरिरहेको छु । उत्पीडनमा परेका समुदायलाई कसरी उत्थान गर्न सकिन्छ ? भनेर विभिन्न कार्यक्रमहरुमा भाग लिने र आफ्नो विचारहरु राख्ने गरिरहेको छु ।
त्यसोभए तपाईं आदिवासी आन्दोलनमा लाग्नु भएको हो ?
हो ।
किन लाग्नु भएको हो ?
किनभने आज आदिवासीहरुलाई कुनै पनि निर्णायक तहमा पुग्नै दिइदैन ।आदिवासीलाई निर्णायक तहमा पुर्‍याइयो र उनीहरुलाई अधिकार दिइयो भने हामीलाई नै खतम पार्न सक्छन् भन्ने सामन्ती विचार बोकेका मान्छेहरु छन्, यहाँ ।
मेरो आफ्नै बारे कुरा गर्नुपर्दा म प्रहरीमा ३० वर्ष जागिर खाएर मैले पाउनुपर्ने आइजीपीको पद नदिएर मलाई फ्याँक्ने काम गर्‍यो रेग्मी (खिलराज रेग्मी) सरकारले । किन त्यसो गरियो ? भन्दा म आदिवासीको छोरी भएकै कारणले त्यसो गरिएको हो ।

[ News & Events ]
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ

'दुईतिहाइबाट संविधान बनाइए मधेसवादीले भारतको भूमिका खोज्छन्'
  • राकेश सूद
प्रधानमन्त्री मोदी छोटो समयमा दोस्रोपटक नेपाल भ्रमणमा जाँदैछन् । यद्यपि योपटकको भ्रमण सार्क शिखर सम्मेलनका लागि हो । तथापि द्वीपक्षीय सम्बन्ध तथा नेपाली नेताहरुसँगको मोदीको भेटवार्ताले सञ्चारमाध्यमको ध्यान आकर्षित गर्नेछ ।
कारण सामान्य छ – मोदीको पहिलो नेपाल भ्रमण भव्यरुपमा सफल भएको थियो र यस्तो सफलता दोहोर्‍याउनु कठीन कार्य हो । दोस्रो, संविधान निर्माणको अन्तिम समयसीमा (जनवरी २२) नजिकिँदै गर्दा नेपालको घरेलु राजनीतिक वातावरणको ध्रुवीकरण बढ्दै गएको छ । यस्तो क्षणमा भारतलाई प्रायः ‘पिस मेकर’का रुपमा निम्त्याइन्छ र पछि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाइन्छ ।

[ News & Events ]
In Nepal, maintaining the momentum

In his second visit to Nepal, Narendra Modi will face a tricky and polarised political environment.
  • RAKESH SOOD
In a few days, Prime Minister Narendra Modi will be in Nepal, his second time in a short span. Though this visit is for the South Asian Association for Regional Cooperation (SAARC) summit, it is the bilateral relationship and meetings with the Nepali leaders that will attract greater media attention. The reason is simple — his first visit was hugely successful which makes it a difficult act to repeat. Second, with the deadline for completing the Constitution-drafting exercise coming closer (January 22, 2015), the domestic political environment is becoming increasingly polarised. At such moments, India is often first invited to play the role of peacemaker and then blamed for interfering in Nepal’s internal affairs.
Mr. Modi’s visit to Nepal in August, early in his tenure, was the first by an Indian Prime Minister after a gap of 17 years. It was a signal that Nepal would get more high-level political attention in Delhi than it had so far. Second, his speech at the Constituent Assembly (CA) was a masterful exercise in touching all the issues that have troubled the India-Nepal relationship over years, and in striking the right notes. He spoke about respecting Nepali sovereignty and reiterated his readiness to revise the contentious 1950 Treaty in line with Nepali wishes, offering encouragement to the Constitution-drafting exercise. He wisely refrained from anything more, while expressing support for a federal, democratic Nepali republic but steering clear of the “secular versus Hindu rashtra” debate, speaking about the cultural and religious ties but without bringing in the Madhesi linkages and promising accelerated cooperation and generous terms for Nepal’s power exports to India. Even though the earlier $250 million line of credit was yet to be exhausted, a generous new line of credit of a billion dollars was announced.

[ News & Events ]
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
  • राम घिसिङ
पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राज्य विस्तारले एक जात, एक भाषा, एक धर्म, एक संस्कृति र एक वर्गको हिन्दू खस केन्द्रीकृत एकात्मक राज्य बनायो । भन्नलाई‘चार जात छत्तीस वर्णको फूलबारी’ भनियो, गर्नलाई दुई जात दुई वर्णको फूलबारी गरियो । कोदोबारी बनाएर कुट्नसम्म कुटियो, पिट्नसम्म पिटियो र समाजमा नचल्ने अछुत समेत बनाइयो । तोरीबारी बनाएर चेप्नसम्म चेपियो, थिच्नसम्म थिचियो र पेल्नसम्म पेलियो ।
एकात्मक राज्यले शोषण, दमन, अन्याय अत्याचार गर्नुसम्म गरेकोले वि.सं. २००७ को वरिपरि संघात्मक शासन व्यवस्थाको कुरा उठे पनि प्रजातन्त्रको खोल ओढेर एकात्मक यथास्थितिवादलाई पक्षपोषण गर्ने नेपाली कांग्रेस पार्टीले राजालाई बढी अधिकार दिएर अर्को राणा बन्न खोज्दा राजाले तह लगाएर ३० वर्षसम्म निरङ्कुश शासन चलाउन सफल भयो ।
वि.सं. २०४६ सालको जनआन्दोलन–१ सफल भएर संविधान बन्दा समेत कांग्रेस एमालेले टालटुले एकात्मक संविधान बनायो । वि.सं. २०४८ सालको चुनावमा कम्युनिस्टहरूले ६० वर्ष पुगेपछि गोली ठोकेर मार्छन् भनेर नेपाली कांग्रेसले एकमना सरकार बनायो
[ News & Events ]
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
  • अमरदीप मोक्तान
वर्तमान नेपाल स्थिर अवस्थामा उभिएको अवस्थामा छ । संविधान निर्माणको अन्तिम घडीमा कांग्रेस एमालेद्वारा प्रदेशको नाम सहित प्रस्तावित गरेको साझा अबधारणाले राष्ट्र पहिचान पक्षधर तथा पहिचान विरोधीबीच दुई भागमा ध्रुवीकृत भएको छ ।
प्रस्तावप्रति एमाओवादी लगाएत आदिवासी तथा मधेसी समेत २२ दलले घोर आपत्ति तथा आदिवासी, जनजाति संघ संस्थाद्वारा मंसिर एक गते देखि देशव्यापी रूपमा जनप्रदर्शन गर्ने घोषणाले माघ आठ मा संविधान जारी हुनेमा प्रश्नचिन्ह उत्पन्न भएको छ ।
विवादित विषयमा सहमति नभएका कारण संवैधानिक राजनैतिक संवाद समितिको अनिश्चित कालीन रूपमा बैठक स्थागित भएको अवस्था छ तर नेताहरू मञ्चबाट माघ आठमा संविधान जारी हुनुमा ढुक्क भए हुन्छ भनी जनता लाई मूर्ख बनाइ रहेका छन् संविधान निर्माणमा विवादित विषय भनी न्यायपालिका, शासकीय स्वरूप, प्रदेशको नामकरण जेसुकै भनिए तापनि मूख्य विवादको विषय प्रदेशको नामकरण नै भएको छ । एमाले कांग्रेसद्वारा प्रस्तावित प्रदेशबाट नव निर्मित लुम्बिनी तथा जनकपुर बाहेकका प्रान्तहरू निरंकुशतन्त्रको समय निर्माण गरिएको पा“च विकास क्षेत्रलाई हुबहु प्रस्तावित गरिएको छ । निरंकुशतन्त्रको समय आविष्कार गरिएको विकास क्षेत्रलाई प्रदेशको रूपमा प्रस्तावित गरेर कांग्रेस एमालेद्वारा परिवर्तनलाई आत्मसात गर्न नसकेको स्पष्ट भएको छ ।
[ News & Events ]
राज्य पुनः संरचना र तामाङसालिङ
  • राम घिसिङ
राज्य पुनः संरचनागर्दा तामाङसालिङ कस्तो बन्छ ? तामाङसालिङ बन्ने आधारहरू केके हुन् ? तामाङसालिङ किन बन्नुपर्छ ? के तामाङसालिङ बन्ने जातीय ऐतिहासिक पृष्ठभूमि छ ? के हालआफ्नो थातथलोमा तामाङ जातिको बाहुल्यता छ ? के मूलवासीले पाउने पहिचान सहित आत्मनिर्णयको अधिकार, जातीय स्वशासन, पूर्ण समानुपातिकनिर्वाचन प्रणाली, अग्राधिकार, बहुभाषिकनीति, समानुपातिकप्रतिनिधित्व, धर्मनिरपेक्षता र मूलवासीको परम्परागत कानुनको मान्यता लगायत अधिकार पाउनु लायक जाति(राष्ट्र) हो तामाङ ? के राजनैतिक विज्ञानको सिद्धान्तले तामाङसालिङको स्थापना सम्भव छ ?
तामाङसालिङको ऐतिहासिकता
१२ औं शताब्दीमा जुम्ला जिल्लामा तामाङ राज्य जड्यानको अन्त्यपछि पूर्वतिर लागेका तामाङहरूले मुस्ताङमा समेत नया“ तामाङ राज्य स्थापना गरेको पाइन्छ । मल्ल र पृथ्वीनारायण शाहको शासनकालअघि पश्चिममा त्रिशुलीदेखि पूर्वमा दुधकोशीसम्म सेमजोङ, गोल्जोङ, तिमाङ आदि क्षेत्रमा तामाङ जातिको गणराज्यहरू भएको इतिहास पाइन्छ । इतिहासकार सीताराम तामाङले लेखेका छन् – ‘मञ्जुश्रीले आफ्ना शिष्य छ्योचोङ नाम गरेका बौद्ध धर्मावलम्बीलाई उपत्यकाको पहिलो राजा बनाएका थिए ।’ जसलाई उल्लेख नगरी नेपालका इतिहासकारहरूले तथ्यलाई तोडमतोड गरेर धर्माकर नामक छद्म नाम उल्लेख गरी भ्रम सिर्जना गरेका छन् ।
[ News & Events ]
आदिवासी जनजातिले जारी गरे घोषणापत्र

  • के छ जनजाति आन्दोलनको घोषणापत्रमा ?

काठमाण्डु, १७ कात्तिक-  वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको नेतृत्वमा आइतबार काठमाण्डुमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको घोषणा गरिएपछि मुलुकमा विभिन्न अड्कलबाजी गर्न थालिएको छ । एकातिर राप्रपा नेपाल, नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कादेखि एमाले नेता मोदनाथ प्रश्रितसम्मले हिन्दु राष्ट्रको माग गरिरहेका, अर्कोतिर वैरागी काइला र सत्यमोहन जोशीलाई समेत सल्लाहकार राखेर धर्मनिरपेक्षता र पहिचानसहितको संघीयताको माग गर्दै जनजाति आन्दोलन सुरु गरिएको सन्दर्भलाई कतिपयले ध्रुवीकरणको समेत संज्ञा दिएका छन् ।
आइतबार घोषणा गरिएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको घोषणापत्रमा के–के छ त ? घोषणापत्रको पूर्णपाठ जस्ताको तस्तै प्रस्तुत गरिएको छ : 
[ News & Events ]
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
  • राजेन्द्र महर्जन

भारतमा बस्दा स्वामी दयानन्द सरस्वतीको आर्य समाजी विचारबाट प्रभावित भए माधवराज जोशी। उनी नेपाल आएर पुरोहित वर्गले अभ्यास गर्ने कर्मकाण्ड र जातपातको विरोधमा उभिए। आर्य समाजी नामक संस्था खोलेर उनले प्रचार गरे, 'ढंुगा, माटो र  धातुले बनेका मूर्ति ईश्वर होइनन्। पशुपतिनाथ ढंुगाको मूर्ति हो, देउता होइन।'

इतिहासकार भुवनलाल प्रधानका अनुसार आर्य समाजीहरूले 'मर्दापर्दा वा अरू बेला पुरोहितलाई दिइने दान, व्रत, पूजालाई पुरोहित वर्गको पेट भर्ने उपायसँगै ब्राह्मणवाद, तन्त्रवाद इत्यादि मानिसलाई अन्धविश्वासमा अल्झाएर शोषण गर्ने तरिका मात्रै हुन्' भन्दै  पुरोहितहरूसँग शास्त्रार्थसमेत गर्न थाले। यस्तो व्यवहारबाट रिसाएका राणाशासक र पुरोहित वर्गले धार्मिक सुधार गर्न खोजेका माधवराज जोशी र आर्य समाजीहरूलाई दमन गर्न बाँकी राखेनन्। आफ्ना आमा, बुबा र छोरा मर्दा नेवार चलनअनुसार शवयात्रा  नचलाएको, फुकीहरूलाई मासु हालेर भोज नखुवाएको, पुरोहितहरूलाई दान नगरेको अभियोगमा माधवराजलाई बडागुरुज्यू प्रयागराज पाण्डेले चन्द्रशमशेरको इजलासमा उपस्थित गराए। त्यहाँ शास्त्रार्थका नाममा उनलाई बडागुरुज्यू र अरू पुरोहितले लौरो, छाता  आदिले बेस्सरी पिटेर रगताम्य पारे। उनको टाउको फुट्यो भने सेतो बरखी लुगा जताततै रगतले रङ्गियो। इजलासमा पिटिएर मान्छे मर्‍यो भने बदनाम हुने डरले चन्द्रशमशेरले पिटाइ बन्द गर्न लगाए अनि माधवराजलाई दुई वर्षको सश्रम कैदको सजाय दिए। कसैलाई देशनिकाला गरे त कसैलाई पशुपतिनाथको टीका लाउनुपर्ने दण्ड दिए।
[ News & Events ]
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
Indigenous Magar peoples in Nepal

-अमरदपि मोक्तान

प्रथम संविधानसभाको मूख्य विवादित विषय पहिचान सहितको संघियता तथा शासकिय स्वरुप दोस्रो संविधान सभामा पनि विवादित विषय बनि अल्झिएर बसेको छ । कांग्रेस, एमाले विभिन्न बहाना बनाउदै यथास्थिति भन्दा रतिभर अगाडि बढ्न नसक्ने ढिपी लिईरहेका छन् भने नेपालमा रहेका सम्पूर्ण जातजाति, भाषाभाषी तथा समुदायमा राज्यको अपनत्व स्थापित गराउन पहिचान अति आवश्यक भएको भनी अहिले सम्म एमाओवादी अडीग भएर अडान लिईरहेको अवस्था देखिन्छ ।

प्रथम संविधान सभाको निर्मम हत्या पश्चात् भएको दोस्रो संविधान सभामा आदिवासी,  दलित, मधेसीको अमूल्य मत प्राप्त गरी ठूलो पार्टीको रुपमा सत्तासीन भए पश्चात् कांग्रेस, एमाले बहुसंख्यक जनताको भावना सँग खेलबाड गर्दै यथास्थिति पक्षमा वकालत तथा पहिचानलाई जातिय आँखाले हेर्ने मनोवृत्तिले गर्दा छद्मवेशी कांग्रेस, एमालेको यथास्थितिवादी चरित्र उजागर  भएको छ । भ्रमपूर्ण घोषणापत्रमा भ्रमित भएर कांग्रेस एमालेलाई आफ्नो बहुमूल्य मत दिएका आदिवासी, दलित, मधेसी आज ठगिएका महसुस गरि रहेका छन् ।

[ News & Events ]
प्रशासनिक संघीयताको खेल
-राजेन्द्र महर्जन
२०६३ सालमा संघीयताको मागलाई सम्बोधन नगरीकन बनाइएकाले अन्तरिम संविधान जल्यो । अन्तरिम संविधान जलाउने धेरै मधेसी थिएनन् । उनीहरूलाई समातेर दण्डित गर्न खोज्दा संघीयताको मागले मधेस विद्रोहलाई जन्मायो । विद्रोहमाथि दमन हुँदा तराईभरि फैलियो, मधेस विद्रोह । त्यसलाई शमन गर्न अन्तरिम संविधानै संशोधन गरी संघीयताको मागलाई सम्बोधन गर्न खोजियो । यसरी संघीयतालाई स्वीकारी सकेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एकसेएक विज्ञ र विचार निर्मातालाई बोलाएर सोधे ः 'आखिर यो संघीयता भनेको के हो ?'
मधेस विद्रोहपछिका आठ वर्षमा कोसीमा थुप्रै पानी बगिसकेको छ, तर पनि नेपालका शासकहरूको मनमस्तिष्कमा कोइरालाकै प्रश्न घुमिरहेको पाइन्छ । यस बीचमा संघीयताका लागि समयको नदीमा धेरै रगत, आँसु र पसिना बगिसकेको छ, तर पनि शासन-प्रशासनमा प्रभुत्व भएका मानिसहरूको दिलदिमागमा सवाल उठिरहेको देखिन्छ ः आखिर किन चाहियो संघीयता भनेको ? संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बोलाएको विचार निर्माताहरूसँगको अन्तरक्रियामा सुन्ने मौका पाइयो ः सामथ्र्य बिनाका अनेक प्रदेशको संघीयताको सट्टा पाँच विकास क्षेत्रको विकेन्द्रीकरण मात्रै भए पुग्दैन ?
[ News & Events ]
संविधान किन बनेन ?

-चारू गजुरेल
शक्तिमा हालिमुहाली गरिरहेका बाहुन समुदायका सीमित नेताहरूको सिन्डिकेट तोड्ने क्षमता कुनै अस्त्रले राख्छ भने त्यो पहिचान र सामर्थ्यको आधारमा गरिने राज्य पुनर्संरचनाले मात्र राख्छ । 
संविधान निर्माण प्रक्रियाका ज्ञाता सबैलाई थाहा भएकै विषय हो कि नेपालको अन्तरिम संविधान २०६४ नयाँ राजनीतिक व्यवस्था सुरुवात गर्ने उद्घोष हो र 'प्वाइन्ट अफ नो रिटर्न' पनि ।
अन्तरिम संविधानका धाराहरू प्रयोग गरेर निर्वाचित गरिएको संविधानसभाले त्यही संविधानमै टेकेर नयाँ संविधान बनाउनुपर्छ । यस अर्थमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशिता, बहुदलीय प्रतिस्पर्धा, अभिव्यक्ति स्वतन्त्रताजस्ता मूल मान्यताहरूबाट पछि हट्ने वा पुनर्विचार गर्ने छुट संविधानसभालाई छैन ।
साथै यो दोस्रो संविधानसभाले पहिलो संविधानसभाले फस्र्योट गरेका ९० प्रतिशत कामको स्वामित्व पनि ग्रहण गरिसकेको छ । यस अर्थमा संविधानसभा २ संविधानसभा १ कै निरन्तरता हो ।
पहिलो संविधानसभाको बाँकी १० प्रतिशत मतभेदका मुख्य तीन बुँदा छन्, संघीयताको प्रारूप, शासकीय स्वरूप र निर्वाचन प्रणाली । यस बाहेक संविधानको मस्यौदाको क्रममा राजनीतिक खिचातानीले ओझेल परेका विषयको निम्ति जनस्तरमा आवाज उठ्ने क्रम पनि चलिनै रहेका छन् । यद्यपि राजनीतिक दलहरूबीच विवादका मूल बुँदा भने यी तीन नै हुन्, जसको केन्द्रबिन्दुमा संघीयता छ ।
[ News & Events ]
अलमलमा संघीयतावादी


संघीय प्रदेशहरूको नाम र साँधसिमानाको सहमति हुन नसक्दा पहिलो संविधानसभा विघटन भयो। दोस्रो संविधानसभा आजसम्म पनि यो विषयमा मौन छ। पहिला सहमति गरिसकेकै भरमा मात्र संविधान बन्दैन। सहमति हुन नसकेको संघीयता र प्रान्तहरूको नाम तथा साँधसिमानाको सबालमा सहमतिमा पुग्नु आजका लागि पनि प्रधान विषय हो नत्र यो अन्तिम मौका हुनेछ।
संघीयता नै अस्वीकार गर्ने र कनीकनी स्वीकार गर्नेहरूको जमात एउटा छ। पहिचानसहितको संघीयताका लागि आन्दोलन गरेका, पर्दा बलिदान दिएका र संविधानसभामा प्रतिनिधित्व भएका दलहरूसँगै, आदिवासी जनजाति महासंघ र सरकारमा पुगेकाहरूबीच पनि संघीयताको स्वरूपलाई लिएर चर्को मतभेद छ।
आफ्नो ठीक अरू सब बेठीक भन्‍ने मान्यताबाट ग्रस्त छन् उनीहरू । एकथरी सनकमा भन्छन्- पूरै तराई एवं मधेस एक प्रदेश। झापा, मोरङ, सुनसरीसमेतको लिम्बुवान तर धिमाल, गनागाई, सतार, कोचे, मेचे, राजवंशी, थारूहरू मान्‍न तयार छैनन् त्यसलाई। गोरखा, धादिङसमेतको मगरात गुरुङका लागिछैन त्यो।
[ News & Events ]
The Right Eyes Sees the White Lies

The Nepali state is proud to claim that Buddha is born in Nepal while the cultural Buddhists are eager to integrate Buddhahood in their personal as well as cultural lives. One wants to commodify the Buddha as a mascot of peace while the other lives his cultural heritage in psychological despair, more so within a Secular state than a Hindu kingdom.


Eclipsing the Buddhists by Highlighting the Buddha

Buddhists are constantly navigating their lives within a chaotic Secular state with overtones of right wing tendencies. Today, a Tibetan born Buddhist, singing nun in Nepal is glorified for child outreach; yesterday, a foreign born Buddhist, Noble Laureate, Aung San Suu Kyi was invited to inspire Nepalese in the land of the Buddha; day before yesterday, Lumbini Development National Directive Committee headed by Pushpa Kamal Dahal was mired in psychopathic absurdity trying to convince a foreign born General Secretary, Ban Ki-moon, the importance of his Lumbini visit, connecting the Buddha, Lumbini and peace by sweeping the Buddhists under the red carpet. How and where do such well intent purposes perform such undesirable political/social polemics resulting in negative ill-intent misconstruction of Buddhahood, diminishing the Buddhists in the land of the Buddha?.

[ News & Events ]
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन

नेपालका प्रमुख राजनैतिक दलहरु विच दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भए लगतै भएका   चार बुँदे सहमती कार्यान्वयन गराउन पुनः चार वुँदे सहमती भएको छ । सहमती पश्चात प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले जेठ १६ गते वाट बाह्र दिन सम्म अवरुद्ध सदन सुचारु भएको भनी अभीव्यक्ती दिएका छन । सत्तारुड दल तथा प्रतिपक्ष विच भएको चार वुँदे सहमतिले एक वर्ष भित्र संविधान निर्माण हुने हो वा होइन? तर संविधान निर्माणको बाटो खुल्ला भएको छ ।

सरकारमा सहभागी कांग्रेस, एमाले तथा प्रतिपक्ष एमाओवादी बीच भएको सहमती अनुसार एमाओवादी, कांग्रेस, एमाले सहितका उच्चस्तरिय समीतिको सट्टा राजनीतिक समिति गठन गर्ने तथा उक्त समितिमा कांग्रेस, एमाले, माओवादीका दुई-दुई जना प्रतिनिधी तथा मधेसवादी दलको तर्फबाट एक जना प्रतिनिधी सहभागी गराइने छ । सत्य निरुपण मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन गर्नका लागी तत्कालै सिफारिस गर्ने, दोस्रो संविधान सभा चुनावमा धाँधली भएको भनी विपक्षी दलद्वारा लगाइएको आरोपवारे सात सदस्यीय छानविन समीती गठन गर्ने तथा वर्तमान अर्थमन्त्री रामशरण महतद्वारा आफ्ना कार्यकर्ता पोषण गर्न रकमान्तर वजेट ल्याएको भनी विपक्षी दलको आरोपको निराकरण गर्न र रकमान्तर वजेटको दुरुपयोग हुन नदिन प्रत्येक जिल्लामा अनुगमन  समीती गठन गर्ने सहमति भएको छ ।

[ News & Events ]
आवश्यकता पहिचानसहितको संघीयता

पहिचानसहितको संघीयता नभए गृहयुद्ध

पहिचानसहितको संघीयता अर्थात् जातीय मुक्ति, समानता र स्वतन्त्रताको कुरालाई जबर्जस्ती र गणितीय आधारमा पेलियो भने द्वन्द्वको कारण, असमानताको कारण, विभेदको कारण उस्तै रहनेछ र संविधान निर्माण गरेको भोलिपल्टदेखि नै अर्काे र योभन्दा पनि चर्काे द्वन्द्व मुलुकले भोग्नुपर्ने स्थिति जन्मन सक्छ । यो स्थिति निम्तिन नदिन समय छँदै सबैले ध्यान दिएर पहिचानसहितको संघीयताको दार्शनिक र व्यावहारिक दुवै पक्षलाई सम्बोधन गर्नुपर्छ ।
संविधानसभामा मुलुकको पुनःसंरचनासम्बन्धी छलफल सुरु भएको छ । छलफलमा दलहरूले आफ्नै पुराना अडानहरू प्रस्तुत गरेकोले राज्यको पुनःसंरचना र संघीयताको प्रश्न अरू जटिल बन्दै गएको देखिन्छ । पहिलो संविधानसभा यही पहिचानसहितको संघीयताको प्रश्नले गर्दा नै विघटन भएको थियो । अहिले पनि दलहरूले पहिचानसहितको संघीयताको बारेमा लिइएको अडान तथा यसको विरोध यथावत् देखिन्छ । सत्तापक्ष पहिचानसहितको संघीयता पक्षलाई पेलेरै र प्रक्रियाको नाममा पहिचानविनाको संघीयताको पक्षमा देखिएकाले अर्को विवाद र द्वन्द्वको स्थिति पैदा हुन सक्ने खतरा समेत देखिएको छ । यो विभिन्न रूपमा अभिव्यक्तसमेत हुन थालेको छ ।

[ News & Events ]
कष्टमय जीवनले स्पात बनाएको छ

— जीवनसङ्गीनीलाई  पत्र —
प्रिय तक्मा
सप्रेम असिम सम्झना ।
अस्ति फोनमा कुराकानी भएपछि खुसी र दुःख दुवैलाग्यो । खुसी यस निम्ति कि लामो समयपछि फोनका माध्यमबाट कुराकानी भयो र भेटघाटको अभवलाई बिर्साइदियो । साथै दुःख भनूँ वा चिन्ता किन लाग्यो भने तिमीले तिम्रो स्वास्थ्य (मुटु) सम्बन्धी समस्या केही बढेकाले जचाउन जाँदैछु भन्यौ । तिमी आफैँ स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएकी र एउटी शिक्षित तथा सचेत नारीसमेत भएकीले मैले यस सम्बन्धमा कुनै चिन्ता लिनु हुँदैन भनेर आफूलाई आश्वस्त पार्न खोजेपनि पीडा त हुनेरहेछ नै । तर
तीमि दृढ र उँचो मनोबल भएकी सङ्कल्पशील नारी हौ भन्ने कुरामा म पूर्णतः ढुक्क छु । तिम्रो प्रियजनहरूका बीचमा तिम्रो छवि पनि त्यस्तै नै बनेकोछ । झन्डै एक दशक पुग्न लागेको हाम्रो दाम्पत्य जीवनको व्यावहारिक अनुभवबाट समेत मैले त्यही कुरा पुष्टि भइरहेको पाउँदछु । त्यसैले तिम्रो स्वास्थ्य सम्बन्धमा र अन्य समस्याहरूका सन्दर्भमा उपदेशमूलक कुराहरू लेखिरहनुपर्ने आवश्यकता तिम्रा निम्ति छैन । तै पनि मलाई भन्नै मन लागेको कुरा केहो भने हामीले आफूलाई शारीरिक रूपले स्वस्थ राख्न मानसिक रूपले पनि स्वस्थ राख्ने कोसिस गर्नै पर्दछ । मलाई आशा मात्र होइन पूर्ण विश्वास छ । तिमीले दैनिक जीवनका सामान्य समस्या र चिन्ताबाट सधैँ मुक्त राख्ने छौ र सदैव सिङ्गो जीवन र सफल जीवन बाँच्ने सङ्कल्पलाई एकमात्र उद्देश्य बनाउनेछौँ तिमीले नर्सिङ क्षेत्रको रूपमा समाज सेवाकै बाटो रोज्यौ भने मैले कला र संस्कृतिको क्षेत्रको रूपमा समाज र राष्ट्रकै सेवाको बाटो रोजेको हुँ ।
[ News & Events ]
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
एसएसपी रमेश खरेलले शनिवार एक कार्यक्रममा एआइजी बढुवामा चलखेल भएको तथा एआइजी बढुवामा पर्नका लागि सम्बन्धित प्रहरी अधिकृतहरु व्रिफकेस बोकेर शक्ति केन्द्र धाउने गरेको खुलासा गरेका थिए । इमान्दार कर्तव्य निष्ठ प्रहरी अधिकृत वर्तमान समयको आवश्यकता भएको भनी कार्यक्रममा उपस्थित परराष्ट्र मन्त्रीलाई ध्यानाकर्षण गराउनु भयो । सत्य हमेशा कटु हुन्छ भने जस्तै रमेश खरेलद्वारा बोलिएका सत्य वचन मर्यादा विपरितको आचरण भएको ठहर गरि प्रहरी प्रधान कार्यलयले डिआइजी विज्ञान राज शर्माको संयोजकत्वमा छानविन समिति गठन गर्‍यो  । छानविन समितिले काम शुरु नगर्दै तथा रमेश खरेलले दिएको अभिव्यक्ति मर्यादा विपरितको आचरण भएको प्रमाणित नहुदै रमेश खरेलको सरुवा भएको छ तर निर्वाचन आयोगले उपनिर्वाचनका लागि आचार संहिता लागू भइसकेकोले सरुवाको अनुमति अस्विकार गरेको कारण केही समयका लागि रमेश खरेल काठमाडौं प्रहरी प्रमुखका रुपमा रहने छन् ।
रमेश खरेलको सरुवाको चर्चा चलिरहँदा काठमाडौं प्रहरी प्रमुखका लागि योगेश्वर रोमखामी मगर, सर्वेन्द्र खनाल तथा उत्तम कार्कीको चर्चा संचार माध्यममा सुनियो । गृहमन्त्री वामदेव गौतमको दृष्टिमा तिन प्रतिस्पर्धी मध्ये उत्तम कार्की अव्वल ठहरिए तथा काठमाडौं प्रहरी प्रमुखमा सरुवाका लागि चयन भएका छन् । 
[ News & Events ]
शासक दलों की बदनीयती का पर्दाफाश
संविधान से पहले स्थानीय निकाय का चुनाव: ‘जनमत संग्रह द्वारा संघीयता न देने की साजिश’

-रामाशीष

नेपाल में  नया संविधान बनाने के लिए धांधली-रहित (?) चुनाव सम्पन्न हो चुका है। नेपाली कांग्रेस सभापति सुशील कोइराला के नेतृत्व में कांग्रेस और नेपाल कम्युनिस्ट पार्टी (एमाले) की मिलीजुली सरकार बन चुकी है। सरकार के काम करते लगभग दो महीने हो गए हैं। फिर भी, सरकार में शामिल दोनों ही पार्टियां, संविधान बनाने की जगह, स्थानीय निकायों के चुनाव कराने की धौंस-पट्टी दे रही हैं। यह दोनों ही पार्टियां एक सांस में एक साल के अन्दर ही संविधान बना लेने का दाबा कर रही हैं। तो दूसरी सांस में, उससे पहले ही स्थानीय निकायों के चुनाव कराकर, देश भर के 3915 गांव विकास समितियों (पंचायतों) और 99 नगरपालिकाओं पर कब्जा जमा लेने की दाव में। ताकि, देश भर के गांवों से लेकर शहरी क्षेत्रों तक के लिए आबंटित विकास बजट-राशि को अपने हाथों में लिया जा सके। और, इसी के सहारे गांव-शहरों पर अपनी पार्टी का दबदबा बनाए रखते हुए अपने कार्यकर्ताओं का पालन-पोषण होता रहे। 


मालूम हो कि सीमापार भारतीय प्रान्तों के गांवों में स्थानीय निकायों (गांव पंचायतों) के चुनाव, पार्टीगत रूप में नहीं होते। इसलिए, भारतीय गांव पंचायतों एवं नगरपालिकाओं के चुनावों के सम्पन्न हो जाने के बाद भी समाज में आपसी सद्भाव पर कोई असर नहीं होता। जबकि, नेपाल में यह चुनाव पार्टीगत रूप धारण कर लेता है और संलग्न पार्टियों के बीच अपने उम्मीदवारों को जीताने होड़बाजी होती है। फलस्वरूप, चुनाव सम्पन्न हो जाने के बाद भी शान्तिपूर्ण गांवों में भी आपसी वैमनस्य कायम रहता है। 

[ News & Events ]
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
दोस्रो संविधान सभाको निर्वाचन भएको तिन महिना वितिसक्दा समेत संविधान सभाले पूर्णता नपाउनु काँही प्रथम संविधान सभा जस्तै हुने हो की भन्नेमा नेपाली जनता संकित भएका छन् ।
वर्तमान नेपालको अवस्था अस्थिर अवस्थामा छ न यता न उता । नयाँ नेपालको निर्माणका लागि जनचाहना बमोजिमको संविधान निर्माण कार्यलाई द्रुतता दिनु पर्ने हो तर किन हो जून जोगी आए पनि कानै चिरेको भने जस्तै वर्तमान सरकार आफ्नो मात्रै धूनी जगाउने कार्यमा लिप्त देखीएको छ ।
राष्ट्रलाई हमेशा यस्तै प्रकारले अस्थिर अवस्थामा राख्दा राष्ट्रनै धरापमा पर्ने गम्भीर खतराबाट मुक्त भएको ठान्नु भयंकर भूल हो । नेपाल तथा नेपाली जनताको दूर्भाग्य नै भन्नु पर्छ नेपाली राजनिति देखी सर्वव्यापी रुपमा नर्सरीका फूलहरु शोभायमान भएको कारण राष्ट्रमा कुनै परिवर्तन नदेखिएको हो । 
[ News & Events ]
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
सदभावना साहूकारद्वारा आयोजित श्रद्धांजलि सभा
या गजेन्द्र बाबू के नाम पर 'खुद का अभिनन्दन
-रामाशीष
24 जनवरी 2002 को, नेपाल में नवनियुक्त भारतीय राजदूत डा. आइ. पी. सिंह, अर्थात नेपाल में जाना सुना नाम डा. इन्दुप्रकाश सिंह जी का पहला प्रेस भेंट कार्यक्रम था। मैं आकाशवाणी के नेपाल सिथत प्रतिनिधि रामसागर शुक्ल के साथ रिपोर्टर्स क्लब पहुंचा था। वहीं पता चला कि गजेन्द्र बाबू अब नहीं रहे। राजदूत डा. सिंह ने भरे गले से कहा 'हमने आज न केवल एक हितचिन्तक खोया है अपितु आज नेपाल-भारत मैत्री का एक बहुत बड़ा स्तंभ धराशायी हो गया है। आज भारत के एक बहुत ही बड़े हितचिन्तक का अन्त हो गया है, एक महान त्यागी चिन्तक का अन्त हो चुका है।  यह अपूरणीय क्षति है न केवल नेपाल के लिए अपितु भारत के लिए भी।

[ News & Events ]
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र

देब नारयण खरेल

गायत्री मन्त्र हिन्दू आर्यन बाहुन/छेत्रीको मुख्य जादू र मन्त्र हो ।

१९९२ ताका सिकिमका तागाधारीहरुले अत्यन्त गोप्यरुपमा प्रकाशन गरि अतिगोप्य तरिकाले तागाधारीहरुमाझ मात्र यो गायत्री मन्त्र बितरण गर्ने काम भएको थियो अपितु नेपालका तागाधारीहरुमा पनि बितरण गर्ने काम भएको थियो; जुन यस प्रकारको छ । ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्यः धीमहि धियो यो नः प्रचोदयात् ययुर्बेद ३३ ! २ 


हामी हिन्दु तागाधारी बाहुन छेत्रीहरुले आफ्नो हित, भलाई र सुरक्षाको लागि एक हुनु पर्ने एबं चिन्तन गर्नुपर्ने दिन आएको छ । बिसेष गरेर सिकिम र नेपालको राजनीतिक छेत्रमा कतिपय अति आवस्यक कदम उठाउनु पर्ने महसुस भएकोले यो साँचो पर्चा गायत्री मन्त्रबाट सबैलाई जानकारी र आफ्नो अधिकारप्रति सतर्क गराउने उद्देस्यले हाम्रो तागाधारी सुरक्षा समाजको तर्फबाट यो पर्चा प्रकाशित गरी बितरण गर्ने जमर्को गरेका छौ । तागाधारी समाजको उद्देस्य र कार्यक्रमको जानकारी पहिलानै गायत्री मन्त्र १ र २ मा दिएकाछौ । यो पर्चा केवल तागाधारी बर्गमा मात्र बितरण एबं प्रचार प्रसार गर्नुपर्ने र अरु जातिमा पूर्ण रुपले गोपनीय राख्नु पर्ने हुनाले यो पर्चा हाम्रो जातिको सुरक्षा मन्त्र हो ! 

[ News & Events ]
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन

हलिउडको नायक बन्ने सपना असफल भएता पनि शुशिल कोइराला गणतन्त्र नेपालका ५ औँ प्रधानमन्त्री बन्न सफल भएका छन् । हास्यास्पद कुरा के छ भने शुशिल कोइराला हलिउडको नायक बन्ने सपना किन र कुन आधारमा गरे त्यो वहाँको नितान्त निजी विषय हो तर आश्चर्य लाग्दो के छ भने शुशिल कोइरालामा न त हलिउड नायक जस्तो डाइलग (संवाद) बोल्न सक्ने शैली विद्यमान छ (शुशिलमा जनतालाई रोमान्चीत तथा मोहित गर्ने शैली विलकुलै छैन) जानकारी अनुसार जिव्रोमा क्यान्सर हुनु अगाडी देखि नै शुशील कोइरालाको वोलीमा प्रस्टता थिएन ।

जे होस हलिउडको नायक बन्ने मूँगेरी लालको सपना त पूरा हुन सकेन संकटग्रस्त नेपालको उही घिसा पिटा पुरानो अनुहार शुशिल कोइराला लगभग ७३.५ मत प्राप्त गरेर नेपालका गरिमामय प्रधानमन्त्रि पद प्राप्त गर्न सफल भएका छन् । स्मरण रहोस शुशिल कोइरालाद्वारा प्रकट नगरिएता पनि नेपालको प्रधानमन्त्रि पद प्राप्त गर्न  प्रति अर्जुन दृष्टी चाँही राखेका थिए । शुशिल कोइरालाले संक्रमणकालिन नेपालको काँडा नै काँडाले भरिएको प्रधानमन्त्रिको मुकुट त प्राप्त गरेका छन् तर राष्ट्रलाई सहि पथमा डोर्‍याउँदै नेपाली जनाताको हृदयमा विजय प्राप्त गर्न सफल हुने हुन की हलिउड नायक वन्न असफल भए जस्तै प्रथम राउन्डमा नकआउट हुने हुन हेर्न बाँकी छ ।

[ News & Events ]
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
नेपाल आफ्नो  भाग्यको दोधारमा उभ्भिएको छ । एकातर्फ मुलवासीहरू संविधानमा आफ्नो गुमिएको पहिचान स्थापित गर्न कटिवद्ध छन् भने दोस्रो तर्फ मुलवासीको पहिचान समाप्त पार्ने वर्ग समुदायद्वारा कुनैपनि हालतमा पहिचान स्थापित नहुन दिन दृढ भएर गोलवद्ध भएका छन् । 
[ News & Events ]
'पहिचान'ले हारेकै हो ?
-अभय श्रेष्ठ
प्रचार गरिएजस्तो पहिचानयुक्त संघीयताको माग जातीय राज्यको माग कदापि थिएन । बरु यो कायम रहेको खस जातीय राज्यको अन्त्य र सबै जाति, भाषा, संस्कृति अनि समुदायको सहअस्तित्वमा आधारित समतामूलक राज्यको माग थियो ।
दोस्रो संविधान सभा चुनावमा एनेकपा (माओवादी), संघीय समाजवादी, मधेसी दललगायत पहिचान पक्षधर पार्टीहरूको हारलाई कतिले पहिचानयुक्त संघीयताको त कतिले संघीयताकै हार भएको व्याख्या गर्दैछन् । काठमाडौँ-१० मा 'संघीयता मुर्दावाद' प्रवृत्तिका नारा घन्कन थालेका छन् । सत्य त्यही हो त? होइन । पहिचानयुक्त संघीयताको गलत प्रचारशैलीको, एमाओवादी अहंकारको र मधेसवादी दलको असीम सत्ताप्रेमको मात्र हार भएको हो ।
पहिचानको गौरव
मेरो गाउँ भक्तपुरको गुन्डुस्थित वडा नं ८ को एउटा टोलको नाम छ- मगरगाउँ । त्यहाँका मूल बासिन्दा मगर हुन् तर बाहुन, नेवार, क्षत्री, कामी पनि छन् । सबै मिलेर एउटै गुठीमा बसेका छन् । मगरगाउँप्रति कसैको आपत्ति छैन । त्यस्तै वडा नं ४ मा छ- ज्यापूगाउँ । त्यहाँ ज्यापू नेवारबाहेक बस्नेत क्षत्रीहरू पनि उत्तिकै मिलेर बसेका छन् । वडा नं ५ कार्कीहरूको बस्ती भएकाले कार्कीगाउँ भनेर चिनिन्छ । त्यहाँ बिष्ट, मगर र बाहुनसमेत अटेका छन् । वडा नं ५ कै पश्चिमको एक कुनो दलित सार्कीहरूको बस्ती भएकाले सार्कीगाउँ भनेर चिनिन्छ । त्यहाँ कार्कीहरू पनि मजासँग अटेका छन् । जहाँ जुन जातिको बाहुल्य छ, त्यही जातिको नामले त्यो ठाउँ चिनिनु सामान्य चलन हो । नेपालमा पनि हुन लागेको पहिचानयुक्त संघीयताका अभ्यास ठ्याक्कै यही हो । जाबो राज्यको नाम सहिदिएको भए एमाले चोइटिनै पर्दैनथ्यो ।
[ News & Events ]
मडारीरहेको छ महायुद्धको प्रतिछाँया

-जोस्का फिसर  

यो वर्ष पहिलो विश्वयुद्ध सुरु भएको सय वर्ष पुग्छ । एक शताब्दी पुरानो युरोपेली महाविध्वंशले आज हामीलाई के शिक्षा दिन्छ भनेर मनन गर्ने यो उपयुक्त अवसर हो।


वास्तवमा अन्तर्राष्ट्रिय सम्बन्ध र राज्यहरूको विश्व प्रणालीमा यस महायुद्धका परिणामहरू अझै पनि देखा परिरहेकै छन् । सन् १९१४ मा भएको सरकार, संस्थाहरू र अन्तर्राष्ट्रिय कूटनीतिको नीतिगत विफलताबाट हामीले के सिकेका छौँ त?


उत्तरी गोलार्धको ठूलो भागले पहिलो विश्वयुद्धपछि विशाल युरोपेली साम्राज्यहरू हब्सबर्ग, रुसी र अट्टोमनको विघटनको परिणाम अहिले पनि भोगिरहेको छ भने त्यही युद्धबाट बेलायती साम्राज्यको पतन पनि सुरु भएको थियो । त्यही कारणले एक पुस्तापछिको युद्धको अझ बढी रक्तरञ्जित संस्करणको पनि बीजारोपण भएको थियो । त्यसै युद्धका कारण विखण्डित भूभागहरू बाल्कन र मध्यपूर्व क्षेत्र अहिलेका क्षेत्रीय तथा विश्व शान्तिका लागि सबैभन्दा गम्भीर खतराका रूपमा रहनु पनि यसैको परिणाम हो ।

  • बुधबार २२ माघ, २०७०
  • जोस्का फिसर

- See more at: http://www.nagariknews.com/opinion/story/13264#sthash.s7eaiXYe.dpuf

[ News & Events ]
क्यामिला र शिक्षामा लोकतन्त्र
-राजेन्द्र महर्जन
राजनीतिक परिवर्तनको हतियार हुँदै आएका विद्यार्थी संगठनहरु अझै राजनीतिक दलका लाठी हुने मनस्थितिबाट माथि उठेका छैनन् ।
उनी माइकमा बोल्दा मानिसहरू अत्यन्त खुसी हुन्छन्, मानौं उनी नै विद्यार्थीहरूका आशा र विश्वासका प्रतीक हुन् । २५ वर्षीया विद्यार्थी नेतृ क्यामिलासँग श्रोताहरू गज्जबसँग घुलमिल हुन्छन्, मानौं उनी नै आन्दोलनको दीयो हो । चिलीका लाखौं विद्यार्थीका आशा र विश्वासलाई आचरणबाट अभिव्यक्त गर्नसकेकै कारण क्यामिला राजनीतिक नेतृका रूपमा स्थापित भएकी छन् । विद्यार्थी मुद्दामा आधारित आन्दोलनलाई नेतृत्व दिएकी क्यामिला भालेजो सभासद्मा निर्वाचित भएकी छन्, चिली कम्युनिस्ट पार्टीबाट । उनी हिजोसम्म चिलीको मुद्दामा आधारित जुझारु विद्यार्थी आन्दोलनको सार्वजनिक अनुहार थिइन् । आज सात मध्य-वामदलको मोर्चार्बाट राष्ट्रपति पदमा निवाचित समाजवादी नेतृ मिचेल बेचलेटसँगै उभिने वामपन्थी राजनीतिक मुहार भएकी छन् ।
मुद्दामा आधारित आन्दोलन
क्यामिला जुझारु विद्यार्थी नेतृबाट वामपन्थी राजनीतिक नेतृमा रूपान्तरण हुनुको नेपथ्यमा लाखौं विद्यार्थीको मुद्दामा आधारित आन्दोलन छ । त्यसले शिक्षाको व्यापक व्यापारीकरण विरुद्ध प्रतिरोध गरिरहेको छ । त्यस आन्दोलनका माग थिए: माध्यमिक र उच्चशिक्षाको अति निजीकरणका कारण विद्यार्थीहरूको समान पहुँच नहुनु र पहुँचका लागि धेरैजसो विद्यार्थी ऋण लिएर भए पनि पढ्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य ।
[ News & Events ]
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?


-प्रा. महेन्द्र लावती
२०७० को निर्वाचन नतिजासम्बन्धी धेरै कुराहरू चर्चामा आए, तर नेपाली राजनीतिलाई दूरगामी असर पार्ने एउटा महत्त्वपूर्ण सवालको छलफल भएको छैन । ठूला दलहरूको खस्केको मत आधारबारे मिडिया र समाजमा खासै चर्चा पाइएको छैन । राजनीतिक दलहरूले विगत अढाई दशकमा भएका पाँच आमचुनावमा पाएका मत प्रतिशतहरू अध्ययन गर्ने हो भने उक्त प्रवृत्ति प्रस्ट हुन्छ ।
तीन संसदीय चुनावहरू (२०४८, ०५१, ०५६) र संविधानसभाका दुई चुनावलाई (२०६४, ०७०) दाँजेर हेर्ने हो भने नेपालमा दलीय प्रणालीको दिशा कतातिर गइरहेको छ भनेर संकेत पाइन्छ । एउटै चुनावको नतिजाको आधारमा दलीय प्रणालीको बारेमा निष्कर्ष निकाल्नुभन्दा पाँच चुनावहरूले देखाएको प्रवृत्ति भरपर्दा हुन्छन् । बेग्लाबेग्लै नियम, सन्दर्भ र प्रयोजनका लागि भएका संसदीय तीन चुनाव र संविधानसभाका लागि भएका दुई चुनावहरूलाई दुई खण्डमा विभाजन गरी दाँजेर हेरेमा दलीय प्रवृत्तिको रूपान्तरणका विशेष संकेतहरू ठम्याउन थप सहज हुन्छ ।
२०६४ को दाँजोमा राम्रो नतिजा हासिल गर्न सफल भएका नेपाली कांग्रेस र नेकपा एमालेले यसपालि पनि २०४८, ०५१ र ०५६ को भन्दा मत प्रतिशत कम ल्याए । तथ्यांकले नेपाल संसदीय चुनावमा देखापरेको लगभग दुई दलीय प्रणालीबाट संविधानसभाको चुनावहरूबाट बहुदलीय प्रणालीतर्फ रूपान्तरण भइरहेको इंगित गर्छ । संसदीय चुनावहरूमा प्रायःजसो दुई ठूला दलहरू हावी भएका थिए भने संविधानसभाको दुई निर्वाचनले तीनवटा ठूला दलहरू -दलहरूले पाएका न्युनतम १५ प्रतिशत मतलाई आधार मान्दा) स्थापित गराइदिएको छ । 

[ News & Events ]
सिरिया संक्रमणको निदान

-अन्ने मारिए स्लाउटर
सिरियाको गृहयुद्ध दुर्भाग्यवश गम्भीर रूपले जटिल समस्या भएको छ । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा दलहरू जेनेभामा दोस्रो चरणको वार्ताका लागि तयार हुँदै गर्दा सरकारले एलेप्पो र अन्य सहरमा भीषण व्यारल बम आक्रमण गरेको छ, 'स्वतन्त्र सिरियाली सैनिक' लगायत नरमपन्थी मुस्लिम लडाकु समूहहरू अलकायदाका सहयोगीविरुद्ध खुलमखुल्ला युद्धमा छन् र अलकायदासँग सम्बन्धित समूहहरू आफैंबीच लडिरहेका छन् ।
यसबीच युद्धका अरु परिणाम झनै बिगि्रएका छन् । युद्धले त्यस क्षेत्रमा अस्थिरतालाई चरम बनाएको छ, युरोप र अमेरिकाका नागरिक जेहाद छेड्न सिरियामा ओइरिरहेका छन्, अनि पहिलो विश्वयुद्धपछिको सीमामा मध्यपूर्व पूर्ववत आउन लागेको छ भन्नेमा जनमत बढ्दो छ ।
इरान, साउदी अरब, कतार, रसिया, अमेरिका, फ्रान्स र थुप्रै निजी दाता लगायतका बाहिरी प्रयोजकहरूको सहयोगमा सञ्चालित धेरै हतियारधारी समूहबाट बहुजातीय राज्य सिरियाको अस्तित्व साँच्चै  संकटमा परेको छ । यी हतियारधारीलाई सघाउने बाहिरियाहरूको सिरियामा परस्पर बाझिने स्वार्थहरू छन् । तेस्रो शान्ति वार्ताको आयोजना गर्ने कसैको इच्छालाई बढाउनेभन्दा जेनेभाको दोस्रो शान्ति वार्तामा सहभागी दलहरू बीचको समीकरणलाई सरल पार्ने तथा उनीहरू सहमत हुने सम्भावनालाई भरिसक्य बढाउने तीन उपायहरू यस आलेखमा छन् ।

[ News & Events ]
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
२०६६ को कात्तिकतिर घर बिदामा आउँदा कुबेतमा कार्यरत डुमरवाना, बाराका केदारनाथ खरेलले त्यहाँ प्रकाशित मासिक पत्रिका 'मरुभूमिको कोसेली'का पुराना अंकहरू ल्याइदिएका थिए । कुबेत घरेलु कामदारका लागि निकै चर्चित देश हो ।
घरेलु कामदारको रूपमा गएकी सिन्धुपाल्चोककी कानी शेर्पालाई हत्या गरी जमिनमा पुरिदिएको घटना सिंहदरबारमा सेलाउन नपाउँदै त्यही जिल्लाकी डोल्मा शेर्पालाई सहकर्मी फिलिपिनो महिलाको हत्यामा संलग्न भएको भन्दै मृत्युदण्डको फैसला सुनाइएपछि झन् नेपालीमाझ कुबेत परिचत थियो । 
'मरुभूमिको कोसेली'ले हाउसमेडहरूका कथाव्यथालाई उजागार गर्दै आइरहेको थियो । झन् त्यतिखेर नेपाली दूतावास नखुलेको अवस्थामा यो पत्रिका कुबेतमा कार्यरत चेलीको व्यथालाई नेपालसम्म पुर्‍याउने एउटा पुल बनेको थियो । त्यही कोसेलीमा 'एउटी चेली कोमामा' रहेको समाचार छापिएको थियो । 
नाम ठेगाना नखुलेकी ती चेलीको विषयमा जान्ने कौतूहल मनमा निकै समयसम्म रहिरह्यो । दूतावास स्थापना गर्न पहिलो राजदूत बनेर मधुवन पौडेल भर्खरै कुवेत पुगेका थिए । मैले यसबारे पौडेललाई जानकारी गराएँ । पौडेलले आफूले सबै बुझेर सूचना दिने बताए । त्यसको दुई सातापछि सूचना आयो, 'ती युवतीको नाम शान्ति दोङ रहेछ । उमेर २१ वर्ष । सुकौरा गाविस, मकवानपुर ।'
[ News & Events ]
चाम्लिङको रेकर्डमा चुनौती
दार्जिलिङ- 'भारतमा लामो शासन गर्ने मुख्यमन्त्री को को हुन्?' हाजिरीजवाफमा सोधिने यो प्रश्नको जवाफमा चार जनाको नाम आउँछ, 'पश्चिमबंगालका ज्योति बसु, त्रिपुराका मानिक सरकार, दिल्लीकी शिला दीक्षित र सिक्किमका पवन चाम्लिङ ।' २३ वर्ष
मुख्यमन्त्री रहेका ज्योतिको निधन भइसकेको छ भने
मानिक अझै कुर्सीकै दाउमा छन् । शिला केजरिवालसँग पछारिइन् । सिक्किमका नेपालीभाषी चाम्लिङ पाँचौंपल्ट मुख्यमन्त्री भएर इतिहास आफ्नो पार्ने पक्षमा छन् । तर, उनलाई चुनौती चानचुने छैन ।
२० वर्षदेखि लगातार सिक्किम सम्हालिरहेका र अझै सम्हाल्ने कसरतमा रहेका चाम्लिङलाई आगामी विधानसभा चुनावमा हराउँदै त्यो कुर्सी कब्जा गर्ने होडमा एक नेपालीभाषी नै जुट्दैछन् ।
स्वतन्त्र हिमाली मुलुक सिक्किम २६ अप्रिल १९७५ का दिन भारतमा विलय भएपछि सिक्किम संग्राम परिषद्का नरबहादुर भण्डारीले दुईपल्ट मुख्यमन्त्रीको कार्यभार सम्हाले । 'भण्डारीका कर्तुत'को फेहरिस्त नै निकाल्दै सन् १९९४ को चुनावमा सिक्किम डेमोक्रेटिक फ्रण्टबाट परिषद्लाई हराएर मुख्यमन्त्री हुन सफल चाम्लिङले त्यसयता कहिल्यै पछि फर्कनु परेन ।
३२ सिटमध्ये १९ जितेर सुरु उनको विजय यात्रा पछिल्लो विधानसभा २००९ मा ३२ सै सिट जितेर अघि बढेको थियो । यसवीचमा चाम्लिङ नेतृत्व सरकारका केही काम भारतमैं नमुना बने । तर, चाम्लिङसँगै फ्रण्ट खोलेर चारपल्ट विधायक र तीनपल्ट मन्त्री भइसकेका नेता पीएस गोले मुख्यमन्त्रीको विपक्षमा उदाएका छन् ।
[ News & Events ]
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
संविधान सभाको नया निर्वाचन भएपछी राष्ट्रपति, उपराष्ट्रपति को पनी पूनः निर्वाचन हुनु पर्ने भनी माग राख्दै अधिवक्ता ओम प्रसाद अर्यालको रिट उपर सर्वोच्चअदालतका न्यायधिस गिरिसचन्द्र लालको इजलासद्धारा राष्ट्रपति, उपराष्ट्रपति को निर्वाचन गर्नु न पर्ने ठहर गरेको छ । अन्तरिम संविधानमा राष्ट्रपति, उपराष्ट्रपति दुवैको कार्यकाल स्पष्ट उल्लेख भएको भन्दै पदावधी विवाद औचित्यहिन भएको अदालतको ठहर छ । अदालतले रिटको बिषय राजनैतिक प्रकृतिको भएको हुनाले आफ्नो क्षेत्राधिकार भित्र नपर्ने राष्ट्रपति, उपराष्ट्रपतिको पदावधी तोक्ने संसदको नै रहेको स्पष्ट पारेको छ ।
धुजा धुजा भईसकेको अन्तरीम संविधनको हवाला दिएर सर्वोच्चद्धारा न्याय गरिएको भन्नु पनी घोर अन्याय हो , राष्ट्रको मेरुदण्ड न्यायपालिकाद्धारा न्याय दिँदा पूर्वाग्रही चिन्तिन देखीनु पनि घोर अन्याय हो । सव्र्वोच्चले फैसला गर्दा अन्तरिम संविधानमा दोस्रो संविधानको कल्पना समेत गरीएको थिएन भनेर पनी मनन गर्नु जरुरी थियो । प्रथम संविधानद्धारा नियुक्त गरिएको राष्ट्रपति, उपराष्ट्रपति लाई दोस्रो संविधान सभा चूनाव पश्चात प्रथम संविधान सभाको समयमा तयार भएको अन्तरिम संविधानसभाको धारा टेकेर स्थापित गर्नु उचित होइन ।

[ News & Events ]
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
टुँडिखेलमा वीरबहादुर, खुल्लामञ्चमा कुमार समूह 
काठमाडौं, ९ माघ । ल्होसार पर्वको विषयलाई लिएर तामाङ समुदायमा विवाद उत्पन्न भएको छ । विवादमा नेपाली सेनाका एकजना अधिकारीसमेत मुछिएका छन् । तामाङ संघ-संस्थामा देखिएको विवादले गर्दा यस वर्षको ल्होसार पर्व खुल्लामञ्च र टुँडिखेल दुई ठाउँमा आयोजना हुने भएको छ ।
अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार नेपाल तामाङ राष्ट्रिय घेदुङ संघका अध्यक्ष वीरबहादुर तामाङले माघ १७ गते ल्होसार मनाउन भन्दै सैनिक मञ्च टुँडिखेल बुकिङ गरेका छन् । टुँडिखेल बुकिङ गरिएपछि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएका मिलन तामाङले स्टल निर्माण लगायतको व्यवस्थापनको ठेक्का लिइसकेका छन् ।
अर्कोतर्फ कुमार योञ्जन अध्यक्ष रहेको नेपाल तामाङ घेदुङका पदाधिकारीहरु भने टुँडिखेल वीरबहादुरलाई दिइएकोमा आपत्ति जनाउँदै सैन्य हेडक्वाटरमा डेलिगेसन गएका छन् । आधिकारिक संस्था ठानेर वीरबहादुर तामाङलाई कार्यक्रमको स्वीकृति दिएको भन्दै नेपाली सेनाका अधिकारीले गल्ती स्वीकारेको नेपाल तामाङ घेदुङका एक केन्द्य्रीय नेताले अनलाइनखबरलाई बताए ।

[ News & Events ]
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?

-बेथ डनफोर्ड 

नेपालको ७० प्रतिशतभन्दा बढी श्रमशक्ति कृषिमा संलग्न रहेको अवस्थामा पनि तीनमध्ये एकजना नेपाली खाद्यान्न असुरक्षाको चपेटामा छन् । नेपालको सम्पूर्ण मुख्य खाद्यान्न बाली उत्पादन अन्तर्राष्ट्रिय औसतभन्दा उल्लेखनीय रूपमा कम छ र हाम्रोसामु एउटा ठूलो प्रश्न छः कृषकहरूको उत्पादकत्व र आय अभिवृद्धि गरी गरिबीको दुष्चक्र तोड्न के गर्न सकिन्छ ?

यो प्रश्नलाई सम्बोधन गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले नेपालसँगको ६० वर्षभन्दा लामो साझेदारीलाई आधार बनाई काम गरिरहेको छ । यस क्रममा हामीले विभिन्न नेपाली संस्थाहरू स्थापना गर्न सघायौं, जसको फलस्वरुप कृषि क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । सन् १९८० को उत्तरार्धमा युएसएआईडीको सहयोगमा स्थापना गरिएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) देशको प्राथमिक कृषि अनुसन्धान संस्थाको रूपमा अझै कार्यरत छ ।

वनविज्ञान अध्ययन संस्थान र कृषि विज्ञान अध्ययन संस्थानले आज पनि अनुसन्धान, सूचना प्रसार र देशको कृषि क्षेत्रमा आवश्यक श्रमशक्तिलाई सम्बोधन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्दै आइरहेका छन् । त्यस्तै गरेर युएसएआईडीकै सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको कृषि विभागको रूपमा स्थापित एग्रो इन्टरप्राइज सेन्टरले पनि उच्च मूल्यका तरकारी, चिया तथा कफीका साथै मह र जडिबुटीको तेल लगायत विभिन्न गैरकाष्ठ वनपैदावारको प्रबर्द्धन र व्यापारमा उल्लेखनीय भूमिका खेल्दै आएको छ ।

[ News & Events ]
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?

नयाँ बर्ष ३७९४ नै किन सही ? 
-विश्वास दीप तिगेला
आफै पनि नजान्ने अरुले भनेको पनि नमान्ने केही किरातहरु आधारहिन येले तङ्वे, दोङ, थोचे भनेर ५०७४ लेखि रहेकाछन् । यो ५०७४ लाई संसारको कुनैपनि शुरवीरले यसरि गणना भएको हो भनेर आधार दिन सकेको छैन । त्यसैले यो हावादारी संवत चलाउनु आफैमा लज्जास्पद कुरा बनेको छ ।
यो ५०७४ संवत आधार नभएको कारण तथ्य पत्ता लगाउनको लागि केहीबर्ष अघि किरात येले संवत निर्धारण समिति बन्यो र त्यसले प्रकृयागत लामो खोज अनुसन्धान गरि ५०७४ को सट्टा ३७९४ हुनुपर्ने प्रमाण जुटाएको छ । अहिले पनि धेरैलाई यो ३७९४ को लागि प्राप्त आधारहरु थाह छैन तसर्थ उहि हावादारी संवत चलाईरहेकाछन् र थोरैलाई चाहि थाह भएर पनि उहि ५०७४ नै चलाई रहेकाछन् । त्यसको मुख्य कारण अरुले गरेको कामलाई स्वीकृति नदिनु र आफै पनि गर्न नसक्नु हो तर विस्तारै उनीहरु पनि आधारयुक्त संवतलाई नै मान्न बाध्य हुनेछन्

[ News & Events ]
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
घूसखोर मधेशी नेताओं की हार- भारत की हार कदापि नहीं 
 -रामाशीष
नेपाल में संविधान सभा के लिए दूसरी बार कराया गया निर्वाचन सम्पन्न हो चुका है । अन्तरिम संविधान के प्रावधान के अनुसार 601 सदस्यीय सदन में 575 स्थानों के लिए ही ‘प्रत्यक्ष’ तथा ‘समानुपातिक’ चुनाव कराए गए हैं । क्योंकि, संविधान में 26 स्थान, नये मन्त्रीपरिषद्द्वारा समाज के विभिन्न क्षेत्रों के जाने-माने हस्तियों को आबंटित किए जाने का प्रावधान है । नेपाल के मतदाताओं ने गत 19 नवम्बर को सम्पन्न मतदान में 575 सीटों में से 240 सीटों के लिए प्रत्यक्ष मतदान किया ।
जिसके तहत उन्होंने विभिन्न पार्टियों के अपने मनचाहे उम्मीदवारों के ‘चुनाव चिन्हों’ पर ‘स्वस्तिक’ मुहर लगाकर, अपना मत व्यक्त किया । जबकि, शेष 335 समानुपातिक सीटों के लिए मतदाताओं ने ‘अपनी मनचाही पार्टी के चुनाव चिन्ह पर स्वस्तिक छाप की मुहर लगाकर अपने मताधिकारों का प्रयोग किया ।
[ News & Events ]
Need for change
-Leena Rikkila Tamang

The Proportional Representation system needs to be reformed, not abandoned
Kathmandu, 09 Jan
Nepal reformed its electoral system for the first Constituent Assembly (CA) elections in 2008 with a first-past-the-post (FPTP) and proportional representation (PR) system. And it opted to keep this system unchanged for the second CA elections held in November 2013. A parallel system-combining the elements of the FPTP and PR list is quite common globally
​-​
countries like Thailand, the Philippines and Timor Leste follow this system. What is ‘unique’ about Nepal’s electoral system is that political parties do not need to provide the order of the candidates before the elections. This practice is only applied in two countries in the world, Nepal and Guyana in Africa.

Flawed design
In 2008, in the aftermath of the peace agreement, the system seemed to work relatively fine. All parties selected their candidates in good faith and the electoral quotas were largely accepted as a way of ensuring inclusion in the CA.
[ News & Events ]
ल्होछर कसरी र के को आधारमा मनाउने ?
- बौद्ध दर्शनाचार्य कमल तामाङ
प्रयोजन
अभिप्रय हृदयको आशय प्रयोजन हेतुको निमित्त धन सम्पत्ति र पञ्च काम गुण इत्यादि शब्दहरुलाई एउटै भनाइबाट परिचित गराउने संस्कृत शब्दको अर्थ पूर्व स्व प्रत्यय योग हुन गइ विसर्ग सन्धिद्वारा व्युत्पति हुन गएको स्वार्थ शब्दले जाने श्री नजाने  इतिश्री भनेझै प्रत्येक मानस मस्तिष्कमा आँधी तुफान तुल्य भएर इतिश्रीको मार्ग तर्फ धकेलि रहेको परमार्थको प्रवेश द्वार स्पर्श

गरिसकेका चिन्तन मग्न पुदगलहरु समक्ष प्रस्तुतिको विषय नभएता पनि रहरले भनौ या करले रोएर भनौ या हाँसेर जनाउन भनौ या मनाउन आफ्नो दाहिने देब्रे अगाडि र पछाडि परेका यस्तै यस्तै बाध्यताहरुसँग हातेमालो गर्दै पुन ल्होछर र ल्होछर संवतको बारेमा केहि स्पष्ट पार्न प्रयोजनिय लागेको छ ।

हामी सम्पूर्ण तामाङ समुदायले ल्होछर मान्न थाल्यौं, यस वाक्यको स्मरण मात्रले पनि हामी आत्म विभोर हुन्छौ । वेचैन मन चैन युक्त हुन्छ, हर्षको सिमा रहँदैन । यति हुँदा-हुँदै पनि एउटा झिनो अमेलले चैन युक्त मन वेचैनमा परिणत हुन्छ, शायद यस्तै क्रमलाइ तथागत बुद्धले परिवर्तित दु:खको रुपमा परिभाषित गर्नु भएको होला । यहि झिनो अमेलको कारण हामी दु:खित प्राय छौ । न केवल दु:खित परन्तु अनेकतामा टुक्रिन पनि पछि परिरहेका छैनौ । गहिरिएर विचरण गर्ने हो भने आजको सभ्य समाजले यस्तो हुन सुहाँउदैन कि जस्तो हामीलाई लागेको छ, अन्यथा हाम्रो जीवन खोलाको बगरमा अस्त ब्यस्त भइ सडेको मुढा जस्तो या सुकेको धारा जस्तो त नहोला ? त्यसैले हाम्रो समाजमा विधमान शिक्षित विचारक र बुद्धिजीवी महानुभावहरुले आ-आफ्नो ध्यान उपरोक्त बुदाँहरु तर्फ केन्द्रित गराउन अत्यावश्यक भएको छ । जब कि खोलाको बगरमा सडेको मुढाको के विश्वास र त्यसको अस्तित्व कति बेला भेल आएर कहाँ पुर्‍याउँछ । त्यस्तै पानी बेगरको धारा के धारा? अनि एकता बेगरको समूह के समूह? त्यसै कारण हामी 
तामाङहरू  एक भएर जुटौ एउटै वास्तविक पथको पथिक बनौ ।
[ News & Events ]
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
 -अमरदीप मोक्तान
संविधान सभाको पहिलो निर्वाचनमा पहिचान पक्षधरको बाहुल्यता भएको कारण प्रथम संविधान सभाबाट पहिचान पक्षधर तथा अधिकारबाट बञ्चित समुदायको चाहना बमोजिमको संविधान बन्ने लगभग तय थियो तर पहिचान पक्षधरको आवरणमा रहेका पहिचान विरोधी उत्पिडित वर्गलाई अधिकार सम्पन्न देख्न नचाहने यथास्थितिवादीको षडयन्त्रका कारण प्रथम संविधान सभाको निर्मम हत्या गरियो । बहुसंख्यक जनताको इच्छा विपरित नेपालको ठेकेदार बनेका चार दलिय संयन्त्रले शक्तिपृथकीकारणको सिद्धान्त विपरित सर्वोच्च अदालतको बहालवाला प्रधानन्यायधिस खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर दोस्रो संविधान सभाको चुनाव गर्ने घोषणाको निर्णय गरे ।
नेकपा-माओवादीद्वारा खिलराज रेग्मीको नियुक्ति प्रति विमति जनाउदै आन्दोलन तथा बन्द आयोजना गरेता पनि शक्तिको दम्भले मात्तिएका चार दलिय संयन्त्रले जसरी भएपनि चुनाव गराउने प्रयास गर्‍यो, दोस्रो संविधान सभाका चुनाव शान्तिपूर्वक सम्पन्न भयो । चुनाव परिणामको गणना हुदै गरेको केही घण्टा पश्चात् चार दलिय संयन्त्रका प्रभावशाली ठेकेदार एनेकपा माओवादीले राज्यद्वारा प्रायेजित तरिकाले धाँधली गरेको भन्दै मतगणना बहिस्कार गर्‍यो । चार दलिय संयन्त्रले शक्ति सम्पन्न बनाएका निर्वाचन आयोगद्वारा एनेकपा माओवादीको विरोधको परवाह  नगरि मतगणना जारी राख्यो । दोस्रो संविधान सभाको परिणाम अप्रत्यासित देखियो । कांग्रेस एमाले परिणाममा अग्रगति प्राप्त गर्दा  अश्चार्य चकित थिए भने सोचेको भन्दा विपरित परिणामले एमाओवादी आक्रोसित भयो । 
[ News & Events ]
Politics of Lumbini- Part two

(Political Symptoms of a Social Disease)

Rule of Law
If as Mao opined that religion is the ‘opium’ of the mass, than politics knows best how to serve it.  The onrush of Prachanda, the Maoist Chairman as the National Directive Committee for Lumbini Development was sanctioned by PM Bhattarai. The gesture was a favor extended within a flawed system, manipulated by individual politicians, because the existing system lacks an acceptable rule of law.

[ News & Events ]
Triumps and Trials of Inclusive Representation of Women in Nepal

The key word for the election is non violence and inclusion However, the catch word is otherwise- violent, manipulative and non- inclusive. It is far from free nor fair and the results will not be solution driven but conflictual.

The fuel for democracy is electoral votes but the mission of democracy is outreaching those who vote and give credibility to the democratic process. For functional democracy abides by the constitutional rules defined by the legislative parliament executed by the governing body, watch-dogged by the judiciary.
This election right from its inception was a farce to resuscitate a flogged Constitution Assembly. This election has been pulled together by the power hungry major political leaders as a face saving  rather than a solution driven instrument. The leaders of major three parties have been acting like fisher men using inclusion and development projects as the bait to entice a nation of people whose citizens are hungry for equality and livelihood within a system of re-modeled medieval modernity. 

[ News & Events ]
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास

धेरै मन्थन तथा चातुर्य रणनिती अवलम्बन गर्दै नेकपा एमाले, नेपाली कांग्रेस, एनेकपा माओवादी पार्टीद्वारा विभिन्न जातिय अनुहारलाई मुखौटाको रुपमा प्रयोग गर्दै मत संकलन हेतु चयन गरिएको समानुपातिक सदस्यको नामावली सार्वजनिक भएको छ ।२०६४ को संविधान सभा चुनावमा आदिवासी तथा दलित समुदायको समानुपातिक मत संकलन गरेर आफ्ना नजिकका नाता गोता, इष्टमित्रलाई नेकपा एमाले, नेपाली कांग्रेस, एनेकपा माओवादीको नेताहरुले सभासद् बनाएका थिए ।
संविधान सभाको निर्मम हत्याबाट मर्माहत भएका आदिवासी तथा दलित समुदाय दोस्रो संविधान सभा चुनावमा कुनै पनि हालतमा नेकपा एमाले, नेपाली कांग्रेस तथा  एनेकपा माओवादीको पक्षमा मतदान गर्न तैयार छैनन्, भने नेकपा एमाले, नेपाली कांग्रेस तथा  एनेकपा माओवादीले पुनः आदिवासी तथा दलित समुदायको मतलाई आफ्नो पक्षमा मतदान गराउन समानुपातिक अस्त्रको माध्यमबाट आदिवासी तथा दलित समुदायलाई पुनः मूर्ख बनाउने प्रयासमा छन् ।

स्मरण रहोस्, बिगतको संविधान सभाको चुनावमा नेकपा एमाले, नेपाली कांग्रेस तथा एनेकपा माओवादीद्वारा आदिवासी तथा दलित समुदायको अमूल्य मतमा हालीमुहाली गर्दै आफ्ना नाता गोता, आसेपासे तथा केही असक्षम आदिवासी तथा दलित समुदायलाई कोटा बमोजिम सभासद् बनाएर चार दलका शिर्ष नेताहरुले संविधान सभालाई बन्धक बनाउदै भयंकर दुरुपयोग गरेका थिए ।

[ News & Events ]
Buddhist Rights in Secular Nepal-Part One
(Empirical Analyses)
Buddha and Buddhists:
If Lumbini is noteworthy of preservation, it is to remind the genesis of the cosmic Buddha. Would Lumbini in Kapilavastu appeal to the Buddhists for any other reasons than being an important pilgrimage destination? Lumbini gives importance to Buddhist ethos, as Buddha is kept alive by the Buddhists, in the same way as Christianity thrives in maintaining Jesus as the focal point of the Christian civilization, with Jerusalem and the Vatican as the geographical symbolism of Christianity. The Wailing Wall in Jerusalem separates the Jewish faith from the Muslims without confusing the two.
Yet, why is it than that Buddhist physicality always feels encroached upon, whether at Charumati, Sankhu, Namobuddha or Lumbini? Is it because Buddhism is considered a pacifistic religion in Nepal? Are human beings psychoactive and willing to destroy for the sake of inner discovery? If so, then the new Nepal presents a challenging plethora of cultural diversity in a secular state.
[ News & Events ]
लिम्बुवानमा यसरी लादियो दशै
लिम्वूवुढापाकाहरुका अनुसार पहिले दशै लिम्वूहरुले मान्दैन थिए । लिम्वूहरु आफनो मौलिक चाड पर्वहरु मान्ने गर्दथे । विस १८३१ पछि लिम्वूहरुलाई दशै चाड मान्न लगाईएको विभिन्न लिम्वूवानमा पाईने पुराना कागजपत्रहरुमा उल्लेख गरिएको भेटिन्छ । पुर्वमा वसोवास गर्ने किरात लिम्वूहरुले दशै नमान्दा गोरखा राजावाट विभिन्न कार्वाहीहरु हुने भएकोले दशै पर्व लिम्वूहरुलाई जवरजस्ती मान्न लगाईएको मुन्धुमविद भरत तुङ्घङ वताउँछन् । विस १८३१ सालमा लिम्वूवान गोरखाका शाह राजाले षडयन्त्रपुर्वक लिम्वूहरुसंग सम्झौता गरी अरुण कोशी पुर्वको लिम्वूवान भु-भाग माथि अधिकार जमाए । त्यस पछि लिम्वूवानका विभिन्न क्षेत्रहरुमा आफनो किल्ला निर्माण गर्न सुरु गर्‍यो ।
लिम्वूवान युद्ध गरेर जित्न नसकेपछि लिम्वूवानको जगरवगर, (जल, जंगल जमिन, जडिवुटी) खोलाको तितेमाछा, भीरमौरी आदि तिमीहरुकै हो भनि झुक्याएर सम्झौता गरे । त्यस पछि विस्तारै लिम्वूवानमा गोरखाको शासन वढदै गयो । यही क्रममा गोरखाले लिम्वूवानका लिम्वूहरुलाई दशै मान्न लगाईएको वताईन्छ । विसं १८४३ मा रणवहादुर शाहले लिम्वूहरुलाई दशै अनिवार्य मान्नु भनि लालमोहर दिए । लालमोहर लिम्वूवानका लिम्वूहरुलाई दिएपछि विसं १८४८ सालमा पुर्वमा वसोवास गर्ने लिम्वूहरुमा दशै मान्ने नमान्ने भन्नेमा विवाद नै भयो ।
[ News & Events ]
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा

नयाँ संबिधानमा राष्ट्रीयताको आधरमा पहिचान सहितको संघियता र संघियता सहितको सम्बिधान निर्माण गर्न बाहुनबादी राजनीतिक दलहरु तयार नभएको र नेपालको मूलबासी मंगोल समुदायमाथि हुने गरेको शोषन, दमन, अन्याय र अत्यचार निरन्तर चलिरहने भएको  हुनाले मूलबासी मंगोल समुदायलाई मंगोल डेमोक्रेटिक पार्टीले गर्न लागी रहेको राष्ट्रीय मुक्ती आन्दोलनमा सहभागी भईदिनुहुन हार्दिक अपिल गर्दछौ ।
राष्ट्रीय पहिचान सहितको संघियता (लिम्बुवान, किरात, तामाङसालिङ, नेवा, तमुवान, मगराँत, थरुवान, भोजपुरा मधेश, मिथिला, अवध मधेश, कोचिला, खसान (भेरी-कर्णाली)  र सेती-महाकाली), धर्मनिरपेक्षता, लोकतन्त्र र पूर्णसामानुपातिक प्रतिनिधित्वको ब्यवस्था हुनेछ भनेर नयाँ संबिधानको प्रस्तावनामै लेखिनु पर्छ भन्ने मंगोल डेमोक्रेटिक पार्टीको धारणा रहेको छ ।
[ News & Events ]
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक

-छिरिङ लामा (तामाङ) 

आज हामीहरु चौरासी लाख प्राणीहरु मध्य अठार लक्षणलेयुक्त सर्वश्रेष्ठ मानव जीवन प्राप्त भएको हाम्रो शास्त्रले प्रास्ट्याएको छ । यो अमुल्य जिवन पाएर आज कुशल मार्गको चिन्तन मनन् र त्रीरत्न प्रती शरण गमन गर्न सकिएन भने पछि बिउ बिनाको फलको आश कसरी गर्ने ? आज दु:ख लाग्दो कुरा के देखा परेको छ भने लामा (छेढोग) र जजमान (जिन्धाग) हरुमा धर्मको बिषयलाई लिएर साधारण  ज्ञानको बोध हुन सकेको छैन ।

खासगरी हाम्रो पुर्खाहरुले आफ्नो धर्म भित्रको सार अर्थ नबुझेर अन्य धर्मको देखासेखी गरेर मृतक कार्यहरुमा पनि लासलाई सिन्दुरले  पहिरिने र लासको अघि-अघि, खुकुरी देखाउँदै लाने, मृतकको नाम गरेर  नुन तेल बार्ने, केश खौरने, छोपो ओढ्ने, माना चामल तर्पिने, घेवा नसकुन्जेल कुखुराको मासु, माछा, आमाको मृत्युमा दुध, बुवाको मृत्युमा मृगाको मासु आदी बार्ने, काँशको थाल-बटुकामा नखाने, छालाको जुत्त-चप्पल नलगाउने, खाट-राडी-आसनिमा नबस्ने, गहना फुकाली त्याग्नु पर्ने, चुल्ठो नबाट्ने, लुगा उल्टा लगाउने, गुन्द्री समेत उल्टा ओछ्याउने, खतुकी ( शोकमा परेको ब्यक्ति) ले अरूसंग नबोल्ने, खतुकिलाई अरूले छुन नहुने, दोमासे बार्ने, दागबत्ती दिने, आफन्तले आगो दिने, श्रवाणमा धर्म नगर्ने, मृतकको नाममा जिव हत्या गर्ने, यस्ता चलनहरु हाम्रो महायान बुद्धिष्ट भित्र नपर्ने हुनाले यस्ता चलनहरु देखी अलग रहनु अति आवश्यक छ ।

[ Articles ]
नेपाली जनता माथि हुने गरेको अन्याय र अत्यचार कहिले रोकिने ?
-मिङमार छेवाङ तामाङ
प्रिय साथीहरु अहिले हामी धादिङ, नुवाकोट र रसुवामा मंगोल डेमोक्रेटिक पार्टीले २०६८ फागुन १ गते देखि आयोजना गरेको एक महिने अभियान समाप्त भएकै दिन देखि नेवा-तामाङसालिङ राज्य समितिको गठन प्रकृयामा जुटिरहेका छौ । हामी सर्वप्रथमतः मंगोल डेमोक्रेटिक पार्टीको एक महिने अभियानकेा क्रममा आर्थिक, भौतिक र नैतिक रुपले सहयोग र समर्थन गर्नु हुने धादिङ, नुवाकोट र रसुवाबासी दाजुभाई तथा दिदी बहिनीहरुलाई धन्यवाद दिन चाहन्छु साथै मंगोल डेमोक्रेटिक पार्टीका नेपालभरि र विदेशमा समेत रहनु भएका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
हामीले यो एक महिने अभियानको क्रममा धादिङ, रसुवा र नुवाकोटको मूलवासी मंगोल समुदायको दाजु-भाई तथा दिदी-वहिनीहरुकेा घरघरमा पुग्ने क्रममा त्यहाँका मूलबासी मंगोल समुदायका युवायुवतीहरु सवै आफ्नो गाउँघर र देश छोडेर विदेशी भूमिमा आफ्नो जीवन गुजारा गर्न र दानापानी जुटाउनकै लागि विदेशी भूमिमा आफ्नो रगत र पसिना बगाउन गएको पाएँ । हाम्रो मूलवासी (Indigenous) मंगोल समुदायका युवायुवतीहरु यसरी आफ्नै देशमा रोजगार नपाएर विदेशी भूमिमा जानु परेको देख्दा  हाम्रो मुटु छियाछिया भएर आयो यही कारण म त्यही विषयमा लेख्न गइरहेको छु ।
[ News & Events ]
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।

“मेरो सानो दुःखले आर्ज्याको मुलुक होइन सबैलाई चेतना भया” यो भनाई नै यसकारण गतल छ की पृथ्वीनारायण शाहले तामाङ राज्यहरूको अन्त्यसँगै गरेको यो छोटो वाक्यलाई हेर्दा लाग्छ हामी तामाङहरू त्यस समयमा पक्कै पनि यी हिन्दू आर्यन बाहुन छेत्रीहरू सँग डराउने पक्षमा थिएनौ रहेछ ।

दुःखको कुरो सोझो रूपमा तामाङरूसँग लड्न नसकेपछि जालझेल गर्दै वार्ताको वा छलफलको नाममा नेपालको विभिन्न  स्थानमा  रहेका तामाङ राजाहरूलाई विना हातहतियार खोलाको बगरहरुमा बोलाई निशस्त्र पारी हत्या गरेको कुरा सुन्दा आज पनि तामाङ समुदायको समुदायको युवा-युवतीहरुको नसा-नसामा रक्तसंचार भएर आउँछ । 

हामी मूलबासी मंगोल तामाङहरुलाई  हिन्दू-आर्यन बाहुन-छेत्रीहरुले बिगतमा मासिने मतवाली र आहिले आदिबासी जनजाती भनेर सम्बोधन गर्ने गरेको छ । तर अहिले आएर यिनै हिन्दू-आर्यन बाहुन-छेत्रीहरुले फेरी बोली फेरेर आफैलाई आदिवासी भन्न थालेका छन् ।  यही कारण यो देशको असाली मंगोल भुमिपुत्र मूलबासी तामाङ समुदायले केही सोच्नै पर्ने बेला भएको छ । को हो मूलवासी ? किन मूलवासी ? कसरी मूलवासी ? र को हो आदिवासी ? किन आदिवासी ? कसरी आदिवासी ? हिजो दुई दिन आन्दोलन गरेको भरमा हिन्दू-आर्यन बाहुन-छेत्रीहरु आदिवासी भए रे, कसरी भए आदिवासी, के आधार छ उनीहरुमा ? यो देशको प्रत्येक माटोले बोलीरहेको छ यो देशको बास्तबिक मूलवासी र आदिबासी को हो भने र? तसर्थ यो देशको बास्तबिक मूलबासी हामी तामाङहरुनै हो । हामी तामाङहरुनै यो देशको मूलबासी हो भन्ने कुरा इतिहास, भाषा, संस्कृति, कला, अनुहार सबै कुराले बोलेको छ । तामाङहरु मात्र नभई यो देशको सम्पूर्ण मंगोलहरू यस देशका मूलबासी हुन् ।

[ News & Events ]
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश

तामाङ समुदाय अत्यन्त दुरावस्था तथा अस्तित्व विहिन अवस्थामा छ भन्दा अन्यथा हुने छैन । तामाङ समुदाय मूलबासी मंगोल समुदाय मध्येकै बहुसंख्यकमा भएतापनि किन दयनिय अवस्थामा छन् सोचनिय विषय छ । तामाङ समुदाय एक समृद्ध संस्कृति बोकेको समुदाय भएता पनि राज्यको नियोजित षडयन्त्रका कारण प्रत्येक क्षेत्रमा पछाडी परेका छन् ।
मूलबासी मंगोल समुदाय मध्येकै गुरुङ, शेर्पा, मगर, राई, लिम्बु समुदाय प्रत्येक क्षेत्रमा आफ्नो उपस्थिती बनाउन सफल हुँदै गईरहेका छन् भने तामाङ समुदाय आफ्नो अस्तित्व संकटमा परेको देख्दा देख्दै किन मुकदर्शक भएका होलान् ।
तामाङ समुदाय जीवित समुदाय हो वा मृत समुदाय ? तामाङ समुदाय जीवित समुदाय हो भनौ भने तामाङ समुदायको स्थिति दलित भन्दा पनि बदतर छ । बिगत देखि हाल सम्म नेपालको कुनै पनि क्षेत्रमा तामाङ समुदायले शिर उठाएर गर्व गर्ने स्थान छैन ।
तामाङ समुदायको सरलता तथा सहजता अभिषाप एवं प्रयोगका बस्तु बनेको छ । आखिर तामाङ समुदाय किन प्रयोगका बस्तु बनेका होलान् ? आफ्नो सन्ततीको अस्तित्व दाँवमा लागेको देख्दा देख्दै किन नजागेका होलान् ? तामाङ समुदाय राजनैतिक परिदृश्यमा शुन्य छन्, बहुसंख्यक बौद्ध धर्मावलम्वी भएता पनि तथा कथित अल्प संख्यक बौद्ध धर्मका ठेकेदार समक्ष नतमस्तक भएको देख्दा अत्यन्त पिडा महसुस हुन्छ । निरन्तर रुपमा राज्यको पूर्वनियोजित  प्रहारको पिडा कसरी खप्नु सकेको हो तामाङ समुदायले ।

[ News & Events ]
ओझेलमा पारिएका तामाङराज्यहरू

तामाङ समुदायलाई बाहुन जातिले कागति निचारे जस्तो निचोरिरहेको छ । 

पृथ्वीनारायाण शाहले नेपालको एकीकरण गर्नु भन्दा अगाडि सम्म नेपालका विभिन्न भू-भागमा तामाङराज्यहरू रहेको लिखित ऐतिहासिक अभिलेखहरू भेटिएको छ भने ऐतिहासिक स्थल भेटिनुको साथै जनश्रूतिहरूमा समेत सुन्न पाइन्छ । नुवाकोट आक्रमण गर्नु भन्दा अगाडि नुवाकोटमा तामाङ कविला राज्यहरू रहेको उल्लेख भएबाट र स्थलगत अध्ययनका साथै अभिलेखबाट पत्तालागेको छ । नुवाकोटका साथै हालको नेपालका विभिन्न भू-भागमा तामाङराज्यहरू  यत्र तत्र छरिएर रहेको इतिहासले देखाएको छ ।

पृथ्वीनारायण शाहाको पालासम्म भएको तामाङराज्यहरूको चर्चा नहुनुले पनि आर्यहरूको मनमा  फेरी तामाङहरूले आफ्नो राज्य माग्ने त होइन भन्ने चिन्त थपेको छ । प्राप्त प्रमाणहरूको आधारमा अहिलेको काठमाडौं शहरमा पनि तामाङराज्य रहेको देखिन्छ । पृथ्वीनारायण शाहले तथकथित एकीकरण अभियान थाले पश्चात तामाङराज्यहरू विस्तारै हराउँदै गएको इतिहासले देखाएको छ । काठमाडौं वरिपरि पहाडको विभिन्न थुम्कामा तामाङहरू कसरी रहन पुगे भन्ने विषय भन्दा पहिला किन काठमाडौं वरिपरि तामाङ कविला राज्य निर्माण भयो भनी हेर्नु उचित हुनेछ । 

[ News & Events ]
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?

- अमरदीप मोक्तान
 के तामाङ् स्वाभिमान विहिन समुदाय हो त ? यदि होइन भने राज्यद्वारा निरन्तर रुपमा यत्रो उत्पिडन तथा थिचो मिचो गर्दा समेत तामाङ्को स्वाभिमान किन जाग्दैन त ? पृथ्वीनारायण शाहको अस्तित्व प्रारम्भ पश्चात् राज्यमा जो सत्तासिन भएतापनि तामाङ्ग समुदाय माथि निरन्तर रुपमा राजनैतिक धार्मिक, आर्थिक, साँस्कृतिक तथा सामाजिक रुपमा शोषण र उत्पिडनको प्रहार जारी राखेको छ ।
कुनै समय नेपालका भू-भागका केही क्षेत्रमा तामाङ्  शासक थिए तर तामाङ् समुदाय सबै प्रकारले परिपूर्ण भएता पनि तामाङ्को स्थिति किन दयनिय छ ? शाह वंशिय शासन सत्ताले तामाङ् समुदायलाई पिपा गोश्वारा, हली, गोठाला तथा भारी बोक्ने जस्ता अपमानित स्तरका कार्य गर्न बाध्य तुल्याए, तामाङ् चेली बेटी राणा, शाह दरबारमा मौजका बस्तु बनाइयो ।
राई, लिम्बु, मगर, गुरुङ्लाई सेनामा भर्ना हुन कुनै बन्देज लगाइएन फलस्वरुप राई, लिम्बु, मगर, गुरुङ्को राजनैतिक, शैक्षिक, आर्थिक स्थितिमा स्तरोन्नति देखिन्छ । सेनामा भर्ना हुनका लागि लाखौ तामाङ् समुदायले आफ्नो थर परिवर्तन गरि मगर, गुरुङ् समुदायको नाममा भर्ना भए, आज ति तामाङ्हरुको स्तरोन्नति त भयो, तर हमेशाका लागि आफ्नो मातृ थर तामाङ् लेख्नुबाट बञ्चित हुनु परेको छ ।
राजनैतिक, सामाजिक उत्पिडन विरुद्धको विद्रोहमा तामाङ् समुदायले हमेशा अग्रणी भूमिका खेलेको छ । निरंकुश राणाशाहीको अन्त हेतु २००७ को क्रान्तिमा तामाङ् समुदायले महत्वपूर्ण योगदान एवं सहादत दिएका थिए । २००७ सालको क्रान्तिको सफलता पश्चात् २०१५ सालमा भएको आम चुनावमा तामाङ् समुदायले आफ्नो अमूल्य मत दिएर काग्रेंस पार्टीलाई भरपुर सहयोग गर, त्यस चुनावमा नेपाली कांग्रेसले पूर्ण बहुमत प्राप्त गर्‍यो ।
[ News & Events ]
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
 -गोविन्दप्रसाद पौडेल
नेपालीहरु जातैले वीर हुन्। विदेशी सेनामा रहेर होस् वा नरहेर होस्, नेपाली खूब लडेका छन्। कारगील अथवा फकलेण्डको युद्धमा समेत नेपालीलाई नै अग्रपंक्तिमा राखेर लडाइयो। कवि भूपिले भनेजस्तो हामी वीर भएरै बुद्धु भएका हौं कि बुद्धु भएर वीर भएका हौं, स्पष्ट छैन। तर विदेशीले अव नेपाली-नेपालीलाई नेपालमै आमनेसामने राखेर लडाउन थालेको छ। कुनै हतियार काम नलागेपछि जातजाति र भेगका नाममा लडाइँदै छ। नयाँ नेपाल डाहा बन्दैछ।

[ News & Events ]
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
तीन लाख युवा-युवतीहरुले हतियार उठायो भने के हुन्छ ?
  • कृष्ण बहादुर तामाङ
नेपाल ८० प्रतिशत मूलवासी मंगोल समुदाय र भारतबाट भित्रिएका २० प्रतिशत शरणार्थी बाहुन-क्षेत्रीहरूले भरिएको अविकशित देश हो । नेपालको मध्ये क्षेत्रमा तामाङ समुदायका मूलवासीहरूको घना बस्ती रहेको छ । नेपालको भिर, पहरामा जंगल फँडानी गरी विभिन्न रोग-व्याधि, प्राकृतिक प्रकोप र हिंस्रक जनावरहरूसँग जुद्धै मध्ये नेपालको भूमिलाई बस्न योग्य भूमिमा परिणत गरी हराभरा बनाउने ध्येय तामाङ समुदायमा रहेको छ । पुरातात्विक भू-गर्भसम्बन्धी खोज र अन्वेषण अनुसार तामाङ समुदायको उत्पती यही क्षेत्रमा भएको प्रमाण जुटेको छ ।
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com